पृथ्वीनारायण शाहको नाममा 'नेपाल दिवस' मनाउन प्रस्ताव

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

पृथ्वीनारायण शाहको नाममा 'नेपाल दिवस' मनाउन प्रस्ताव (3 Votes)       कान्तिपुर संवाददाता   काठमाडौं, पुस २६ - पृथ्वीनारायण शाहको नाममा 'नेपाल दिवस' मनाउन विज्ञहरूले प्रस्ताव गरेका छन् । उनले राष्ट्रनिर्माणका साथसाथै राष्ट्रियताप्रति बलियो जगसमेत हालेकाले राजनीतिक दृष्टिकोणले मात्र हेर्न नहुनेसमेत उनीहरूको भनाइ छ । 'मुलुकमा जस्तोसुकै राजनीतिक उथलपुथल भए पनि पृथ्वीनारायण शाहको योगदानलाई ओझेलमा पार्न मिल्दैन,' सीमाविद् बुद्धिनारायण श्रेष्ठले राष्ट्रिय एकता तथा २९० औं पृथ्वीजयन्ती मूल नागरिक समारोह समितिको अन्तक्रिर्यामा शनिबार भने, 'यदि उनले नेपाल एकीकरण नगरेको भए हामी छरपष्ट हुन्थ्यौं । उनी गोरखा राज्यका भएर पनि एकीकरणसँगै 'नेपाल' देशको नामकरण गरेर नेपाल राष्ट्रको जन्म दिएका हुनाले उनको जन्मोत्सवलाई विश्वभरका नेपालीले नेपाल दिवसका रूपमा मनाउँदा अन्यथा ठहर्दैन ।' पृथ्वीनारायण शाहले १८२६ मंसिर १ गते नेपाल राज्यको नामकरण गरेका थिए । उनको दिव्योपदेशमात्र मनन गर्ने हो भने पनि कूटनीतिक, आर्थिक, सामाजिक दृष्टिकोणले महत्त्वपूर्ण रहेको श्रेष्ठ बताए । 'अब राज्य पुनर्संरचना हुँदा पृथ्वीनारायण शाहले भनेका सबै जातको फूलबारी बनाउन सक्नुपर्छ,' उनले भने, 'पृथ्वीनारायणलाई राष्ट्रवादको जडको रूपमा लिइनुपर्छ ।' जनआन्दोलन २०६२/६३ पछि बनेको सरकारले पुस २७ गते मनाइँदै आएको 'राष्ट्रिय एकता तथा पृथ्वीजयन्ती' खारेज गरिसकेको छ । इतिहासविद् त्रिरत्न मानन्धरले पृथ्वीनारायण शाहले गोरखाको विस्तृतीकरण नभई नेपाल एकीकरण गरेकाले तत्कालीन इतिहासको विश्लेषण गर्दा त्यही बेलाको परिवेश तथा परिस्थिति अनुकूल लिनुपर्ने बताए । 'इतिहासलाई विश्लेषण गर्दा त्यही बेलाको आँखाले हेर्नुपर्छ, अहिलेको होइन', त्यो युद्धको युग भएकाले उल्लेख गर्दै उनले भने, 'इटली र जर्मनको एकीकरण पनि युद्धबाटै भएको थियो । पृथ्वीनारायण शाहको दोष औंल्याउनुपर्छ । तर उनी गणतन्त्रको भावनाविरोधी थिएनन् । चार जात छत्तीस वर्णको फूलबारी बनाउने उनै हुन् । कुनै राजाको होइन, देशको एकीकरण गर्ने व्यक्तिको सम्झनामा दिवस मनाउन सकिन्छ ।' इतिहासविद् सुरेन्द्र केसीले पुर्खाले आर्जेको मुलुकको ऐतिहासिक, सांस्कृतिक सम्पदालाई सम्मान र संरक्षण गर्न सक्नुपर्ने बताए । राष्ट्रिय एकताका निम्ति प्रवर्द्धनमा जुटका द एक्सप्लोर नेपाल ग्रुप तथा गोरखा पर्यटनका अध्यक्ष भरत बस्नेतले पृथ्वीनारायणका दिव्योपदेशलाई ख्याल गर्न सकेमात्र पनि राष्ट्रियताको भावना पैदा हुने उल्लेख गरे । प्रकाशित मिति: २०६८ पुस २६ १२:१२

_____ · Jan 9, 2012 1:07 PM · 32,563 views

23 Replies · Showing 21 - 23
Page 2 of 2

Time will tell !!

Citizen of Nepal · Jan 11, 2012 11:28 AM

Only stupid and lazy people will wait for time to tell them something. Smart people will find out the answer by actively finding out through hypothesis and experience.

patan · Jan 11, 2012 11:47 AM

 Here is the sad truth: Whether it is dealing with your teenager or in understanding the political situation in a country, I feel we should keep this in mind:   Maturity and freedom need to go together.  Too much freedom and too little maturity leads to alchohol abuse, drug abuse and Nepal Bandhs. Too little freedom despite having maturity leads to missed opportunities. These are the missed opportunities in a democracy.    http://www.healthcanal.com/men...  

BABAL Khate · Jan 11, 2012 4:11 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all