एउटा जिन्दगीको कथा | सेतो पानाको प्रकाशले flash back ल्याएर राखिदियो | धेरै चपाएर गली सकेको गुलियो सिद्धिएको chewing gum जस्तै जिन्दगी कहिँ टेबलमुनि त कतै बसको सिट्मुनी टासिदै उप्कदै,.... कहिले लम्बिनथियो त कहिले चुडिन्थियो | ज्वर भटाले ग्रस्थ सुर्य हरेक दिन उदाउदा दाल भात तरकारीको महाभारतमा शिखन्डी बनी जिन्दगी..... पेट रुपी भिश्म को बध गर्न लागिपर्थ्यो , तेही सुर्यको बिदाइ सगै जिन्दगी........ श्रीमतीको रित्तो भाडामा बुढा बाउको तुना छिनेको सुरुवालमा र लोता चुडिएको छोरीको चपलमा अभय्स्त हुने गर्थ्यो .... फेरी पानालाई हेरे... तेस्को प्रकाश .... किर्ना जस्ता अक्षर .... केहि जिन्दगीमा रङिनता छकी भनेर खोजे........ भेटे .... फिनेल मानौ नाकमा कोची दिएजस्तो ... चारैतिर अशफलताको बिल्ला भिराउन पर्खेका आँखाहरु ..... रोदन .....सेतो भित्तामा कालो दाग होकी कालो भित्तामा सेतो छुटाउन नै मुस्किल.... र देखे ..... मैलो ओड्नेमा छरिएका रगतका बाछिटाहरु....तन्नाको बाटोहुँदै... मानौ कुनै canvas लाई मुर्त रुप दिन लागि परेका छन.... ओहो कस्तो रंग कस्तो रौनक ... जस्पछी त न जिन्दगी रह्यो न उसको कथा |
jhaukiri · Feb 27, 2012 12:30 AM · 11,750 views
बहुत मिठो छ
Geology Tiger · Feb 27, 2012 8:06 AM
समष्टिमा कबिता मिठो भावपूर्ण भए पनि बिम्ब र प्रतिक को अनमेल प्रयोग भएको जस्तो लाग्यो . माहाभारतका पात्रहरुको अप्रासंगिक प्रयोग भएको जस्तो लाग्योम आगे हजुर को इच्छा .
rahulvai · Feb 27, 2012 12:27 PM
झ्याउकिरी मित्र, राहुलभाइले दिएको सल्लाहलाई गम्भिर रुपमा लिनु होला र आफ्न रचनाहरुलाई आउँदा दिनहरुमा अझ बढी तिखार्नु होला अझ बढी माझ्नु होला । यहाँ कोही कोही यस्ता पनि कवि मित्रहरु देखा पर्नु भएको छ जो अरु कसैले दिएको सल्लाहलाई सुनेको नसुनै गरेर भ्याट भ्याट राष्ट्र बैंकले नोट छापे जस्तो एक पछी अर्को कविता हो कि के हो छाप्या छाप्यै हुनुहुन्छ । शुभकामना!
Geology Tiger · Feb 27, 2012 5:56 PM
jhaukiri · Feb 27, 2012 10:02 PM
धन्यवाद साथीहरु ... तपाईहरुको सुझाब सधै सिरोपर्य गर्ने छु | जिन्दगीलाइ "शिखाड़ी" बनाउनुका कारण " शिखाड़ी " अम्बाको दोर्स्रो जन्म हो जसलाई भिस्मले पहिलो जन्ममा बेइजत गरेका थिए | "पेट " लाई भिस्म बनाउनुको कारण मलाई लाग्छ जिन्दगी लाई सधै पेटले गिज्जाई रहेको हुन्छ | भिस्म जस्तै पेट पनि अजय छ , जसको संघार गर्ने जिन्दगीले खोइ कति जन्म लिनु पर्ने हो !!
jhaukiri · Feb 27, 2012 10:03 PM
झाउकिरी जी को सब्द ले मलाई धेरै अर्थ दिएको भान हुन्छ , आगिलो (महाभारत को कथा )भन्दा अलि फितलो छ तर धेरै मिठो छ .
amricane · Feb 28, 2012 8:35 AM
वाक्य वाक्य बुझे पनि कबिताको भाव समग्रमा बुझ्न अलिक गार्हो पर्‍यो। my limitation.....
nakkali keti · Feb 28, 2012 11:18 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion