भात भन्या भात हो!

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 बिहान होस या बेलुका   दिउस भए नि बालै हो  दालसँग होस या झोलसँग भात भन्या भात हो!  नेपाल होस या अम्रिका नेपालीको जिउने आड हो २ थाल नबजाइ चित्तै नबुझ्ने भात भन्या भात हो!  कति खाइयो नाथे पिज्जा बर्गर पनि त खाएकै हो तेस्ता जाबाले पेट के मान्थ्यो भात भन्या भात हो! बढी भएको क्याम्पसमा टिफिन खैरे सोध्छ - "क्या हो त्यो?" ङिँच्च हाँस्दै ग्वाम्म खाँदै - "भात भन्या भात हो!" चिनीरोग लागे ओखति खाउँला भुँडी लागे नि आफ्नै त हो मरेपछी पनि पिण्डो खुवाउने भात भन्या भात हो!    Last edited: 31-Dec-11 11:41 PM

jantare1 · Dec 31, 2011 11:40 PM · 61,051 views

21 Replies · Showing 21 - 21
Page 2 of 2

भात खानी हामी सबै भाते हरु लै रक्षा गर्नी पशुपति नाथ लाई म सधै भात खादा भात चदौछु

Debin · Apr 11, 2020 7:18 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion