Maobaadi k ho???

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

'माओवादी' राष्ट्रवादी होइनन्! –युवराज गौतम   'माओवाद' आफैंमा भ्रम हो, आडम्बर हो र छद्यभेष हो। सन् १९६५/६६ मा मेचीपारिको सानो बजार नक्सलबाडीमा चारु मजुमदार, कानू सन्थाल र जंगल संथालहरूले सुरु गरेको 'नक्सलपन्थी' विद्रोहले भारतका तीन सयवटा जिल्लामा आगो सल्काएको छ। तर माओ विचारधारालाई माओवादका रूपमा सभ्य समाजले स्वीकारेको छैन।   सर्वहारावर्गको अधिनायकवाद स्थापना गर्ने अन्तिम लक्ष्य लिएर २०५२ सालदेखि माओवादका नाममा लाग्ने धेरै नेताहरू कालान्तरमा स्वामी अग्निवेशवादी, एसडी मुनिवादी, अशोक मेहतावादी, प्रकाश करातवादी, सीताराम यचुरीवादी मात्र होइन, भारतीय गुप्तचर विभागका स्थायी कर्मचारीका रूपमा नांगिादै गए। माओवादी शिविरमा आज पनि कैयन लडाकुहरू 'भारतीय' रहेछन् भन्ने खुलासा हुादैछ। सेना र प्रहरीमाथि हमला गर्दा माओवादीमा मिस्सिएर धेरै भारतीयहरूले हतियार चलाएको पाइएको सञ्चारमाध्यममा आएको थियो। अन्तर्राष्ट्रिय कानुनले राष्ट्रियतालाई अन्तर्राष्ट्रिय सुरक्षाको आधार मान्दै वैध रूपले कुनै एउटा देशको सदस्य मानिने नागरिकले आफ्नो राष्ट्रविरुद्ध हतियार उठाउनु अपराध मानेको छ। अमेरिकी सर्वोच्च अदालतले एउटा निर्णयमा भनेको छ– 'प्रत्येक स्वाधीन राष्ट्रको अन्तर्निहित अधिकार के हुन्छ भने उसले आफ्नो संविधानअनुसार व्यक्तिलाई नागरिकता दिन र खोस्न सक्छ।'   विदेशी भू–भागबाट प्राप्त हतियार, पैसा, तालिम, विचार र स्वार्थबाट प्रेरित भएर नेपालमा बीसौं हजार जनताको हत्या गर्ने, अबार्ंै रुपैयााको क्षति गर्ने र लाखौं जनतालाई घाइते र विस्थापित गराउने कथित माओवादीलाई तपाई राष्ट्रवादी मान्नुहुन्छ भने अराष्ट्रवादी को त?   नयाा नेपालको नारा दिने माओवादीले संसद् र संविधानसभामा पुगेपछि करिब सत्ताइस लाख 'नयाा नेपाली' लाई नागरिकता दिए। माओवादी मात्र होइन, सस्तो लोकप्रियता कमाउन सबै दलले मद्दत गरेर लाखौं भारतीयलाई नागरिकता दिए। नाङ्लो आकारका पत्रिकाले पनि विरोध गरेनन्। सबैको दानापानी एकै ठाउामा आउने भएकाले ती 'सगोत्री' भए, तर सत्तामा पुग्ने खेलमा झगडा सुरु भयो। नक्कली राष्ट्रवादका नारा लगाउन कोही पछि परेनन्। नेपालका पााच सय पचपन्नवटा नदी, ताल र खोला आज विदेशी झोलामा छ। राष्ट्रवादीले यस्तो कुकर्म गर्न र गराउन सक्दैनन्। महाकाली सन्धिदेखि दरबार हत्याकाण्ड र नागरिकता विधेयकले धेरैलाई नांगो बनाएको छ। आफ्ना परमाधिपतिको हत्या हुादा 'राजपरिवारको रक्षा गर्ने काम सैनिक मुख्यालयको होइन' भन्ने निर्लज्ज प्रधानसेनापतिदेखि लिएर ग्य्रान्डडिजाइनद्वारा राजाको हत्या भयो भन्ने नामर्द, कलंकित, भ्रष्ट र राष्ट्रघाती प्रधानमन्त्री पनि जनताले देख्नुपर्योज। तसर्थ, को कति राष्ट्रवादी र कति राष्ट्रघाती छन् भनेर जनताले हिसाब किताब गर्ने बेला आएको छ।   राष्ट्रवाद एउटा पवित्र विचार हो, जसले राष्ट्रलाई सर्वोच्च मान्छ। राष्ट्र स्वतन्त्र रहेमात्र प्रजातन्त्र, दल र नेताको गरिमा रहन्छ। दल र नेता सिक्किममा पनि छन्। 'लोकतन्त्र' पनि छ, तर त्यहााका जनता पराधीन, परावलम्बी, परमुखापेक्षी परजीवी र पंगु मानसिकताले ग्रस्त छन्। सीमित अधिकार मात्र सिक्किमसाग छ, तर सर्वाधिकार दिल्लीमा। नेपालमा पनि पहिले पहिले प्रधानमन्त्री छान्ने काम राजदरबार र सिहंदरबारबाटै हुन्थ्यो। अब त्यो अवस्था छैन। राष्ट्रियतालाई कमजोर पारेरै भए पनि मोजमज्जा गर्न माओवादीले कहिले इसाईसाग, कहिले विदेशी कसाईहरूसाग सहकार्य गरे। जनतालाई मूर्ख बनाउन राष्ट्रवादको नारा लगाउने माओवादीले राष्ट्रिय पोसाकको सरकारी मान्यता हटायो भने नेपालको नयाा राष्ट्रिय पोसाक पनि तोक्न सकेन। कहिले राष्ट्रिय झन्डा फेर्न खोज्ने, कहिले 'नेपाल' नाम नै परिवर्तन गर्नुपर्छ भन्ने र जातीय राज्यको नारा लगाएर देश टुक्र्याउन खोज्ने माओवादीहरू कसका कमारा हुन्? त्यो जनताले बुझिसकेका छन्।    कम्बोडियामा कम्युनिस्टहरूले राजा हटाएर लाखौं प्रजातन्त्रवादीको हत्या गरे। नेपालमा कम्युनिस्ट भेषमा माओवादीले राजालाई अपदस्थ गरेपछि प्रजातान्त्रिक शक्तिलाई समाप्त पार्ने षड्यन्त्र गरिरहेका छन्। राजतन्त्र पुनर्स्थापनापछि कम्बोडियामा खमेररुज नेता लेङ–सारीले राजाको समर्थन गरेझैं कतिपय माओवादी नेता आज पूर्वराजासाग 'दर्शनभेट' मागिरहेका छन्। शक्ति सञ्चय गर्न उनीहरू नाटक गर्छन्, तर त्यो नाटक बुझ्न नसक्नेले मात्र माओवादीलाई 'राष्ट्रवादी' ठान्छ।   प्रेमको नाटक गरेर चरित्रहीन महिलाले दर्जनौं पुरुषसाग लसपस गरेझैं माओवादी नेताहरू युरोप, भारत, चीन अमेरिकासाग पनि टाासिएकै हुन्। अब बिहे गर्ने बेलामा एउटालाई माला लगाइदिनुपर्ने अवस्था छ। माओवादीलाई धर्मसंकट छ। उसको चरित्र शंकाको घेरामा छ। त्यसैले कसैले पनि माओवादीको स्वामित्व लिन चाहादैन। नगरबधुलाई प्रयोग गरेझैं राजतन्त्र फाल्न, हिन्दुराष्ट्रको पहिचान हटाउन र संघीयताको नारा चर्काउन हिजो माओवादीलाई ज–जसले 'कन्डम' झैं प्रयोग गरे, उनीहरू सधैं त्यो फोहोर बोकेर हिाड्न चाहादैनन्। त्यसैले माओवादीको प्रयोजन पनि सिद्धिएको छ।   प्रधानमन्त्री भीमसेन थापाले बसन्तपुरमा सिसैसिसाको 'सिस–महल' बनाएका थिए। माथिल्लो तलामा राजसभाको बैठक बस्थ्यो र भुइातलामा सेनाका खरखजाना राखिएका थिए। एकदिन पााच सय जति सैनिकको घेरामा राजा राजेन्द्रविक्रम  शाह, चौतरिया फत्तेजंग शाह आदिको उपस्थितिमा भीमसेनले सोही महलको आागनमा आफ्ना विरोधीहरू रणदल पााडे  र करवीर पााडेलगायतका 'काला पााडे'हरूलाई पिटाउनुसम्म पिटाएको कुरा इतिहास शिरोमणि बाबुराम आचार्यले लेखेका छन्। हिजो गाउाका मुखियालाई 'भ्रष्टाचारी' भन्दै पिट्ने र भौतिक कारबाही गर्ने माओवादीका सयौं नेता आज अबार्ंैका मालिक बनेका छन्। विधिको शासन चलाउन सक्ने कुनै 'माइकालाल' नेपालमा जन्मेछ भने करवीर पााडे कुटिएझैं धेरै माओवादी नेताले कुटाई खानेछन् र राष्ट्रघाती भ्रष्टहरू जेलमा सडिनेछन्। छाप्रामा बस्नुपर्ने दरिद्र कमरेडहरूको 'क' अब कंगालको प्रतीक बनेको छ भने महलमा बसेर मोज गर्ने करोडपति कमरेडहरूको नाम अगाडि जोडिने 'क' आफैं व्यंग्य बनेको छ। पार्टीभित्रै वर्ग संघर्ष छ। शोषक र शोषित छन्। 'जनयुद्ध' त धनयुद्ध पो रहेछ। पोल खुल्दैछ ।   महारानी राज्यलक्ष्मीको 'बेड पार्टनर' भनिने गगनसिंह भाडारी अनैतिक सम्बन्धले शक्तिशाली भएझैं विदेशीको पुल्पुल्याई र दयामायाले माओवादीहरू पनि सत्तामा पुगे। सुरुमा राखेका चालीस सूत्रीय माग बिर्सिए। भारतीय चलचित्रसमेत प्रतिबन्ध लगाउनुपर्छ भन्ने माओवादीले 'बिप्पा' गरेर अब राष्ट्रियतालाई 'लोप्पा' खुवाइदिएको छ।   इतिहास मासेर पृथ्वीनारायण शाहलाई पनि 'अपराधी' भन्ने, राष्ट्रिय मूल्य–मान्यता ध्वस्त पार्न चाहने, विदेशी एजेन्डा बोकेर हिाड्ने र जनवादका नाममा निर्दोष जनताको घााटी रेट्ने माओवादीले राजादेखि रंकसम्मलाई झुक्याउन खोजे। अब उनीहरूको धोती फुस्किसकेको छ। दश वर्षे द्वन्द्व नभइदिएको भए लाखौं युवा विदेशिनुपर्ने थिएन। लाखौं बिघा जमिन बााझो राखेर दसौं लाख नेपालीले घर त्याग्नुपर्ने थिएन। हजारौं कलकारखाना बन्द हुने थिएनन्। पचहत्तरै जिल्लामा दस वर्षमा केही विकास अवश्य हुने थियो। राष्ट्रलाई जर्जर बनाएर लाखौंलाई रुवाए माओवादीले। अझै पनि तपाई उनीहरूलाई राष्ट्रवादी भन्नुहुन्छ? कहाा छ माओवादीको राष्ट्रवाद? कहाा छ दर्शन र सिद्धान्त? कहाा छ नैतिकता? कहाा छ इमानदारी? संगठित रूपले लुटेर धनी हुन आएका लेाभीपापी र व्यभिचारीको बथानलाई तपाई राष्ट्रवादी भन्नुहुन्छ?

Gabbar Singh · Jan 3, 2012 10:43 AM · 16,106 views

4 Replies

 See, this is exactly what I was saying that the Maobadis would do. And this is exactly what they are doing. They are following the agenda of the Russian Communists that overthrew the King of Russia: http://sajha.com/sajha/html/in...

BABAL Khate · Jan 3, 2012 11:03 AM

  Well written article. They are ruining our country.

sam123453 · Jan 3, 2012 11:38 AM

Nice article, We should share it in our facebook also. Dont know who this author is, but kudos to him This is the ucking reality of maoists

sYaKuuRiolAKU_nchImb · Jan 3, 2012 2:50 PM

nice one from one of my fren's status in facebook....  अब त्यो सालिक हटेपछि जनता को घर मा बिजुली बल्छ? पेट्रोल पम्प मा लाम लग्नु पर्दैन ? महंगी घट्छ ? प्रदुसन हट्छ ? देश मा दण्डहीनता को अन्त्य हुन्छ ? अपराध मा कमि आउछ ? हुतिहाराहरु केहि गर्न सक्दैनन् सालिक हटाउने, नाम फेर्ने..उफ्फ़ यस्ता मुर्ख हरु को नालायकी निर्णय मा टिप्पणी गरेर आफु पनि किन मुर्ख को पंक्ति मा पर्नु .. यो सरकार साचै शहिदको सम्मान गर्न चाहन्छ भने चार जना शहिदको मूर्तिलाई शहिद गेटवाट ह...टाएर अझ संमानित र आकर्षक गेट बनाएर राखोस कमसेकम सडकको धुवा धुलोबाट त मुक्ती हुन्थो शहिदलाई . आफु नया सिर्जना गर्न सक्नु छैन अरुले बनाएको भत्काएर जनता झुक्याउन खोज्ने भए यी गाउँ गाउँ भत्काएर सरकारमा पुगेकाहरुले . रोम शहरको कोलोसियम शायद मानव सभ्यताको सबै भन्दा अपमानित र बर्बर स्थान होला जँहा राजाहरुले दास र सिंह लडाएर रमाईलो लिन्थे . त्यस्तो स्थानलाई त इतालीयनहरूले जोगाएर राखेका छन् , खोइत त्यस्तो स्थान जोगाउनुमा उनीहरुले आफ्नो बेईज्जत ठानेनन त, आफुलाई अपमानित महसुस गरेनन त . दुनिया कंहाबाट कंहा पुगिसक्यो हामी मात्रले यो खोक्रो आडम्बरको ‘हृतिक रोशन’ उद्वेगमा यस्ता निर्णय सुनेर बस्नु पर्ने ? इतिहासको गल्तिलाई सच्याउने सबै भन्दा उतम मार्ग भनेको त्यो भन्दा अझ राम्रो निर्माण गर्नु हो न कि भत्काऊनु . इतिहास सचिन्न केबल इतिहाबाट शिक्षा मात्र लिन सकिन्छ.

collegefootballrocks · Jan 4, 2012 1:12 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all