श्रीषक आँफै राख्नुस् |

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 ओहो !! आउनुभयो ! पाल्नुस् ! बस्नुस्!   उ जस्तै तपाईं पनि  घाममा सुकाको बिस्कुन्को राप लिएर आउनुभयो  उ जस्तै तपाईं, फेरी हजार तृश्णाको डाब लिएर नजानुस् !   आराम गर्नुस् | पोल्टामा लिएर आएको कुरा खोल्दै जानुस्,   १२ कल्पमा, -कुन दिन मश्जिदको हावाइजहाज चुर्चमा घुस्छ  -कुन दिन मन्दिरमा मस्जिदको बली दिने हो  -र कुन दिन मन्दिरलाई क्रस्समा झुन्डाउने, बोल्दै जानुस्   चन्द्रमामा कुकुर मरेकोमा रुने भुपीले भनेको मनब्तालाई  फेरी एक पटक चितामा पोल्दै जानुस् |   ५२ पलमा, एउटा काम गर्दिनुस्  -एउटा सदाम  -एउटा लदेन  -एउटा बुस  -अनी एउटा ओबामा  जन्माइदिनुस्    यो माटोमा लाशहरुले देशको मानचित्र कोर्नुछ  त्यही देशको नाममा शान्तीलाई फोर्नुछ|   ३६५ घडी, ज्वलामुखी फुटोस अनी रगत बगोस  सुनामी आअोस अनी जगत बगोस    सुर्यको फनको लगाउँदै तपाईंलाई ल्याउनुभन्दा  त्यही सुर्यमै यो सृस्‍टिलाई गाब्दिनुस्    र अर्को पल्ट भन्दिनुस् यथास्थितिबादी ब्रह्मालाई... अर्कोपाली  तिमीले सृस्‍टि गर्द हे ब्रह्मा भाङ नखानु !!!     शुभकामना तपाईंलाई !!!   

jhaukiri · Jan 9, 2012 12:11 AM · 5,342 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all