मलाई आज सुत्नै मन छैन

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

मलाई आज सुत्नै मन छैन सुते पछी उठ्न पर्छ, काम जना पर्छ, कलेज जान पर्छ, तेइ दिन्चर्या सुरु हुन्छ, मलाई त्यो झेल्नै मन छैन, मलाई आज सुत्न मन छैन |   सुते पछी सपना देखिन्छ, मिठो अनी राम्रो, धेरै कल्पना बुनिन्छ, सुन्दर महल बनाइन्छ, कैलाई पुरा नहुने कुरा देखिन्छ, मलाई सपना मा बच्नु छैन, मलाई सपना नै देख्नु छैन, मलाई आज सुत्नै मन छैन |   उठे पछी एउटा नौलो बिहानी ले धेरै किरण बोकेर आउछ, तातो न्यानो भए त सहन्थे, तर त्यो घाम ले पोल्छ, त्यो किरण धेरै पिडा बोकेर आउछ, कैले पोल्छ, कैले चर्याउछ, कैले रुवाउछ, मलाई रुनु नै छैन, मलाई त्यो किरण चैयेको नै छैन, मलाई आज सुत्नु नै छैन |   भोली भबिस्य हो, एउटा नयाँ बिहान एउटा नयाँ जोस, अनी एउटा नयाँ जागर, तर मेरो त सब मरी सक्यो, मलाई उठेर नयाँ केइ गर्नु नै छैन, जोस मा उठेर कतै कुद्नु नै छैन, म अल्छि लाचर बनी सके, मलाई नयाँ केइ सुरु गर्नु नै छैन, मलाई त नयाँ दिन नै चाइदैन, येसमै रमेको छु, जसो तसो झेलेको छु, मलाई नयाँ दिन चैयेको नै छैन, मलाई आज सुत्नु नै छैन |   म रोगी हुँ मलाई आरम ले मर्न छ, प्रयोगसाला मा बनेका नयाँ आउसदी को प्रयोग गर्नु छैन, म भतेको घर हुँ जेन्तेन ले छत तालेको छु, तलक्क तल्कने जस्तपाता चैयेको नै छैन, म आधरो मन परौने मशान हुँ, मलाई सुर्योदय चैयेको नै छैन, मलाई सुत्नै मन छैन, सुते पछी नयाँ दिन आउछ, मलाई त्यो चैयेको नै छैन, मलाई आज सुत्न मन छैन |

amricane · Jan 4, 2012 3:39 PM · 17,072 views

5 Replies

हिन्दी कहावत - देर आए दुरस्त आए

mulmiz · Jan 4, 2012 3:48 PM

सुते पछी सपना देखिन्छ, मिठो अनी राम्रो, धेरै कल्पना बुनिन्छ, सुन्दर महल बनाइन्छ, कैलाई पुरा नहुने कुरा देखिन्छ, मलाई सपना मा बच्नु छैन, मलाई सपना नै देख्नु छैन, मलाई आज सुत्नै मन छैन | बहुत मिठो लाग्यो साथी!

Geology Tiger · Jan 30, 2012 1:01 PM

यो कविताले चै मेरो भित्र पलाएको मनरोग को पूर्ण ब्याख्या गर्यो .... कस्तो मनको कुरो चटक्कै चोरेर शब्दमा ढालेर साझाको भित्तोमा सपक्कै टाँसेका होलान .... मलाइ पनि जितु-दा लाइ मन परेकै हरफ चट्ट मनमा अड्क्यो .... अब एक दुइ दिन यहि कविता दोहोराई तेहेरै पढिन्छ ..,, पक्का

ThahaChaena · Jul 9, 2014 1:50 PM

Nice one.

Kiddo · Jul 10, 2014 11:47 AM

हो यो पो च्वाक कबिता !! मिठो, अत्ति मिठो ! आयो नुन जस्तै, मिठो (लेघ्रो तान्दै) , तरकारी अचार मा, आयो नुन , तरकारी अचार मा !

ramprasadneupane · Jul 10, 2014 5:24 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all