What the @#$%?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

डिसीनेपाल डटकम सम्वाददाता -धरानको पुर्वाञ्चल इन्जिनियरिङ  क्याम्पसमा आज दिउँसो दुई बजे बिधार्थीले ताला बन्दी गरेका छन् भने तोडफोड पनि गरेका छन्।   पुर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा इलेक्ट्रोनिक प्रथम बर्षमा अध्ययनरत आसनारायण यादवको धनुषाको ढल्केवरमा विहीबार सवारी दुर्घट्नामा परी मृत्यु भएपछि श्रर्दान्जली दिन क्याम्पसको बस माग गर्दा नपाएको भन्दै विद्यार्थीहरुले क्याम्पस तोडफोड गरेका हुन् ।   बिधार्थीले तालाबन्दी गर्दा कक्षा भित्र रहेका शिक्षक र बिधार्थी केही समय कोठा भित्रनै थुनिएका थिए। क्याम्पस प्रशासन अनुसार,' बिधार्थीको तालाबन्दीको कारण माघ २ गते बाट सुरु हुने परिक्षामा समेत प्रभावित भएको जनाइएको छ। क्याम्पस प्रमुख जावेद आलमले तराईमा पुर्वी थारुवानले बन्द गरेको अवस्थामा क्याम्पसको सवारी साधन चलाउन नदिएपनि बैकल्पिक व्यबस्था गर्न वार्ता र सल्लाह गरिरहेको बेला विद्यार्थीको एक हुलले एक्कासी तोडफोड गरेको बताए । विद्यार्थीहरुको संगठन अनेरास्ववियु, थारु विद्यार्थी, मधेसी विद्यार्थी फोरम, नेपाल तराई विद्यार्थी नवजागरण संघ, नेपाल विद्यार्थी र अनेरास्ववियु क्रान्तिकारीले संयुक्त विज्ञप्ती जारी गर्दै विद्यार्थी संगठनलाई वेवास्ता गरेको कारण तालाबन्दी गरेको जनाएका छन् । Source: DCNEPAL.COM

raju161 · Jan 11, 2012 1:18 PM · 122 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion