Raj K Pandey's relative?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

This guy sounds like Raj K Pandey the bachelor's relative « शिवरात्रीको शुभकामना !     कथाः निर्णय » के रैछ यो अवार्ड? कहाँ रैछ यो युनिभर्सिटी ? By mysansar, on February 19th, 2012 -सन्तोष भट्ट- नेपालबाट टाढा छु, तर भौतिक रुपमा मात्रै। नेपालका खबर त यो प्रविधिको युगमा जसरी पनि आइ नै हाल्छ। केही दिनअघि मैले एउटा राष्ट्रिय दैनिकमा एक जना ज्योतिषको विज्ञापन देखेँ। ट्रिपल गोल्ड मेडलिस्ट रे। अर्थात् तीन तीन वटा स्वर्ण पदक पा’को। केमा स्वर्ण पदक पा’को चैँ लेखेका रैनछन्। विज्ञापन अनुसार उनले भारतको महारानी भिक्टोरिया अवार्ड सन् २००३ मा पाएका हुन् रे। उहाँ महासयको नाम रहेछ डाक्टर राजकुमार सुवेदी। विज्ञापनमा उनले आफूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्‍त ज्योतिष भनेका रैछन्। देशबाट टाढा रहेकोले राष्ट्रिय ख्यातिबारे थाहा भएन। अन्तर्राष्ट्रिय ख्यातिका बारेमा भन्नुपर्दा उनको नाम त्यही विज्ञापनले थाहा दियो। गुगलमा खोजिहेर्दा त उनको आफ्नै विज्ञापन भन्दा एउटा पेज पनि रहेनछ। अन्तर्राष्ट्रिय ख्यातिको मापदण्ड के हो, उनी आफै जानुन्। यो देखेपछि मलाई उनको बारेमा अझै केही खोज्न मन लाग्यो। उनले पाएको भनेको महारानी भिक्टोरिया अवार्ड २००३ बारे खोजेँ गुगलमा। अहँ, केही नि भेटिएन। हैन कस्तो अवार्ड रहेछ हँ यो ? खोज्दा पनि नपाइने। सन् २००३ मा उनले पाएको भनेपछि त अघि र पछि पनि त कसै न कसैले पाए होला नि। अब उनले पीएचडी गरेको भनेको विश्वविद्यालय बारे बुझौँ न त भन्ने लाग्यो। इन्टरनेसनल एस्ट्रोलोजिकल युनिभर्सिटी, कोलकाता, इन्डिया रे। अहँ भेटिएन यो नामको पनि कुनै युनिभर्सिटी। आजको दुनियाँमा नि वेबसाइट नै नभएको युनिभर्सिटी होला त ? ह्वाँ मह दाजु, गच्छदार र केपी ओलीलाई डाक्टर उपाधि दिने फेक युनिभर्सिटीको त वेबसाइट छ। वेबसाइट नभएको युनिभर्सिटी भए पनि के हैसियतको होला अनुमान लगाउन गाह्रो पर्दैन। कोलकातामा विश्व ज्योतिष विद्यापीठ भन्ने एउटा संस्था भने रहेछ जसले पूर्व मध्यमादेखि विद्यावारिधीसम्म गराउँदो रहेछ। विश्व ज्योतिष विद्यापीठबाट लेखेको भए पनि लौ भनेर विश्वास गर्न हुन्थ्यो उनले त विज्ञापनमा हुँदै नभएको युनिभर्सिटीको नाम पो लेखेका रहेछन्। जो जो नेपालमा बस्नुभएको छ, उहाँहरुले यसो सोधीखोजी गर्नुस् है त यी डाक्टर सक्कली हुन् कि नक्कली ? यिनको अवार्ड साँच्चैको हो कि फेक ? कतै यिनी पनि सगरमाथामा टेलिभिजनमा विज्ञापन गर्ने यी बाबा जस्ता त हैनन् ? ‘जनआस्था’मा छापिएको समाचार पढ्नु भो ? ‘बाबा’ को बिधिले घरघरमा बबाल   काठमाडौं । एक नेपाली टेलिभिजन च्यानलमा प्रसारण हुने अद्भूत दैवीशक्ति भएका कुनै ‘बाबा’को विज्ञापन हेरेर आफूलाई परेको समस्या समाधानका लागि तपाईंले तिनलाई भेट्ने सोच बनाउनुभएको त छैन ? यदि त्यसो हो भने वेलैमा सतर्क हुनुहोला † किनकि आºनो लिंगमा अद्भूत दैवीशक्ति भएको दाबी गर्दै ‘देउता बा’का रूपमा चिनाउन मन पराउने सर्लाहीको हरिऔन–३, ब्रह्मस्थानी दनवारी घर भएका दिनेश घिमिरे हस्तमैथुनका मनोरोगी भएको रहस्य जनआस्थाले पत्ता लगाएको छ । जीवनमा कहिल्यै दोहो¥याएर उपचार गर्नु नपर्नेगरी हरेक समस्याको अचुक समाधान गर्नसक्ने चामत्कारिक शक्ति भएका भनेर सगरमाथा टिभीबाट फुक्ने ‘देउता बा’ केही वर्षअघिसम्म बसमा कन्डक्टरको काम गर्थे । साहुसँग झगडा परेपछि घर फर्केका घिमिरेले त्यसपछि सामान्य झारफुकको काम थाले । ‘त्यसवेला ऊ गाउँघरका सोझा–सीधालाई उपचारका लागि तेल, चामल, चिनी, धुप आदि चाहिन्छ भनेर माग गथ्र्यो अनि अलि बढी परिमाणमा जम्मा भएपछि गाउँकै पसलमा ल्याएर बेच्दै गुजारा चलाउँथ्यो ।’ स्थानीय विद्यालयका एक शिक्षकले नाम उल्लेख नगरिदिने सर्तमा भने, ‘टेलिभिजनमा विज्ञापन प्रसारण हुन थालेपछि त ऊ रातारात मालामाल हुन थालेको छ ।’ काठमाडौंको बागबजारमा कुमार परिकोटी र लक्ष्मी नामका कर्मचारी राखेर धन्दा चलाउँदै आएका देउता बाले पछिल्ला दिनमा उपचार गर्न आउनेहरूले आºनोबारे गाउँलेसँग बुझ्न नपाऊन् भनेर प्रबन्धसमेत मिलाएका छन् । बागबजारको एउटा साडी पसललाई सम्पर्क केन्द्र बनाएका उनीहरूले उपचार खर्चबापत जनही ५१ सय रुपैयाँ लिएपछि बल्खुको लालीगुराँस टाटासुमो सेवा प्रालिमा सम्पर्क गराइदिन्छन् । सुमोले प्रतिव्यक्ति ६ सय रुपैयाँ लिएर घिमिरेको घरमै पु¥याइदिने गरेको छ । अनौठो छ उपचार विधि समस्या सुनेपछि दिनेशले हरेकसँग भन्ने एउटै कुरा हुन्छ– सपनामा सर्प देख्नुहुन्छ ? खोला देख्नुहुन्छ ? कहिलेकाहीँ झस्केर ब्यु“झिनुहुन्छ ? पुरुष छ भने, कुनै अपरिचित महिलालाई देख्नुहुन्छ ? महिला छ भने, पुरुषलाई देख्नुहुन्छ ? आदि । प्रायः सबैले सपनामा देख्ने कुरा सोधेपछि उनी भन्छन्, ‘ल तपाईंलाई पश्चिम खोलाको वा पूर्व खोलाको वीरमसान लागेको छ । यहाँ आउनोस्, म निको पारिदिन्छु । एकचोटि उपचार गरेपछि कहिल्यै समस्या बल्झिँदैन ।’ आºनो शक्ति लिंगमा रहेको र रातमा उपचार हुने भएकाले एकरात बस्नेगरी आउन आग्रह गर्ने उनले बिरामीको मनस्थिति हेरी तीन÷चार रातसम्म आफूसँगै सुताउने गरेको छिमेकीको भनाइ छ । ‘राति उसले के–के गर्छ हामीले थाहा पाउने कुरा भएन । तर, उसकोमा विवाहित महिलादेखि युवतीसमेत रात बस्नेगरी आउने गरेका छन् ।’ मावि तहका ती शिक्षकले भने, ‘त्यही कारण श्रीमतीसँग समेत उसको सम्बन्ध बिग्रिएको छ ।’ निःसन्तानको समस्या भएर जानेहरूलाई मात्रै होइन, हरेक समस्या भएका पुरुषलाई आºनो लिंगसँग लिंग जोडेर राति पूजा गर्नुपर्ने विधि बताउने गरेको जानकारी त्यहाँबाट फर्केका एक पीडितले दिए । ‘राति ऊ उत्तानो परी नांगै सुत्ने रे † अनि आफूले चाहिँ उसको लिंगबाट वीर्य निकालेर लिंगको टुप्पोमा लगाउनुपर्ने रे !’ निःसन्तानको समस्या समाधान गर्न गएका नेपाली सेनाका एक सुवेदारले पंक्तिकारसँग भने, ‘मलाई त त्यही“ कुटिदिउ“m जस्तो लागेको थियो, तर श्रीमतीले फोनमा केही नगर्नू भनेकाले त्यसै आएँ ।’ सुरुमा सम्पर्क गर्दा उपचार अचुक हुने र चित्त नबुझे पैसा फिर्ता पाइन्छ भने पनि पैसा फिर्ता लिन निकै सकस व्यहोर्नुपरेको उनले बताए । कसरी छाए टेलिभिजनमा ? स्रोतका अनुसार, निर्मल गुरुङ बैंक घोटाला काण्डमा परेर भूमिगत भएपछि सगरमाथा टिभीमा उनका ड्राइभर, पाले र चम्चेहरूको हालिमुहाली भयो । त्यही क्रममा निर्मलकी पत्नीका ड्राइभर खिलबहादुर गुरुङमार्फत चितवनमा दीपक परिकोटीले प्रवेश पाए । मासिक तीन करोडको विज्ञापन ल्याउने हावादारी दाबीलाई टेलिभिजन व्यवस्थापनले पत्याइदिएपछि मख्ख परेका दीपकले त्यही मौकाको फाइदा उठाउँदै दिनेश घिमिरेबारे विज्ञापन बनाए । अन्धविश्वासको आडमा गरिएको ठगीलाई सत्यको आवरण दिन केही सोझासीधालाई पैसा दिएर घिमिरेको उपचारबाट ठीक भएको भन्ने कुरा बोल्न लगाइएको विज्ञापन निर्माणमै संलग्न स्रोतको भनाइ छ । ‘दीपक परिकोटी नारायणघाटको बद्नाम मान्छे हो ।’ उसलाई नजिकबाट चिन्ने स्थानीय एक पत्रकारले जनआस्थासँग भने, ‘सञ्चारबारे कुनै जानकारी नभएको ऊ टेलिभिजन च्यानल प्रोग्राम प्रोड्युसर भयो भनेर आफैँसँग अचम्म लागिरहेको छ ।’ तर सगरमाथा टेलिभिजनसम्बद्ध एक पत्रकारचाहिँ दीपक परिकोटी आºनो संस्थाको आधिकारिक कर्मचारी नै नभएको बताउँछन् । उनको भनाइ छ, ‘न्युज च्यानलमा न्युज चिफ पो हुन्छ त, प्रोग्राम प्रोड्युसर पद कसरी हुन सक्छ ?’ तर, दीपक यी आरोप स्विकार्न तयार छैनन् । दश वर्षदेखिकी मानसिक रोगी श्रीमतीलाई उपचार गरेपछि आफू ‘देउता बा’को भक्त भएको बताउने उनले कुनै गैरकानुनी धन्दा नगरेको दाबी गरे । ‘देउता बा’बारे मैले नै प्रचार गरेर उहाँलाई यहाँसम्म ल्याएको हुँ ।’ गाउँलेले दिनेश घिमिरेलाई नपत्याउनु सामान्य कुरा भएको बताउने उनले भने, ‘हामी अथेन्टिक छौ“, विश्वास नलागे आफैँ गएर अनुसन्धान गरे हुन्छ ।’ उपचारमा जाने हरेकलाई राति बस्न बाध्य पारेर मैथुन गर्न लगाइन्छ रे नि ? भन्ने जिज्ञासामा उनले प्रतिप्रश्न गरे, ‘उहाँको शक्ति नै लिंगमा छ, उपचार विधि नै त्यही हो त अरु के गराउनु ?’ ‘तपाईँ बुझ्नोस् न’ भन्ने थेगो भएका उनले उपचारमा आएका सबैको समस्या समाधान भएको दावी गरे । तर उपचार गरेर फर्केकाहरूसँग सम्पर्कका लागि नाम र फोन नं. लिन खोज्दा दिएनन् । बरु दिनेशको लिंगमा भएको शक्तिका बारेमा बुझ्न बर्दिवासस्थित सशस्त्र ब्यारेकमा सम्पर्क गर्न सुझाव दिए । आफूहरू अथेन्टिक भएको दावी गर्दागर्दै पनि उनले कुरा खुस्काए, ‘काठमाडौंबाट अहिलेसम्म गएका ६० जना जतिमध्ये १२ जनाजतिको पैसा फिर्ता गरेका छौं ।’ बालाजुतिर बस्ने गुल्मी घर भएकी एक महिलाले भनिन्, ‘त्यस्तो फट्याइँ कुरा टेलिभिजनबाट प्रशारण भइरहँदा पनि सञ्चार मन्त्रालय के हेरेर बसेको छ ? साभारः जनआस्था  

grgDai · Feb 22, 2012 10:48 AM · 3,016 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all