तिमीलाई मैले भेट्नु एउटा संयोग थियो र मैले तिमीलाई साथी पनी एउटा अनौठो फिल्मी जस्तै लाग्ने घटनाले गर्दा नै बनाएको हुँ। तिमीलाई मैले प्रत्यक्ष नदेखे पनी मैले आफ्ना चाहानालाई आफ्नो वशमा पार्न सकिन र तिमी सँग प्रेम गर्न थाले। मलाई अझै याद छ मैले पहिलो पटक तिमीलाई भेटेको क्षण, त्यो दिन तिमी गाढा निलो रङको टि-सर्ट र स्कर्टमा आएकि थियौ। तिमीलाई सायद याद नै होला हामी बिच को कुराकानी तिम्रो SMS बाट शुरु भएको थियो। तिमीले आफ्नो अर्को कुनै साथीलाई पठाउन खोजेको SMS मेरो मोबाईलमा आएको थियो। त्यस पछी मैले तिमीलाई "तिमी को हौ?" भनेर सोधेको थिए। त्यस पछी खै किन हो तिमीले त्यसको जवाफ करीब १ हप्ता सम्म दिईनौ। सायद मैले पनी बिर्सिसकेको थिए होला तिमीलाई तर त्यस पछी तिम्रो जवाफ आयो, "म एलिसा, अनि तिमी को त?" तिम्रो यो जवाफ पाएर म त्यती खुसी भने भएको थिईन र हाम्रो सम्बन्ध यहाँ सम्म आईपुग्ला भनेर विश्वाश पनी थिएन। मैले तिम्रो जवाफ पाएर पनी त्यसको उत्तर दिने त्यती चेस्टा गरीन तर पछी कुन मुडमा भईरहेको बेला पछी फेरी तिमीलाई SMS पठाएँ "म अनिल, अनि तिमी कहाँ बाट नि?" तिमीले यस पटक भने निकै नै छिटो जवाफ दियौ,"म पोखरा बाट, १२ कक्षामा पढ्दै छु। अनि sorry ल! मैले पहिले पठाएको SMS साथीको लागी थियो तिमीलाई पो परेछ मैले मोबाईल नम्बर झुक्किएर अर्कै राखेछु।" "ए ठिकै छ नि त" यहाँ बाट शुरु भएको हाम्रो SMS गर्ने बानी बिस्तारै फोन र कुराकानीमा लम्बिन थालेको थियो। हामी त्यस पछी छोटो समयमा नै नजिक भईसकेका थियौं। म एक मनले सोच्थें कतै मैले तिमीलाई प्रेम गर्न त थालिन। फेरी लाग्थ्यो उफ् यो हुनै सक्दैन कहाँ फिल्ममा जस्तै वास्तविक जिवनमा हुन्छ त? तर तिमी सँग गर्ने घन्टौंको कुराकानीले त यही भन्दै थियो कि अनिल तँ एलिसालाई प्रेम गर्न थालिस। फेरी जहिले पनी हामी कुरा गर्दथ्यौं कहिले प्रेमी प्रेमिका जस्तो गरी कुरा गरेनौं जहिले साथी जस्तो। त्यसैले मैले शुरुवातका दिनमा कहिले पनी तिमीलाई यो कुरा भन्ने आँट नै गरीन। जुन दिन मैले तिमीलाई आफ्नो मनको कुरा बताएँ त्यो दिन सम्म तिमी पनी मेरो अवस्था बाट गुज्रिरहेको कुरा पछी मैले तिमी बाट नै थाहा पाएं। "Hello! सुन न म कठमाडौं आउँदैछु नि अबको केही दिनमा" एक दिन तिमी फोनमा कुरा गर्ने क्रममा भन्यौ। अनी मैले उनलाई जवाफ दिएँ " हो र? त्यसो भए मलाई भेट्ने होला नि हैन त?" "हेरौं के हुन्छ। तिमी किन मलाई भेट्न चाहान्छौ?" तिम्रो प्रश्न थियो। "किन हुनु नि हाम्रो सम्बन्ध अगाडी बढाउन हामी एक अर्कामा परिचित त हुनु पर्यो नि हैन त?" हुन पनी हो उनले भन्दा त कलेज पढ्छु भनेकि थिईन तर उनी के कस्ती छन भन्ने केही थाहा थिएन। त्यो दिनको कुराकानी यस्तै गरी नै सकियो। एक हप्ता पछी फेरी दिउसो करीब २ बजे तिर मेरो मोबाईलमा तिम्रो कल आयो। "हेल्लो म काठमाडौं आएँ अहिले न्युरोडमा मेरो एक जना नातेदार सगै" "ए हो र? म आउ त्यहाँ" मैले सोधें। "हुन्छ, म एस. क्याफेमा बस्छु तिमी त्यहाँ नै आउनु है त। अनि सुन मैले गुलाबी साडी लगाएर आएको छु अनि चस्मा पनी" तिम्रो जवाफ थियो। " ल ल हुन्छ" मैले हतार हतार भनें। म तिमीलाई भेट्न आतुर थिएं, यति आतुर कि म यहाँ शब्दमा वर्णन गर्न सक्दिन। म कसरी त्यहाँ सम्म पुगें म आँफैलाइ थाहा छैन। म छिटो छिटो त्यो भवन चढ्दै थिए। म त्यो क्याफेमा पुगें र यसो नजर दौडाएं। मैले त्यहाँ एक युवती लाई देखें तिमीले भने जस्तै रुपमा तर म अवाक भएं किनकी ति युवती त करीब २६-२७ वर्षकी एक महिला पो थिईन। विश्वास नै लागेन र मैले मोबाईलमा कल गरें ति महिलाले नै मोबाईल उठाईन। अब मलाइ पत्यार भो, उनै थिईन जसलाई म भेट्न हतार गरीरहेको थिए। । म ति महिला नजिक गएँर बसे। कुरा कता बाट शुरु गरुँ जस्तो लागेको थियो। " तिमी नै हो एलिसा?" "हो किन? के अब पनी मलाई देखेर तिमी म सँग जिवन बिताउन सक्छौ?" ति महिलाले भनिन। मलाइ उनको आवाज अली अर्कै लाग्यो तर त्यती सन्चो छैन भनेकाले मैले त्यता ध्यान दिईन। मैले सोचे..धेरै सोचें र मेरो मुखबाट आवाज निस्कियो "सक्छु" "तर म सक्दिन किनकी म विवाहित महिला हुँ र तपाईलाई उ तिनले पर्खेर बसिरखेकि छन" उनले आतको औँलाले एक युवती तर्फ देखाउँदै भनिन। "तिनले?? किन?? म उनलाई चिन्दिन र अरुको मलाइ केही मतलब छैन" मलाई अलि अलि रिस पनी उठेको थियो तिमीले झुट बोलेकोमा। "हैन तिमी चिन्छौ उसलाई। ए एलिसा यता आउ त?" महिलाले ति युवतीलाई बोलाईन। "एलिसा???" यो नाम सुन्ने बित्तिकै मेरो ध्यान उता तिर खिचियो। ति युवती मेरो नजिक आईन र भनिन, "म हो एलिसा उहाँ र मेरो आफन्त जसकोमा म बसेको छु। यो सबै तिमी मलाई साँचो माया गर्छौ कि गर्दैनौ भनेर गरेको। यदी तिमीलाई चोट पुगेको भए माफ गर ल"। मेरो मनमा खुसीको सीमा नै थिएन किनकी एलिसा सँच्चिकै उनले भनेकै जस्तै थिईन र मैले खोजे जस्तै। उनी मेरो मनको राजकुमारी थिईन। म खुसीले उफ्रिन पुगें, नाच्न पुगें, कराउन पुगें। साँच्चै म आफ्नो मुटुको टुक्रालाई भेट्न पाउँदा अत्यन्तै हर्षित थिएं। मेरो त्यति बेला खुसीको सिमा नै थिएन। मैले हाम्रो विवाह भएको ५० औं वर्ष पुगेको दिनमा उनलाई उपहार स्वरुप एक डायरीमा लेखेका यि शब्दहरु पढेर एलिसा निकै खुसी भईन। नहुनु पनी किन किनकी हाम्रो लागी यो कथा नै सबैथोक हो जसले हाम्रो जिवन सुखमय बनाएको छ। जब उनले मैले उनको लागी लेखेका यि शब्दहरु एकै सासमा पढेर सकाईन र म तिर फर्केर मुस्कुराउँदै भनिन, "तिमी लाई अझै सम्म सबै याद रहेछ। यो मेरो जिवनको निकै महत्वपूर्ण गिफ्ट हो अझै तिमी त सबैभन्दा ठूलो गिफ्ट"। उनले यो भनिरहँदा उनको मुहारमा मन्द मुस्कान र म प्रतिको अगाध माया स्पष्ट झलिकिन्थ्यो।
SilentHill Mohan · Jan 13, 2012 3:43 AM · 19,215 views
50 barsa agadi nepal ma mobile thiyo ra bhanya... Katro guff ho he bhagwan
teroobaau · Jan 13, 2012 8:01 AM
@Terobau lol... Nepali version of Back to the Future....
GoodAss · Jan 13, 2012 1:24 PM
@ Teroobau... tyo comment lai chai real likes hai... gaf dine ni haaad hunchha ni vanya..
SIRAK · Jan 14, 2012 4:04 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion