सम्झनामा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

सम्झनामा ----------------------------------- होस छैन मात्छु बेसरी बिर्सन तिमीलाई पिउछु बेसरी   तिम्रो बाध्यता मेरो जिद्दी बिर्सी भन्यौ सम्झिन्छु बेसरी   कबाडी जिबन नया प्रयोग पस्दै छु म निराशा भुमरी   मरे भाबना म जिउदो लाश लग्यौ मुटु छाती  चिथोरी    बिछोडको चोट समयको मल्हम रमाउछु आफै  खाटा कोतरी होस छैन मात्छु बेसरी बिर्सन तिमीलाई पिउछु बेसरी *********************************** लेख्न त मैले गज़ल लेख्या हो. हुन चै क भो था भएन. भन्न चै म गजल नै भन्छु  एसो समय मिलाएर सुझाब पाम त सझाबासी गजलकारहरु बाट  

DalluKoSanu · Mar 5, 2012 2:39 PM · 20,430 views

10 Replies

आफु गजलकार नभाएको ले लाइक मात्र गर्दे है

serial · Mar 5, 2012 2:49 PM

वाह ! वाह ! गजल सजल लाइ मारो गोली,  जे छ भाव मै छ बेसरी .

rahulvai · Mar 5, 2012 2:57 PM

Sounds like a rap song...Dallu gajal gone Rap

welcome2 · Mar 5, 2012 3:08 PM

डल्ले, म पनि गजलकार अथवा गजलको जानिफकार चाँही होइन । मलाई गजल लेख्न पनि आउँदैन र अहिलेसम्म लेख्ने प्रयास पनि गरेको छैन । तर पनि म यस्तो ठाँउमा बस्छु, जहाँ मान्छेहरु दिनभरि जसो गजल ओकली रहन्छन्, गजल पढ्छन, गजल खान्छन्, गजल पिउछन् .... शायद रेष्टरुममा पनि गजलाई उत्पादन गर्छन् कि खै ? छोटकरीमा भन्नुपर्दा यहाँ गजल आतंक छ । ठुल्दाइले भने जस्तै डल्लेको लेखाइमा मिठो भाव छ । तर यदि गजल नै भन्ने हो भने रदिफ, काफिया, बहर.. आदी इत्यादी धेरै मध्ये कम्तीमा पनि रदिफ र काफिया चाँही भयो भने राम्रो भन्छन् क्यार ! (ठुल्दाइलाई बढी थाहा होला) । जे होस् डल्लेको गजलमा रदिफ त छदै छ, अझ काफिया पनि भएको भए राम्रो हुन्थ्यो कि? त्यसो त बहर पनि भएको भए झन राम्रो हुन्थ्यो होला ... तर जे होस् प्रयास राम्रो छ ...

Geology Tiger · Mar 5, 2012 5:41 PM

 लहरे, ठुल्दाई, वेल्कु लाइ धन्यबाद.   जिते दाई, म पनि गजलकार होइन र गजलको नाममा जे लेखे/जे भयो म आफु त संतुस्ट छु. तर मलाई नि हल्का गजल आतंकले प्रभाब पारेको भएको ले गजल लेख्ने चेस्टा गरेको हुँ, अब येसो गजलको नियममा बाधिएर लेख्ने कोसिस गरुँला  शब्द/सुझाबहरुको लागि धन्यबाद 

DalluKoSanu · Mar 5, 2012 9:20 PM

Dherai ramro cha , geetkar le geet samjhe bho , gajal kar le gajal , rapkar le rap  tara malai sarai ramro lagyo hai

Pokhrelikanchi · Apr 26, 2012 1:55 PM

मिठो छ /

Bachata · Apr 26, 2012 2:05 PM

I am always fascinated by the gazals. But, since I do not even know what रदिफ, काफिया, बहर.. आदी इत्यादी mean, I never tried to write one. (A friend of mine read a peom of mine and said it was a gazal.. and I didn't know that ) आज चैं म पनि ट्राइ गरी हेरम न त भनेको एस्तो भयो .. गजल लेख्न खोज्दा पजल लेख्ने बानी सकिन है गुथ्न बहर जानी जानी राम्रा कुरा खोजी खोजी पढ्ने गरे पनि भाको छैन लेखकको असर जानी जानी नियम पुर्याई आज लेख्न खोज्दै छु म छोडेको त होइन कसर जानी जानी यौटा राम्रो गुरु थापी असल "चेली" बन्दै लेख्न पाएहुन्थ्यो गजल जानी जानी !! JPT ..

cheli · Apr 26, 2012 3:16 PM

यो माँ सा, चेली को गजल ले त पजल बनायो बाई ... गजल को नियम कानून मा बाँधिएर लेख्दा भावहरु खुम्चिन्छन कहिले काहीं . सके सम्म मिलाउने हो तर भाव र अर्थमा सम्झौता चाहि गर्न हुन्न भन्ने मेरो व्यक्तिगत बिचार हो .  

rahulvai · Apr 26, 2012 3:22 PM

 डल्ले-दाई... मन पर्यो ..गजल होस् या गीत तर भाव चै मनपर्यो , चेलीको गजल नै पजल हो तैपनि फेरी मनपर्यो 

ThahaChaena · Apr 26, 2012 3:46 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all