वेनको स्वागतमा शिष्टाचार महापालको अशोभनिय व्यवहार

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

http://onlinekhabar.com/2012/0... ३० पुस, काठमाडौं । चिनियाँ प्रधानमन्त्री वेन जियाबाओलाई स्वागत गर्न प्रधानमन्त्री डा. बाबुराम भट्टराई स्वयंम विमानस्थल गएर सरकारले उच्च सम्मान दिएको छ । तर, प्रधानमन्त्रीसँगै गएका एक शिष्टाचार अधिकृतले देखाएको व्यवहारले प्रधानमन्त्रीले गरेको स्वगत व्यर्थ भएको छ । प्रधानमन्त्रीसँगै विमानस्थल पुगेका परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल मुक्तिनाथ भट्टले कूटनीतिक मर्यादा विपरितको व्यवहार देखाएका हुन् । चिनियाँ प्रधानमन्त्री वेन र प्रधानमन्त्री डा. भट्टराई पत्रकारहरु नजिक आइपुगेपछि हात मिलाउन खोज्दा देब्रे हात पर्‍यो । त्यसपछि भट्टले चिनियाँ प्रधानमन्त्रीको हातमा समातेर तान्दै वेनलाई वलपूर्वक घुमाए र पत्रकारहरुतर्फ देखिने गरी हात मिलाउन लगाए । हेर्नुहोस् तस्वीर सामान्ययता उच्च कूटनीतिकहरुलाई हातले समाउने गरिँदैन । केही कुरा भन्नु पर्‍यो भने संकेत गरिन्छ । चीनले नेपाल भ्रमणको मितिबारे औपचारिक घोषणा नगर्दा नै प्रधानमन्त्री स्वयंमले मिति सार्वजनिक गरेपछि त्यसलाई सरकारको कूटनीतिक असफलता भनिएको थियो । तर, तीन दिनको साट्टा पाँच घण्टाका लागि मात्र भएपनि आएका वेनलाई स्वागत गर्दा शिष्टाचार अधिकृतले अशोनिय व्यवहार देखाए ।

nepcha1 · Jan 14, 2012 1:26 PM · 3,209 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all