मकैको भात

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 मकैको भात ************************** मैलो गोडा फाटेको कपडा सानो झुपडी चिसो हाबा छिर्ने बन्द नहुने पूर्वपट्टीको सानो झ्याल म बालक दंग पर्छु धुलाको कणको रातो रबि-किरण सँगको लुकामारी हेर्दै   आँइ!!आँइ!! अली परको गोठको भैंसी कराउछ "उठिस बाबु!" म खुशी भए मेरि आमा आइन आफू भन्दा ठुलो घासको भारी बिसाइन उनको मायाको बदला म प्रहार गर्छु उनलाई प्रश्न बाणले   "भैसीको बुबु कैले खाने?" पसिनाको खहरेबाट निस्कदै  उनले निरस जवाफ दिइन म बालक दंग पर्छु अधिया पालेको रे, साहुले लान्छ रे आफ्नो भन्दै   मेरो भोक उनको निराशाको थुप्रोमा  थप एक थियो चामल राख्ने  रित्तो घैटो छामिन केही नभएको भकारी पनी नियालिन उनको बिबसताको बिचमा म आग्रह गर्छु "आमा भात पकाउनु न।" परको मकैको पिठोको पोको हेर्दै उनी मुस्कुराउने कोशिश गर्छिन म बालक दंग पर्छु मकैको पिठोको पनि चामलको जस्तो भात बन्छ भन्दै।    "एस्तो जाबो कुडो" उनको आमिलो मनमा अरु कुड्याउन कफी थियो मेरा तिता हेय शब्द उनले आफ्नो भाग्य लाई सरापिन आधी पाकेको गोलभेडामा थिचेर तिमुरको अचार बनाइन अबरुद्ध गलाको बिचमा उनको मिठो झुट "आज पकाउदा के बिग्रेछ।" आफ्नै हातले भात र अचार मुछ्दै मलाई आँ गर्न भन्छिन म बालक दंग पर्छु कसैले नपाएको संसारकै मिठो भोजन गर्दै।      समयको बेगमा परिस्थितीको भुमरीमा  कहाँ बाट कहाँ पुगे दौडिन्छु म आज उनले ताते गर्न सिकाइन कालो बादल पारीको सूर्य हेर्न सिकाइन चौरासी ब्यन्जन ले त्रिप्त गर्न नसक्ने मेरो भोकको तृष्णा उनको हातको मिठो जादु जब म नक्कल गर्न कोशिश गर्छु मनबाट तप्प आँशु चुहिन्छ  अनि म भन्छु  आमा! मकैको भात

DalluKoSanu · Dec 21, 2011 9:03 PM · 52,335 views

26 Replies · Showing 21 - 26
Page 2 of 2

बाल्यकाल, गाउँ, आमा, र मकै को भात को याद आयो. सारै मार्मिक छ.

nepali_kanchho · Sep 28, 2012 8:09 PM

Made me cry

halo · Sep 28, 2012 8:56 PM

so sad btw

hudhaicha · Sep 28, 2012 10:53 PM

 आशु नै निकालिदियो ....खरो छ कविता  र कविताको लागि धन्न्यबाद नदिकन मन शान्त भएन  थ्यांक यु !

36x36 · Sep 29, 2012 4:25 PM

  साह्रै राम्रो कबिता    आँखै रसायो      आँखै रसायो

adventurer · Sep 29, 2012 9:14 PM

 शायद, धेरै पछी यस्तो मन छुने कबिता पढ्न पाइयो. धन्यबाद काली को पोइ. यस्तो मार्मिक कविता रचना गर्न सक्ने पोइ पाउनु  काली को भाग्य राम्रै हो भन्नु पर्छ.  Really appreciate it bro. Keep it up !

adhikari_bandhu · Sep 29, 2012 10:40 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all