What a joke

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

What a joke!! Someday some minister will forget to wear underwear or his dog dies and they will form a committe to investigate on that as well.. Makes me feel ashamed to call myself a Nepali.   मन्त्री विष्ट आबुधावी विमानस्थलमा किन रोकिए ? छानविन थाल्यो समिति काठमाडौं,  फागुन २६-पर्यटन तथा नागरिक उड्डयनमन्त्री लोकेन्द्र विष्ट मगरको जर्मनी जाने क्रममा प्रवेशाज्ञाको सर्न्दभमा देखिएको समस्याका बारेमा सत्यतथ्य पत्ता लगाउन गठित छानबिन समितिले आजबाट काम सुरु गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव लीलामणि पौडेलको संयोजकत्वमा गठित समितिले प्रवेशाज्ञाका सम्बन्धमा को, कसले लापरवाही गरेका हुन्, उनीहरुले किन यस्तो लापरवाही गरेभन्ने सम्बन्धमा छानबिन गरी प्रतिवेदन पेस गर्ने भएको छ।  समितिलाई एक हप्ताको समय दिइएको छ।   पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा णेशराज जोशीले दिएको जानकारीअनुसार परराष्ट्र मन्त्रालयले जारी गर्ने प्रवेशाज्ञा नोटलाई प्रवेशाज्ञा भनेर लापरवाही गर्ने कर्मचारीलाई पहिलो चरणमा छानबिन गरिने छ। यसैगरी इत्तेहाद एयरलाइन्सका टिकट बिक्रेता, अध्यागमन विभागका कर्मचारीलाई पनि छानबिनको दायरामा ल्याएर कारबाही गर्ने सचिव जोशीले बताए। मुख्यगरी मन्त्री विष्टको निजी सचिवालयका सरकारी कर्मचारीको दोष देखिएको भन्दै सचिव जोशीले समितिको प्रतिवेदनअनुसार विभागीय कारबाहीसमेत गरिने जानकारी दिए। पौडेल संयोजकत्वको सो छानबिन समितिमा गृहमन्त्रालयका सचिव सुशीलजङ्गबहादुर राणा, नायब महान्याधीवक्ता प्रेमराज कार्की र पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव जोशी सो समितिको सदस्यसचिव रहनुभएको छ। सो छानबिन समिति यही फागुन २४ गते बुधबार गठन भएको थियो। लुम्बिनी भ्रमण वर्ष २०१२ र ग्रेट हिमालय ट्रेलका बारेमा जर्मनीको बर्लिनमा आयोजना गरिएको सम्मेलनमा भाग लिन जानुभएका मन्त्री विष्ट प्रवेशाज्ञामा देखिएको समस्याका कारण गत २३ गते मङ्गलबार युनाइटेड अरब इमिरेट (युएई)को अवुधाबीमा ४८ घन्टासम्म रोकिनुपरेको थियो। भोलिपल्ट नेपाली दूतावासको पहलमा उनलाई प्रवेशाज्ञा मिलाई जर्मनी जाने वातावरण मिलाइएको थियो। परराष्ट्र मन्त्रालयका प्रवक्ता अर्जुनबहादुर थापाले राज्यको मन्त्रीको सम्बन्धमा यस्तो समस्या देखिनुले राज्यकै इज्ज्ात गएको भन्दै छानबिन समितिले दोषीमाथि कडा कारबाही गर्ने र अब आइन्दा यस्तो गल्ती नदोर्‍याउने गरी कारबाही गर्नुपर्ने बताए। जर्मनीमा आयोजना गरिएको आइबिटी सम्मेलनमा नेपालको तर्फबाट लुम्बिनी भ्रमण वर्ष २०१२ र ग्रेट हिमालयन ट्रेल बारेमा जानकारी गराउने कार्यक्रम रहेको थियो। रासस

gwachaquarian · Mar 9, 2012 11:34 AM · 678 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion