From http://canadanepal.net/news/?p... अन्तरजातीय विवाह गर्ने दम्पतीलाई ज्यान जोगाउन हैरान BY ADMIN, ON MARCH 5TH, 2012 अन्तरजातीय विवाह गरेका कारण दैलेखको तोली गाविस वडा नंं २ धनीगाउँका सन्तबहादुर दमाईले बाबु गुमाएका हुन् | तोली गाविस वडा नंं २ धनीगाउँका सन्तबहादुर दमाई र राजकुमारी शाहीले अन्तरजातीय विवाह गरेका थीए | सन्तबहादुरले पिता सेते दमाईलाई माईती पक्षकी फूपू नाता लाग्ने विन्दकला शाहीको नेतृत्वमा भदौ १३ गते खुकुरी प्रहार गरी घाइते बनाएपछि उपचारको प्रयास लगायतको काममा ६० हजार बढी ऋण लागेकोले छ । उपचारको लागि जीप रिजर्व गरी सुर्खेत पठाउँदा मृत्यू भएकोले त्यहाँबाट शव वाहनमा शव ल्याउँदा, क्रिया खर्च र आफूहरुको सुरक्षा समस्याको कारण सदरमुकाममा दुई महिना खान–बस्नको किफायती खर्च गर्दा समेत त्यति धेरै खर्च लागेको र विपन्नताको कारण ऋण तिर्न सक्ने स्थिति रहेको सन्तबहादुरको भनाई छ । सन्तबहादुर दमाईले ३ वर्ष लामो प्रेम सम्वन्ध रहेकी सोही ठाउँकी २२ वर्षीया राजकुमारी शाहीवीच गएको साउन २८ गते विवाह भएको विषयलाई लिएर राजकुमारीका माइती पक्षबाट भदौ १३ गते घर सुतिरहेका सन्तबहादुर दमाईका पिता सेते दमाई माथि खुकुरी प्रहार गरी हत्या भएको थियो । इच्छुक कार्यालय, संघ–संस्था, महानुभावले सहयोग गर्न सहजताको लागि दलित जागरण केन्द्रले १ हजार रुपैंयाँ दिई सन्तबहादुर दमाईको नाममा राष्ट्रिय बाणिज्य बैंक दैलेखमा ४०१००२११३९१० बचत खाता खोलिएको दलित जागरण केन्द्रका अध्यक्ष अमर सुनारले जानकारी दिएका छन् | Video Courtesy:Image Tv
soaltee · Mar 5, 2012 6:46 AM · 3,786 views
what could be the easiest way to send small amount of support to this couple?
Geology Tiger · Mar 5, 2012 9:29 AM
I wish I knew. I came across this news while trying to watch one of those comedy serials. If anybody else have any info, I would appreciate it.
soaltee · Mar 5, 2012 9:57 AM
यी जोडीका कुरा अघिल्लो महिनाको साझा सवालमा सुन्न पाइन्छ !!
bhakte dai · Mar 5, 2012 11:42 AM
What an intellectual and healthy discussion !!!!! loved watching it. By the way, who says there has not been any positive changes in Nepal? Ten years ago, we could never imagine such an enthusiastic participation of non-dalits in a program like this.
soaltee · Mar 5, 2012 2:33 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion