भैगो छोडी देउ मलाई तिमी बिनै बाँचिदिन्छु यो जिन्दगी आफ्नो इच्छा पूरा गर्न स्वार्थी बनी बाँच्नुछैन यो जिन्दगी तिम्रो माया पाउन आफूले आँसुले भर्नुछैन अरु कसैको जिन्दगी एक मुठी सास फेर्नको लागि चाहिन्न मलाई उधारो जिन्दगी अस्तव्यस्त छ जताततै, सम्हाली नसक्नुछ यो मेरो जिन्दगी सम्हाल्छु भन्छु म तर फेरि चिरा चिरा चर्किन्छ जिन्दगी बाँच्नको लागि मात्रै जिउनु पर्ने एउटा बाध्यता रहेछ जिन्दगी सास मात्रै बाँकी रहेको एउटा जिउदो लास रहेछ यो जिन्दगी रुन्चे हाँसो नै भए पनि सबको सामू हाँस्नै पर्ने यो जिन्दगी काँडै काँडाहरु बिचमा फूललाई सम्झी बाँच्नुपर्ने यो जिन्दगी खुशी बाँडी अरुलाई आफ्नो चाहनाको घाँटी रेट्नुपर्ने जिन्दगी हाँसी हाँसी पिउदै जानुपर्ने एउटा मन्द बिष रहेछ यो जिन्दगी
peaceinheaven · Jan 31, 2012 6:54 PM · 46,885 views
नाइस वान
serial · Jan 31, 2012 7:13 PM
peaceinheaven jee, nairasyata le matra bhijeko srijana garnu vayena..jindagi ramailo pani cha...kripaya bahaar le bhariyeko kavita ni lekhnus na...Life is beautiful :))
lamopuri · Jan 31, 2012 8:09 PM
Thank you serial Lamopuri ji, thank you for your comment...zindagi Pakkai pani ramailo cha arko patak Ko prayas nairaasyata hatayera Pakkai pani khusi Ko hune cha... Life is beautiful indeed :)
peaceinheaven · Jan 31, 2012 8:30 PM
शान्ति तिम्रो कविता पढेर यस्तो लाग्यो तिम्रो मनमा शान्ति छैन ...... तर पनि तिम्रो रचना मिठो छ, अरु पनि यस्तै यस्तै लेख्दै जाउ..... आफ्ना मनमा लागेका तिता मिठा भावना पोख्दै जाउ वास्तवमा जीवन सुन्दर पनि छ, अत्यन्त कुरूप पनि छ..... न त जीवनको कुनै निश्चित आकार छ न त कुनै निश्चित परिभाषा...... उकालीहरुमा जीवन उकालो नै हुन्छ.... ओरालीहरुमा ओराली.... भिरहरुमा भिर नै हुन्छ...... सुन्दर तलाउ हरुमा तलाउ नै..... वास्तवमा जीवन जस्तो भोग्यो तेस्तै हुन्छ यसको परिभाषा.... आशा छ तिमीलाई जिन्दगीले मन्द बिष मात्र होइन अमृतको प्याला पनि चखाउने छ तर एउटा कुरा मलाई त जब मनमा शान्ति हुन्न केही खाना मन लाग्दैन ....आशा छ तिमीलाई भोक र निद्रा लाग्छ होला
Geology Tiger · Feb 1, 2012 7:06 AM
शान्ति दी , मिठो कबिता, तितो सत्य . अझ निखार्दै जानुस है . स्वर्गीय हरिभक्त कटुवाल को यो कबिता पढ्नुस . पसलमा सोकेशभित्र सजाएरराखेको काँचको चुरा जस्तो यो जिन्दगी कुनै युवतीको हातमा चढ्दाचढ्दै प्याट्ट फुट्न सक्छ यो जिन्दगी! रबरको सस्तो चप्पल जस्तै यो जिन्दगी! बाटामा हिँड्दाहिँड्दै च्याट्ट टुट्न सक्छ यो जिन्दगी! यो जिन्दगी खै के जिन्दगी!!
rahulvai · Feb 1, 2012 9:08 AM
तपाई को जिन्दकी लाइ म मेरो जिन्दकी संग जोड्छु जिन्दकी को नाम मा मैले लेखेको एउटा कविता भन्छु इन्द्रेनी जस्तै रङीन जिन्दकी हासो मा मखमल झै फुलेको जिन्दकी रोदन मा झरी झै रुझेको जिन्दकी मुस्कान मा सुर्योदय झै खुलेको जिन्दकी लाज मा रात झै लुकेको जिन्दकी यो जिन्दकी इन्द्रेनी जस्तै रङीन जिन्दकी माया मा संसार भूलेर बाचेको जिन्दकी माया को लागि तद्पेर बलेको जिन्दकी माया को आस म भोउतरिरहेको जिन्दकी अनी माया नै माया ले घिरेयेको जिन्दकी यो जिन्दकी इन्द्रेनी जस्तै रङीन जिन्दकी बाँच्न को लागि संघर्स गरिरहेको जिन्दकी बाचेर मर्न को लागि लडिरहेको जिन्दकी अर्थ बिहिन बाचेको नी छ जिन्दकी बाच्नु को अर्थ खोज्दै हिदिरहेछ जिन्दकी यो जिन्दकी इन्द्रेनी जस्तै रङीन जिन्दकी मोउनता मा शब्द खोजिरहेछ जिन्दकी शब्द हरु बीच मा अर्थ खोजिरहेछ जिन्दकी कोलाहाल चिच्याहाट मा संगीत सुनाउछ जिन्दकी एउटा कथा को शब्द झै घुमेको जिन्दकी यो जिन्दकी इन्द्रेनी जस्तै रङीन जिन्दकी सङर्श गर्दा गर्दै नथाक्ने यो जिन्दकी आफ्ना सँग लडेर आफ्नालाई हराउन पर्ने जिन्दकी जिन्दकी नाम को युद्द लडिरहेको जिन्दकी अनी लडेर लाचर भएर बिबस बनेको जिन्दकी यो जिन्दकी इन्द्रेनी जस्तै रङीन जिन्दकी
amricane · Feb 1, 2012 9:38 AM
गज्जब छ अनि कटुवालजी को कविता नि सान्दर्भिक
rethink · Feb 1, 2012 9:40 AM
एकदम सटिक लाग्यो कबिता ! सबै हरफहरु उत्तिकै दमदार छन् तर बिशेस यो ! रुन्चे हाँसो नै भए पनि सबको सामू हाँस्नै पर्ने यो जिन्दगी काँडै काँडाहरु बिचमा फूललाई सम्झी बाँच्नुपर्ने यो जिन्दगी खुशी बाँडी अरुलाई आफ्नो चाहनाको घाँटी रेट्नुपर्ने जिन्दगी हाँसी हाँसी पिउदै जानुपर्ने एउटा मन्द बिष रहेछ यो जिन्दगी
ritthe · Feb 1, 2012 10:42 AM
राहुल दाई, त्यो कविता मा यो नि थप्नुस ; यो जिन्दगि खै के जिन्दगि, अल्छे बाहुन को मैलो जनै जस्तै झ्वाट्टै chuttina सक्छ यो जिन्दगि !
lamopuri · Feb 1, 2012 7:20 PM
Normal 0 false false false EN-US X-NONE NE /* Style Definitions */ table.MsoNormalTable {mso-style-name:"Table Normal"; mso-tstyle-rowband-size:0; mso-tstyle-colband-size:0; mso-style-noshow:yes; mso-style-priority:99; mso-style-parent:""; mso-padding-alt:0in 5.4pt 0in 5.4pt; mso-para-margin-top:0in; mso-para-margin-right:0in; mso-para-margin-bottom:10.0pt; mso-para-margin-left:0in; line-height:115%; mso-pagination:widow-orphan; font-size:11.0pt; font-family:"Calibri","sans-serif"; mso-ascii-font-family:Calibri; mso-ascii-theme-font:minor-latin; mso-hansi-font-family:Calibri; mso-hansi-theme-font:minor-latin; mso-bidi-font-family:Mangal; mso-bidi-theme-font:minor-bidi; mso-bidi-language:AR-SA;} हिजोको रात, एकान्त सुन्य रात जब पढे तिम्रो जिन्दगी बाहिर हिडेँ खुला आकाश, जूनेली रात मुस्कुराई रहेको जूनले सोध्यो मलाई को हौ तिमी ? मैले उतर दिएँ एउटा जिँउदो लाश फेरी जिस्काउँदै जूनले सोध्यो के चाहन्छौ? मैले उतर दिएँ छैन केहि आश फेरी सोध्यो उसले मलाई, माया गरेको छौ ? मैले भने छैन केहि याद
Mulmiz · Feb 1, 2012 7:55 PM
आज मलाई लाग्यो जिन्दगी रहर पुग्यो जिन्दगी को भन्थे तर बाच्ने लत लाग्यो जिन्दगी आज मलाई फाप्यो जिन्दगी चुरोट जस्तै तान्दिन्छु भन्थे तर लम्ब्याउन मन लाग्यो जिन्दगी आज मलाई नाच्यो जिन्दगी रुने के जिन्दगी भन्थे नबुझेर पो रो को रैछ् जिन्दगी आज मलाई लाग्यो जिन्दगी पानी परेर के भो त पानी पछी लाग्ने घाम रेछ जिन्दगी
timi_mero_sathi · Feb 2, 2012 1:55 PM
शान्तिको 'जिन्दागि'ले छोएर कतिजनाले जिन्दगि कोरेछन् | सबै एक-से-एक !! अझ पढ्न पाइयोस !!
bhakte dai · Feb 2, 2012 4:30 PM
मैले रोजे तिमीलाई तिमी मेरो जिन्दगी सोचे शायद दुई पाइला सँगै हिंड्न सजिलो पो हुन्छ कि? कहाँ जाने? कता जाने? अलमलियो बाटो हाम्रो डर लाग्छ साथ हाम्रो फेरि कुनै दोबाटोमा छुटिन्छ कि? काँडै काँडामाझ फूलेकी एउटा सुन्दर फूल तिमी सँगै बाँच्ने सँगै मर्ने सपनाहरु तिम्रो मनले पनि बुन्छ कि? आफ्नो दु:ख जति लुकाइ अरुलाई हँसाउने सँगै हुँदा हाँसे पनि तिम्रो त्यो मन कतै एकान्तमा रुन्छ कि? तिमीलाई रुवाउनु मेरै गल्ती भएको हो हाँसो दिन खोज्दा आँसु नियति शायद यसैलाई भनिन्छ कि? साँचो माया गर्नेहरुको सधैं जीत हुन्छ भन्थे सुनिदिने दैव कोही भए दिलको आह हाम्रो यो सुन्छ कि?
Geology Tiger · Feb 3, 2012 9:51 AM
खै यो जिन्दगी पनि के जिन्दगी ? साला लस्टै सस्तो भयो जिन्दगी । झ्याप भाको बेलामा साँढे झै हुने यो जिन्दगी नखाएको बेला चाँही लुते बिरालो यो जिन्दगी । घण्टा हान्न नपाएर काम खोज्दै लखरलखर यताउती भौतारिन्छ जिन्दगी । कामले पेल्न थाले पछी दिक्क लाग्छ आँफैदेखि भन्छु फेरी साला, यस्तो पनि के जिन्दगी ! बाबुआमाले सोध्छन् नेपालबाट अफिस गइस्? कस्तो चल्दैछ हँ तेरो जिन्दगी ? कसरी भन्नु ग्याँस स्टेसनमा दिनरात घण्टा हानी हानी बित्दैछ मेरो जिन्दगी । ठुलो भाग खान भनी आको अमेरिका लोप्पा पो खायौ है कठै! मेरो जिन्दगी । बालेट झिकी हेर्छु जब एउटा चुरोट किन्न पनि नपुग्ने रित्तो रित्तो छ यो जिन्दगी । सानैदेखि बिहे गर्ने ठुलो मेरो रहर थियो रहर सारा रहरै भो बितिसकेछ आधा जिन्दगी । घोर्ले छोरो जन्माएर घरजम गरी बस्छु भन्थे थुइक्क! अझै कति एक्लै बाँच्नुपर्ने हो यो जिन्दगी ? आफ्नै देश फर्की जाउ झै लाग्छ कहिलेकाँही जसोतसो कसो नचल्ला त साला यो जिन्दगी? गर्नु गुलामी गरिसकिस्, हान्नु घण्टा हानिसकिस् अब त फर्की देशमा, आँफै केही गर भन्छ यो जिन्दगी ।
mansoon · Feb 4, 2012 12:42 PM
बुझेर कहिले बुझ्न नसकिने हरेक ती मोडहरु नयाँ नयाँ भएर उभिन्छ जिन्दगानी एक थुप्रो निराशाहरु माथि सुतेर देखिने आशाहरु भरिएको एउटा सुन्दर सपना रहेछ जिन्दगानी
Geology Tiger · Feb 9, 2012 11:20 AM
जिन्दगी कसैलाई भाबिको लहना हो जिन्दगी कसैलाई विलासको गहना हो , जसलाई जे सुकै भए पनि मलाई बाच्ने एक बाहना हो ! कुनै कविले लेख्नु भएको कविताको एक अंस ( ठ्याक्कै मिलाउन सकिएन सार यही हो )
magorkhe1 · Feb 9, 2012 12:25 PM
जीवन को अर्थ खोज्दा खोज्दै आफै प्रश्न चिन्ह बनेको यो जिन्दगी ! रंगमंचमा रमिता हेर्दा हेर्दै आफै नर्तकी बनेको यो जिन्दगी !! माया पिरतीको हिसाब गर्दा गर्दै केवोल सुन्य भएको यो जिन्दगी ! सुर्य उदएको प्रतिक्ष्या गर्दागर्दै सुर्यास्त भएको यो जिन्दगी !!
welcome2 · Feb 9, 2012 2:36 PM
मुटु खोलेर हास्न खोज्छु, तर आंशु किन टप्किन्छ? अर्काको खुशीको लागी किन आफ्नै खुशी राख्नु पार्ने बन्धकी? रहरै रहरमा बुनेको सुन्दर भोलीको कल्पना थियो मेरो तर भत्किएका, ओइलाएका सपनाहरूको माला भएछ यो जिन्दगी।
Comcast · Feb 9, 2012 5:54 PM
मिठो मिठो बात गर्दै हिजो सारा रात बित्यो मधुर मधुर संगीत झै गुन्जिरह्यो यो जिन्दगानी । बिहानीमा एक्लोपन आभस भयो, भिज्यो सिरान थाहा छैन पानी हो या आँसु हो यो जिन्दगानी ।।
Geology Tiger · Feb 18, 2012 10:54 AM
धेरै दिन पछि एस्तो राम्रो कविता पढे | लिफे इस बेऔतिफुल|
shikhajha · Feb 18, 2012 1:07 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion