समुन्द्रको फेरो मार्दै नेपाली

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

समुन्द्रको फेरो मार्दै नेपाली डम्बरकृष्ण श्रेष्ठ साउथ चाइना सी, हङकङमा     तस्बिरहरु: डम्बरकृष्ण श्रेष्ठ चौबीसै घण्टा समुन्द्रको फेरो लगाउने स्टारक्रुजका आलिसान जहाजमा ६ वर्षदेखि काम गर्दै आएका पोखराका सोमबहादुर थापा एक वर्षदेखि स्टारको २७०० यात्रु बोक्ने १२ तले पाइसास जहाजको सुरक्षा प्रमुख छन्। यसअघि अष्ट्रेलिया, भियतनाम, कम्बोडिया, थाइल्याण्डमा काम गरिसकेका थापाको कमाण्डमा यस जहाजको सुरक्षाको जिम्मेवारी नेपाली, ब्रिटिस र भारतीय गोर्खाली सेना तथा प्रहरीबाट अवकाश प्राप्त ११ जना नेपालीले सम्हालेका छन्। दक्षिणी चीन सागरको यात्रामा भेटिएका थापाले भने, “सुरक्षाको जिम्मेवारी रहेकाले चनाखो त हुनैपर्छ, तर समुन्द्री सयर गर्न पाइने भएकाले मज्जा पनि त्यत्तिकै छ।” पाइसाससहित स्टारक्रुजका भिर्गो, अक्वारिस, एनसीएल र लिब्रा जहाजले हङकङ-सिङ्गापुर-मलेसिया-थाइल्याण्ड आउजाउदेखि अष्ट्रेलिया, अमेरिका, जापानको समेत चक्कर लगाउँछन्। हङकङबाट दक्षिणी चीन सागर आसपासका महासागरहरूको फेरो मार्ने स्टारक्रुजका आधा दर्जन जहाजमा हङकङ, सिङ्गापुर, भियतनाम, चीन आदि मुलुकका धनाढ्यले सयर गर्ने गरेका छन्। नेपालमा द्वन्द्व चर्केका बेला सेनामा रहेका तेज गुरुङ पनि चार वर्षदेखि यही जहाजमा रमाइरहेका छन्। भारतीय सेनामा १८ वर्ष र अफगानिस्तानमा तीन वर्ष जागिर खाएर १० महिनाअघि स्टारक्रुजमा आएका लमजुङका 'मबहादुर केसीको अनुभव छ, “अफगानिस्तानमा पैसासँगै ज्यानको खतरा थियो, यहाँ पैसा ठीकै भए पनि त्यस्तो खतरा छैन।” क्रुजमै आठ वर्ष बिताइसकेका गुल्मीका डम्बरबहादुर राना थप्छन्, “बुढेसकालको जागिर राम्रै छ, शरीरले सकुञ्जेल गर्छु।” दाङका हरिबहादुर शाही जहाजमा पाँच वर्ष काम गर्दा युरोप-एसियाका धेरै देशको सयर गर्न पाएकोमा दङ्ग थिए। पाँच वर्षदेखि हाउस किपिङमा कार्यरत काठमाडौंका अनिल श्रेष्ठले खाडी र मलेसियाको गर्मी भन्दा समुन्द्रको चिसो र मनमोहक शहरहरूको घुमघाम रमाइलो भएको बताए। चौबीसै घण्टा समुन्द्रमा तैरिरहने पाइसास जहाजमा बार, अफिस, सेफ, हाउस किपिङ, क्यासिनो, सेक्युरिटी लगायतका काममा करिब ५० जना नेपाली काम गर्छन्। २२ मुलुकका करिब १००० कर्मचारी कार्यरत जहाजमा युवतीहरूको सङ्ख्या पनि सरोबरी छ, केही जहाजमा नेपाली युवतीले समेत काम पाएका छन्। खानेबस्नेदेखि लुगा धुनेसम्मको खर्च कम्पनीले नै बेहोर्ने क्रुजमा काम गर्नेहरूले रु.५० हजारदेखि रु.१ लाखसम्म कमाउँछन् Last edited: 09-Jan-12 08:43 AM Last edited: 09-Jan-12 08:45 AM

_____ · Jan 9, 2012 8:35 AM · 1,930 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all