कसैलाई यो जिन्दगी बसन्तको बहार भयो आफूलाई त जिन्दगी मात्र तिरस्कार भयो। कति सपना सजाएथे अजम्बरी मायाप्रेमको उनेका ती मालाहरु उखेलिएको झार भयो। जिन्दगीलाई खुशी राख्न धेरै यत्न गरे मैले आज सारा यत्नहरु दुखैदुखको भार भयो। पिडा सही हाँसी हाँसी जतन गरी जोगाएको तिम्रो माया गला रेट्ने खुकुरीको धार भयो। खेल सरि खेलिदियौ विश्वासलाई तिमीले मेरो भो तिमीले नै जित्यौ अब मात्र मेरो हार भयो। सँगै मर्ने सँगै बाँच्ने खाएका ती कसमहरु बगे सबै सम्बन्ध हाम्रो नदीको दुई किनार भयो
sunayani · Jan 1, 2012 3:05 PM · 14,577 views
वाह वाह "खेल सरि खेलिदियौ विश्वासलाई तिमीले मेरो भो तिमीले नै जित्यौ अब मात्र मेरो हार भयो।"
bhakte dai · Jan 1, 2012 5:19 PM
"उनेका ती मालाहरु उखेलिएको झार भयो" क्या गहिराई वाह वाह
namit_thapa · Jan 1, 2012 5:31 PM
मिठो गजलको लागि धन्यवाद सुनयनी... म गजलको विज्ञ त होइन तर भाव चाँही सुन्दर छ... शब्दहरुको चयन र गठनमा अझै सुधार गर्ने ठाउँ छ कि? जस्तो कि भो तिमीले नै जित्यौ अब मात्र मेरो हार भयो को सट्टा भो तिमीले नै जित्यौ अब मेरो मात्र हार भयो Last edited: 01-Jan-12 06:51 PM
Geology Tiger · Jan 1, 2012 6:50 PM
गजल मनपराएर प्रतीकृया दिनुहुने सबैलाई धन्यवादको एक शब्द टक्र्याउन चाहन्छु।
sunayani · Jan 2, 2012 10:36 PM
अति सुन्दर
mulmiz · Jan 2, 2012 10:54 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion