अमेरिकामा Asylum गर्नेमा नेपाली पाँचौ नम्बरमा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

अमेरिकामा शरणार्थी भिषा पाउनेहरुमा नेपाली संख्या पाँचौ स्थानमा रहेको छ । अमेरिकी आप्रवाशन कार्यालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले नेपालमा राजनीतिक द्वन्द्व सकिएको ५ बर्षसम्म पनि अमेरिकामा शरणार्थी भिषा आबेदन गर्नेको संख्यामा कमी नआएको देखाएको छ । अमेरिकामा सन् २०१० मा बढि शरणार्थी भिषा पाउने मुलुकहरुमा चीन, इथिओपिया, हैटी र भेनेजुयलापछि नेपाल परेको छ । तथ्यांकअनुसार सन् २०१० मा ४ सय १० जना नेपालीले अमेरिकामा शरणार्थी भिषा पाएका छन् । सन् २००१ यता २ हजार ३ सय ९६ जना नेपालीले अमेरिकामा शरणार्थीका रुपमा बस्न पाउनेगरि वैधानिकता पाएका छन् । More news on http://onlinekhabar.com/2012/0...

Ban Kailo · Jan 5, 2012 8:03 AM · 8,337 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all