एक सपना देख्याँ -रामेश्वर राउत 'मातृदास'

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

एक सपना देख्याँ रामेश्वर राउत 'मातृदास'    बीस वर्षका उमेरमा   गोरखा राज्यका अभिभारा काँधमा बोक्याँ  जता हेर्योँ उतै लड्याका,  भत्क्याका दारुण अवस्था देख्याँ  टुक्राटाक्री सबैलाई जोडजाम गर्न्या  र सुन्दर शान्त विशाल देश बनाउन्याँ  एक सपना देख्याँ   ।।१।।  गोरखनाथ बाबाको आशीर्वाद  औ गजवीर–भाइभारदार र दुनियाँदारको  सद्भाव बटुल्याँ,  र, जीवनभर यही देश बनाउन्याँ   अभिछिन्न अभियानमा जुट्याँ   ।।२।।  कीर्तिपुर युद्धमा भाइ दलमर्दन  काजी कालु पाण्डे मर्याल,  शूरप्रतापका आँखा फुटाया  मेरा कालगति रह्याछ र बहुत मुस्किलले बच्याँ –;  ।।३।।  यो देश उसबखतका दुनियाँदार  गजवीर–भाइभारदार औ मेरा जीवनभरका  त्याग/तपस्या र बलिदानका परिणाम हो भन्या  छोटा/बडा सबैका चेतना भन्याँ नभन्यर्ाँता भारी अपराध लाग्न्याँ   ।।४।।  उम्य्राका–खुम्य्राका आज सबका सब भाषण छाँटन्याँ  काभन्दा कौन्याँ केही नगन्याँ  उद्योग कलकारखाना भत्काउन्याँ/लडौन्याँ–डढाउन्याँ  देश भत्काउन्याँ र बाँड्न्याँ हल्ला चुटन्याँ   बाँड्न्याँता बाँड्न्याँ–कसका देश बाँड्न्याँ?  क्या –; तम्रा–हाम्रा खप्पर बाँड्न्याँ?  पुस्तक च्यात्न्याँ/पुल भत्काउन्याँ  थोत्रा क्रान्तिका भ्रान्ति फैलाउन्याँ  क्या –; यही कुकर्मका उन्नति मान्याँ?  ।।५।।  आफ्नो देशको धर्म–भाषा–भेष  कला–साहित्य र संस्कृति नाशन्याँ,  परचक्रीलाई पोसन्या/स्वदेशको टाट उल्टाउन्याँ  दुनियाँदारको लडौन्याँ/अकालमा मान्याँ पराईको रिसवत लिन्याँ–खान्याँ  नेपाल–नेपालको सर्वनाश र घरङघाट पान्याँ अनि क्या –; यही दिवालिया तालले  नयाँ नेपाल बन्याँ–बनाउन्याँ?  ।।६।।  वर्तमानका यी सबै विडम्बना देख्याँका  गण्डकी कोसीझैं यसैत्यसै मन रुन्याँ  पृथ्वीनारायणका शोषक भन्याँ,  सामन्त/विस्तारवादी मान्याँ  देश र दुनियाँका खातिर कौन्याँ केही नगन्याँ मलाई भलिभाँती गालीगलौज  अपमान गन्याँ त गन्याँ बुद्धि–विवेकका आँखा घैंटामा खाँदन्याँता म क्यागन्यर्ाँ  तम्रा– हाम्रा विगत र वर्तमान छर्लङ्ग हुन्याँ  बड्ता क्या –; भन्याँ!  ।।७।।  देश सबैको साझा फूलबारी मान्याँ  नेपाल र नेपालीको कल्याण यसैमा हुन्याँ  बूढा मर्याा भाषा सर्यास,  आखेट बाँड्न्याँझैं जाति–जातिका नाममा  मुलुक नबाँड्न्याँ  मूर्खतापूर्ण भूल गर्न्याता एकमुष्ट सर्वनाश हुन्याँ  उद्यम् गर्न्या उद्यम्, वृहस्पति जान्याँ  मङ्गलग्रह पहिल्याउन्याँ,  नेपाल–नेपालीको यश र कीर्ति  संसारभर फैलाउन्याँ  बुद्धिमानी यसैमा हुन्याँ,  भक्कुको राँगोझैं  चण्ड/मुण्ड र उद्दण्ड नहुन्याँ  हुन्याँ त हुन्याँ/आफैं गुल्टन्याँ देश पल्टन्याँ  ।।८।।  समयले सबैको लेखाजोखा राख्न्याँ  नाफा/नोक्सान तौलीतौली भन्याँ नयाँ नेपाल/सयाँ नेपालका बकबास छाड्न्याँ  भएका नेपालका बेहाल र बर्बाद नपान्य संसारमै नहुन्याँ नयाँ नेपाल कहाँ खोज्न्याँ?  भ्रम पाल्न्याँ र भ्रम फैलाउन्याँता  देश र दुनियाँका वैरी हुन्याँ  कुरा बुझ्न्याँ कुरा,  सबै जातको फूलबारी हो नेपाल  सबैलाई सधैं चेतना भया!

_____ · Feb 9, 2012 12:19 PM · 2,518 views

1 Reply

ए राता मकै कति लामो हो पढ्दा मजा लाग्दा लाग्दै दिक्क लाग्यो

PeaceSoul · Feb 9, 2012 1:03 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all