यस्तो पनि आमा ...........

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

यो कथा  २००७ -८ साल तिरको तरुनी को हो   । तत्कालिन सन्कुचित र पुरातन समाज मा यस्ता घट्ना र पात्रहरु थिए जुन आधुनिक समाजमा पनि अपाच्य र दुर्लभ हुन्छन । काम बिशेषले नयाँ सडकको वडा कार्यालयमा गएको थिए। २०४९ को प्रजातन्त्र पुनर्स्थापना पश्चातको पहिलो स्थानिय निर्वाचन पछी चुनाव जितेर आउनु भाका वडा अध्यक्ष महोदय चिनजानको भाकोले बधाई पनि दिउं र आफ्नो ब्यक्तिगत काम मा सल्लाह मागुं भनेर छिरेको थिए। वडा कार्यालय भरी भराउ थियो । एक जना अर्को वडाअध्यक्षज्यू पनि हुनु हुन्थ्यो । २०१९ साल देखीको आजीवन वडाअध्यक्ष । सामान्य कुराकानी के सुरु के भाको थ्यो , एक जना वरिष्ठ् नागरिक बजै आउनु भयो । "नमस्कार बाबु , धेरै धेरै बधाई छ । चुनाव मज्जा ले जित्नु भाको मा । मलाई त बाबुले न जित्ला भन्ने कत्रो पीर परेको। जितेको खबर पछी मात्र भात खाएं " बजै को बधाई सन्देशमा चिप्लो घसाइको मात्रा ज्यादा थियो । "नमस्कार आमै, धन्यवाद । तपाईंहरुकै भोट् पाएर जितें । तपाईं को सेवा गर्ने मौका दिनु होस् ।" अध्यक्षज्यू ले शिष्टाचार राम्रै सँग निभाउनु भयो । स्याउ र सुन्तलाको मिश्रित पोका दिदै "ल मेरो तर्फ बाट सगुण हो बाबु, अझ माथि गएस ।" आशिर्बादको हात बढाइन्। चिया एक सरो अर्डर भो । "आमै को केही काम छ कि ?" वडा अध्यक्षज्यू ले जेष्ठ नागरिकको नालेबेली बुझेर हो वा किन हो कुन्नी बजैलाई छिटो पन्छाउने मनशाय देखाउनु भयो । "सानो काम थियो बाबु । त्यो मेरो छोरो छ नि , दिनेश क्या । हो दिनेश घर छोडेर बेपत्ता भाको नि ५-७ बर्ष भैसक्यो । कुनै अत्तोपत्तो छैन । त्यसको मृत्‍यु दर्ता प्रमाण पत्र बनाइ दिनु पर्‍यो ।" वडा अध्यक्षज्यू सशंकित । हामी पनि आश्चर्यचकित । "हैन दिनेश त घर छोडेर पो गाको हो, मृत्‍यु भाको हैन नि । फेरी साथमा श्रीमती र छोरो पनि सँगै गाको हो । जिउदो मान्छेको मृत्‍यु प्रमाण पत्र बनाउन मिल्दैन आमा, के भन्नु भाको यस्तो । " वडा अध्यक्षले इन्कारी मनशाय देखाइ हाल्नु भयो । "किन मिल्दैन , कसरी मिल्दैन ?? " अघिको चिप्लो बोलिमा खस्रो मिस्सिन थाल्यो । "त्यो मरेकै हो मेरो लागि । त्यसको अल्छिनी रंडी स्वास्नि  त उहिलेइ मरेर किरा परेको।" "खुरुक्क म्रुत्यु प्रमाण पत्र बनाइ देउ ।" अब भने बजै को रणचण्डी रुप देखियो । कार्यालय भरिका सबैजनामा तनावको रेखा देखिन थालयो । अनिष्ठको संकेत । "मिल्दैन आमा, मरेको प्रमाण नभै मृत्‍यु दर्ता गर्न कानूनले दिदैन र जानाजानी जिउदो मान्छेलाई मरेको घोषणा गर्न म सक्दिन । अहिले जानुस् ।" "ल कसरी दर्ता गर्दैनस म पनि हेर्छु ।" तपाईं र बाबुबाट झरेर "तं" मा बजै को बोली फेरी सकेकोथियो । "यो देशमा जे पनि हुन्छ । तैले कसरी चुनाव जितेको मलाई थाहा छ । असत्ती, पाखण्डी । मरेको मान्छेको नामको भोट् हाल्न लगाएर जितेको हो। वडाबासिले तं जस्तालाई जुठो भात पनि दिदैन।  तेरो साखा सन्तान चोर् डाँका हो । " अब भने बजैले सामाजिक मर्यादा नाघ्न थालिन् । "बनाउने कि न बनाउने ?? " चोली को बाहुला माथि सारी अध्यक्षको कुर्सि नजिकै पुगी धमकाइन. "अझै भन्छु , जिउदो मान्छेलाई मरेको भन्न सक्दिन , प्रमाण पत्र बनाउन मिल्दैन , खुरुक्क घर जानुस् । " "तं लाई राम्रो सँग चिन्छु डाँका, तेरो साखा सन्तान लाई हैजाले लगोस, असत्ती डाँका ।"  बनाउन मिल्दैन हैन ? लौ यो हेर भन्दै फरिया आधा उचाली सकेकी थिइन , सँगइ बसेकी वडाको पियन आशा मायाले हत्तपत्त स्थितिलाई नियन्त्रण मा लिइ बाहिर लगिन। क्रमश :   

rahulvai · Jan 17, 2012 1:10 PM · 68,514 views

42 Replies · Showing 41 - 42
Page 3 of 3

धन्यबाद दीपिका,  बिस्टे, EDIPRE कथा सत्यघटनामा आधारित हो नै . आमै लाइ मैले नि भेट्या थिएँ वडा अफिसमा . धेरी चोटी घरको झ्याल मा नि देखको हुँ. अम्रिका भासिन अघि सम्म आमै जिउदै थिई . कथा भन्ने वडा अध्यक्षज्यू को स्वास्थ पनि हाल सम्म अच्छा नै छ भन्ने सुन्छु ( हुन त उहा पनि ८० बर्ष को हुनु भयो होला ).  

rahulvai · Feb 8, 2012 1:25 PM

Gajjab ko kaatha sunayara, ramro samya deenu bhayako ma rahuvai dai lai dhanyabaad...aasha garchhu yata rochak katha pachika deenharuma pani paskanuhunechha...

bhustigre · Feb 15, 2012 2:22 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all