आभा हाम्रो टोल छेउ एउटा बस स्टप थियो। जो पनि चढ्न मिल्ने बस रोकिदैन थ्यो त्यहाँ। हाम्लाई नी चढाउने भए, डाईभर र खलासी छोडेर मोटराँ भा सबैको जुत्ता पुस्दीम्ला, मोजा मिलाईदिम्ला सम्म पनि भनेको हो बाङ्गेले। तर त्यस्तो उदार स्वयमसेवकको सेवा पनि सराप्दै अस्वीकार गरेका थिए त्यो बसाँ चढ्नेहरुले। धेरै जसो गाढा नीलो फरक र हल्का नीलो सट लाएर चढथे, चढ्नेहरु त्यसमा। कैले कैले सेतै फरक, सेतै सट लाएर नी चढथे। हाम्लाई चै, बसको फल आँखा तरी मर भने जस्तो थ्यो। "ए गुरुजी, खलासीको ठाउँ खाली छैन यो बसाँ? हुँदा यसो खबर पाम न" बाङ्गेले डाईभरलाई एक बिहान सोधेको थ्यो। गुरुजीले, "किन खलासी मात्रै? डाईभरै भए भैगो नी" भन्याथ्यो झर्केर। "हुन त हुन्थ्यो गुरुजी तर दुईटा कुरो पर्यो के -- एक त बस चलाउन आउँदैन, अर्को सडकै मात्र हेर्ने भए त यत्तिकै ठिक छ नी -- बस सस नचलाई फुर्सदले हेर्न पाईरहीया छ --किन दु:ख गर्नु -- खलासी हुँदा चढाउन ओराल्न नी पाइने -- बस भित्र फुर्सदै फुर्सद -- कसैले भाडा नतिर्लान भन्ने झन्झट पनि छैन--मनले जता रहरहरु उतै हेर्न पाईने -- त्यै भएर खलासी हुन खोज्या। मलाई फेरी तलब सलब चाईने नी होईन, एक्स्ट्रा खलासी राख्न मिल्दैन, गुरुजी?" सोध्ने बित्तिकै डनहिलको लामो सर्को तान्यो बाङ्गेले। गुरुजीले केही भनेनन, घुरी रहे। बाङ्गेले डनहील दियो, गुरुजीले लिएनन बरु बेस्सरी एक्सीलेटर थिचेर मुस्लो धुवाँ छोडे, कानै खाने गरी हरन थिचे। मन त उनलाई बाङ्गेको कानै खाने गरी मुख छाडन मन लाग्या थ्यो होला, तर बसाँ भाकाले उजुरी गर्लान र जागिर धरापमा पर्ला भनेर होला हरन र एक्सीलेटरले नै काम चलाए। बस ईन्जीन जसरी गुरुजी तातेको देखेर बाङ्गे पनि छेउ लाग्यो। एकातिर बसको "साईलेन्सर"ले धुवाँ छोड्दैथ्यो अर्को तिर बाङ्ग्याले। उ पनि त चुरोटको ध्वाँ छोडदैथ्यो नी। बसको त्यो साईलेन्सर त नाम मात्रैको थ्यो, झर्कै लाग्ने गरी कराउँथ्यो कराउनलाई। "यस्तो कराउने पूर्जाको नाम के खान साईलेन्सर राख्या होलान?" म अलि पर सर्दै भनें। "नाम त ठिकै छ नी, साईलेन्सर भन्या चुप लाउने होईन र? चुप लाग्ने भा पो पूर्जाको नाम मिलेन भन्नु -- यो साईलेन्सर छेउ बसेर कसले कुरा गर्छ? मान्छेलाई कुरा सुरु गर्न कि यो कि आफु अलि परै पुग्नु पर्छ, कि चुप लाग्नु पर्छ--नत्र आफुलाइ कुरा दोहोराउँदै ठिक्क, छेउको ले "के रे?" भन्दै दिक्क कसो?" बांङ्गेले चुरोटको सर्को फेरी तान्नु अघि हाँसेर सोध्यो। "तेरो नी साईलेन्सर त चल्या चल्यै छ-- उसै त ठीटीहरु ट्याक्सीमा हुने ऐनामा देखिने कुरा जस्ता छन, हेर्दै गयो पर पर हुँदै जान्छन--यसरी साईलेन्सर चलाएसी झन झन साईलेन्स बढ्दै जाला नी " उस्ले चुरोट तान्दै ध्वाँ छोडदै गर्या तिर ईंगीत गर्दै मैले भनें। बसमा छड्के नजरेले हेर त -- तँलाई हेर्ने र मलाई हेर्ने कुन धेरै छन? बांग्गेले भन्यो। उस्ले भन्या जस्तै गरेर हेर्या उ तिरै धेरै हेदै हाँस्दै थिए-- बाङ्गेले थप्यो, हेर बाबु--ज्ञानी केटो भन्या बाउ आमालाई चाईने हो क्या तरुनीहरुलाई होईन त -- चिल्लो तेलमा देब्रे सिँउदो कोरेर, टिलिक्क टल्क्या जुत्ता, तनक्क पर्या सर्ट, धारे पाईन्ट जखेर, पछाडी झोलामा किताब बोकेर हिन्ने केटा यी केटीहरुका बाउ-आमालाई त मन पर्ला तर यी मध्धे धेरैलाई त्यस्तो केटा चाहिएकै छैन---" बाङ्गेले जानकारी गरायो। बस अब हिन्ने सुरसारमा थ्यो-- मैले भनें "त्यै त तै जस्तो बिग्र्या केटा पर्खेर बसीराछन ठीटीहरु--" उस्ले भन्यो "हो नी --नभए तैले त निकै फेला पारीसक्या हुनुपर्ने अहिलेसम्म। कत्ति न भलादमी भन्ठान्छस आफुलाई। यो बेला भनेकै बिग्रीने बेला हो क्या--सुधृने बेला त पछी आउँछ--त्यै बेलाँ सुधृम्ला नी--जहिले जे को बेला हो त्यै गर्नु पर्छ--" "सुधृने बेला चै कुन हो नी?" सोधें-- अब यसै बाङ्गेले ज्ञान बाँडीराथ्यो उसै, भेट्या बेला टीपटाप पारीराखे काम लागे लागीहाल्छ नलागे हुर्र्यईदे भैगो। "कैले कैले अब--अहिले मलाई के थाह्--मेरो बाउ त अहिले सम्म सुध्र्या छैनन--मेरै पालो त कैले हो कैले नी--" "के भो र तेरो बाउलाई?" "कस्तो के भो? मलाई चुरोट नखा भन्छन, एक बट्टा दिनको उनैले तान्छन, रक्सी खाएर आईस भने घराँ छिर्न दिन्न भन्छन, बाथरुम सम्म जान उनैलाई भित्ता छाम्नु पर्छ पर्या बेला --नातेदार चिन्न टाईम लाग्छ उनलाई पप्लुका तास फ्याट फ्याटी चिन्छन, सुन्दरीहरु प्रति उनको अनुराग जग जाहेरै छ--अब तेरा पट्टीका भलादमीहरुको पनि स्वस्ती सुन्छस की?" "ल ल भो--" मैले भनें। आफुलाई थाह नभाको नी थप्ने हो की बाङ्गेले भन्ने पीर। "ठीटीहरुको बसले टंगाल काटीसक्यो होला--बस गाको अहिले हो? तँ चै यहीँ बसेर फलाकीराख।" मैले अलि झर्केर झैं भने। यो त गए नी फर्केर आउने बस हो। यो बस र हाम्रो मन उस्तै हो नी, हैन भन्त? ठीटीहरु हुँदा भरीभराउ १ गतेको सत्तेनारन मन्दिर जस्तो, नहुँदा रित्तो त्यै सत्तेनारनको मन्दिर तर २ गतेको। तर सक्रान्ती मैनामा एक चोटी आउँछ, धन्न ठीटीहरु चैं दिनदिनै। उस्ले भन्यो। "बसै भरीका ठीटी त तँलाई चाहिया होईनन होला नी?" "बसै भरीका त होईन",-- फेरी एकै छिन सोचेर भन्यो बाङ्गेले "भए त राम्रै पनि हुँदो हो तर जती जन्ती लिएर गए पनि--जन्ती लिएर गा घरमा जती सुन्दरीहरु भए पनि दुलहा सँग जग्गेमा बस्ने त एउटै दुलही हुने हो। बिर्सीन त भएन नी।" उस्ले हाँस्दै भन्यो। ठीटीहरु हिने पछी अन्माको जग्गे जस्तो बस स्ट्प छोडेर भिमसेनथान तिर लागीसक्या थेम हामी। ईस्कुल त फेरी हाम्रो नी जानु थ्यो। "तर तँ जे भन बाङ्गे है यो चुरोट चिलीम तानेर चैं ठीटीहरु झुम्मेलान जस्तो मलाई लाग्दैन" लाग्या कुरो भनें। "झुम्मीन्छन नै त कस्ले भन्या छ र--उनीहरुको ध्यान तान्ने एउटा कारण हुन्छ भन्या नी--ध्यान त तान्नु पर्यो नी फसमा जसरी हुन्छ। फेरी चुरोट त तीनीहरुको बाउले तान्छन, दाईहरुले नी तान्छन। देखेकै छन। अलि आँटी रछन भने उनैले नी तान्लान। तर जे भए नी उनीहरुलाई मन परे पनि नपरे पनि चुरोटको रेपुटेसन तैंले सोचे जस्तो खत्तम पनि छैन। बुझिनस? उस्लाई मन नपरे यो चुरोट खाने मान्छे मलाई मन पर्दैन भन्छे, लौ त तिम्रो लागि भनेर छोडदिन्छु। उ पनि उस्को असर देखेर दंग, म पनि मेरो देखेर। के बिगृर्यो र?" अरु श्लोक थप्यो उसले. "एउटीले भनी रे भन्दैमा छोडदिन्छस चुरोट?" मलाई पत्याउन अलि सकसै परेको ले सोधें। "उ सँग हुन्जेल त छोडदीन्छु नी--सँधै त अब उ नै सँगै हुन्छे की हुन्न" बाँग्गे निस्फिक्री हाँस्यो। घरै छेउ आईपुगीया थ्यो। जाने सम्मको सज्जन रुप धारण गर्नु पर्ने सीमा भित्र छिरीसकेको हुनाले तामसी गफलाई स्थगन गरेर अरुले नी सुनुन भन्दै सात्वीक गफ सुरु गरीयो। लामपोखरी पूर्ब लागीएको मात्रै के थियो, मैलो मैलो देखिने राता लुगामा पहेलो ओढ्ने ओढ्या, निधारमा तेर्सा खरानी धर्का बिच ढाडो लाम्चे आंखा बना, लट्टा पर्या कपाललाई आधि उधो जुरो पार्या, एउटा हातमा तिर्सुल, डमरु तेसैमा उन्या अनि अर्कोमा कमण्डलु बोक्या, खुट्टाकै रंग सँग मेला खाने कालो कालो चप्पल लाको ब्यक्तित्वले बाङ्गे तिर तिरसुल तेर्साउँदै भन्यो "तिम्रो भाग्गे हेर्दीन्छु म--" भाग्गे हेर्छु भन्नेले अरु पनि के के हो भन्न खोज्दैथ्यो बाङ्गेले उछिन्यो "पैला आफ्नै हेर्नु नी--के दशा लागेर हो यस्तो ताल छ--दश तिर नमागी खाने बन्दोबस्त छैन--सुत्ने कुन पाटी तिर हो--पैला आफ्नै दशाका ग्रह शान्ती गर्नु--भाग्गे बनाउनु अनि अरुको तिर लाग्नु क्या गुरु--कसो?" तेर्साको तिर्सुल ढाडो टेकाएर चित पर्या गुरुलाई बाङ्गेले अझ नजिक गएर भन्यो, "घरै नजिक नभा भे बिदेसी चुरोट तान्नु हुन्थ्यो गुरु र म मिलेर --तर अब गुरुका दशा खत्तम रेछन-- के गर्नु र घरै अघि भेट भो--" हामी मुस्कुराउँदै अघि बढीम--गुरु घुर्दै थिए हाम्लाई। बाङ्गेको घरै छेउ पुगे पछी उस्ले र मैले एक अर्कालाई हेरा हेर गरीम। बाङ्ग्या कौसीमा त सुन्दरी एउटी जगमगाई रा छे बा! "पूर्णिमा रे छ आज, आफ्नै कौसीमा चन्द्रमाको लगन रे छ--लाईट लिएर आफु चै बस स्ट्प पुगीयो। थुक्क!" बांग्गेले थुकुम्ला झैं गरेर भन्यो. मैले बाङ्गेलाई सोधे, "को यार यो?" उस्ले भन्यो " जो भए नी तेरो चै मेरै मार्फतको नाता हो--यति सम्झिराख बाँकी मैले बुझे पछी बुझाम्ला" उ त घर भित्र लाग्यो म अलपत्र परें। म पनि लागुम भित्रै भने गाँस टिपेर ईस्कुल बत्तिने ट्याम भैसक्या अघि नै हो--घर तिर लखर्किम, दर्शन पाउँदा पाउँदै मन्दीर छोडने कुरा नी भएन। म झोक्राउँदा झोक्राउँदै बाङ्गे कौसीमा पुग्यो--उ पुग्नु के थ्यो, देवी अन्तर्ध्यान। म नी बाटो लागें। ---
Deep · Feb 8, 2012 11:01 AM · 133,779 views
ओ हो! धेरै दिन पछि बांगे पुराण पढ्न पाइयो ! एकदम दामी as usual.........दीपज्यु Welcome back!!
*~Spring~* · Feb 8, 2012 11:17 AM
स्वस्ति प्रभो। दामी गयो । आभा लाई झट्टै ल्यामन प्रभो।
बिस्टे · Feb 8, 2012 11:21 AM
दीप ब्रो को अर्को झक्कस बाङ्गे पुराण पढियो - सकेको त छैन होला नि है भन्ने मान्याछु
serial · Feb 8, 2012 11:22 AM
त्यही त सकेको त छैन होला नि .......
ramronepal · Feb 8, 2012 11:53 AM
सकिहाल्न त भएन नी-- उसै त अनिकाल छ --मास्न हुन्थ्यो के त सुरुमै --
Deep · Feb 8, 2012 11:57 AM
त्यही भनेको - आभा को एन्ट्री नै भाको छैन त्यो कौसी मा देखिने आभा त होला नि -
serial · Feb 8, 2012 12:01 PM
----"किन खलासी मात्रै? डाईभरै भए भैगो नी"----- मरे म हाँस्दा हाँस्दा। दिप, कौशिमा आभा भएनी बिभा भएनी केही छैन, कथामा ब्रेक नलागे हुन्छ।
Dipika02 · Feb 8, 2012 12:50 PM
धेरै पछि साझा छिरियो, पर्भोको आभा वृतान्त पढ्ने मौका पाइयो. लु लोकल बस जस्तो घ्याच घ्याच नरोकी अघि बढम\.
chipledhunga · Feb 8, 2012 5:03 PM
स्वस्ती टक्रयाएँ, प्रभो! तो जाडो मौसमाँ गाढा निलो फरक र हल्का निलो सट, गर्मि मौसमाँ सेतो फरक र सेतै सट ला'का, निलो साझा बसाँ चढेका...ज्यान जिरिङ्ग, आंग सिरिङ्ग भो भन्या! कस्तो याद दिलायो! रमाइला रमाइला कथा हरु त थुप्रै हुँदो हो के रे मेरो नि तो बेलाको...आफ्नो त खप्पर मात्रै ठुलो र सिनित्तै...तो खप्पराँ लेख्न मिल्दैन, कम्पुटराँ वा कागतआँ लेख्न आउँदैन. संगै बसेर सिरिप्प पारुम भनेको नि निकै साल भै सको के रे...यसो बस्न पाए त सुनाउथें हाम्रा पुराण पनि, अनि पर्भोले यता लेख्दिन्दा नि हुन्थो के रे! ठाम भनम, ट्याम भनम, दाम मेरो भो, ल! तेइ हरेक बिहान र बेलुकी स्कुले केटीहरुको बस पछी पछी साइकल कुदा'को झैं गरि कुदी रा'छु के रे पर्भोको कथा पछाडी! एक्सिडेन्ट नहोस!
Poonte · Feb 9, 2012 8:52 AM
हाम्रो बाङ्गे त फेरी आएछ. गजब जादै छु प्रभु......
namit_thapa · Feb 9, 2012 9:31 AM
दिप प्रभु दोस्रो भागको प्रतिक्षामा हामि पनि छम् ....लेखाइ र प्रस्तुतिको त बखान कति गर्नु जति गरेपनि कम होला पलाम् है चाडै !!
bhakte dai · Feb 9, 2012 9:53 AM
*~SPRING~* यो winter मा किन न्यानो हुन खोज्छ भन्या त spring आएर पो रे छ--त्यो पनि अघि पछी लहर ~ लगाएर अनि नी फुलका थुँगाले घेरेर * । यस्तो फुलबारीमा go away भन्या भे त आउँथे म, झन welcome back भनेसी त -- बिस्टे "आभा लाई झट्टै ल्यामन प्रभो" हैन यसरी घरजम गरेर सपरीवार बसेको मान्छे---सुन्दरीको नाम त सुन्नै नहुने बा! ल्याम ल्याम झट्टै ल्याम भनीहाल्ने--एक दुई दिन घरका मान्छे माईत गए रे भन्दैमा यसरी बिचलित हुन त भएन नी प्रभो-- बरु प्रभो र म यसो महांकाल, चुच्चेपाटी, शान्तीगोरेटो, मैजुबाल, कुमारीगालै सम्म पनि बरु साँझ तिर मिल्छ भने बिचरण गर्न जाम न--काम त केई छैन तर पर्न पनि सक्छ-- SERIAL "सकेको त छैन होला नि है भन्ने मान्याछु" अब के सकेको छैन भन्ने मान्या हो? सकिने काम त सकियो पनि तर बाँकी भाका त हुने नै भए, कसो प्रभो? "त्यो कौसी मा देखिने आभा त होला नि" प्रभो त्यो कौसीमा देख्याले मनै उज्यालो भा भे आभै हो, पोल्या भे आगै हो, डाम्या भे तावै हो, छोको भे हावै हो, अल्झेको भए भावै हो-----केई नभए बालै भो-- RAMRONEPAL " त्यही त सकेको त छैन होला नि ....... " आफु नी सक्नु छैन, अर्काले सक्ला भनेर नी डरै छ -- गरेर त खानै नदिने गाँठे! DIPIKA02 "दिप, कौशिमा आभा भएनी बिभा भएनी केही छैन--" म त सहमत छु नी--तर ट्वाकले पो के भन्छ--बिभा सँग पाए बिहे गर्छु नभए को सँग गर्दीरछे हेरम्ला भन्थ्यो--बिहे मात्रै हेरम्ला भन्या भए त केही थिएन तर नियत अलि उग्रै किसीमको बुझ्या भएर नी, मलाई त आभा बिभा जो भए नी हुन्थ्यो--ट्वाकलाई अलिकति मत्थर पार्न पाए त -- CHIPLEDHUNGA प्रभो दोलालघाट बाट कैले? अस्ति पनि पाँचखालमा दुई चार जना झुम्या मान्छेले घेरीएर सलाई कोरे झिलिक्कै बल्छ यो भन्दै सिसाको गीलासमा मात्रा घुमाईरा देख्या थें--दुई तिनटा अरु छेउमा नी लडीरा थे -- गीलास भन्या -- "लु लोकल बस जस्तो घ्याच घ्याच नरोकी अघि बढम" हन प्रभो चल्तीमा त लोकल बस जस्तो घ्याच घ्याच नै चलेको छ रेन्त--एस्प्रेसले त जिन्दगी डुबाउँछ भन्दा रे छन--हुन त ईन्द्रको अगाडी स्वर्गको के बयान गर्नु--हैन्त प्रभो? POONTE "तो जाडो मौसमाँ ...ज्यान जिरिङ्ग, आंग सिरिङ्ग भो भन्या! ---" जाडाँ यस्तै हो प्रभो--अरु केई भाको हैन छाला खस्रेको भन्दा रेछन त्यसरी ज्यान जिरींग, आँग सिरींग हुनेलाई--कि त चिसो पानीले न्वाउनु पर्यो, नभए लोसन लेपन गर्नु पर्यो--ठिक हुन्छ रे-- प्रभो--त्यो पवित्र वर्क सप देखी प्यारा सम्म-- लोला आकारको रोटी धेरै पकाईयो प्रभो--जन्ती चै अरुहरुले नै ल्याए क्यारे--आफुले त निम्ता सम्म नी पाईएन--एउटा हाताँ सिसी बोकेर अर्को हातले जग्गे तिर देखाउँदै पूर्णीमाको रात पनि औसीको झै लाग्न थाल्यो--मेरो जीवन तिम्रो सिउँदो कुन पापीले रंगाईहाल्यो--गाउने पनि रहरै भो-- हस प्रभो ठाम, र ट्याम मिलार प्रभोको सप्ताह लाम्ला -- अब सात दिन जति त लाग्ला प्रभोको पुराण सक्न--थुप्रै बर्ष लाएर लेख्या होला-- NAMIT_THAPA "हाम्रो बाङ्गे त फेरी आएछ.." हाम्रै भएरै त होला नी हामी कै आको--नत्र अन्तै जान्थ्यो होला--कसो प्रभो? BHAKTE DAI "पलाम् है चाडै !!" पलाउन त परीहाल्यो नी प्रभो--अहिलेई सुकियो भने त खत्तम भै गो नी--आफुलाई नी पलाउनु पर्या छ--अरुलाई फलाउन नी पर्या छ--काम बाँकी छ धेरै-- ------ आफ्नो डक्क समय मेरा चानचुने प्रयासमा खर्चेर गुन लाउने सबै साथीहरुलाई प्रति हार्दिक आभार। आजै खोकुम्ला अर्को अध्याय भन्या--कामले एउटा पछी अर्को हल्स दिएर खोक्नै पाईएन।
Deep · Feb 9, 2012 1:35 PM
>>>जाने सम्मको सज्जन रुप धारण गर्नु पर्ने सीमा भित्र छिरीसकेको हुनाले तामसी गफलाई स्थगन गरेर अरुले नी सुनुन भन्दै सात्वीक गफ सुरु गरीयो।<<< बाब्बा हो गफ पनि तामसी र सात्विक? नसकिने भो यि दुई धरम वीर को जोडीलाई ! सिर्शक नै हिरोइन को नाम बाट राख्या रेछ ! अब अर्को भाग मा त डेब्यु गर्नी होला नि आभाको ल ला हान्दिम है ब्रो !
ritthe · Feb 9, 2012 2:56 PM
Khai Prabhu, Abha kaile jhulkine ho. Ma ta din dinai bato herdai thakisake. Bihani ko usha sangai aaula bhanyo... kewal nirasa ka kiran haru bokera dharti ma landing garcha.... Joon pani herda herdai hamburger bata Corona ko Lime bhaisakyo... tapani Abha aaiupugena.... :(
daum · Feb 13, 2012 1:21 PM
ओहो दीप प्रभो धेरै बिस्राम पछि बांगे पुराण पद्द्न पाईयो मुरी मुरी धन्यवाद , लौ अजै अघि बडाम यो पुराण लाई...साझा ले के थरि "नेपलिज गट ट्यालेन्ट " भन्ने आयोजना गरेको छ नि तेस्मा दीप प्रभो लाई नि उठाउने हो कि कसो प्रभो ? तेसो गरे कसो होला ?
sawcheen · Feb 13, 2012 2:18 PM
Superb as always
adventurer · Feb 13, 2012 11:39 PM
Deep bro.. you are the best...
???? ? · Feb 14, 2012 5:50 AM
जदौ दीप प्रभु ! देर आए दुरुस्त आए भने जस्तै भो! हल्स सल्स खल्ती तिर राखेर अरु खोक्न परो प्रभु, हामी भक्तहरु पलेटी कसेर बस्या छम प्रभुको खोकाइ सुन्नलाइ!
Juggy · Feb 14, 2012 2:01 PM
यो साईलेन्सर छेउ बसेर कसले कुरा गर्छ? Man paryo!
Kancho · Feb 14, 2012 6:09 PM
दीप प्रभो ... खै त आभा ... हामी पनि दर्शन पाइन्छ कि भनेर कुरेको कहिले हो ?
Aakinchan · Feb 16, 2012 5:25 AM
हन प्रभो, धेरै भो त आभा कौसी बाट अन्तर्ध्यान भाको पनि| येसो बांगे लाई भनेर आभालाई कौसीमा फिर्ता बोलाउन परो|| तेती भे त प्रभुको कथा नि अघी बढ्थ्यो, हामी पनि त्यो बांगेको घर बाहिर आभा को दर्सन पाउनलाई धेरै दिन कुर्न पर्दैन थ्यो होला|
Nepal Ko Chora · Feb 16, 2012 11:18 AM
दर्शन पाउने गार्हो पर्यो Aabhako
aman · Feb 17, 2012 11:01 AM
ABHA ....Purne ma jhulkela bhaneko ta... bholi parsi AUUNSHI
daum · Feb 17, 2012 11:18 AM
Normal 0 false false false MicrosoftInternetExplorer4 /* Style Definitions */ table.MsoNormalTable {mso-style-name:"Table Normal"; mso-tstyle-rowband-size:0; mso-tstyle-colband-size:0; mso-style-noshow:yes; mso-style-parent:""; mso-padding-alt:0in 5.4pt 0in 5.4pt; mso-para-margin:0in; mso-para-margin-bottom:.0001pt; mso-pagination:widow-orphan; font-size:10.0pt; font-family:"Times New Roman"; mso-ansi-language:#0400; mso-fareast-language:#0400; mso-bidi-language:#0400;} म झोक्राउँदा झोक्राउँदै बाङ्गे कौसीमा पुग्यो--उ पुग्नु के थ्यो, देवी अन्तर्ध्यान। म नी बाटो लागें।..... घराँ छिर्न पा छैन स्कुल जान मन छैन कि क्या हो? बरालिन पाए सी अरु केई कुरा को ध्यान हुन्छ कि हुँदैन? अघि ब्यान त्यो घर बनाउने नाईकेलाई बोलार ल्या भन्या के गरीस? तेरो लुगामा कस्ले ईस्त्री लाईदीन्छ भनेर भर पर्या? जुत्ता टल्क्याउने, ईस्त्री लाउने आफै गर्न सकिदैन? जस्ता प्रश्नहरु चारतिर बाट बर्षिए। बर्षिए बर्षिदै गरुन भनियो। सधै जसो उफ्रीने प्रश्नहरुलाई ध्यान दिएर साध्ये हुन्छ के त? झुसिलकिरो उफ्रे पो नौलो हुन्छ--हेर्न नी स्वाद, अब फट्याङ्ग्रो उफ्रेको त के वास्ता गर्नु? त्यो नाईकेलाई चै बोलाईदिनु पर्ने थ्यो। बिर्सेछ। अब बिर्स्या कुरो के गर्ने? साथीहरु तलबाट बोलाउन थालीसक्या अघि नै। ल ल आएँ भनेर बसियो--दरो सँग भात दन्काईयो। हतार भा बेला यस्तरी खान नहुने--अब फटाफट हिन्नु पर्छ सके दौडीनै पर्ला--दुई तिर बाट कोखामा हान्ने भो अब भातले भन्दै हतार हतार लुगा लगाईयो। झोला बोकेर हिन्न आँट्या हजुरआमा केरा दिएर ल बाबु यो प्रसाद खा--तेरो ग्रह दशाको नी जाप गर्देको आज--तैले खानु पर्छ भन्न थालीन। अब भो की--तेस्तो चर्केको पेटमा केरा खाएर लम्के पछी केराले त्रीशुल सट दिन थालीहाल्छ। पछी खाम्ला भन्या पछी हैन अहिले नै खाँदै जा न भनेर जिम्मा लाईन। के गलफती गरीरहनु भनेर केरा नी झ्वाम नारान गरीयो। ए अनि त पाईलै पछी केराले एक छिन सम्म शुल प्रहार गर्या गरेई। अब ग्रह दशा शान्त नगर्या साधारण केरा भए त खान्नै भनेर हिनीन्थ्यो। आफुलाई फेरी दशा, शिबदाईलाई जाँड लाग्या जस्तो थ्यो। धेरै जस्तो लागिराकै हुने। त्यै भएर हटे हटी हाल्छ नभए नी बिषै त होईन नी भनेर खाइयो। ल अरु कुरा त्यस्तै उस्तै हो--चाईने कुरा तिर चै लागुम न अब-- बाङ्गेलाई भेट्ने बित्तिकै "को रे छ त यार ब्यान?" भनेर सोधियो। सोध्न नपाएर उकुसमुकुसै भै सकेको थ्यो आफुलाई। "के ब्यान? बस स्टपको कुरा गर्या?" भन्छ बा! बाङ्गे त। "के को बस स्टपको नी--तेरो घरको कौसीमै घाम झुल्क्या हैन ब्यान? उस्कै कुरो गर्या नी--को रे छ?" अलि चर्को स्वरमै सोधियो। "खै को को यार केई था भएन--अब भात खाएर स्कुल बत्तिनै ढीलो भैहाल्थ्यो--बुझ बुझारथ गर्न भ्याईएन। अब बस स्ट्पमा एक हुल छन--घराँ छ्यास्स आकी एउटीको के हिसाब र? जो सुकै होस--चानस त बस स्ट्पमै धेरै छ नी--होईन भन्त?" उस्ले नी सोध्यो। "हेर बाङ्गे मैले नी तेरो संगत गर्या भो अलि ट्याम--अब मलाई यो एकादशी पुराण सुनार आफु मासुभात खाने सुर नगर त।" भन्नै पर्यो। "हैन तैले सुन्न खोज्या के? ब्यान मेरो घराँ देख्या केटीको कुरा गर्या भे--त्यो कुरा छोडेर अरु कुरा गर" बाङ्गेले स्वरलाई अलि कठोर पारेर भन्यो। "अब भागबत सुन्न बस्या मान्छेहरुलाई पन्नीतले तिमीहरुले सुन्न खोज्या के? किस्नलाई छोडेर अरु कस्को कथा सुन्छौ ल भन भनेर सोध्या जस्तो नगर न" मैले चै स्वर नरम पारेर भनें। हालसालै घरका मान्छेले घिच्च्याएर एउटा नातेदार काँ भागबत पुराणमा लगेर थचारेका थिए। त्यति बेला त झर्को लाग्या थ्यो अहिले काम लाग्यो सन्दर्भमा। "हेर बाबु, त्यो केटीको कुरा नगर--त्यो नातेदार हो यार --मेरो बैनी" बाङ्गेले गर्व गरे झै गरी भन्यो। जाडोको मैना--चप्पल पिटीक पिटीक पार्दै हिन्या बेला झुल्क्या घाम देखेर ज्यान तात्छ कि अब भन्ने लाग्दा लाग्दै बुढी औलामा दरो ठेस लागेर रन्थनेको जस्तो पो भो आफुलाई त। तै पनि बाङ्गेले जे पनि भन्न सक्थ्यो--उस्ले बैनी भन्दैमा हो भनेर पत्याईहाल्न पर्ने पनि थिएन। त्यसैले सोधें "को बैनी? पैला त कैलेई देख्या छैन" बाङ्गेको घरमा म दिन दिनै जान थालेको बर्षौ भै सक्या थ्यो। उस्को नातेदार बैनी भा भे त मैले देख्नु पर्ने नी। "यहा भा भे पो देख्थीस त -- नेपालगन्जका हुन के यीनरु। मेरो बाउको काकाकी नातीनी त्यो। अब बुझिस? उस्ले बीट मार्दै झै भन्यो। "को काका?" मलाई यत्तिकै पन्छाउने सुर् गर्या हो कि भन्ने लाग्दैछ मनमा आफ्नो। "तँलाई अब हाम्रो बंशाबली ल्याएर देखाउनु पर्यो? मेरो बाउका काका छैनन त्याँ बत्तिसपुतलीमा? उन्कै नातीनी उ--अब बुझिस?" उस्ले सुनायो। मलाई अझै चित्त बुझेको छैन। त्यस्को त्यो बाउको काकको घरमा म पनि गा छु। हजुरबा भनेर नमस्ते ठोक्या छ निकै चोटी। त्यो केटीलाई कैलेई देखिएन। "त्यो तेरो बाउको काकाको घराँ त म नी गा छु त--" मैले भन्न खोज्या उस्ले बुझ्यो--"ती हजुरबाका दुई जना छोरा छन, यहाँ बत्तिसपुतलीमा हजुरबा कान्छा काका सँग बस्या हुन--जेठा काका उतै नेपालगन्ज तिर छन। अब यतै घर बनाउँछन रे।" ल मैले बुझ्या यत्ति हो अब यस्को बारेमा केई नी नसोध। च्यापटर क्लोज।" बाङ्गेले घोषणा गर्यो। "तेरो बैनी है उसो भए?" मेरो स्वर नी यसै मधुरो भो। "म जेठाको नाती उ, माईलाकी नातीनी। अब चुप लाग" उस्को स्वर त झन चर्को भो। घराँ त्यो रात मलाई कसैको पनि कुरा मन परेन। जस्ले जे भने पनि मलाई झर्को लाग्यो। आफ्नो ध्यान एकातिर उनीहरुको कुरा अर्को तिर। तालमेल नभए सी झर्को लाग्ने नै भो। आफ्नो मन बिच्केको चितुवा जस्तो भो। ओछ्यान भरी बालुवा छ की झै गरी रात बिताईयो। ब्यानै बाङ्गेकाँ पुगें। "फिक्का चिया खान्छस?" उस्ले अलि हाँसेर सोध्यो। चिया सँग चुरोट तान्न नपाएको लाई उस्ले फिक्का चिया भन्थ्यो। म घरमै चिया सकाएर हिनेको, खान्न भन्दें। आफुलाई चिया चुरोटको मन थिएन आज। "जाने होईन? बस आउने बेला भो" मैले सम्झाए। "उस्ले यसो घडी हेर्यो--काँ अहिले--निक्कै छिटो छ त--तँ चै किन नी ब्यान ब्यानै?" उस्ले सोध्यो। ह्या उठीईहालियो। चिया सकाईयो अब उपदेश सुन्न के बसीरहनु भनेर हिनेको--ल हिन जाम तेरो नी चियामा चिनी थप्नु पर्ने होला। उस्लाई चुरोट तान्न सम्झाएँ मैले। चुरोट तान्न भने पछी हिन्छ भन्ने थ्यो मलाई। "जाने त?" नभन्दै उस्ले सुर कस्यो। जाम जाम--आज त ढिलो गर्नु हुन्न--हिंजो घरमा मान्छे धेरै कराए" मैले भनें। बाङ्गेकी आमा कता ब्यान ब्यानै? यसो पढ्नु नी भन्दै थिएन--भाटभटेनी दर्शन गरेर आउने--एकै छिन हो भन्दै लागीम बाटो। गहनाखोज्ने पोखरीबाट टङगाल स्कुल पुगेर दाईने मोडीनु अघि अलि अघि पुगे पछी दाईने पट्टी खाल्डोमा जस्तो एउटा पसल थ्यो। त्याँ चिया चुरोटको बन्दोबस्त गरीयो। "आज टङ्गालको स्टपमा जाने बुझिस--सधै एकै ठाउमा पर्खिनु नी हुन्न--हाम्लाई उता नदेख्दा खोज्नेहरु यता भेट्टाउँदा कत्तिको खुशी हुँदा रे छन त्यो हेर्नु पर्छ" उस्ले सुनायो। मलाई एक त कोई हाम्लाई खोज्दै होलान त्यो बसाँ बस्नेहरुले भन्नेमा त्यति भरोसा थिएन, दोश्रो मलाई अर्कै बिचारले मन उज्यालो हुँदै थ्यो त्यस्को कुरा गर्नु थ्यो। यार बाङ्गे त्यो तेरो अर्को हजुरबाकी नातीनीको कुरा है नगर्ने त भनीयो--नगरुम्ला पनि--तर त्यो बैनी के अहिले घुम्न आ यहाँ? मैले कुरा झिकें। "बाङ्गेले एक चोटी मलाई हेर्यो घुरेर अनि हाँस्यो। मेरै संगत त हो तेरो पनि। एक चोटी भन्दैमा किन हुन्थ्यो--त्यै बत्तिसपुतलीमा दाजु-भाइको जग्गा छ त संगसंगै। अब दाजु चाईनेले नी घर बनाउँछन रे। यतै सर्छन रे क्या। हिंजै भन्या हैन मैले तँलाई। उ पनि यतै भर्ना हुन्छे रे स्कुल।" अब भो कि अरु नी केई छ?" सोध्यो। जाम उता बालमन्दीर तिर--त्यता बाट घुमेर टंगाल आईपुग्दा बसको टाईम हुन्छ, मैले चुरोटको सर्को तान्नु अघि यसो बाटोको दायाँ बायाँ चिनजानका कोई छन कि हेर्दै भनें। उ र म बालमन्दीरको पस्चिम उत्तर ढोका तिर लागिम तर त्यो ढोका आउनु अघि नै दाईने तिरको सानो गल्ली छिरेर अघि बढीयो। त्यता मान्छेको त्यति आवत जावत हुँदैन थ्यो, चुरोट निर्धक्क तान्न पाईने अनि कुरा पनि जे गरे नी हुने। "त्यो बसाँ दुई तीनटीले त तँलाई सार्है हेर्छन--हिँजो त मुस्कान पनि दिंदै थिए--मोज गर बाँग्गे।" मुस्कान सुस्कान देको त त्यस्तै उस्तै हो तर आफ्नो सुरको कुरा गर्न त्यति त भन्नै पर्यो। "अब लागीहालीयो--एक हुल छन--" बाङ्गेको अनुहार त्यो कुराले यसै पनि उज्यालो भाको थ्यो झन चुरोट तान्दाको आगोले रापिलो पनि देखियो। "तेरो त्यो बैनी--हुन त झलक्क देखेको--तर सार्है राम्री है--के रे नाम यार?" अलि बिस्तारो सोधें। "फेरी---" बाङ्गे झर्कियो। झर्के पनि आफ्नो सुर त छोडने कुरा भएन। त्यो बसाँ भाकाहरुको केई भर थिएन। कसैले मन पराईहाले भने पनि बाङ्गेले एउटी अर्की नभेटे मैलाई मन पराउनेलाई भडकाई छाडथ्यो। चिनेकै हो। यै उस्की बैनी पर्ने चै पार्न पाए मेरै मात्रै पर्ने थिई। त्यो पार्ने काम म एक्लै ले गर्ने सक्ने कुरै भएन। बाङ्गेको आशिर्बाद चाहिन्थ्यो। "हेर बाङ्गे, उस्ले मलाई नभए कसै न कसैलाई त मन पराउँछे--बिहे पनि त गर्नु पर्छ--त्यो को हो को हो भन्दा त मै ठीक छु नी--हो कि हैन ल भन त--" उस्ले मलाई घुर्यो मात्रै। लात हान्ने हो कि भनेर म अघि नै साबधान भएर दुरी तय गरेरै हिन्दै थिएँ। "मलाई भए तैले चिनेको पनि छस, मैले दायाँ बायाँ गर्ने पनि कुरै छैन--एक हिसाबले सबैलाई ढुक्क हुन्छ--होईन भने होईन भन--म तैले भनेको मानीहाल्छु। त्यस्तै उस्तैको फेला परी भने कस्तो टेन्सन हुन्छ सबैलाई भन त--" थपें। हामी बालमन्दिरको मुख्य ढोका नेर आईपुगेका थेम। उ चुरोट तान्दै थ्यो। म तिर हेरेको पनि थिएन। "आफुले आफुलाई भलादमी भन्ठान्छस् है?" उस्ले म तिर नहेरी भन्यो। "हेर बाङ्गे म बिग्रेको भन्या तेरै संगतले हो, तर तँ मेरो संगतले कती सुधीसकीस भन्त--आफै बिचार गर न" उस्ले घुमेर एक लात हान्यो। म पनि हाँसे उ पनि। "तँलाई उस्को नाम चाहिया?" बाङ्गेले सोध्यो। "थर त थाहै छ, नाम मात्रैले हुन्छ" मैले हाँसेर भनें। "थर त किन थाह नहुनु नी--मेरो जे थर त्यस्को नी त्यै त हो--कत्तिन के के थाह पा जस्तो" उस्ले भन्यो। उस्को स्वरमा रीस थिएन। मेरो हौसला बढने नै भो। "त्यो तँलाई, अरुहरुलाई, उसैलाई--उस्कै बा आमालाई पनि थाह भाको थर हिंजो र आजको हो के--मलाई थाह भाको थर भोलीको हो--खै कुरा बुझ्या? अलि स्लो छस के यार यस्तो कुरामा तँ--तेरो थर र उस्को थर एउटै-- छोडदे न पुरानो कुरा--मेरो थर मलाई थाह नहुने कुरै भएन--अनि उस्को र मेरो एउटै हुने भएसी--नाम मात्रै भन न तँ--" "तैले त अहिले नै निम्ता कार्ड छाप्न नाम चाहिया जस्तो पो गरीस त" उस्ले हाँस्दै भन्यो। यस्तै उस्तै कुरा गर्दै शशश्त्र प्रहरी गणको ढोका अघि आईपुगीयो। एउटै कुरा धेरै गर्न नी भएन--मैले पनि हाँसेर कुरा फेर्दै भने--ल ल भो एउटै कुरा कति गर्नु--तेरो बस आउन लायो-- हामी छाते गणेशको छातामा ड्याङ्ग हानेर हाजीरी बजाउँदै बस चढ्नेहरुको दर्शनाभिलासीमा उपस्थित भएम। त्यो बस अनि त्यो बसाँ चढ्नेहरुको वास्ता नलाग्या मलाई त्यो दिन पहिलो पटक होला। मन त यसै यसै उडीराथ्यो आफ्नो। गणेशलाई फेरी ढोगुम ढोगुम जस्तो लाग्दैथ्यो। सुभकामको थालनीमा गणेशलाई फस पार्नु भन्थे। शुभकाम थालिएला जस्तो थ्यो। बस आयो गयो। के कसो भो केई थाह भएन। हिंजो बाङ्गेको कौसीमा झुल्क्या घाम आज आफ्नो मनमा अलि माथि सम्म पुगेर चम्कीदाको रापमा म मग्न थिएँ। हामी भाटभटेनी तिर लागेम। "मैले बाङ्गेलाई तेरो त मेरो भन्दा पैला बन्दोबस्त हुन्छ जस्तो छ--" भन्दें यत्तिकै। उस्को नी हौसला त हुर्काउनै पर्यो नत्र मेरो लागि मात्रै उ किन ताथ्य्यो र। "अँ त्यो ओठ माथि कोठी भाकी चै चिप्लीन्छे की जस्तो छ--छेड्छे की वारपार कि झै गरी हेर्न थाल्या छे तर उस्ले हेर्या मैले नदेखोस झै पनि गर्छे--" मक्ख परेर भन्यो। "उनीहरु लागेकै चिप्लो बाटोमा छन, नचिप्लेलान भन्ने त कुरै छैन कैले भन्ने सम्मको न कुरा हो" मैले नी थपें। अनि भाटभटेनी घुमेर बिशालनगर तिर लाग्ने बाटोमा पुगे पछी मैले कोट्ट्याएर उस्लाई भनें "मैले त एउटा गीत सम्झें यार बाङ्गे" "के?" उस्ले सोध्यो। "मलाई खुत्रुक्कै पार्यो जेठान तिम्रो बैनीले---दामी छैन त?" बाङ्गे टक्क रोकियो। "अहीले भेटलास नी फेरी" उस्ले रीसाए झै गरी भन्यो। तर उ रीसाएको थिएन। मलाई थाह थ्यो। "लौ न कैले हो--सके सम्म छीटै गर्देन त्यो भेटाउने काम चैं" मैले नी मौकामा भन्दें। उस्ले केई भनेन, कुममा एक पन्च हान्यो। दु:ख्न त दुख्यो तर सुन्दरीको नाममा भेटेको। दुखाई मीठो थ्यो। मैले स्वरलाई फेरी निक्कै नरम पारेर भनें "साँच्ची के रे नाम?" ...
Deep · Feb 18, 2012 11:59 AM
आफुलाई अहिले नै अर्को भाग नि आवोश जस्तो लागेको छ ... लागेर के हुन्थ्यो र .... यो भाग त एत्तिका दिन पछी आयो ... अल्छि लाई के भन्नु र ..... "झुसिलकिरो उफ्रे पो नौलो हुन्छ--हेर्न नी स्वाद, अब फट्याङ्ग्रो उफ्रेको त के वास्ता गर्नु?"
ramronepal · Feb 18, 2012 1:20 PM
"मलाई खुत्रुक्कै पार्यो जेठान तिम्रो बैनीले'......मेरो त हास्दा हास्दा पेट नै दुख्यो पर्भु ....अर्को part फेरी कहिले आउने हो .....अहिलेलाई चाई आभा नै सम्झनु पर्यो बांगे को बैनीको नाम
mythought · Feb 18, 2012 10:11 PM
ल खोकियो है एक राउण्ड।
Deep · Feb 20, 2012 12:03 PM
प्रभोले अर्को राउण्ड कहिले खोक्ने हुन् भनेर कुरेर बसेका भक्त निरास भए एक लाइन देखेर !! आज शिवरात्रिको दिन "आभा"लाइ चिनाउने होला , कस्तो दिन जुराको होला भन्दै छिरेको कमेन्ट देखेर हिस्स भैयो औसधि नखाइ खोक्या-खोकै गरम् त प्रभू (लहेरे खोकी खोके नि हुन्छ ...समय मिले देखि )
bhakte dai · Feb 20, 2012 12:30 PM
लु दिन रमाइलो भो पुरण पढेर
aman · Feb 20, 2012 12:53 PM
ल यो भाग पनि झक्कास को गयो भनेपछि बांग्गे लाइ जेठान बनाउने काम को थालनी भएछ है - कुरा नि कत्ति आको हो - एता उता गरेर बंग्गे कै बहिनि ताक्दिरा - अब हुन पनि ठिकै गर्या हो - अरु ताक्ने भन्यो बंग्गे ले छेड्की लगाइदी हाल्छ - उसै बहिनि ताक्द्यो - आनन्द - ल अर्को भाग नि छिट्टो हाल्नु पर्यो -
serial · Feb 20, 2012 1:08 PM
दुइ लाइन भन्दा अगाडी पढ्न सके त के र पर्भो आज शिवरात्री को दिना ल्यार टासेछी, तेही पहिलो प्यारा पढ्या पढ्य छु हास्या हासी भो पर्भो बाकि भोलि पढेर कोराम्ला जय शम्भो
बिस्टे · Feb 20, 2012 1:16 PM
आआआबूईईईईईई.................................. क्या गफ आउनि मान्छेलाइ म टाउको समाएर बसिरा छु .. सब एक से एक गफाडी कमेन्ट नि क्या क्या.. दीप तिमी चै झन् दस हात को गफाडी. धत्
BlurMirror · Feb 21, 2012 12:24 AM
प्रभो को सिर्जना अपरम्पार एकछिन त टाइम मिसिना चडेर आफै उ जमाना पुग्या जस्तो लायो भात खाना साथ् दौड़ेछी कोखा दुखाइको अनुभव अहिले कथा पढ्दा पड्दै ताजा भयो अस्सीको दसकका उरन्ठेउला केटाहरु को सोचाइ,बोलाइ,लवाइ खवाई हिडाई सदा झैँ दुरुस्तै उतार्नु भा छ पर्भो अस्ति त कौसीमा भे नि झुलुक्क देखिया थ्यो आज त तेती नि देख्न पाईएन, बत्तीसपुतली झट्टै लगम न हो पर्भो टेम्पो भाडा मा बेहोरुला
बिस्टे · Feb 21, 2012 12:51 PM
नया भाग नि पढियो के रे| भनेसी बांगेलाई जेठान बनाउने दाउ गरेछन नि गुरु ले त| हुन त जुक्ति त दरो हो, अब त्यो प्रभो र हरेक सुन्दरीको बाटोमा तगारो हाल्ने बांगेलाई नै जेठान बने दिएसी त टेन्सन नै साफ| पढुन्जेल त रमाइलो लाथ्यो, तर त्यो पुरै काठमान्डू घुमेर नि कौसी कि लाई कौसीबाट झारेर आगन सम्म चाई किन न ल्याइदिएको होला नि? लु अब अर्को भाग नि चाडो चाडो टासुम|
Nepal Ko Chora · Feb 21, 2012 3:29 PM
प्रभो ... राखेर क्रमश भन्न खोजेको हो कि समाप्त ? आभा लाई कुर्दा कुर्दा कति दिन बित्यो खै त अत्तो पत्तो छैन
Aakinchan · Feb 28, 2012 5:23 AM
दीप ज्यु, हाम्लाई चैं कौसी तिर देखाएर आँफु चैं आभालाई लेर घुम्न गको हो कि के हो?
nakkali keti · Feb 28, 2012 11:09 AM
साझामा त पुरानो बहार फर्केर आएछ, कुराकानीको आभा नै अर्कै लाग्यो आज, पढौँ पढौँ लाग्ने नामहरुले पोस्टेका अक्षरहरु! ल प्रभो, नेपाल खाल्डोयो यात्रापश्चातको 'आभा' अवश्यपनी सुनगाभा जस्तै सुन्दर होला, म पढ्नतिर लागेँ!
Birkhe_Maila · Feb 28, 2012 1:30 PM
Normal 0 false false false MicrosoftInternetExplorer4 /* Style Definitions */ table.MsoNormalTable {mso-style-name:"Table Normal"; mso-tstyle-rowband-size:0; mso-tstyle-colband-size:0; mso-style-noshow:yes; mso-style-parent:""; mso-padding-alt:0in 5.4pt 0in 5.4pt; mso-para-margin:0in; mso-para-margin-bottom:.0001pt; mso-pagination:widow-orphan; font-size:10.0pt; font-family:"Times New Roman"; mso-ansi-language:#0400; mso-fareast-language:#0400; mso-bidi-language:#0400;} मैले स्वरलाई फेरी निक्कै नरम पारेर भनें "साँच्ची के रे नाम?" जे नाम भए नी तँलाई के फरक पर्छ? फेरी अहिले नै मैले तँलाई जे नाम भने नी तैले गर्ने के नै हो र? उस्ले हाँसेर भन्यो। म उल्झिन लागेको बल्छी उसैको मातहत भएकोले उ आफै उल्झिन नमिल्ने तेसैले पनि होला यो ब्योहोरामा उस्ले कमाउने रमाईलो भनेको मैले मेरा छटपटाहटहरुले चुक्ता गर्नु पर्ने तमासामै सिमीत थ्यो। उ त्यै असुली गर्दै थ्यो। उस्ले नाम भनेन। कुराहरुलाई जडयाँको हिंडाई जस्तो कैले यता हुत्याउँथ्यो कैले उता। ठेगानमा हिन्न दिएन। जंड्याको भरमा हिन्नेको ताल पनि उस्तै हुन्छ। कि त उस्लाई छोडनु पर्यो हैन भने ताल मिलाउनै पर्यो। "ल अब स्कुल जानु पर्छ। दिन भरी नाम सोचेर बसीराख। भरे मलाई भन्नु। मिलाईस भने भोली नै बत्तीसपुतली जाम्ला। यस्ले तिम्रो नाम ठ्याक्कै मिलायो भन्दिम्ला। शनिबार पनि हो, पशपतीबाट उतै लस्किन मिल्छ। हैन भने अब यस्तै हो बाबु--ट्याम लाग्छ।" बाङ्गे एक पेचीलो मुस्कान म तिर हुर्‍याएर उस्को घर छिर्यो। ठीटी छैन कौसीमा भन्ने थाह थ्यो तै पनि हेरीयो। दिनभरी स्कुलमा अनेक नाम सम्झिएँ। ती कुनै नाम उस्को होलान जस्तो लागेन। के हो के। नाम मिलाउन पाए त जान पाईन्थ्यो बत्तीसपुतली भोली के गर्नु। त्यो बत्तीसपुतली जान त धेरै चोटी गएकै हो तर कुरा अहिले तेत्तीसौंपुतलीको थ्यो। हुन त गिन्तीकै लागि बत्तीस लाई पैतालीस छ्यालिस सम्म पनि पुर्याएकै हो बिगतमा। तर ती गिन्ती उधारोका थिए। अहिलेको पनि चुक्ता त हैन तर धरौटीमा आफै बसेर उकास्नु पर्ने थ्यो। आँट गर्नै पर्यो। साथीहरुको झुण्ड स्कुल जाँदा आउँदा बाक्लै हुन्थ्यो। अरु ठीटीहरुका कुरा गरीयो। आफ्नोको कुरा गर्ने कुरै भएन। ब्याधाहरुलाई आफु जाने गुँड देखाउन हुन्थ्यो के त! बेलुका स्कुलबाट आउने बित्तिकै बाङ्गे काँ बत्तिएँ। उस्को घरमा पुग्छु त उ छैन। तेती मात्रै कहाँ हो र, उस्की आमा त बाङ्गे बत्तीसपुतली गयो भन्छीन बा! अब भो की। झन भोली जाने भनेको। मलाई भरे भेट्छु भनेर एक्लै मरेछ भन्ने सोची सोची तातेँ। तर म तातेर केई न केई। एक सुर त जाम क्यारे म नी बत्तीसपुतली भन्ने लाग्यो। घर देखेकै छ। तर त्यो घराँ गएर ती हजुरबालाई मात्रै नमस्ते बिसाएर आउनु पर्यो भनें त ज्यानको भारी झन गरुम् हुन्छ। आजै गएसी बाङ्गेले भोली फेरी लाँदैन। उस्ले लग्दाको असर बेग्लै। मन मारेर फर्किएँ। साँझ तिर फेरी गएँ बाँग्गेकाँ। उ छैन। फर्किनु भा छैन भन्यो कुबेरले। त्यै कुबेरलाई दीप रन्केर हिनीराछ, भेट्यो भने डाम्छ रे भन्दे भनेर फुर्ती गरेर हिनें। हिन्न त हिनें फेरी राम्रो बोली बोलीएन भन्ने लाग्यो। आज न मेरै भुमीका बाँध्न गा हो उ। आज कुरा मिलार भोली मलाई लाने सुर रे छ उस्को भने त मैले यसरी डाम्ने र साम्ने कुरा गरे पछी खत्तम हुने नै भो चानस। फर्केर कुबेरलाई अघि मैले भन्या कुरो पर्दैन सुनाउन भन्छु भनेर गाको बाङ्गेका बा अजिंगर जसरी ढोकामा तेर्सीरा रछन। "के भो साईकलको एउटा पांग्रा हरायो? त्यै खोज्या त होला नी" भनेर पेच हाने। "हैन" भनेर त्यत्तिकै फर्कें। भात खाएँ। पढ्न लेख्न त यसै नी मन नलाग्ने झन बाङ्गेको दनक मेघ-गर्जन झै अनि ठीटीको छनक बिजुलीको चम्काई झै गरेर मनलाई ठेगानमा आउनै दी रा थिएनन्। "के भो?" हेराई त चेट भा चंग्गाको जस्तो छ नी।" काकाले बतास पनि ल्याए फेरी। मैले पनि शब्दका असिना बर्साएँ। काकाले बज्र प्रहार गर्नै ला थे क्यारे हजुर-आमाले हस्तछेप गरीन। "बिचरालाई सन्चो छैन जस्तो छ--तिमीहरु पनि यत्तिकै झम्टीन्छौ भन्दै"। "तँलाई सन्चो त छ बाबु?" हजुर-आमाले सोधीन। "ज्वरो आउला जस्तो छ" भन्दै हिनें म। भात खाईसकेकै थ्यो। हिंजो अस्तीको भन्दा रुची अलि कमै थ्यो आज मन बिच्केर। भात खाईसके पछी सुतेर बिग्रीने केई थिएन। लागेँ कोठा तिर। एक छिन पछी आमा निधार छाम्न आथीन, एहिले अलि ठिक छ भनें। त्यो त उनैले नी देखिन होला। केई नभनी मुसुक्क हाँसेर गैइन्। निदाउँन कम्ती गारो भएन। यसो ब्युँझेको थिएँ बिहानी पख हुँदो हो फेरी निन्द्रा लागेन। घडी हेरेको ४:४६ भा रे छ। उठेर तयार भएँ। अनि पुगेँ बाङ्गे काँ। तेतीबेला उ तलको तलामा सुत्थ्यो। बाहीरको ग्रील ढोका खोल्ने तरीका मलाई थाह थ्यो। खोलें। भान्छामा बत्ती बलीसकेको थ्यो। बाङ्गेको झ्यालको ग्रील भित्र हात लागेर ऐनामा टक टक गरें। उस्को सिरानी त्यै पूर्ब तिरको झ्याल छेउ थ्यो। दुई चार चोटी गरे पछी "को" भन्यो? निन्द्राकै सुरमा। "ज्वाईं" भन्दें मैले नी। राम्रो उज्यालो भाकै थिएन। उस्ले झ्याल खोलेर आधा राताँ कता नी? भन्यो। "पशपती जाने हैन? ल हिन" भनें। "दशैं हो र यो आधाराताँ पशपती जान लाई?" उ झर्कियो। "मन उज्यालो हुनु पर्छ बाबु, तँ जस्तो अध्याँरो मन भाको लाई घाम लागे नी नलागे नी के" मैले नी सुनाएँ। उस्ले छक्क पर्या झै गरी मलाई हेर्यो। "हिंजो एक्लै एक्लै बत्तीसपुतली?" मैले थपें। उ फिस्स हांस्यो अनि उठेर ढोका तिर लाग्यो। उस्ले ढोका खोल्न ला बुझेर म नी अगाडी ढोका तिर आएँ। उस्को कोठामा पुगे पछी उस्ले बस्तै गर म चियाको ब्यबस्था गरेर आउँछु भनेर उ भान्छा तिर लाग्यो। म यत्तिकै उभिई रहें। अरु बेला भए त ओछ्यान्मै सिरक ओढ्न जान्थें। आज मलाई एक त हतार जस्तो थ्यो, बेला नभएको हतार, अर्को टिलिक्क टल्केको जुत्ता जखेर आ थिएँ, फुकाल्न मन थिएन। बाङ्गेको कोठामा गतीलो गलैचा थ्यो। उ आयो, कोठाको ढोका ढ्प्काउँदै सोध्यो, "किन ठ्डीरा ढोकाँ? अन्मरीन भित्र तिर। मान्छेको निन्द्रा बिगारेर।" जुत्ता फुकाल्न मन छैन अहिले। खै त्यो कुर्सी यता सार त। मैले कुर्सी तिर हेर्दै भनें। उस्ले नियालेर मलाई हेर्यो। ल हेर यो त साँच्चीकै डटेर पो आ रे छ-- के छ सुर?" सोध्यो। "हैन फस ट्याम ससुराली जानु पर्ने--अलि अलि त --" मन्द मुस्कान सँगै भनें मैले। "यो धेरै ससुराली ससुराली भन्ने हैन है ---खुरुक्क जुत्ता फुकाल " बाङ्गेले अलि रुखै भएर भन्यो। "पर्दैन जुत्ता फुकाल्न, चिया तानेर हिनी हाल्ने त हो -- तँ पनि रेडी हो बरु" भनें। "किन? तेरो मोजा गनाउँछ कि प्वाल पर्या छ जुत्ता नफुकाल्न लाई" उस्ले सोध्यो। "हेर बाङ्गे अहिले जस्तो भए नी--त्यो तैले गोडा धुने दिन चैं म खुट्टामा अत्तर छर्केर आम्ला क्या" मैले फेरी जिस्काएँ बाङ्गेलाई। यत्तिकैमा कुबेरले चिया ल्यायो। मैले उठी उठी चिया सकाएँ। बाङ्गे ओछ्यानमै थ्यो। "तँ हिजो किन सुटुक्क गा बत्तीसपुतली?" मैले रीस राग नगरी सोधें। बाङ्गे तात्न हुँदैन थ्यो अहिले। उस्ले चियाको कप टेबलमा राख्दै भन्यो म हिंजो ट्वाक सँग गैरीधारा गा थिएँ। आमालाई बत्तीसपुतली गा त तेरो पटकामा आगो लागोस भनेर भन्या हो मैले। अहिले भनें उ हाँस्यो। मलाई नी राम्रै लाग्यो। ल ल ठीक पर। मैले भनें। उ कोठाबाट निस्कियो। एकैछिनमा हामी चुरोट तान्दै मालीगाँउ तिर लागिम। मालीगाउँबाट माथि सानोगौचर-ग्यानेस्वर तिर बाट आउने बाटोमा मिसिएर देब्रे लागीम अनि कालो पुल तिर बढीम। कुरा यसो उसो गर्यो, त्यै ठीटी तिर जाँदै थ्यो। सुरु सुरुमा साईकल सिक्दा जता साईकल नजाओस भन्यो तेतै जान्थ्यो। अहिले कुरा तेस्तै हुँदै थ्यो। त्यो केटीको कुरा नगरुम भन्यो, कुरो तेतै पुग्ने। बत्तीसपुतली जान नाम भन त मलाई, बाङ्गेले भण्डारखाल पुगे पछी सोध्यो मलाई। नाम अब के के। नाम छ, मलाई थाह् छ भने तर के चै भनीन। आफैलाई थाह् छैन। जिस्किदा जिस्कीदै, गौशाला नेर पुगीयो। पूर्बी आकासमा उज्यालो बढ्दो थ्यो, सूर्यले भर्खरै आकासमा अबिर छरे झै देखिन्थ्यो। मन्द बतासमा सुखद उर्जा थियो। मन स्फुर्त। त्यै पूर्बी आकासलाई हेर्दै मैले भनेँ, "उस्को नाम के भन्या हैन तैले?" "के उस्ले सोध्यो" "आभा" मैले भनें। "उस्को नाम आभा होईन" बाङ्गेले हाँसेर भन्यो। "होईन होला अरुको लागि। मेरो लागि उ आभा हो, उ त्यै आकासमा अनि त्यै आकासबाट यहाँ छरीएको उज्यालो झैं" आफु रोकिएर मैले पूर्बी आकासमा हेर्दै भनें। बाङ्गे पनि उभियो। उस्ले पनि आकास हेर्यो। उस्को गुण नै उज्यालो हो, बिहान दिन होला, दिन साँझ, अनि साँझ रात। तर उज्यालो बिहान, दिन, साँझ अनि रातको अधिन छैन अरु बिहान, दिन, साँझ, अनि रात उज्यालोको अधिन छन। उज्यालैबाट परीभाषित छन। म उस्कै अधिन छु। म यही बिहान झै, दिन झै, साँझ झैं, अनि रात झै छु। उ भने आभा हो। उ साथ भए यही बिहान झै म फक्रीन्छु दिन झै चम्किन्छु, उ अलि पर भए साँझ झै सुस्ताउँछु, उ नभए रात हुन्छु। मलाई बिहान उसैले पार्छे, मेरो दिन उस्कै भरमा छ---" म बोल्दै गएँ। मलाई एकटक हेरीरहेको बाङ्गेले मुस्कुराउँदै भन्यो "ल पैला पशपती जाम, अनि बत्तिसपुतली जाम्ला--"
Deep · Mar 3, 2012 2:51 PM
...पूर्बी आकासमा उज्यालो बढ्दो थ्यो, सूर्यले भर्खरै आकासमा अबिर छरे झै देखिन्थ्यो। Wa wa wah.... jati tarif gare ni napugne Deep guru ko lekhai... Yo dhago ma arko phool gasnu bhayeko ma dherai dhanyabaad. Maala ajhai pura gasinasakeko hunu parcha ...bhanne aash ka saath arko bhag ko pratikshya ma...
daum · Mar 3, 2012 3:52 PM
" उ साथ भए यही बिहान झै म फक्रीन्छु दिन झै चम्किन्छु, उ अलि पर भए साँझ झै सुस्ताउँछु, उ नभए रात हुन्छु। मलाई बिहान उसैले पार्छे, मेरो दिन उस्कै भरमा छ" कति मिठो लेखाई..
ranipari · Mar 5, 2012 8:29 AM
ल घच्ची को भाग गयो यो भाग पनि - अब त यो भागमा बाङ्गे ले दीप लाई आभा को दर्शन गराउछ होला भन्या त - अझै दर्शन गर्न देको छैन रैछ - आशै आशा मा बित्ने भो जस्तो त बीप ब्रो को जिन्दगानी
serial · Mar 5, 2012 9:40 AM
आभा को दर्शन पाउन नि कति गाह्रो
brandy · Mar 5, 2012 11:18 AM
Brandy Chor mula. Parkhi timilai!
Budunk · Mar 5, 2012 11:35 AM
दीप प्रभुले कसरि नाम पनि मिलाए भन्ठानेको पहिला त !! ल छिटो भेटाम् न हो !! क्रमश: पनि देख्दीन टेन्सन पो भो त
bhakte dai · Mar 5, 2012 11:48 AM
धेत यो चोटी नि आभा को दर्सन पाइएन गाठे| कुरा मै सकिएछ यो भाग नि, दर्शन पाउन नि कति गाह्रो भन्या| २-३ भाग एकै चोटी टासे चाइ दर्सन पाइन्थ्यो कि?
Nepal Ko Chora · Mar 5, 2012 12:04 PM
आभाको परिभाषा घच्चीको लाग्यो ! दौडाउ प्रभु दौडाउ ! ब्रेक लाग्नु हुन्न !
ritthe · Mar 5, 2012 12:35 PM
आफ्नै त भेट भा छैन आभा सँग अझै--अरुहरु चम्केका हेर्नु नी फेरी--पैला मैले भेट्नु परेन अरुहरुलाई भेटाउन? आफैले भेट्या छैन, भेटछु भन्नेहरुको भिड बढ्दो छ, यै भिड उर्लेर मलाई पाखा लाईदियो भने? राम राम राम--भेटाउनै पो डर भो त--
Deep · Mar 5, 2012 3:47 PM
Deep Jyu, You are rignt." ब्याधाहरुलाई आफु जाने गुँड देखाउन हुन्थ्यो के त!"
anishchit · Mar 5, 2012 4:09 PM
malaai chaai kina ho kunni...yo last bhaag pahile pahile jasto tetti CAPTIVATING laagena...honest opinion, deep bro...mind nagaram hai! AABHAA ko parichaya chai ghachchi laagyo...3-4 patak dohryaai dohryaai padhen!
Poonte · Mar 5, 2012 7:25 PM
...मलाई एकटक हेरीरहेको बाङ्गेले मुस्कुराउँदै भन्यो "ल पैला पशपती जाम, अनि बत्तिसपुतली जाम्ला--" गौशालाबाट पशपती पुगीयो। प्राय:सधै झै पश्चीम ढोकाबाट छीरीयो। ढोका माथि चतुर्भुज नीलो बर्णका महादेबलाई हेरेर मन मनै "ल है" भनीयो अनि निहुरीएर ढोकाको संघारमा छोईयो। भित्र छिर्ने बित्तिकै गजुरलाई हेरेर छातीमा छोईयो, मन्दिर दाईने पार्दै केही खुडकिला चढेर बासुकी पुगियो, बासुकीको मन्दिर पछी हात घिसार्दै त्यहाँ भएको एउटा सानो प्वालमा पुर्याईयो, ढोगीयो, अनि केही सिंढी ओर्लेर देब्रे तिरको झ्यालबाट भित्र हेर्दै जय शम्भो गुन्जाईयो। बुढानिलकण्ठ-झझल्को नी घुमियो, गणेश पनि, अनि चाँगुनारायणको झझल्को पूर्ब पट्टी, तेसपछी हेराईले सरस्वती देखी जम्मै देउदेउतालाई भ्याईयो उत्तर भित्तामा एकमुस्ट। बार्दलीबाट पारी पट्टीका शिबालयहरु हेरीयो, बार्दली नै मुनीको कोणे गजुर, ब्रम्हनाल, सबै भ्याईयो। अनि उन्मत्तेश्वर भैरब पछी पश्चिम ढोका माथि श्री ५ महेन्द्र साहरा लेख्या संगै शिब-पार्बतीको दिब्य जोडीमा फेरी ल है को निबेदन गरीयो। बाङ्गे र मेरा बत्तीसपुतली बारे कुरा भएनन् तेती बेला। सानो सांढे पछीबाट पशपती दर्शन गरीयो। आज बिशेष जाहेरी थ्यो आफ्नो, गरीयो। यसो लाईनमा चन्दन माग्न लायक कोही छन कि हेरीयो। जो थिई, उस्लाई बाङ्गेले फेला पार्यो। चन्दन लाएर बाङ्गे हनुमान तिर लागीसक्या थ्यो मैले चै एउटा पातमा अलिकति चन्दन मागेर खल्तीमा हालें। मन्दीरबाट निस्किनु अघि जाहेरी फेरी एक चोटी दोहोर्याएँ। अरु बेला भए, त्यतै एक कप नास्ता समेत अनि चाबेल तिर पुगेर अर्को एक कप चिया जान्थ्यो। चाबेलको बाटो नपरे गौशालाको पर्थ्यो, त्यतै एक कप जान्थ्यो। जयबागेश्वरी तिर भएर चै धेरै जस्तो निस्किने गरीएको थिएन। धुप हाल्न त अलि साबधान हुनु पर्थ्यो, जता नी मिल्थ्यो। त्यो बिहान नास्ताको कार्यक्रम स्थगीत गरीयो। गौशालामा आएर चिया खाने काम भो। मैले चैं धुप नहाल्ने बिचार गरें तेतीबेला। बाङ्गेले चै धर्म थाम्यो। सोपको एक फाँको संगै. "ल बाङ्गे दाई भन्छु, अब बत्तीसपुतली जाम" चियाको कप राखेर मैले भनें। "तैले त वाक्कै पारीस यार, कुन साईतमा आईछ उ हामी कहाँ--फेरी दशा लागेको हो कि के हो तँलाई--देखिहालिस -- नदेखेको भए कुरै सकिन्थ्यो---" उस्ले भन्यो तर बाटो चै बत्तीसपुतली कै लाग्यो। म दंग। बत्तीसपुतलीका ती चिल्ला अग्ला रुखहरु पछी पार्दै अघि बढीयो। केही अघि बढे पछी दाईने लागियो। त्यो बाटो नछोडी गए दखिन दखिन हुँदै बानेस्वरबाट मैतीदेबी जाने पुल छेउ निस्किन्थ्यो सेपीलो घुम्ती पछी। तर बाङ्गेको काका बाजेको घर तेती पर थिएन। राम मन्दिरको हाराहारी थ्यो भन्दा हुन्छ। अग्लो पर्खाल, अनि त्यो नीलो ढोका भएको घरमा म पटक पटक पुगेकै हो बाङ्गे सँग। गौशालाबाट यता लागे देखि नै धडकनको गती तेज हुँदै थ्यो, अहिले त्यो गती अरु तिब्र भएको थ्यो। बाङ्गेले म तिर पुलुक्क हेर्यो। हाँसेको हो कि जस्तो गर्यो र ढोकामा भएको घण्टीको स्वीच थिच्यो। भित्र बजेको घण्टी बाहीरै पनि सुनिन्थ्यो। ढोका तुरुन्तै खुल्यो। एउटा हातमा कुटे बोकेका हजुरबा ढोकाको अर्को तिर उभिएका थिए। हामी भित्र छीरीम। बाङ्गेले टाउको निउरायो, हजुरबाले आशिर्बचन बोले। मलाई नी आज चैं ढोग्दीम कि जस्तो लाग्या थ्यो तर ह्वात्तै सधै झै नमस्कार मुद्रामा हात उठीहाले। उनले मेरो पनि नमस्कार फर्काए। बाहीरी ढोका र घरको मूलढोका सम्मको भागमा २० फिट जति फराकिलो, ४० फिट जति लामो ढलान गरीएको थ्यो। त्यै ढलानको दायाँ बायाँ लहरै गमलाहरु राखिएका थिए। गमलाहरुमा फुल झपक्क। त्यै ढलानमा एउटा कुर्सी, कुर्सीमा एउटा पत्रीका, र कुर्सीको खुट्टा छेउ एउटा रित्तो कप थ्यो। ढलान बाहीर दुबोको चौर थ्यो फुलका बिरुवाहरुले घेरीएको। अरु बेला पनि त्यहाँ पुगेकै हो। तर आज जसरी सबै तिर यसरी हेरीएको थिएन। त्यो घरको पूर्ब पट्टी २/४ फिट गहीरोमा अर्को झण्डै चारपाटे जग्गा थ्यो, जस्मा तरकारी लगाईएको देखिन्थ्यो। आभाहरुको जग्गा तेई हुनु पर्छ। अग्लो कम्पाउण्ड पर्खालले त्यो जग्गा र यता हजुरबाको घर सबै घेरेको थ्यो। हेराईको घेराई भित्र आभा अझै परेकी थिईन। "आज त अचम्मै गरीस तैलें। के कति कामले आईस?" हजुरबाले बाङ्गेलाई हेर्दै सोधे। "काम त केई नी छैन, यत्तिकै हजुरबाहरुलाई भेट्न आ" बाङ्गेले भन्यो। "यत्तिकै त तँ आउँदैन थिईस, तेरो बाउ बरु बराबर आउँछ--ल जे भए नी राम्रो गरीस आफ्नो घरमा आउन काम चाहीदैन नी--अरुहरुको घरमा पो काम पर्दा जाने हो त--कसो?" हजुरबाले कुटो बोकेको हात पनि अलि माथि उठाउँदै सोधे। फुल गोडदै रेछन क्यारे उनी अघि घण्टी बजाउँदा। कुटो अझै बोकेकै थिए। "काँ हजुरबा, आज पनि के गर्थ्यो कुन्नी यस्ले त--मैले जाम हजुरबा काँ भनेर ल्याको।" मैले भन्दीएँ। "ठिक गरेउ, आउनु त पर्छ त--अनि के पशपती पुगेर?" हजुरबाले भने। "हजुर" जबाफ बाङ्गेले दियो। "खै त चन्दन?" हजुरबाले कुटेलाई छेउ लगाएर सोधे। बाङ्गे अकमक्क परेको थ्यो, मैले अघि पातमा ल्याको चन्दन हजुरबा तिर तेर्साउँदै भनें "म सँग छ चन्दन हजुरबा"। बाङ्गेले म तिर पुलुक्क हेर्यो तर केई भनेन। यत्तिकैमा बाङ्गेकी काकी बाहिर निस्किन, उनलाई पनि प्रणाम गरीयो। "को आयो भनेको त भि आई पी रे छ। हतपत दर्शन पाईदैन थ्यो।" उनले हाँस्दै भनीन। हामी पनि मुस्कुराईम। "खै यो चन्दन लाउनु पर्ने, एक चोटी हात धुनु पर्यो" हजुरबाले भनेका मात्रै के थिए, सुनीता दिदी पानीको जग बोकेर आईपुगीन। प्रसाद लाए, आभालाई नी दिम्ला भनेको चन्दन, हजुरबाले काकीलाई दिए, काकीले पात ढोगेर बाँकी चन्दन जम्मै लाईदिईन। हुन त तेती धेरै पनि थिएन। "ए, बलेलाई भनेर कुर्सी पठाईदेउ त सुनीता बाहीर" काकीले भित्र तिर हेरेर कराईन। "पर्दैन कुर्सी, यत्तिकै ठिक छ" बाङ्गे र मैले एकै चोटी जस्तो भनेम। "खै त काका?" बाङ्गेले काकीलाई हेर्दै सोध्यो। काका र सुकीर्ती मैतीदेबी दीदी काँ--स्कुलको कुरा गर्न--भिनाजुले गर्दा नहुने केई छैन" काकीले भनीन। "ल खत्तम" मनमा एउटा पैरो गै गो। तर नाम त कस्तो मीठो रे छ, सुकिर्ती। पैरोको गती अलिकती सुस्तायो, त्यै नामको भरमा। यत्तिकैमा दुईटा कुर्सी आए बाहीर। अब मैले कतिबेला आउने, काका आए पनि नआए पनि सुकिर्ती मात्रै भए नी फर्किने कुन बेला भनेर सोध्न नमिल्ने। बाङ्गेले फ्याट्टै सोध्ला भनेको सोधेन। यसो कुर्सी तिर हिन्दै गर्या जसरी उस्को कुममा आफ्नो कुम धसेर आँखिभुई उठाए पछी बल्ल बोल्यो बाङ्गे "ए, काका र सुकिर्ती सँग त भेट नहुने भो कि क्या हो--" "आईहाल्छन नी एकै छिनमा अब--बिहानै गा--भिनाजुलाई शनिबार होस कि आईतबार आठ बजे पछी भेट हुँदैन" काकीले भनीन। पैरोमा बाँध बाँध्न सुरु गर्यो मनले। बाहीर कुनै मोटर आए पनि उ नै आईकी जस्तो हुने, मोटरसाईकलको आबाज सुन्यो त्यस्तै लाग्ने, मान्छे बोलेको सुन्यो उही बोलेकी हो कि जस्तो। मन झस्केको झस्केकै। तर खै उ आईपुगीन। आएका चिया र बिस्कुटमा अलमलिईयो एकै छिन। "हजुरआमा खै त?" मैले फुल गोडने सुरमा फर्किन लागेका हजुरबालाई सोधें। मनलाई त अलमलाउनै पर्यो। बाङ्गे खास बोलेकै थिएन। यल्लाई लहै लहैमा लागेर ल्याउन नहुने भन्दै सोचिराथ्यो कि कुन्नी। "हजुरआमा त पूजामा--- ११/१२ नबजी के सकिन्थ्यो उनको पूजा--मान्छे बैतरनी गाईको पुच्छर समातेर तर्छन अरे म चै तिमीहरुकै हजुरआमा समातेर तर्ने हो -- उ त पक्कै स्वर्ग जान्छे मेरो ठेगान छैन" यति भनेर हजुरबा हाँसे। हामी पनि मुस्कुराईम। "अब यतै भुजा खाएर जाने --बल्ल बल्ल आको मान्छे म घरमा फोन गर्दीम्ला" काकीले बरण्डामा आएर सुनाईन। म त "हस" भन्न तयार थिएँ, बाङ्गेले प्वाक्क "हैन काकी घर जानु पर्छ, मासु किनेर ल्याउन भन्या छन--यतै खाएर जान त हुन्थ्यो---अर्को दिन आउँला नी" भन्यो। काकीले एकछिन ढीपी गरीन। बाङ्गेले मानेन। मलाई त दिक्कै लाग्यो। बाङ्गे र म कुर्सीमा बसेर भुईँको पत्रीका पढे जस्तो गरीम। उस्ले ईशाराले मलाई जाम भन्यो। मैले बिस्तारै पख न एकै छिन भनें। म सोच्दै पनि थिएँ-- यो अघोरीलाई कस्ले मासु किनेर ल्या भन्यो। तेती बिहान त हिनेको घरबाट। मान्छेहरु सुतीरा थिए। "आज एकादशी के को मासु किन्नु?" भन्दीम कि जस्तो लाग्या थ्यो फेरी हजुरबा त्यै थिए। मैले हावाको भरमा एकादशी भनेर के चल्थ्यो। आकासमा हल्का बादल थ्यो। बिशेष गरी पूर्ब तिर। यत्तिकैमा ढोकाको घण्टी बज्यो। तिहारको रकेट जसरी मन एक्कै चोटी उचाईमा पुग्यो। हजुरबाले ढोका खोले। काका र सुकीर्ती भित्र पसे। उनीहरु भित्र पस्दा पस्दै म भने कुर्सीबाट उठीसकेको थिएँ। बाङ्गे पनि उठ्यो। बाङ्गे र मैले काकालाई यथोचित गरीम। काकाले पनि बाङ्गेको उपस्थितीमा आस्चर्य जनाए। सुकिर्ती मुस्कुराएर हाम्रो अघि उभिई। हेराई चै उस्को बाङ्गेमा टीकेका थिए। मलाई चै हेरेको हैन झै गरी हेरेकी थिई उस्ले। उ हाम्रो अघि उभिएकी थिई पूर्ब तिर। सूर्य बादल भित्र छेकिएको थ्यो, मानौ सुकिर्तीको आभामा उ तेजोबध भएको थ्यो। सातवटा घोडाहरुले तानेको रथमा बसेर सूर्य आकासमा बिचरण गर्छन भन्थीन हजुरआमा ---आभालाई देख्ने बित्तिकै मेरो मनमा त्यही कुरा आयो। सौम्य, मोहक, दिप्त, चंचल, दिब्य, मादक, अनि बिहगंम् घोडाहरुको लगाम हातमा लिएर त्यो सुन्दरताको अबिस्मरणीय ईन्द्रेणी रथमा उस्लाई मैले बिराजमान देखें। मेरो अकिन्चन मन अधिर भयो। बिचलित हुन पुग्यो साथै पुलकित पनि। ...
Deep · Mar 6, 2012 8:54 PM
येतिका दिनपछि बल्ल आज आभाको दर्शन गरैदिनु भएकोमा दीप ज्युलाई मुरी मुरी धन्याबाद. अब चै छोड्नु हुन्न है.
anishchit · Mar 6, 2012 9:41 PM
ओ हो, दीप प्रभुको पशुपतीनाथको दर्शन बर्णन पढ्दा, पशुपतीनाथलाइ त्यही गएर आफैले दर्शन गर्न गाको जस्तो भो | धेरै कुराहरु सम्झनाका पानाहरुबाट आएर आखा अगाडी नाच्न थाले: कहिले बाउ आमा संग पछि लागेर पशुपती गइयो, कहिले जाँच पछि प्राथना गर्न गइयो, कहिले कोइ कोइ गाको सुइंको पाइएर देख्न पाइन्छ कि भनेर गइयो, कहिले गजेडी साथीहरुपछि लागी बाबाजीहरु भेट्न गइयो भने एकचोटी कहिले न बिर्सने गरी हजुर आमालाई सधाको लागी बिदा गर्न गइयो | खैर, दिप प्रभुको आभा एकै सासमा पढियो | कुरो पनी काहाबाट आको भन्या, "............आभालाई देख्ने बित्तिकै मेरो मनमा त्यही कुरा आयो। सौम्य, मोहक, दिप्त, चंचल, दिब्य, मादक, अनि बिहगंम् घोडाहरुको लगाम हातमा लिएर त्यो सुन्दरताको अबिस्मरणीय ईन्द्रेणी रथमा उस्लाई मैले बिराजमान देखें। मेरो अकिन्चन मन अधिर भयो। बिचलित हुन पुग्यो साथै पुलकित पनि। ..." अझै यस्तै चर्को भाग चाडै आउने आशमा........... फत्ते
Phatte · Mar 6, 2012 9:56 PM
आभाको त के भनम, पर्भो...उनको भक्त सेवक पर्भो आफैं...हाम्ले दर्शन पाए नि पर्भो सम्झी एस्सो पन्छिदिन बाध्य छम... तर, पस्पतिको दर्शन चैं ठ्याक्र्याक्कै पाएम आज! कुना काप्चा! पर्भोको स्मरण अपरम्पार! आज बुधबारै पनि...जय शम्भो! लु जा त!
Poonte · Mar 7, 2012 6:26 AM
By reading recent post i feel like i in love with Sukriti urfff Aabha.
hawaflash · Mar 7, 2012 7:21 AM
प्रभो सारै घच्चिको गयो त यो पाली पनि... कति राम्रो बर्णन गरेको हो आभा को ... पढेरै मुघ्ध भैयो... पशुपतिको बर्णन पनि सारै राम्रो गयो प्रभु... दर्शन नै गरे सरि भो..
Aakinchan · Mar 7, 2012 8:45 AM
ए बाबा हो ........ कती सकेको हो पशुपती को बयान गर्न .. आफु जाँदा नि त्येति धेरै याद गरिन्न थियो ... प्रभो ठ्याम्मै त्यही गएको जस्तो भयो ..... जय होश । सुकिर्ती को बयान ...... के भनम ........
ramronepal · Mar 7, 2012 10:46 AM
सुकीर्ति नाम त मलाई नि मन पर्यो है - दीप ब्रो लाइ नहेरे जस्तो गरेर एक लूक्स त देछ नि है - कल्याण नै गर्देछन त्यो दिन त दीप ब्रो को झक्कास भयो होला - बिहान बिहान देखि देवी को दर्शन पाएर
serial · Mar 7, 2012 11:00 AM
bhustigre · Mar 7, 2012 11:34 AM
"सौम्य, मोहक, दिप्त, चंचल, दिब्य, मादक, अनि बिहगंम् घोडाहरुको लगाम हातमा लिएर त्यो सुन्दरताको अबिस्मरणीय ईन्द्रेणी रथमा उस्लाई मैले बिराजमान देखें। मेरो अकिन्चन मन अधिर भयो। बिचलित हुन पुग्यो साथै पुलकित पनि। ..." Wow... ....... दामी .....म त speechless
*~Spring~* · Mar 7, 2012 1:22 PM
बल्ल दर्शन पाइयो !! अब भने खाना खायरै जाने सोच्दैमा बांगे बांगेर घर जाने भन्ने होला !! ल अरु भागको पर्खाइमा भनि रहनु त नपर्ने हो क्यार !!
bhakte dai · Mar 7, 2012 1:27 PM
कस्तो सुरु गरे देखी अन्त्य सम्मै अधरमा मुस्कान लेराउने लेखाइ। मलाई त सुकिर्ती हेर्न मन लाग्यो। त्यसरी घर नै पत्ता लगाएर बाङे लाई तेत्रो ज्यु ज्यु गर्दा त कती अभिबादन पछी हजुरले भेट्न पाउनु भएको होला अब मैले यहाँ बसेर हेर्न मन लाग्यो भनेर कहाँ पाउनु? तर सुकिर्तीको बर्णन चै साह्रै मिठो।
Dipika02 · Mar 8, 2012 1:25 PM
दीप ब्रो आभाको सुन्दरतामा मग्न भयर कथा अगाडी बढाउने बिर्स्यो जस्तो छ
aman · Mar 14, 2012 10:30 AM
lala bro chado lekhnu paro...pratyak 1/1 ghanta ma sajha kholera kati khojnu...chado garum chado...
bhustigre · Mar 15, 2012 11:45 AM
सौम्य, मोहक, दिप्त, चंचल, दिब्य, मादक, अनि बिहगंम् घोडाहरुको लगाम हातमा लिएर त्यो सुन्दरताको अबिस्मरणीय ईन्द्रेणी रथमा उस्लाई मैले बिराजमान देखें। मेरो अकिन्चन मन अधिर भयो। बिचलित हुन पुग्यो साथै पुलकित पनि। ... 800x600 Normal 0 false false false EN-US X-NONE X-NONE MicrosoftInternetExplorer4 /* Style Definitions */ table.MsoNormalTable {mso-style-name:"Table Normal"; mso-tstyle-rowband-size:0; mso-tstyle-colband-size:0; mso-style-noshow:yes; mso-style-priority:99; mso-style-parent:""; mso-padding-alt:0in 5.4pt 0in 5.4pt; mso-para-margin:0in; mso-para-margin-bottom:.0001pt; mso-pagination:widow-orphan; font-size:10.0pt; font-family:"Times New Roman","serif";} भावहरुको अघि शब्दहरु निशस्त्र थिए। आकसिदा धडकन, झुक्दै उठ्दै गर्दा ती परेलीहरु, फक्रीदा ती अधरहरु, परीधी बाहीर पारे झै गरी परीधी भित्र पार्दा ती हेराईहरु निश्चित शब्दका पहुँच बाहीर थिए तर अमुक थिएनन। उ सूर्य थिई, उस्को बयान सायद गर्न सकिन्थ्यो पनि होला, तर सूर्य किरण झै छरीएका उस्का भावहरुको स्पर्श अनुभव त गर्न त सकिन्थ्यो तर भेला पार्न सकिन्नथ्यो। शब्दले समेटने त झन कुरै भएन। बाङ्गे र उस्का कुरा हुन थाले, म चुपचाप छेउमै थिएँ। आभा बेला बेला हजुरबा तिर हेर्थी अनि कुरा गर्थी। कुरा औपचारीक नै थिए तै पनि उस्ले कौसीमा जाने मन गरी। बाङ्गेलाई भनी, म भर्याङ्ग त के झ्याल र पाईप चढेर आईज कौसीमा भने पनि तयार थिएँ, बाङ्गेले हैन अब घर जानु पर्छ भन्यो। मुन्ट्याईदीम कि बज्यालाई जस्तो नलागेको त हैन तर सहनै पर्यो। हैन भुजा खाएर जानु पर्छ, उस्ले बाङ्गेलाई भनी। बाङ्गेले काकीलाई अघि नै त्यो आज नहुने जानकारी गराएको सुनायो। त्यसो भए चिया नखाई त जान पाईँदैन भनी, बाङ्गेले त्यो कर्म पनि सकेको सुनायो। अहिले मलाई खान मन छ नी त, ल आउनु कौसीमा भन्दै उ बाटो लागि। बाङ्गेले म तिर हेर्यो, देख्यो होला दर्शन ढुङ्गामा दर्शन ढुङ्गा जुधेको अनि <span style="font-family: "Mangal","seri
Deep · Apr 3, 2012 10:49 AM
सौम्य, मोहक, दिप्त, चंचल, दिब्य, मादक, अनि बिहगंम् घोडाहरुको लगाम हातमा लिएर त्यो सुन्दरताको अबिस्मरणीय ईन्द्रेणी रथमा उस्लाई मैले बिराजमान देखें। मेरो अकिन्चन मन अधिर भयो। बिचलित हुन पुग्यो साथै पुलकित पनि। ... भावहरुको अघि शब्दहरु निशस्त्र थिए। आकसिदा धडकन, झुक्दै उठ्दै गर्दा ती परेलीहरु, फक्रीदा ती अधरहरु, परीधी बाहीर पारे झै गरी परीधी भित्र पार्दा ती हेराईहरु निश्चित शब्दका पहुँच बाहीर थिए तर अमुक थिएनन। उ सूर्य थिई, उस्को बयान सायद गर्न सकिन्थ्यो पनि होला, तर सूर्य किरण झै छरीएका उस्का भावहरुको स्पर्श अनुभव त गर्न त सकिन्थ्यो तर भेला पार्न सकिन्नथ्यो। शब्दले समेटने त झन कुरै भएन। बाङ्गे र उस्का कुरा हुन थाले, म चुपचाप छेउमै थिएँ। आभा बेला बेला हजुरबा तिर हेर्थी अनि कुरा गर्थी। कुरा औपचारीक नै थिए तै पनि उस्ले कौसीमा जाने मन गरी। बाङ्गेलाई भनी, म भर्याङ्ग त के झ्याल र पाईप चढेर आईज कौसीमा भने पनि तयार थिएँ, बाङ्गेले हैन अब घर जानु पर्छ भन्यो। मुन्ट्याईदीम कि बज्यालाई जस्तो नलागेको त हैन तर सहनै पर्यो। हैन भुजा खाएर जानु पर्छ, उस्ले बाङ्गेलाई भनी। बाङ्गेले काकीलाई अघि नै त्यो आज नहुने जानकारी गराएको सुनायो। त्यसो भए चिया नखाई त जान पाईँदैन भनी, बाङ्गेले त्यो कर्म पनि सकेको सुनायो। अहिले मलाई खान मन छ नी त, ल आउनु कौसीमा भन्दै उ बाटो लागि। बाङ्गेले म तिर हेर्यो, देख्यो होला दर्शन ढुङ्गामा दर्शन ढुङ्गा जुधेको अनि फिलुङ्गाहरु। हजुरबाले पनि जान त जा--बैनीले भनेको पनि मान्नु कैले काहीँ त भने। उस्ले केही भनेन-- पछी लाग्यो। मैले पनि फ्याँके दर्शन ढुङ्गा र लागें भर्याङ तिर बाङ्गे पछी पछी। आभाले चियाको अनुरोध भान्छमा जिम्मा लाईसकेकी थिई। कौसीमा पुगे पछी बेग्लै रमाईलो भो। मैले बाङ्गेलाई देखेकै थिईन भन्दा पनि हुन्छ। उ अस्तित्व बिहीन थ्यो त्यहाँ मेरो लागि। उ त्यो खोला जस्तो थ्यो जो नदी सम्म पुग्थ्यो, नदीको अस्तित्वलाई स्थापित गर्थ्यो तर स्वयम् भने अस्तित्वहीन हुन्थ्यो। दाजु-बैनीको कुरा हुँदो थ्यो। आभा र मेरा हेराई धेरै चोटी जुधेका थिए तर औपचारीक परीचय ओझेलमा परेको थ्यो। बाङ्गे र उ मैतीदेबीको भिनाजुका कुरा गर्दै थिए, उ पस्चिम फर्केर उभिएकी थिई, बाङ्गे र म पूर्ब फर्केर। मेरो दाईने तिर उभिएको थ्यो बाङ्गे। कुरा हुँदै थ्यो उनीहरुको, म जात्राको खट जस्तो ढल्किदै दाईने तिर बाङ्गेको कुममा आफ्नो कुम अढेस लाउन पुगें। उ अलि छिटो कतै सरेको वा हटेको भए म नभएको खम्बामा जड्याँ अढेस लाग्या जसरी डंग्रगै हुने। तर उ उभिएकै थ्यो तर मेरो अढेसमा उस्को पनि सन्तुलन् बिग्र्यो, मेरो त बिगारेकै थ्यो। उ अलि पर हुत्तियो, म पनि सम्हालिएँ। आभाले केही बुझिन छक्क परी। "के गर्या तैले यो?" बाङ्गे झर्कियो। "हैन म त भुत भै छु कि क्या हो--आफुले हेर्दा छु जस्तो अरुले हेर्दा छैन जस्तो--अदृस्य भैयो कि भनेर टेस गर्या--" मैले भनें। भन्न सुरु गर्दा बाङ्गे तिर हेरेको थिएँ, सकाउँदा आभा तिर हेरें। उस्ले सायद बुझी क्यारे, उ हाँसी। नबुझेको त बाङ्गेले पनि कहाँ हो र, अहिले बुझे जस्तो गर्यो। "ए, यो मेरो साथी -- दीप, तर मान्छे खत्तम छ" उस्ले हाँसेर मेरो परीचय गरायो आभालाई। "संगत गतीलो नभएर हो -- हुन त टोलमा म बिग्रेको यस्को संगतले, यो सुध्रेको मेरो संगतले भन्ने हल्ला ब्यापक छ" मैले नी थपें। "हल्लै मात्रै हो की?" बल्ल उस्ले म तिर हेरेर मेरै लागि शब्द खर्च गरी। मन त तुरुन्तै खजान्ची भैगो। उस्का शब्द जम्मा पारीहाल्यो। "अलि अलि त हल्लै पनि हो--मैले भन्या जति यो सुध्र्या अलि छैन, यस्ले चाहे जति म बिग्र्या पनि छैन" थप्दें भेट्या बेला। "हो हो यो एकदम सज्जन छ" बाङ्गेले पेच हान्यो। "त्यो पनि हुने रहर छ, त्यै उत्तम दर्जाको संगत पाएँ भने हुन्छु त्यो पनि एकदिन। त्यो दिन पनि त्यति पर छैन जस्तो छ।" अहिले पनि भनाई आभा तिर हेर्दै सकाएँ। केही गुलाफी रंगले उस्को अनुहार केही पल सजाए अनि त्यस्मै लिन भए झैं देखें मैले। "म सुकीर्ती" उस्ले म तिर हेर्दै भनी। अधरबाट उस्का मुस्कानका पुस्प-पत्रहरु झैं बर्षिदा थिए। मनले ती सबै पत्रहरु जतनले भेला पार्यो, भुइँमा एउटा पनि खस्न दिएन। उस्ले आफ्नो परीचय दीईरहनु त पर्ने थिएन, तर दीनुको अर्थ मैले मेरै हिसाबले बुझें। उस्ले दुई पल मेरा आँखमा सिधै हेरी अनि बाङ्गे तिर हेर्द सोधी, "दाई कुन स्कुलमा रे? पढाई राम्रो छ?" "बाङ्गेले स्कुलको नाम भन्यो, पढाईको कुरा गरेन। हुन त स्कुल नाम चलेकै थ्यो--त्यतिले नै पुग्छ भन्ने सोच्यो कि थाह छैन" त्यै बेला आयो चिया, केही निम्कीहरु पनि थिए। "पढाई त गज्जब राम्रो छ होला है?" उस्ले बाङ्गेलाई हेर्दै फेरी सोधी। हातमा चियाको कप लिएकी थिई। मैले चै एक सुरुप लाई सकेको थिएँ। बाङ्गे सुरुप लिने क्रममा थ्यो। त्यसैले जबाफ मैले नै दिएँ। "अब पढाईको बारे त पढ्नेलाई सोध्नु पर्च, यस्को काम त भर्ना भए पछी सकिगो नी"। "आफु नी आफु--तँ छस नी बोर्ड हान्लास जस्तो" बाङ्गेले सुरुप लिएको चियामा भएको तापक्रममै झोस्यो मलाई पनि। "हो त" मैले भनें। बाङ्गेले झोसेको राम्रै लाग्यो मलाई। "किन हुँदैन थ्यो --मास्टरहरु त्यै कुरा गर्दा हुन दिनदिनै--एस् एल सीको रिजल्ट भा दिन कुन कुन बोर्ड चै ध्वस्त पार्छ एल्ले फेल भा झोकाँ भन्दा हुन" यस पटक बाङ्गेले हाँसेर कुरा सकायो। त्यै बेलाँ काकी आईन माथि। कुराका भाका फेरीए। उन्ले फेरी भातको राग अलापिन, बाङ्गेले मासुको। मासुको राग अलाप्नु के थियो, यसो घडी हेर्दै ओहो! भुसुक्कै ढीलो भैसकेछ भन्यो अनि छिट्छिटो चिया तान्न थाल्यो। मैले नी त्यै गर्या-- जिब्रोको एक तह एउटा सुरुपमा खुईलिया जस्तै भो। अब घराँ मासु भात खानु पर्ने होला, शनिबारको दिन-- स्वाद बाङ्गेको हतारले बिगार्ने भै गो--खुईलिया जिब्रोमा पीरो मासु--स्वाद त धरापमा पर्ने नै भो। तर जे होस, आभाको छत्र छायाँमा परीयो। जीब्रोको स्वाद अहिले धरापमा परे पनि मनको स्वाद भने झन तिखो भएको थ्यो। बिदा भएर बाटो लागीयो। आभाले बाङ्गेलाई शब्दले मलाई भावले बिदा गरी। धोबीखोला हुँदै घर आईयो। बाटोमा बाङ्गेलाई मैले मासु किन्ने कुरा गर्दा त्यो त भन्द्या पो त भन्यो। थाहै थ्यो। किन तुषारापात तिर लागिस भन्दा किन किन यो काम गर्नु नहुने हो कि जस्तो लागीराछ मलाई भन्यो। मैले उस्लाई, "एक चोटी बिहे त हुन दे --तेरो भ्रम सबै हटछ" भन्दें। उस्ले घुर्यो मात्रै। अब सुकिर्तीको कुरा बन्द आजलाई। फेरी कुरा गरीस भने, उस्लाई यस्तो यस्तो कुरा भन्दीन्छु, अर्को भेट अघि नै तेरो सराद गर्दिन्छे उस्ले" भन्यो। म चुप लागें। अहिले उसैले जितेको ठिक थ्यो। त्यस पछी केही दिन बिते। बस स्टप जाने क्रम चलेकै थ्यो। मैले अरु बेला बाङ्गेको साथ मात्रै दिन्थे, अचेल उस्को लागि मेहनत पनि गर्न थालेको थिएं। बिशालनगरकी पाण्डे सुपत्री मामाघर तिरको सम्पर्कमा छे भन्ने पत्ता लगाएर माराजगन्ज दुई चोटी पुगीसकेको थिएँ। एक चोटी त बाङ्गेलाई समेत लिएर। पाण्डे सुन्दरीको हेराईमा अचेल निक्कै लचकता थियो। "यो चुरोट सुरोट भन्ने तान्ने कुरा चै होईन रे छ" भन्दै बाङ्गे वाक्दान गर्थ्यो--बिसेष गरी पाण्डे सुन्दरीलाई सुनाउथ्यो। बसको छेउछाउ चुरोट खान छोडेको थ्यो। बाङ्गे मान्छे बैगुनी थिएन। आभालाई उस्को घर बोलाएको बेला मलाई घरमै लिन आएको थियो। कत्रो रहर थ्यो--के के न भनुम्ला--के के न सुन्न पाईएला--अनुभव गरीएला भन्ने थ्यो--बाङ्ग्या बाउले त्यै दिन बाङ्गे र मलाई बालाजु खेदे। आउदा आभा गैसकीछ। बाङ्गेले केही छैन, म यस्को क्षती पूर्ती गराम्ला भनेको थ्यो र भर परेको थिएँ। भर पर्नु पर्ने कारणमा त्यो बिशालनगरकी सुन्दरीले पनि योगदान गरेकी थिई। शनिबारको बिहान थ्यो। सात जस्तो बजेको हुंदो हो। पशुपती जान बाङ्गे कुनै पनि बेला आईपुग्ने थ्यो। तयार हुँदै थिए। नभन्दै एकै छिनमा बाङ्गेलाई कोठा बाहीर बोलेको सुनें मैले। म त्यति बेला दोस्रो तलामा बस्थें। मुल ढोका बन्द भए मात्रै नत्र उ सुरु सुरु मेरै कोठामा आईपुथ्यो। काका बाहीर निस्कीन लागेका रे छन, उनी सँग दुई शब्द बोलेको सुनें। ढोका टक टक गर्यो। किन सुध्रेछ आज भन्दै थिएँ, उसैले खोल्यो ढोक्या। ढप्क्याको मात्रै थियो। चुकुल लाको थिएन। ढोका सम्म त म पनि पुगेकै थिएं। खुलेको ढोका भित्र म थिएँ, बाहीर बाङ्गे र आभा। ...
Deep · Apr 3, 2012 10:52 AM
ह्यत्तेरी कती छोटो हो ? र कस्तो ठाउमा गएर रोकेको ? जे भने नि सुन्ने हैन ..... छिटो अर्को भाग रखम है दिप जिउ । परेको म बेहोरुला ।
ramronepal · Apr 3, 2012 11:03 AM
After a long time...was desperately waiting for this. Thnx.
hawaflash · Apr 3, 2012 12:42 PM
प्रभो कुर्नु कुरेपछि सुकीर्तिको कथा आको ... कस्तो ठाउँमा लगेर रोकेको नि? के होला के होला भैरछ छिटो टसुम आर्को भाग पनि ...
Aakinchan · Apr 3, 2012 1:11 PM
Yasto lamo break paachi aako AABHA lai ka nira lyayera break hannu bhako... Aba Kati break line ho ...
daum · Apr 3, 2012 2:48 PM
gajjab cha la...
brandy · Apr 3, 2012 6:06 PM
कस्सो खड्कुलो पनि बोकेर उभ्या' थ्यो' की बांगे त्यो ढोका बाहिर?
Poonte · Apr 4, 2012 8:49 AM
बिहान बिहान बांगे बहिनी दान गर्न आयो जस्तो छ ल - येसो हेर्दा त दीप को लप पर्ला पर्ला जस्तो छ - तर एसमा पनि अरु कथा मा जस्तै - दीप को हात मा लाग्यो त्यहि चुरोट मात्र हुने हो कि - कहिले हात मा लड्की हुने होला
serial · Apr 4, 2012 9:14 AM
" म भर्याङ्ग त के झ्याल र पाईप चढेर आईज कौसीमा भने पनि तयार थिएँ, बाङ्गेले हैन अब घर जानु पर्छ भन्यो। मुन्ट्याईदीम कि बज्यालाई जस्तो नलागेको त हैन तर सहनै पर्यो।" हा हा झक्कास गयो यो भाग पनि !!
bhakte dai · Apr 4, 2012 9:47 AM
दीप ज्यु, यसपाली कथा पढ्दा पढ्दै आभाको नाम मेरो मानसपटलमा स्थापित भैसकेको बेलामा उनको नाम " सुकीर्ति " लगभग मैले बिर्सिसकेको थिए l अनि पढाईको कुरा भन्दा चलेको स्कूलको नाम मात्र भन्नु यो चै हाम्रै स्टाईल हो नि ]
anishchit · Apr 5, 2012 3:07 PM
दिप-दाज्यु, घच्चीको गयो ल यो पाली पनि तर कस्तो हिन्दि सेरिअल जस्तो ध्यांग ढोकामा लगेर रोकेको कथालाइ ..... लौन अगाडी बढोस न ..... हजुर त हाम्रो गाउले जस्तो लग्यो हजुरका कथाको लोकेशनहरु सुन्दा त ..... हेहेहे ल दाज्यु अगाडी बढोस न त ढोकाबाट कथा .........
thahachaena · Apr 5, 2012 6:04 PM
oh ho feri tyastai deep dailai kasle samjhaune bhanya hya manchhe kaile katha poorai padhdai basaula bhanera basirachhau...deepdailai k bhanne... manchhelai aasa dekhaune ani 2 barsa laideene poora garnalai
bhustigre · Apr 5, 2012 8:14 PM
दीप, धन्न बाङ्गे बोलेको सुन्नु भएछ। नत्र त आभाकै अगाडि बाङ्गेले सुतेको मान्छेलाई घसार्दै बाहिर निकाल्न बेर लगाउदैनथ्यो। बाङ्गे भर भएको मान्छे होइन भनेर आँफैले कती चोटि भनिसक्नु भयो। किन लेराको रहेछ त उस्ले बहिनिलाइ एका बिहानै हजुरको घरमा?
Dipika02 · Apr 6, 2012 8:38 AM
खुलेको ढोका भित्र म थिएँ, बाहीर बाङ्गे र आभा… अब भो की! ब्युँझिसक्या हो कि मस्त निन्द्रैमा हो आफु जस्तो भो। अगाडी उभिएकी आभै हो कि झझल्को हो--यस्तरी झझल्को आउने गरी रातीहुँदी पनि केही तानेको त थिएन--सोच्दै थिएँ--"हैन हिँजो तान्या गाँजाले छोड्या छैन कि क्या हो? के टोलाई रा ढोका छेकेर" भन्दै बाङ्गे भित्र छिर्यो। हिच्किचएकी आभालाई उसैले भित्र आउने संकेत गर्यो। मैले ढोका खोल्दा जुन मुस्कान आभाको अधरमा थ्यो त्यो अझै कायमै थ्यो। मैले भनें "के नचाहीने कुरा गरी रा? त्यो पनि ठुल्ठुलो स्वरमा--नतान्दै त तान्यो कि झैं गर्छन फेरी उ चैं तानेकै हो कि झैं गर्छ--" बाङ्गे पनि हाँस्यो, आभा पनि। बाङ्गे र आभा दुबै उभिएका थिए। बाङ्गे अरु बेला भए त सुरु सुरु मेरो ओछ्यानमै आएर बस्थ्यो आज आभा पनि भएकोले होला उ पनि उभिएकै थ्यो। कोठामा एउटा टेबल अनि कुर्सी पनि थ्यो--पढ्न सजिलो हुन्छ रे भनेर बाउले प्रायोजन गर्देका थिए--खिया लाग्ने माल भैदेको भए कुन जमानामा खिया लागेर पत्र पत्र भैसक्थ्यो--त्यो कुर्सीमा बसेर पढेको उही बाउलाई झुक्याउन बेला बेला लाई छोड्ने हो भने बाँकी केही रहन्नथ्यो। त्यो कुर्सीमा की त फ्यात्त फ्याल्या लुगा हुन्थे--कसैले मिलाईदीईसक्या भए रित्तै हुन्थ्यो। टेबलमा किताबहरु थिए, ती पनि बा का लागि राखेको थ्यो। अब उनैले पैसा तिरेर ल्याको टेबल, उनैले किन्देका किताब--नपढने त ठीकै छ- रीत्तै राख्दिन त भएन। टेबलको धुलो चै म पनि बेला बेला पुस्थें। त्यो एक दुई चोटी "हेर हेर टेबलमा धुलो जम्या--कैलेई बसेर पढ्ने भए पो हुन्छ" भन्ने डाईलोक सुनीसक्या भएर। टेबलका किताबहरु म दिन दिनै घुमाउँथे। पढ्न पो गार्हो त, पढ्या जस्तो गर्न त सजिलै थ्यो। अब त्यो कुर्सीमा बसुम भन्न हामी तीन जना कोठामा, ओछ्यानमै बसुम भन्न लाई एक त ओछ्यान मिलाको पनि छैन दोश्रो सुन्दरी कोठामा छिर्ना साथ सिंधै ओछ्यानमा निम्तो दिने आँट नी राम्रो हैन जस्तो लाग्यो। आभा चै मेरो कोठा नियाल्दै थिई। हुन ता कोठा बाउ-प्रुफ गरेको थिएँ तै पनि कतै केई चुक छ भनेर पीर लाग्या जस्तो नी भो। टेबलमा नी किताब, र्‍याकमा बाक्ला बाक्ला अरु किताबहरु देखेर उ भ्रममा परीछ क्यारे, बोली "निक्कै पढ्न मन लाग्छ जस्तो छ" "किन पढ्दैन थ्यो, किताबहरु त तेस्तै उस्तै हो झ्याल--झ्याल तिर, कौसीमा, बाटो हुँदी मनग्गे पढ्छ--त्यस्तरी बाहीरै पढेर आउँछ अनि फेरी घर आईसकेर पनि पढ्न त के मन लागोस" बाङ्गेले थप्यो। मैले केई भनीन। के भन्नु? आभाले केही पल मलाई हेरीरही। मैले नी भ्याए सम्म सिधै हेराईले उस्लाई बन्धक बनाएँ, सिधै नभ्याएको बेला पनि हेराईको परीधी बाट भने उस्लाई उम्किन दिईन। "यो खडे बाबा भएर कति बेर सम्म बसीरहनु पर्ने हो? यसो बसुम, चिया भनुम केही छैन।" बाङ्गेले स्वरलाई अलि उचाईमा पुर्याएर भन्यो। "हो त--हत्तेरी!" मैले मन मनै भनें। "अरु बेला त तँलाई सिंहासन चाईदैन थ्यो, राज होस पनि भन्नु पर्दैनथ्यो, आज चै किन नी?" यो चै मैले सुन्ने गरी भनें। भन्न त भनें, तर अरु केही भन्ने कुरा मनमा नआएर भनेको। "आज म एक्लै आ होईन नी त -- देखिनस?" उस्ले भनें। "देख्या मान्छेलाई त कुर्सी छ त यहाँ, भन्दै मैले धुलो पुस्या जस्तो नी गरें कुर्सीको" "हैन ठिकै छ" उस्ले भनी। " म चिया भनेर आउँछु" भन्दै म निस्किन ला थें "म त नखाने" आभाले भनी। "यत्रो बेर उभ्याएर अझ झर्को फर्को गरेर -- च्या अब तँलाई-- त्यो पनि मागे पछी--पर्या छैन" बाङ्गेले नी दीयो दनक। मैले उनीहरुलाई हेरें। अनुहारमा उनीहरुको कुनै उजुरी वा रोष थिएन। आभा अझै कोठालाई हेराईले समेटदै थिई। "पख म आमालाई नी बोलाउँछु, घरमा नयाँ मान्छे आको चिनाउनु पनि त पर्यो नी" मैले भनेको बाङ्गेलाई, सुनाको आभालाई झैं गरी भनें। "तेरो को हो र तैंले चिनाउन लाई, मेरी बैनी मै चिनाउछु नी--आमा काँ? माथि भान्छमा हो?" भन्दै बाङ्गे अघि लाग्यो। आभा पछी लागि। म चै आभाको पछी लागें। झट्ट मनमा आयो, "त्यो जग्गेमा को अघि लाग्छ हँ साच्ची?" "अनि यति बिहान कता बाट नी? " भान्छा तिर उकालो लाग्दै गर्दा मैले सोधें। "यति बेला सोध्या हेर न त्याँ" बाङेगे भन्यो। "म त हिजै आ" आभाले अलि बिस्तारो स्वरमा भनी म तिर पुलुक्क हेरेर। भान्छमा पुगीयो। आमालाई चिनायो बाङ्गेले। मेरी आमाले फेरी बाङ्गेका अलि अलि नातेदारहरु चिन्थिन। फलाना हजुरबाका सन्तान, फलान ठाम बस्ने यता र उताको तालमेल बसाले पछी चिनीन मेरी आमाले नी आभालाई। "किन यती झन्झट गरेर चिनीरहनु पर्थ्यो, म अलि पछी सजिलै चिनाईदिन्थे" मनमा आफ्नो चै यस्तो कुरा आयो। त्यही आमा सँगको कुराबाट बुझियो, आभा हिंजो आईछ बाङ्गे कहाँ। म हिनीसके पछी आकी हुनु पर्छ, बाङ्गेको घरमा त म पनि थिएँ हिंजो। उ आउने थाह भाको भए पर्खिन्थे। थाह भएन। बाङ्गेलाई थाह भएर भनेन कि उस्लाई नी थाह थिएन, उही जानोस। आभाले उ अब यतै पढ्ने स्कुलको कुरा हुँदै छ, घर बनाउने जस्ता सबै कुरा भनी आमालाई। अहिले बिहान पशुपती जान ला भने पछी म पनि जान्छु अनि उतै बाट बत्तीसपुतलीमा उस्लाई छोड्दीनु भनी रे भन्थ्यो बाङ्गे। घराँ बस्न लाई कर गरी रा थे--पछी आउँला भनेर आई भन्थ्यो। "म सँग जाने भनेर आएकी हो त यो?" मनले यै प्रश्न सोध्यो, अनि तुरुन्तै "हो" मा जबाफ दियो। म दंग। अघि तल त चिया खान्न भन्थी आभा अहिले आमाले दिए पछी सुरुप्याउनु सुरु गरीसकेकी थिई। चिया पछी बिदाबारी भएर लागियो बाटो। बाङ्गे मालीगाउँ तिरबाट कालोपुल हुँदै जाम भन्थ्यो, मैले मानीन। म चै पुरानो भत्क्यापुल भाको तिर बाट जाम भन्न थालें। मैले नै जितें आखिर। कालो पुल तिरबाट जाँदा भण्डारखाल आउँथ्यो पहिला अनि त्यो गौसाला पनि नपुग्दै आभाले पैला मलाई घराँ छोडदीनु अनि पसुपती जानु भनी भनें? गौसालाबाट बत्तीसपुतली नजिकै थ्यो तर उता चावेल तिर बाट आउँदा उस्ले त्यसो भन्न मिल्दैनथ्यो किनकी पसुपती पैला आउँथ्यो गौसाला भन्दा। मैले आफ्नो दुनो सोझाको थिएँ। उ सँग पसपती गएर सँगै दर्शन गर्नु परेन त, मौका पर्या बेला? हांडीगाउको बाटोमा सुन्दरी त्यो पनि नौली सँग हिन्नु पर्थ्यो-- एक्सरे भिजन भएकाहरु बाटा हुँदी अलपत्र भएका त छँदै थिए, कुना काप्चा तिर बाट पनि निस्किन्थे। त्यो किस्नमन्दीर अघि त ब्वाँसाहरुको जमघटै रे छ। आभाले निक्कै असजिलो मानी त्यहाँ। एउटाले मन्त्र पढ्ला र कान थुन्नु पर्ला भनेर त्राहीमाम हुँदै तरीयो भुतेस्वरको ब्वाँसा भेल। कसो मन्त्र जपेको सुन्नु परेन। एउटा वाक्य बोल्दा दुइ तिनटा जति त मन्त्र_शब्द जप्थे। अरुलाई मात्रै के भन्नु --भन्न त --चलनै त्यस्तो थ्यो भनुम न। "यो ठाउँ किन यस्तो?" ढुङ्गेधारा तिर लाग्दै गर्दा आभाले सोधी। किन यस्तो भन्नु अब? त्यस्तो पार्न हाम्रो पनि योगदान थियो। "काम छैन अनि" भनीयो। हिन्दा बाङ्गे र म सँगै, उ बाङ्गे संगैको तालमेल थ्यो तर पटक पटक् उ म र बाङ्गेको बिचमा हुन्थी। कैले उ आफै हुन्थी, कैले म पार्थे। "नेपालगन्ज रमाईलो होला है?" मैले सोधें। अब के भन्ने के--केही न केही त भन्दै गर्नु पर्यो। "यो भन्दा त रमाईलो छ" उस्ले भनी। ब्वाँसाहरुले रेपुटेशन डुबाईहाले नी। हामी एक जना सुध्रेर पनि के गर्नु र? "एक्का चल्छन त्यता" बाङ्गेले नी जान्या देख्या कुरा होला भन्यो। "एक्कामा रमाईलो हुन्छ" आभाले भनी। "एक्का भएनी एक्लै चढ्नु पर्ने त होईन होला नी?" "होईन" उस्ले हाँसेर भनी। "आफुलाई मन पर्या मान्छे सँग चढ्न पाए त म नी चढथें, एक्का" मैले ह्वात्तै भन्दें। बाङ्गेले अलि धारीलो हेराईले हिर्कायो, आभाको भने लचकिलो थ्यो हेराई। "दुई जना साथी साथी चढ्नु, रमाईलो भै हाल्छ नी" आभाले म र बाङ्गेलाई हेर्दै भनी। "भो, यो सँग त यहीं भेट भै रा छा नी--त्याँ सम्म गएर नी यै सँग एक्का चढ्नु पर्या छैन" मैले भनें। "को सँग चढ्न खोज्या त?" यस पटक आभाले सोधी। जबाफ त उस्लाई नी थाह थ्यो होला तै पनि सोधी। "तिमी सँग" भन्ने आँट आएन आफ्नो फेरी त्यै बेलाँ। "त्यै टाँगा चलाउने पनि त हुन्छ नी --त्यो र यो दुई जना भैहाले नी" बाङ्गेले निस्फिक्री हाँसेर भन्यो। धोबीखोला तरेर उकालो लागीदै थ्यो। "यता हाम्ले यसरी घुमा जसरी उता नयाँ मान्छे आउँदा घुमाउने चलाउने छैन?" मैले आभालाई सोधें। "छ" उस्ले भनी। "भैहाल्यो नी त" मैले भनें। "कैले आउने?" उस्ले सोधी। त्यसको पक्का जबाफ म सँग थिएन। त्यै पनि "नआई त भाकै छैन" सम्म भनें। "कैले त?" आभाले फेरी सोधी। म सँग जबाफ छैन भन्ने बुझेरै होला धरपकड गरेकी। "त्यो टुडीखेलमा माहाँकाल अघि सुगा राखेर बस्छ एउटा, त्यस्ले जैले जा भन्छ तैले आउँछ यो" बान्ङ्गेले भन्यो। "ए, साईत निकालेर?" आभाले मुस्कुराउँदै सोधी। "साईत त जुराउनै पर्यो नी --पण्डीत भिडाएर-- चिना देखाएर--साईत जुराएर आउँछु नी आउन आउन परे पछी" लौजा त भनेर भन्दें मैले। भन्न त लगन पनि निकालेर भन्न मन थ्यो तर आँटले धर्म छोड्यो र भन्न सकिन। बाङ्गे र आभा दुबैले पुलुक्क हेरे म तिर। बाङ्गेको हेराईमा "अहिले भेटलास है तैले" भन्ने भनक थ्यो, आभाको हेराईमा "साँच्चै कि ख्याल ख्याल?" भन्ने प्रश्नको छनक भए झैं। चाबेल गणेश घुमेर अघि लागीदै थ्यो अब। "म त अब पर्सी नेपालगन्ज गै हाल्छु" आभाले भनी। म त टक्क रोकिएँ एक पल। बाङ्गेले त्यस्तो कुनै प्रतिकृया जनाएन। सायद उस्लाई पैलेई थाह थ्यो। "अनि यतै पढ्ने भनेको हैन त?" मैले आभालाई सिधै हेरेर सोधें। "हो, स्कुलको कुरा हुँदै छ--तर अब घर गएर त आउनु पर्यो नी" उस्ले भनी। म त झन्नै, "ल बर्बाद" भन्नेमा पुगेको। "अनि कैले आउने त?" मैले सोधें। "खै--छिट्टै हो तर" उस्ले भनी। खै किन हो बाङ्गे हाँस्यो। "किन हाँस्या?" भन्या "यत्तिकै" भन्यो। अनि बाङ्गेले उस्का कुरा गर्न थाल्यो, परीबारका कुरा गर्न थाल्यो। मैले नचिनेका मान्छेहरु, ठाउँको बारे गफ हुन थाल्यो। म यसो आफ्ना कुरा तिर आभालाइ ल्याउन खोज्थे, बाङ्गे पारीवारीक कुराम लगिहाल्थ्यो। हुँदा हुँदै मित्रपार्क अघि बढीयो, बाटो काटीयो र लागियो पशुपतीका गुरुको मन्दीर हुँदै पश्चिम ढोका तिर। पशुपती घुम्ने हाम्रो बिशेष तरीका थ्यो, दर्शन गर्ने एउटा परीपाटी बसालिएको थ्यो। त्यै अनुसारको गरीयो त्यो दिन पनि। आभाले नी त्यसै गरी। पशपतीमा माहादेब भेटीएलान भन्ने आशमा आवत जावत थिएन हाम्रो। महादेब आए नै पनि पक्का चिलिम बोकेर उता बिष्वरुप, राममन्दीर यत्र तत्र बसेका साधु शन्त, मन देखि लागिपरेका समाजसेवी उन्का भक्तहरुलाई नभेटी हामी जस्ता तरुनी सँग चन्दन माग्न आउनेहरुलाई किन भेटी रहन्थे। तर आभा पनि मन्दीर भित्र माझिएकी भक्त जस्ती हुँदीरैछे। ढोग्दा आँखा चिम्म गरेर ढोग्थी। मन्दीर घुम्दा मूर्ती ढोग्दा आस्था र भक्तिमा उ समर्पीत देखिन्थे। त्यहाँ भित्र देवी देउताका बाहेक अरु कुरा गर्न उस्ले चासो राखिन। देवी देउता कुरा गर्न आफुलाई त्यस्तो चासो नाईं। सानो साँढे पछाडीबाट पैले बाङ्गेले दर्शन गर्यो, अनि उस्लाई पनि पशुपती दर्शन गराईयो। पैला त त्यो साँढे पछाडी बाट दर्शन गर्न मानेकी थिईन--लाईन लाग्छु भन्दै थिई। लाईन लागेर अब कैले कैले। अनि अरु बेला भए चन्द्न-सुन्दरी खोजिन्थ्यो--- त्यो दिन जो ओर्लियो दर्सन गरेर सिंढीबाट उसै सँग चन्दन मागे मैले। बाग्ङेलाई नी दिनु पर्यो चन्दन भन्या एउटी फेला पारीसकेछ उस्ले। आभा म सँग उभिएकी थिई, बाङ्गे चन्दन लाउँदै थ्यो केही कदम पर। चन्दन म सँग पनि थ्यो। बाङ्गेले देला चन्दन पैला भनेर मैले आभा तिर चन्दन तेर्साएँ। उस्ले चन्दन र म दुबैलाई हेरी। मलाई के सुर चल्यो, मन मनै जय शम्भो! भनेर उस्ले हात लम्काउनु अघि नै चन्दन लाईदिएँ। त्यो बाङ्गेले पनि देख्यो। मैले चन्दन लाईदीए पछी उस्ले टाउको झुकाई। "टीका लाईदिएँ--खै त भेटी?" जे पर्ला पर्ला भनेर सोध्दें। "दिम्ला नी" उस्ले भनीं। बाङ्गे आईपुगी हाल्यो। बाङ्गे सँग भाको चन्दन चै उस्ले घरमा नी दिन्छु, अनि नेपालगन्ज लान्छु भनेर बोकी। पशुपतीमा दर्शन पछी चिया चुरोट तान्ने गरेको। चुरोट त आज बर्जेत थ्यो। चिया पनि उ नखाने भन्न थाली। घरै जाम भनी। बाटोमा बाङ्गेले फेरी यो हजुर्बा र त्यो हजुर्बा, यो फुपु र त्यो फुपु भन्दै छेउ न टुङ्गाको (मेरो लागि) कुरा गर्दै लग्यो। यी मान्छे जो जो भए नी खडकुलाँ पानी खन्याउँदा चिन्छन मलाई नी भनेर चित्त बुझाएँ। के गर्नु। बाङ्गे र मैले उस्लाई घर पुर्याईदेम। निधारमा मैले लाईदेको चन्दनले सिउँदो उस्को छुँदो थ्यो। भात नखाई आउन दिएनन। बाङ्गेको घराँ फोन गर्दे। मेरो घराँ नी जड्या थ्यो रातो फोन हालसालै। त्यसमा नी घण्टी बजाईदीए। दरो गोदीयो मासु भात। घरमा काका काकी हजुरबा, हजुरामाको परेड चलको चलेई। यसो केई मनको कुरा आफ्नो सुराँ गर्न पा हैन। भात गोदे पछी हामी हिन्न ला थेम, आभाले दाई सँग एउटा फोटो खिच्छु भनी। घरमा लगेर सबैलाई देखाउँछे रे उता नेपालगन्जमा । बाङ्गे सँग उ उभिई। काकाले ल्याए क्यामेरा। म नी टाँस्सीन जान भएन। मन त थियो नी। एउटा फोटो खिचे पछी, "दाइको एउटा खत्तम साथी पनि रे छ भनेर चिनाउन हुन्छ ल, भन्दै बाङ्गे भए पट्टी गएर उभिएँ म पनि। मन त आभा सँग उभिने थियो तर के गर्नु। काकाले हाँसेर फोटो खिचे। पछी त काका काकी हजुरबा हजुर आमा जम्मै आए फोटोमा। त्यती गर्दा नी एउटा फोटोमा आभा सँग उभिने जोहो परेन। ठुलठुलो स्वरमा उनीहरु हाँस्दै कुरा गर्दै थिए। मैले बाङ्गे नजिकै पुगेर सानो स्वरमा "मलाई खुत्रुक्कै पार्यो ---" मात्रै लय हालेर के सुरु गरको थिएँ उ बिच्केर गयो मान्छेहरु सँग मिसिन। यसो सेन्टी कुरा गरुम्ला आभा सँग बिदा हुँदा भन्या किन पाईन्थ्यो। तै पनि उस्को निधार तिर हेर्दै यो चन्दन भोली मेटीए पनि फोटोमा त मेटीदैन होला नी" सम्म भन्न चै मौका पारें। उस्ले एकटक हेरेकी थिई मलाई मैले त्यसो भन्दा। आभा जान्छे भनेर मन उदास त थ्यो तर फर्किन्छे भनेर खुसी पनि। बिदा भएर बाटो लागियो। मैले बाङ्गेलाई धन्यबाद दिएर भनें, "हेर बाङ्गे तैले ठुलो गुन लाईस -- म पनि बैगुनी मान्छे हैन-- यता आफ्नो सँगै फोटो खिच्न त्यस्तै उस्तै भयो तर अब पाण्डे सुन्दरी र तेरो चै म खिच्ने ब्यबस्था मिलाउँछु।" बाङ्गे फिस्स हाँस्यो। "तैले उस्लाई आभा भन्छस भनेर भन्दीएँ, मैले।" बाङ्गेले सुनायो। "अनि के भनी त?" मैले उत्सुक भएर सोधें। "मेरो न्वारन गर्ने त्यो को?" भनी। बाङ्गेले गम्भीर भएर भन्यो। "सत्ते?" मैले झस्केर सोधें। "असत्ते" बाङ्गे हाँस्यो। ------- दुई चार महिना अघि म नेपाल गएको थिएँ। नेपाल जाने बाङ्गेलाई नभेटने कुरै भएन। म पुगेको पहिलो शनिबार थ्यो, मैले बाङ्गेलाई फोन गरेर "आज भाटभटेनी जाम यार" भनें। "अहिले खुल्या छैन--तँ आईस रे भन्दैमा बेला न कुबेला खोल्छ? " भन्यो। "तँलाई भनेर--मन्दीर के को बन्द?" भन्या ए! म त सुपर मार्केट भन्ठान्या भन्यो। ल म एकै छिनमा आउँछु भन्यो। उस्ले यत्रो अजंगको एस् यु भी किनेको रे छ --त्यै लिएर आउँथ्यो। आज त्यो देखिन। "के मा आईस तँ?" भन्या "पैदल" भन्यो। "किन?" भन्या "आज पुराना दिन जिउन मन् लाग्यो" भन्यो। भाटभटेनी दर्शन गरेर फर्किदै थेम। एक ठाउँमा म टक्क उभिएँ "यार बाङ्गे, यहाँ अझै आउछ बस? तँ खलासी हुन खोज्या थिस नी?" मलाई हाँस उठ्यो। म भन्दा जोड सँग उ हाँस्यो। "क्या सम्झाईस यार" भन्दै। "के रे त्यस्को नाम?--- पाण्डे हैन? त्यो सुन्दरीको के छ हाल खबर अचेल?" सोधें। "त्यो पाण्डे त अहिले के भै कुन्नी -- दुई चोटी बिहे गरी सकी यार तेल्ले त" बान्ङ्गेले सुनायो। "दुई दुई चोटी गर्दा नी तेरो चै पाली अझै आको रैन्छ उस्को लिस्टाँ -- मैले त मामाघरमा चक्कर लाई लाई कुरा मिलाईदेको थिएँ--के गरीस तैंले?" "गर्या त त्यै माया हो मैले नी ---पछी तँ र तेरो माया लिएर काँ जाने हो मर्न ती जा भनी" त्यस्तै भो। धेरै माया गर्न नहुने रे छ कसैलाई नी --चिनी धेरै भयो भने तीतो हुन्छ भन्थे--त्यै भाको होला" बाङ्गेले हाँसेर भन्यो। मैले त्यो बस स्ट्पको वरीपरी हेरें। समय कहाँ बाट कहाँ पुगी सकेको थ्यो। "ती दिनहरुको सार्है माया लाग्छ यार बाङ्गे मलाई" मैले सायद भाबुक भएर भनें। उस्ले उस्को फोन झिक्यो अनि कस्लाई हो फोन गर्यो "पूर्णदाई, के गर्दै हुनुहुन्छ?" उताबाट कस्ले के भन्यो, बाङ्गेले त्यो पूर्णदाईलाई हामी भा ठाममा आउनु भन्यो। "को पूर्णदाई भन्या? किन बोलाको?" भनेर सोध्या। "पशपती जाम यार, मैले गाडी मगाको। आज दिन पनि शनिबारै हो। पुरानै दिनमा फर्किम केही बेरलाई भए पनि।" उस्ले भन्यो। "पैला काँ मोटर चढेर जाने गरेको थ्यो त?" मैले सम्झाएँ। "थाह् छ" उस्ले भन्यो। "तर नया दिनमा चढेर पुरानो दिन जाने क्या!" एकै छिनमा आयो उस्को मोटर। मोटरमा उ र म पछाडी बसीम। उस्ले चुरोट सल्कायो। मैले भने "चिया खान मन लाग्यो यार"। उस्ले एकै छिन खै के सोच्यो, अनि भन्यो "ल पख म तँलाई सलिड ठाउँमा लिएर जान्छु मेरो एउटा काम पनि छ" अनि ड्राईभर तिर हेरेर भन्यो "पूर्णदाई, कपन जाम" गाडी बिशालनगर तिर लाग्यो। बाङ्गेले फोने झिकेर को सिद्दार्थ भन्ने सँग कुरा गर्न थाल्यो। उस्ले फोन राखे पछी मैले भनें "काँ कपन गै र नी -- एक कप चिया खान-- फेरी को यो सिद्धार्थ भन्ने?" सोधें। "पैले एघार नम्बरमा हिन्दा पो कपन काँ हो काँ अहिले त एकै छिनमा आउँछ हेर्न--" "अनि सिद्दार्थ भन्ने को नी? मलाई नौलो मान्छे भेटन मन थिएन। "तैले चिन्दैनस -- धेरै बेर लाग्दैन--त्याँ कपनमा क्या खतरा चिया भेटीन्छ--तँलाई चित्त बुझेन भने मलाई भन्लास-- बरु तैले पूर्णदाईलाई चिनिनस?" उस्ले ड्राईभर तिर हेर्दै भन्यो। ड्राईभरले ऐना मिलायो--म तिर हेर्यो अनि मुसुकुराउँदै भन्यो मैले त चिनें। उस्ले चिनें भने पछी मैले पनि नियालें। "दाई यता आउनु त" बाङ्गेले ड्राईभरलाई भन्यो। मोटर बिशालनगरबाट अघि बढ्दै थ्यो। त्यो बसन्त सम्सेरको दरवार काटेर अघि लागेको थ्यो--उता कुमारी--टुण्डालदेवी जाने बाटो छुट्टीने ठाउँमा पुगेर ड्राईभरले गाडी रोकेर ओर्ले अनि मेरो छेउ आएर उभीए। उनी मुस्कुराईरहेका थिए। मैले फ्याट्टै चिनें। "ए, तपाईँ त्यै बसको ड्राईभर हैन?" एक्कासी मेरो आबाजमा उत्सुक्ता बढ्यो। "अब मलाई खलासी राख्नु न भन्दा भन्दा टेर्या हैन" बाङ्गेले हाँस्दै भन्यो। हामी सबै हाँसीम्। रमाईलो भयो। "मैले पूर्णदाईलाई तेई भएर बोलाको क्या, पुराना दिनमा फर्किने भन्या हैन?" बाङ्गेले भन्यो। "कस्तो लाग्यो त?" "गज्जब!" मैले भनें। मोटर रिंगरोड तिर बढ्दै थ्यो ---"आभाको के छ हालखबर?" मैले सोधुम कि नसोधुम गर्दा गर्दै सोधें। "अर्काकी श्रीमतीको हालखबर तँलाई किन चाहियो?" उस्ले भन्यो। "नेपालगन्जबाट त फर्किदै फर्किन, ए!" मैले भनें। उ हाँस्यो। म पनि। अनेक थरी अरु कुरा भए। बाङ्गेले सिद्दार्थ भन्नेलाई फेरी फोन गर्यो कपन पुग्ने बेलामा। एउटा भब्य घर अघि लगेर मोटर रोके पूर्णदाईले। "म यही बसीरहन्छु, तेरो के काम हो छीटो सक--चिया खान जाने कता हो --पशपती जानु पर्ने --फेरी घर बाट फोन आउँछ ऐले।" मैले भनें। बाङ्गेले "हुन्छ मोटरमै बसीराख म एकै छिनमा आउँछु" भन्यो र घर भित्र लाग्यो। पूर्णदाई मोटरमै थिए। म उनी सँग कुरा गर्न थालें। मनमा एउटा कुरा लागेको लागेकै थियो। निर्क्यौल गर्नु पर्यो भनेर पूर्णदाईलाई सोधे, "दाई यो सिद्दार्थ भन्नेको श्रीमतीको नाम आभा हो?" मुटु ढुक ढुक हुँदै थ्यो जोडले मैले यो प्रश्न सोध्दा। पूर्णदाईले म तिर पुलुक्क हेर्दै भने "होईन"। मन हलुम भो। बाङ्गे आयो, संगै अर्को मान्छे पनि आयो। सिद्दार्थ भन्ने त्यै होला। उनीहरु मोटर तिर आएको देखे पछी म पनि मोटरबाट ओर्लें। बाङ्गेले मलाई चिनायो। हात मिलाएँ त्यो मान्छे सँग। एउटी ५/६ बर्षकी केटी पनि दौडीदै आई। बाङ्गेले, "आभा, अंकललाई पनि नमस्कार गर" भन्यो। म त झस्किएँ। बाङ्गेले हाँस्दै भन्यो, "ल ल हिन भित्र, सुकीर्तीले चिया बसाली सकी -- क्या खतरा चिया बनाउँछे-- यता मिठो भएनछ भनें अन्त पनि जाम्ला"। -----------------------------------------------------------------------------------------------------------------------------------------------------------------
Deep · Apr 6, 2012 2:01 PM
Superb. I salute u Deep Sir.
hawaflash · Apr 6, 2012 3:05 PM
दीप जी, long weekend होइन हजुर को?? यो weekend मा चाही कथा को अर्को भाग पनि लेख्नु पर्छ है !!! सारै राम्रो छ ल !!
ranipari · Apr 6, 2012 3:18 PM
धेरै राम्रो लेख पढियो दीप जी . खोला झैँ सलल बगेको लेखन सैली, धेरै पल्ट हासे. ranipari जी ले अर्को भाग लेख्न भंदैहुनुहुन्छ, मेरो विचारमा कथा सकियो --पहिलो भागमा आभा लै देखियो , दोस्रो भागमा आभासंगा भलाकुसारी भो - लाग्थ्यो आभा लेखककै हुन्छिन - तर तेस्रो भाग मा गएर तेसो भएन/
Bachata · Apr 6, 2012 4:18 PM
दिप-दाज्यु, सारै मिठो कथा....झन् लास्टां त्यो सानु फुच्चुको नाम "आभा" भएर झनै रमाइलो लाग्यो ..... हरेक सनिबार आफ्नो होहल्ला ग्रुपसंग पशुपति गएर परि "beautiful"मा बसेर होहल्ला गरेका दिन झल्झल याद आयो दाज्यु . सकिएको हो कथा? न क्रमश छ न समाप्त नै . धोबीखोला वारिको गाउले थाहा-छैन
ThahaChaena · Apr 6, 2012 6:09 PM
Awesome!
Kancho · Apr 6, 2012 6:22 PM
दीप जी आर्को पटक कृपया भाग १, भाग २ गर्दै लेख्नु होला है !Superb writing!!
shiva_linga · Apr 8, 2012 8:17 AM
मैले जसरी "आभा" लेखुम्ला भन्ने सोच राखेर शब्दहरु भेला पार्दै मिलाउन थालेको थिएँ, त्यो सोचलाई मेरा अरु जिम्मेबारीहरुले लगातार अनि अझ अरु थप चुनौतीहरुले दबाबको घेरामा पार्दै गए। परीस्थीतीको बन्दी मेरो त्यो सोच फेरी उस्तै रुप र भावमा उम्केला भन्ने बिस्वासलाई म आफैले प्रश्न गर्न थालेको थिएँ। फेरी प्रस्तुती मुख्यत: काल्पनिक भएकोले दृष्यहरुको बादल कल्पनाको आकासमा खोज्नु पर्थ्यो अनि आकार दीनु पर्थ्यो। त्यसैले जसरी सोचेको थिएँ, त्यसरी प्रस्तुत गर्न सकिन। निक्कै हतारमा लेखें, फरक बाटोमा गएर लेखें। त्यसैले प्रस्तुतीमा कमजोरीहरु जता जतै प्रसस्तै भेटीन्छन। ती सबै कमजोरीहरुको जिम्मा मैले लिनै पर्छ र लिन्छु पनि। जे जस्तो रुपमा "आभा" प्रस्तुत भए पनि, आ-आफ्ना समय यसमा खर्चीने सबै साथीहरु प्रति आभारी छु। प्रोत्साहन र सुझाबहरुको लागि हार्दीक धन्यबाद। - दीप
Deep · Apr 9, 2012 9:49 AM
दीप दाई , कथा लै जुन रुप मा प्रस्तुत गरे पनि सारै राम्रो लग्यो . बरु भाग १,२ ,३ नभएको ले खोज्न सारै गारो पर्यो दिन दिने खोज्दा हरिने भैयो सारै राम्रो प्रस्तुति
pokhrelikanchi · Apr 9, 2012 1:42 PM
When real emotions are evoked by a story, you know it was good in every aspect of writing a story. You have done just that to me, deep! Many emotions have erupted in me, like a volcano. Absolute nostalgia has engulfed me, not only with the mention of familiar places and trends (of my own younger days); but also with the way you have chosen to put forth your story! भाव-बिभोर छु, ब्रो!
Poonte · Apr 9, 2012 8:58 PM
साथीहरुले आफ्नो ब्यस्तता र प्रस्तुतीमा मेरा कमजोरीहरु हुँदा हुँदै पनि समय निकालेर मेरो प्रस्तुती पढीदीएको मात्रै हैन, टीप्पणी समेत गरेर लगाएको गुन मैले बिर्सीने कुरै भएन। त्यसमाथि साथीहरुका प्रोत्साहन-शब्दहरुले मेरो उत्साहमा उर्जाको काम गरेका छन। मौन पाठक र सुभ-चिन्तकहरु प्रति पनि म सधैं झै आभारी छु। प्रस्तुतीमा टीप्पणी गर्ने तपसिलका साथीहरु प्रति भने म बिसेष अनुग्रहीत भएको स्पस्ट पार्न चाहन्छु। *~Spring~* ???? ? Aakinchan adventurer aman Anishchit Bachata bhakte dai bhustigre Birkhe_Maila BlurMirror brandy Budunk chipledhunga daum dipika02 hawaflash Juggy Kancho mythought nakkali keti namit_thapa Nepal ko choro Phatte Pokhrelikanchi Poonte ramronepal ranipari ritthe sawcheen serial shiva_linga ThahaChaena बिस्टे
Deep · Apr 10, 2012 1:00 PM
Too good.
sahitya · Apr 10, 2012 1:08 PM
दीप सर ले क्या च्याट्ट मिलाएर लेख्नु भाको रेछ, तपाइको धेरै जसो रचना तरुण तरुनी को आकर्षण मनोविज्ञान ले भरिएको हुन्छ, तपैले तेसै मा बिध्यबरिधि गर्नु भाको जस्तो लग्यो मलाई त. मन खुस भयो कथा पढेर . मिहेनत का साथ साझा मा पस्कनु भएको मा धन्यवाद
timi_mero_sathi · Apr 10, 2012 5:52 PM
दिप ब्रो कथा दाम्मी लग्यो / फेरी फेरी पनि अरु पढ्न पाउँ / कतिपय कुरा आफ्नै life को घटना जस्तो लाग्यो /
GwachAquarian · Apr 10, 2012 6:02 PM
Prabhu, ABHA paskanu bhayeko ma dherai dherai dhanyavaad. Tapaiko pratek "katha" le pheri tyahi nostalgic Jai Bagheshwri ko serophero ma dubauchha.... Aru katha ko parkhai ma.
daum · Apr 10, 2012 6:52 PM
प्रभो फेरी पनि घच्चिको गयो त ... सारै मनपर्यो ... सुकीर्ति ले छोरीको नाम पो आभा राखेको... दीप ब्रो अब आर्को कथा कहिले आउछ त? :P
aakinchan · Apr 11, 2012 12:57 AM
गज्जब. सारै नै मन छुने. one of my best writers in साझा
NewTrader · Apr 11, 2012 9:49 AM
दीपज्यु , कथा सदा झैँ एकदम दामी. I don't have any words to explain how I am feeling right now after reading it specially the latter part of the story- happy, nostalgic, bittersweet, mixed emotions yet a big smile on my face. You're an amazingly talented, fabulous writer. अब नेपाल जादा please tell Bange that he's earned couple of fans/ friends in Sajha as well. Already waiting for you next story.
*~Spring~* · Apr 11, 2012 10:53 AM
Sahitya, timi_mero_sathi, GwachAquarian, NewTrader साथीहरुलाई माथिको आभार-सूचीमा समेटने अवसर मैले पाएको थिईन। त्यो अवसर अहिले पाएको बेला म के हराउन दिन्थें। फेरी फेरी पनि शब्दहरु भेला पार्दै कैले सोचाईको प्रतिबिम्बमा, कैले अनुभवको परावर्तनमा उनीहरुले मार्ने बुर्कुसी सबै मिलेर हेर्ने अबसर कसो नमिल्ना भन्ने आशामा अहिलेलाई बिदा माग्छु। सबैको जीवन बसन्त ऋतु झैं होस--नयाँ त नयाँ हुने नै भए, पुराना रुखहरु समेत नयाँ पातमा नयाँ झैं देखिने यो ऋतु, उराठ बगरलाई पनि बेजोड बगैंचा झै बनाउँछ यस्ले।
Deep · Apr 12, 2012 2:34 PM
होइन कसले thumbs down गरेको यो धागोमा ??? दिमाग पनि छैन कि के हो???
Aakinchan · Apr 16, 2012 9:57 AM
त्यो "बुढी औंला तल" बांगे ले दीपलाई ज्वाईं भन्नु पर्ने देखेर रिसै रिसमा गरेको हुनु पर्छ
aman · Apr 18, 2012 10:30 AM
रातो बाणको दनक किन किन आईलाग्या होला? निश्चित कारण त धनुर्धारीलाइ नै थाह होला तै पनि मेरो अनुमान निम्न लिखीत बिषयमा अल्झिन पुगेका छन: (अनुमान तीन थरी छन: बस्तुपरक, ब्यक्तिपरक, अमूर्त) १- धनुर्धारीलाई मेरो प्रस्तुती मन परेन। (बस्तुपरक) २- धनुर्धारीको मेरो लेखाई सँग कुनै सरोकार छैन तर उनलाई म मन पर्दैन। (ब्यक्तिपरक) ३- धनुर्धारीलाई न म सँग सरोकार छ न नै मेरो लेखाई सँग। हैन यो बाण चल्छ पनि? भन्ने कौतुहलको निराकरण गर्न मेरो प्रस्तुती यत्तिकै छानीन पुग्यो। (अमूर्त) बस्तुपरक बिषयलाई लिएर चलेको बाण हो भने म त्यो बाणको हार्दिक स्वागत गर्छु। मेरो लेखाई रातो बाण खानै नहुने स्तरको पक्कै छैन। यो बालुवाको बाँध जस्तो लेखाईलाई दिन्छु दनक भनेर चलाको बाणले गुन लगाएको छ मलाई। बाण सँग सँगै सुझाव पनि भैदीएको भए झन राम्रो हुन्थ्यो। तर ,गुन भनेको गुनै हो। अमूल्य। रक्त-बाणको रुपमा आएको यो अमूल्य गुन प्रति म धन्य छु। ब्यक्तिपरक कारणले चलेको हो बाण भने म त्यस्को पनि स्वागत गर्छु। म त्यस्तो पन्चामृत-स्नानको योग्य मान्छे पनि कहाँ हो र? अवगुणहरु कति छन कति। गन्न तिर लाग्ने हो भने जिन्दगी नै सकिएला भन्ने पीर। बरु सुधार्न तिर लाग्दा अवगुणहरु पनि घटदै जाने, मनको भारी पनि हलुम हुँदै जाने भनेर त्यता तिर लागेको छु। तै पनि कुन चै अबगुणले आकर्षित गर्यो त्यो रक्त-बाण, त्यो थाह पाउन पाको भे त्यो अबगुणलाई ठेगानमा ल्याईहाल्थें। धनुर्धारीले मेरै फाईदाको लागि चलाको हुँदो हो बाण त तर आफैले नबुझेर नोक्सानमा परीयो नी अब। अमूर्त कारणले चलाएको हो बाण भने पो मुस्किल पर्यो त मलाई। स्वागत गरुम भने न त म तिर न नै मेरो प्रस्तुती तिर ताकेको बाण, नगरुम भने रोपीएको छ घ्वाप्पै। धनुर्धारी देवी/प्रभो, यस्तो मुस्किलमा पार्दीने काम गर्दीन भएन नी यत्तिकै। अब चल्दो रे छ बाण भन्ने पक्का भैगो। ढुक्क हुँदा भो नी। कसो?
Deep · Apr 23, 2012 9:52 AM
दीप प्रभु, बिबिध कारण ले समय मै टिप्पणी गर्न पाइन. आभाको आभा धपक्कै बलेको थियो . जाज्वल्यमान आभा. शब्द शब्द, वाक्य वाक्यमा वाह वाह दोहरिने खालको . प्रशंसाको शब्दावली रित्तिने भयो .
rahulvai · Apr 23, 2012 10:13 AM
दिप प्रभो, स्वस्ती गरें। पढ्न त उइले पस्किनासाथ पढें थें तर यो मोरो कामको चटारोले गर्दा केइ लेख्न पा थिन। आज फेरि यो धागो माथि आउँदा प्रभोलाइ धन्यवाद नलेखी बस्नै सकिनँ। यो कथा मैले अरु साथीहरुलाइ नि स्येर गर्या थें, सबले प्रभोलाइ धन्यवाद द्या छन्- यस्तो बिघ्न रमाइलो कथा लेख्नु भा'कोमा। फेरि नि आर्को खुराक छिट्टै आउला भन्ने आशाँ।
perfectionist · Apr 23, 2012 10:14 AM
ठुल्दाइले ठ्याक्कै मैले भन्या खोज्या जस्तै, मुखैबाट कुरो टक्क निकाली, रामरी मिला'र शब्दाँ लेख्दिनु भो बाइ। धन्या-पात ठुल्दाइ मेरो नि डिट्टो!
perfectionist · Apr 23, 2012 10:17 AM
Wow.. After I finished reading, I had goose bumps all over my body. It reminded me of my younger days too.As I was reading it, it felt as if I am re-living those good old days.. We were four friends. We used to hang around Ghattekulo, Battisputali and Maijubahal and Pashupati. Our story was somewhat close to your story but even If I had tried, I would have never been able to present it like the way you did. "So simple yet so effective".Thank you so much Mr. Deep
Gorkhali4982 · May 12, 2012 1:23 PM
Someone asked me to name her beauty parlor back in Nepal. I gave the name immediately without second thought. Yes, आभा.
daum · Mar 21, 2013 11:29 AM
आजकल दीप ब्रो कता गायब हो के ... धेरै bhayo गतिलो संग हास्न नपाएको पनि ...
aakinchan · Apr 5, 2013 12:13 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion