तिमी र म

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Timessquare · Feb 14, 2012 1:01 AM · 11,242 views

8 Replies

 तिमी र म   एउटा आकाश  एउटा जुन  शितलता र रात    एउटा फूल  एउटा रंग  बास्ना र मात   एउटा धोनी  एउटा गीत  आस्था र साथ    बाटो , ढुंगा , पानि  हरियाली र पात   मिलन, हासो , स्पर्स  मिठास र बात    जीवन , सपना ,यात्रा यथार्त  र भात     अन्तमा , जीवन र आकाश  सपना र फूल  यात्रा र धोनी  यथार्त  र बाटो  भात र मिलन  अनि तिमी र म  तेही  "र" काट्ने प्रयास गर्दैछु !!   

jhaukiri · Feb 14, 2012 3:39 AM

सुन्दर! तर मलाई कता हो कता भात चाँही भातमा लागेको ढुङ्गा जस्तै लाग्यो...

Geology Tiger · Feb 14, 2012 9:36 AM

सुन्दर सिर्जना, जिते ब्रो ले भने झैँ त्यो भात लाइ लात हान्दिम अझ सुन्दर बन्ने छ .

rahulvai · Feb 14, 2012 9:57 AM

 

jhaukiri · Feb 14, 2012 11:12 AM

kancho · Feb 14, 2012 1:27 PM

Maat bhaneko ho ki?

kancho · Feb 14, 2012 1:27 PM

बहुतै राम्रो सुझाव कान्छोको, अति नै उपयुक्त शब्द झ्याउकिरी तिमीसँग प्रशस्त राम्रा शब्दहरु छन् अब ती शब्दहरुलाई अलि खेलाउनु पर्‍यो । शायद नेपाली टाइप गर्न गार्हो भएर होला तर अलिकति ध्यान सुद्दसुद्दीमा पनि दिनु पर्‍यो.... तिम्रो रचनाहरु अत्यन्त मिठो हुन्छन्

Geology Tiger · Feb 14, 2012 1:42 PM

 सुझाबकोलागि  धन्यबाद साथिहरु तर मैले "भात"लाई आर्थिक बिम्बको रुपमा यहाँ प्रयोग गरेको हुन् | दुइ जीवको मिलनमा भात ले कत्तिको भूमिका खेल्छ भन्ने मेरो अभिप्राय हो | र साँचै सबै भन्दा गाह्रो चाहिं साथिहरु नेपालीमा टईप गर्न हाहा ...        

jhaukiri · Feb 14, 2012 10:18 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all