किन किन तिम्रो तस्बिर मलाई मिठो लाग्छ टाढा छौ तिमी तर छेउ मै भए जस्तो लाग्छ तस्बिर मै भए पनि तिम्रो हात समाउ झै लाग्छ अन्गालो मा बाधेर एक छिन् सारा दु:ख भुलु झै लाग्छ किन किन तिमी मलाई प्राण भन्दा प्यारो लाग्छ किन किन तिम्रो स्वोर मलाई मधुर लाग्छ तिम्रा शब्द हरु मलाई कर्ण प्रिय लाग्छ सुनेर सदै तेस्कै ताल मा जीवन बिताउ झै लाग्छ दु:ख मा सुन्द मनै आनन्द हुने तिम्रो स्वोर मलाई मिठो लाग्छ किन किन तिम्रो मलाई धेरै माया लाग्छ किन किन तिमी मेरो मन म बसे झै लाग्छ सुत्न खोज्छु तिमी अयेर झस्क्याए झै लाग्छ कता कता तिम्रो आवाज सुने झै लाग्छ कान मा अयेर तिमीले सुस्केरा हाले झै लाग्छ तिमी किन किन मलाई घेरेर बसेको छौ झै लाग्छ तिम्रो बोली ले सदै मलाई बोलाउछ झै लाग्छ तिमी मेरो मन को मन्दिर मा बसे झै लाग्छ किन किन तिमी मलाई आफ्नै झै लाग्छ किन किन मन मेरो तिमी तिर सदै मोडिन्छ मैले हिड्ने पाइला हरु तिमी तिर गयेर अडिन्छ अनी मेरो चन्चल मन पनि तिमी तिर गयेर रोकिन्छ किन किन तिमी ले मलाई मोहनी लाये झै लाग्छ किन किन तिम्रो हासो मलाई आफ्नै लाग्छ तिम्रो कुरा हरु मा भूलेर भिन्नै संसार मा पुगे झै लाग्छ म सपना को ब्यापारी लाई तिमी पनि एउटा सपना झै लाग्छ किन किन तिम्रो तस्बिर मलाई मिठो लाग्छ तिमी मलाई किन किन मेरो आफ्नै झै लाग्छ
amricane · Feb 15, 2012 9:54 AM · 10,566 views
लौ मित्र अम्रिकानेलाई राम्रै प्रेमरोग लागे जस्तो छ .... यस्तो रोग लागेको बेलामा त भावनाको आँधीबेहरी नै चल्नुपर्ने हो है मित्र, अनुप्रास मिलाउन खोज्दा भावना अलि बाँधिए जस्तै लाग्यो
Geology Tiger · Feb 15, 2012 5:55 PM
Washn't MaBiBi Shah's version, "Kina Kina timro Tasveer malai Niko lagchha?" Niko sounds better than Mitho, but the poem is good.
Kiddo · Feb 16, 2012 8:57 AM
सुरुका हराफ राम्रा लाग्यो तर सबै पढ्न बोरे लाग्यो ... राम्रो छ ...
PeaceSoul · Feb 16, 2012 9:26 AM
जी ति जी , तपाई लै थाहै छ म, लय बिहिन कविता लेख्ने मान्छे हु , कैले काही येसो लय छन्द अनुप्रास मिलाउने कोसिस गर्यो भने कविता खाली तेडो मेडो हुन जान्छ , तै पनि कोसिस गरेको मात्र हु . कमजोरी पत्ता लाइ दिनु भो सदा झैँ तपाई प्रति आभारी छु . Kiddo जी मैले टी कविता को शिर्षक चोरेको हु , कस्सैलाई नभन्नु है peacesoul कैले कहिँ येस्तई हुन्छ
amricane · Feb 18, 2012 7:02 AM
अम्रिकाने गुरु...... मैले यो कुरा अगाडि पनि लेखिसकेको छु कि म यहाँको कविताहरुको प्रसंशक हुँ । यहाँको थुप्रै कविताहरु सामान्य भन्दा माथिल्लो स्तरका छन् । यहाँ जस्तै मलाई पनि छन्दमा रहेर भन्दा स्वतन्त्र भएर कविता लेख्न सजिलो महसुश हुन्छ । तर पनि प्रयोग न हो कहिले काँही छन्दमै कविता लेख्ने प्रयास गर्नु पनि राम्रो हो । यसको लागि यहाँलाई शुभकामना ! अनि राहुलदाइलाई साधुवाद ! मलाई प्रशंसाको पुलहरु बाध्नु भन्दा रचनात्मक टिप्पणी गर्नको लागि अभिप्रेरित गर्नु भएकोमा....
Geology Tiger · Feb 18, 2012 10:41 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion