'मधुबाला'को अर्थ राम्रो आँखा भएकी?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 यो माइसंसार भन्ने साइट तोर्पे चाँही तोर्पे नै हो । अरुले यसो गर्‍यो र उसो गर्‍यो भनेर दुनियाँ गाली गरे पनि आफूले गरेको गल्तिहरु कहिले स्वीकार गर्न सक्दैन । भ्यालेन्टाइन दिन र भारतीय नायिका मधुवालाको बखान गर्दै एउटा महाशयले भयंकर लामो लेख लेखेछन् । कहाँ कहाँबाट खोजेर लेखे त्यो उनीलाई नै थाहा होला । तर लेखको सुरुमै 'मधुबाला'को शाब्दिक अर्थ राम्रो आँखा भएकी भनेर पनि लेख्न भ्याएछन् । ए महाशय अलिकती आफ्नो दिमाग पनि प्रयोग गरु न, मधुवालाको अर्थ राम्रो आँखा भएको भनेर कहाँ लेखेको छ भनेर एउटा प्रतिकृया पठाएको माइसंसारको वक्र दृष्‍टिमा परिहाल्यो .... यस्ताले फेरी किन निष्पक्ष पत्रकारिताको दुहाइ दिने होला भन्या नि!

Geology Tiger · Feb 15, 2012 8:42 AM · 23,677 views

11 Replies

माइ संसार को महात्म्य हजार जिब्रो भाको शेष नागले नि बखान हर्न सक्दैन . त्यसका साहुजी देशकै सबै भन्दा वरिष्ठ पत्रकार, बैज्ञानिक, राजनीतिज्ञ, कलाकार , साहित्यकार, इमान्दार  सबै थोक हो . त्यसका लेखक पनि देशकै अब्बल दर्जाका लेखक . पाठक त महान नै हुने भए . सामान्य संस्कृत, हिन्दि , उर्दु र नेपालि को ज्ञान हुनेलाइ मधु को अर्थ थाहा हुन्छ . मधु अर्थात मह अंग्रेजी मा हनी, बाला को अर्थ लरकी. यस्तो सामान्य ज्ञान तिनीहरुलाई हुदैन, एक दम ठुल ठुला ज्ञान मात्र हुन्छ . त्यसैले जिते ब्रो हाम्रो हैसियत छैन तिनीहरु संग मुख मुखै   लाग्न .  

rahulvai · Feb 15, 2012 10:10 AM

गुरु धेरै टेनसिन लिनु पर्दैन! त्यो जिमु तेस्तै हो! आखिर ज्यानमाराहरुको अघोसित मुखपत्र न पर्यो!  राहुल दाई, के छ हौ? लोंग़ time नो सी भो नि त! :

Narayangarh suburb · Feb 15, 2012 10:17 AM

तारेमाम नाराने , कता बेपत्ता हो? आफु त उही हो साझा अझ बिशेष त चौतारी न छिरी त के सास फेरे भयो र भने जस्तो . यतै चौतारी मा हुन्छु .

rahulvai · Feb 15, 2012 10:21 AM

तथ्य कुरा थाहा भैसकेपछि पनि नसच्याउने कस्तो जन्तु रैछ

grgDai · Feb 15, 2012 12:40 PM

tehi ta thuldai.... sabai kura ma afu bhandaa janne sunne aru kohi chaina bahnna thale pachi kasko po ke lagcha ra.... Narane tension ta khas ke linu ra.... tehi pani afulai chitta nabuejko kura rakheko matra ho bro....... 

Geology Tiger · Feb 15, 2012 5:44 PM

 @ Geology Tiger, I heard this whole story from Fun asia FM 104.9 that plays in dallas radio. After I finished reading the article in mysansar, I figure out that the anchor in FM 104.9 told the story of Madhubala in the same way that was published in mysansar. 

thapar20 · Feb 15, 2012 6:00 PM

thapar sir,  I am little confused here. Are you trying to say that the radio anchor read the same story published in mysansar.com or described the meaning of 'Madhuwala' in the same way that writer has written in mysansar.com?  

Geology Tiger · Feb 15, 2012 7:47 PM

सुनयना  भनेको भए म्रिगनायानी भनि तारिफ गर्न मिल्थो. इ महासय तिनै मध्धे का हुन्.  organic  लाइ जैविक नभनेरे लैंगिक भने जस्तै हो .

Magorkhe1 · Feb 16, 2012 11:19 AM

साँच्चै जिते जी मधुवाला को शाब्दिक अर्थ चाँही के होला? लेख त मैले पनि पढेको थिए, मलाई पनि लाग्यो कि उनी यस दिनमा जन्मदैंमा यती धेरै महत्व किन दिएको होला भनेर। तर जस्ले जे भने पनि मोरी राम्री चाँही हो है।  

sunayani · Feb 16, 2012 9:53 PM

 महोदया सुनयनी, हजुरले अलि हतार गर्नु भए जस्तो लाग्यो, मेरो पोस्टको ठ्याक्कै तल राहुलभाइको पोस्ट पनि पढ्नुभएको भए मधुवाला शब्दको अर्थ सम्बन्धमा केही जानकारी हुन्थ्यो कि?

Geology Tiger · Feb 16, 2012 10:03 PM

कुरो के परेछ भने,  मुमताज जहान बेगमको पहिलो प्रेमी लतिफ, प्रेममा साह्रै पीडित भयपछी रिस को झोक मा, यो केटी मा त "मधु"-(आर्थत गुलियो मह झै)  बेबहार त "बालै" (आर्थत  नभयको ) छैन हौ भनेर , घर, छ्रर, छिमेक, आफन्त लाई भन्दै हिंडेछन। मुमताज जहान बेगमलाई पीडित प्रेमी ले दियको "मधु-बालै" उपाधी कालन्तर मा "मधुबाला" हुन गए पस्चात उन्ले ग्रहन गरेको भनेर मैले कतै ३०-४० बर्ष अगाडि हैदरबाद बाट उत्तर कासी तिर तिर्थटन जादा रेल को डिब्बा बा "रहस्ये मधुबाला कि" भन्ने किताब मा पढेको जस्तो स्मरन भयो । LOL 

lutee_bahun · Feb 17, 2012 8:55 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all