सन्देश आमालाई युघ्द्धभुमिबाट

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 “आमा” यो सब्द आँफैमा प्यारो अनी पवित्र छ शायद प्रत्येक् शिशुले बोल्ने पहिलो वाक्य नै यही होला त्यसैले त यो शब्द स्वत आँफैमा गौरवान्बित छ । यही दुइ अक्षर बाट बनेको सब्द सुन्नलाई कयौ नारी हरु तड्पिन्छन कती महत्वपूर्ण हुन्छ उनिहरुलाई यो शब्द “आमा” । कती दु:ख र पिडाहरु भित्र रुमलिन्छन । यही शब्दको लागि आफ्नो प्रत्येक् पाइलाहरुमा सम्झौता गर्छन् केबल यही शब्द “आमा” । तर कहाँ सबैलाई यो सौभाग्य मिल्दोरहेछ र यही शब्द कसैलाई बरदान बनेर आउछ त कसैलाई अभिशाप बनेर । म पनि यही दुई शब्द बिचको संयोग् हुँ आमाको लागि म बरदान साबित थिए त म आफ्नै लागि अभिशाप । आमा तिमी कती भाग्यमानी रहिछौ यो स्वार्थिहरुको दुनियाँमा तिमीलाई आमा भनेर पुकार्ने त कोइ छ शायद तिमी भन्दा भाग्यमानी त म रहेछु विना कुनै सङ्कोच अनी तपस्यामा नै तिमीलाई आमा भनेर पुकार्न त सक्छु । आमा तिमी कती खुशी थियौ होला हगी त्यो पल जब तिम्रा कोखबाट राम र लक्षमण अबतारको रुपमा जन्मिएका थिए तिमी गर्बका साथ् भन्न सक्थ्यौ नि है 'म आमा हुँ' । कती गर्ब थियो होला है आमा तिमीलाई आफ्नो कोख प्रती जब तिम्रो ति अबतार हरु तिम्रो दु:खमा आसु बनेर चुहिन्थे, तिम्रो खुशीमा मुस्कान बनेर छाँउथे, तिम्रो हरेक दु:खमा परेड खेल्थे ,तिमी हिंड्ने बाटोका काँडाहरुसामु हतियार बनेर उभिन्थे ,शायद त्यो पल तिमीले आफ्नो गर्बको पिडा पनि बिर्सन्थ्यौ होला ,सोच्थ्यौ होला संसारकै भाग्यमानी आमा रहेछु भनेर । आमा तिम्रो त्यही दाहिने हात थियो नि हैन जस्ले यो संसारलाई नै चुनौती दिन्थ्यौ आमा शायद तिमीले आफ्नो खुशीको क्षणमा भाग्य लाई पनि चुनौती दिएकी थियौ होला हगी त्यसैले त आज तिमिले दुनियाँलाई ठडाउने तिम्रो त्यो दाहिने हात यमराजले चटक्क चुडेर लग्यो नि । आमा तिम्रो मुटु कती बिक्षिप्त भयो होला है त्यो क्षण बास्तबमा आमा उही त्यही बेला मर्नु पर्थ्यो जब उसलाई यो रुढिबाधी समाजमा लिप्त परिवारले बाबुको मुल्या को संज्ञा लगाइ मार्ने कोसिश गरिएको थियो त्यती बेला तिमीले किन रोक्यौ आमा शायद तिमिले नरोकेको भए दुई चार दिन तिम्रो आँखा हरु रसाउँथे यो समाज र परिवार त खुशी हुन्थे नि तर हेरन आमा आज कतिलाई रुवाएको छ, कतिलाई बिचलित बनाएको छ हुनत आमा तिमी महान रहेछौ अनपढ भएर पनि अन्धबिश्वासले रूमल्लिएको रुढिबादी समाज र आफन्तले दिएको लान्छना को बाबजुध पनि चुनौती दिएर उभियौ आफुले खाइ नखाइ हुर्कायौ ,पढायौ, बढायौ कती दिन भोकै बस्यौ होला कती रात जाग्राम बस्यौ होला एउता मिठो सपना बुन्दै संघर्स गर्दै गयौ तर आज तिम्रा ति सपना हरु सबै सिसा सरी फुटेर गए, तिम्रा संघर्स का पाइलाहरु सबै निरथर्क बने तिमी धेरै रोयौ होला है आमा म पनि धेरै रोएँ,आमा यो सुख्खा राँपिलो मरुभुमिमा डाँको छोडेर रोएँ बालुवा भिज्ने गरी रोएँ ,आँखाको आँसु रित्तिने गरी रोएँ। जती रोए पनि आँसु बगेको डोब गालामा बस्दोरहेनछ । आमा म कती अभागी रहेछु यस्तो दु:खको क्षणमा पनि तिम्रो आँखाको आँसु पुछन आउन सकिन न त तिम्रो सामु आएर भन्न नै सके 'आमा म त छु नि' टाढा थिए आमा जहाँ एक्लै तिम्रो माया र सम्झना मुटु भरी सँगालेर अनेकौ बाधा अड्चन सँगै यात्रा गर्दै थिए। बमगोला र लल्न्चर को बिचमा बसेर आफुलाई जोगाउने प्रयास गर्दै थिए, रापिलो घाममा धुलो र धुवाँ सँगै मडारिदै थिए थाहा छ आमा तिमीलाई जब जब बम र लन्चर को बर्सा हुन थालछ साथी हरु सबै भगवान को नाम जपेर बस्छन तर आमा म त्यो क्षण तिम्रो नाम जपेर बस्छु केबल आमा तिमीलाई सम्झेर किन कि जन्मदिने नै भगवान होइन र आमा ? तिम्रो कोखको घाऊ भएर पनि पिडा कसरी टाढा रहन सँकुला र ? त्यसैले त भनिन्छ नि पिडा र घाऊ एक अर्कामा पुरक हुन । आमा थाहा छ् नि तिमीलाई हगी हामी एक रथका दुई पाङ्रा थियौ, एकअर्कामा परिपुरक् थियौ तिमी प्रती कती समर्पित थियौ। हामी तिमीले देखाएको गोरेटोमा तिमीलाई डोराउदै थियौ खै आमा तिम्रो सुनौलो रथमा कुन पापिको आँखा लागेछ अनायासै ठुलो हुरी मडारिएर आयो र उस्लाई बडारेर टाढा क्षितिज पारी लग्यो बिच गोरेटोमै मलाई घाइते बनाएर एक्लै छाडेर गयो आमा म त गलिसकेको छु ,यो मरुभुमिमा संघर्श गर्दा गर्दै तातो बालुवाको रापले पग्लीसकेको छु खै आमा म तिमीलाई कसरी तिम्रो गन्तब्य सम्म पुराउन सकुला र, तिमीलाई कसरी खुशी राखन सँकुला र आमा मन अती आँतीदै छ कता कता डरले डेरा जमाँउदै छ तिमीलाई साहराहिन बनाएर कतै यही मरुभुमिको क्षितिज भित्र बिलाउने पो हो कि । आमा जिन्दगीको यात्रामा सँगर्स गर्दा गर्दै मृत्‍यु सँग लड्दा लड्दै कतै यही मरुभुमिमा बिलिन हुन पुगेछु भने पनि अहँ मलाई सम्झेर एक थोपा मोतिका दाना सारी त्यो अनमोल आशुले तिम्रो नयन हरु नभिजाउ ल ।'आमा हुँ' नि भन्दै मान्दैन होला तिम्रो मन । जन्मजात नारी भैइ कोमल हृदयकी खानि भएर जन्मलियौ तर यथार्थ सँग जिबन सम्झौता गर्दै आयौ मेरो अन्त्यलाई पनि मृत्‍यु सँगको सम्झौता सम्झेर आत्मसाथ ग्रहण गर ल ।

simkhada · Jan 8, 2012 8:58 PM · 7,320 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all