श्रीमानले विदेशबाट आफ्नी श्रीमतीलाई चिट्ठी लेखेछ....... प्यारी .. यो महिना मेरो तलबको सट्टा सय चुम्मा पठाएकोछु,... श्रीमतीले आफ्नो श्रीमानलाई जवाफ पठाईछे ..... हजुरले तलबको बदलामा पठाएको चुम्मा मैले पाएँ, जसको हिसाब यस प्रकारछ ..... छोरा छोरीको स्कुलको फिसको लागि accountant लाई ५ चुम्मा दिएँ, सब्जीवाला लाई दैनिकी ७ चुम्मा दिनु पर्छ, दुध वालाले दैनिकी १० चुम्मा लिएर जान्छ, घरबेटीले दैनिकी १०-१२ चुम्मा लिएर जान्छ, अझै पनि ३०-४० चुम्मा बचेकोछ.. कस कसलाई दिने हो लेखि पठाउनु होला ... तपाईं कि प्यारी... Last edited: 02-Jan-12 11:38 PM
cajunboy · Jan 2, 2012 11:37 PM · 3,057 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion