महाभारतको फाटबाट -२ प्यारो कृष्ण, बच्नुको एउटा परिभाषा भन्देउ, सम्बोधन भन्दा पहिले तिमी त एउटा उदेश्य लिएर बचेँका छौ मलाई जीवनको एउटा अभिलाषा भन्देउ| हुनु र नहुनुको उल्झनमा छु प्रिय, तिमी हुनु को भ्रंतीमा तिमी नहुनु को पाप्रो बस्दै गएको छ म चाहन्छु एस्लाई तिमी कोटाउन आउ यो मेरो जीवनलाई छोटाउन आउ | प्राण, जित्नुको आबशेक्ता कती हो भनेर मापन गर्ने दुशाहस गर्दिन तर लासमाथीको जीतमा मधहोस हुने त्यो दानब्तालाई सोध पानीका फोकाहरु को ओजन कती हुन्छ तिम्रो जीत ओजन जती हुन्छ | आजकाल ब्रिन्दावन एक्लै रुङ्छु प्रिय, अझै पनि ती सेपिला घासहरुमा ती अग्ला बासहरुमा तिम्रो सासको राप छ फेरी झस्कन्छु .... आगो बलेर सात फेरा नलाको पनि त श्राप छ| कृष्ण, तिमी त वीर हौ वीर हुनुको मुल्य चुकाउनु पर्छ हरेक युग एउटा युदकथामा अडेको हुन्छ हरेक युद्द एउटा प्रेमकथामा हरेक प्रेमकथा दुई पत्रमा तेही दुई पात्र ............तिमी र म आज एउटा यस्तो युद्धमा होमिएका छौ जस्मा न तिमी जित्छौ न म.....
jhaukiri · Dec 23, 2011 2:08 AM · 6,021 views
अति सुन्दर.....
Geology Tiger · Dec 23, 2011 8:34 AM
झाउकिरी जि धेरै मिठो भाब युक्त महाभारत को एउता खण्द को व्याख्या । अती सुन्दर
amricane · Dec 23, 2011 9:39 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion