समस्याको पहाड माथि बसी हिमालजस्ता सपना देख्छु म | टुकी झ्यालको आगाडी राखी अजम्बरी बाल्छु भन्छु म | त्यहि पिरले होला आमा तिमीलाई सम्झन्न | बाहिर बिरोद गर्दा गर्दै भित्र तलुवा चाटि दिउँला | युग सम्म सम्जौता गरि अन्त्य पलमा फाटी दिउँला | पुल बनाउने निउमा पहिले बाडीपहिरो खोलिदिउँला | राष्ट्र युद्धको बेला मिठा गीत गाइदिउँला | एस्ता सुकर्म गर्छु आमा तिमीलाई किन सम्जुं ? नेपाली शरिरमा अहंकार हाली पोल्टामा नोट झरिदिन्छु | सगै बचौ भनेर अरुलाई टुकीझैँ आफु मुनिको धब्बमा पारिदिन्छु | मस्त त छ नि जिबन तिमीलाई किन सम्झने ,फाइदा छ र? एकादशी जस्तो देशको आबसरमा युद्ध लड्ने गोरु नारिदिएँ | कोहि मर्थ्यो भने कतै गोइकाजस्ता आसुँ झारिदिएँ | त्यसैले आमा तिमीलाई कहिल्ये सम्झन सकिन | सदा आरुको माझ कड्किएर प्रभाब पारिदिएँ इथियोपियाको गरिबी नेपालमा सरिदिएँ कहिल्यै नकुहिने प्लास्टिक जस्ता सोचाइले सत्ता टारिदिएँ आफ्ना बिरोद्मामा हुनेलाई डिप्रेसन दिइ मारिदएँ धेरै काम गरे आमा माफ गर्नु तिमीलाई स्हार्ने फुर्सद पाइन लडीछौ भनेनी आफै उठ आमा आफ्नो घर बनाउन आफै जुट आमा किनकी तिमीलाई सम्झने फुर्सद छैन तिम्रा सन्तानलाई तिमीलाई सम्झन फुर्सद छैन |
FB|1233807560 · Jan 2, 2012 7:40 PM · 29,415 views
शब्द पनि छ भाव पनि छ तर कवितालाई मिठो बनाउन अझै मिहेनत गर्नुपर्छ कि
Geology Tiger · Jan 2, 2012 8:16 PM
एस्ता सुकर्म गर्छु आमा तिमीलाई किन सम्जुं ? Is the author addressing Mother Nepal? Is he saying: "Mother Nepal, I have been working so hard for your children that I have had no time to remember you?"
BABAL Khate · Jan 11, 2012 7:18 AM
It depends upon how you think about it.
FB|1233807560 · Jan 13, 2012 11:38 PM
really nice one, devkota ji.
bittertruth · Jan 14, 2012 1:01 AM
अब यो कविता मेरो पर्सनल वेबसाइटमा पनि भेट्न सक्नु हुनेछ| लाइए पनि त्यहिँ बाट गर्न सक्नु हुनेछ | कविता पढ्नको लागि यो लिंक क्लिक्क गर्नु होला ..http://www.dinesdevkota.com/20...
FB|1233807560 · Mar 4, 2012 8:40 PM
FB|1233807560 · Mar 4, 2012 8:43 PM
देवकोटा जी को कविता सारै मान पर्यो |
Geshe · Mar 5, 2012 12:07 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion