http://weeklynepal.com/index.p... नागरिकता बेच्न माओवादी सहमत काठमाडौं, पुस ५ । जन्मका आधारमा नागरिकता प्रमाणपत्र प्रदान गर्नुपर्ने मधेसवादी दलहरूको प्रस्तावसाग घुँडा टेक्दै माओवादीले सहमति गरेको छ। नेपालमा मधेसीको जनसंख्या ५० प्रतिशतभन्दा बढी रहेको, तर नागरिकता प्रमाणपत्रबाट वञ्चित गरी जनगणनामा मधेसीको जनसंख्या ३० प्रतिशत मात्रै देखाउने गरिएको दाबी मधेसवादी दलहरूले गर्दै आएका छन्। मधेसमा बढ्दो भारतीय आप्रवासन रोक्ने प्रमुख मागका साथ १० वर्षसम्म हत्या हिंसाको राजनीतिमा संलग्न नेकपा माओवादी यतिबेला जन्मका आधारमा नागरिकता दिने टुंगोमा पुगेको छ। जन्मका आधारमा नागरिकता प्रमाणपत्र वितरण गर्दा पाँच वर्षभित्रै नेपालमा भारतीयहरूको दुई तिहाइ बहुमत पुग्ने प्रतिवेदन २०४० सालमा डा.हर्क गुरुङले पेस गरेपछि उनलाई फाँसी दिनुपर्ने नाराका साथ नेपाल सद्भावना परिषद् नामक संस्था गठन गरिएको थियो। १०/१० करोडभन्दा बढी जनसंख्या रहेका भारतका उत्तरी प्रान्तहरू पश्चिम बंगाल, बिहार र उत्तर प्रदेशसाग नेपालको खुला सिमाना भएकाले नागरिकता प्रमाणपत्र वितरण प्रणाली खुकुलो बनाउन नहुने सुझाव जनसंख्याविद्हरूले दिँदै आएका छन्। प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाका पालामा पनि भारतले दुवै देशका नागरिकलाई दुवै देशले निर्वाध आवागमन र बसोबासको सुविधा दिने प्रस्ताव राखेको थियो। त्यो प्रस्तावको प्रतिवाद गर्दै बीपी कोइरालाले भनेका थिए– नेपालको सम्पूर्ण जनसंख्या भारतमा बसोबास गर्न गए पनि भारतलाई केही फरक पर्दैन, तर भारतको १ प्रतिशत जनसंख्या नेपालमा बसोबास गर्न आयो भने नेपाल सकिन्छ। तर उग्रराष्ट्रहरूको नारा दिँदै बीपीलाई गालीगलौज गर्दै आइरहेको नेकपा माओवादी भारतले ५२ वर्ष अगाडि राखेको उक्त प्रस्ताव कार्यान्वयन गर्ने चरणमा अघि बढेको छ। बिपा सन्धिपछि भारतको मुख्य प्राथमिकता नागरिकता प्रमाणपत्र रहेको छ। माओवादी र मधेसवादीबीच यस विषयमा सम्झौता भए पनि अन्तरिम संविधान संशोधन नगरी नागरिकता प्रमाणपत्र वितरण कार्य खुकुलो बनाउन सम्भव छैन। संविधान संशोधनका लागि आवश्यक दुई तिहाइ बहुमत मधेसवादी र माओवादीसाग छैन। २०२१ सालमा गरिएको औलो उन्मूलनको प्रतिवेदनका अनुसार नेपालमा मधेसीको संख्या २४ प्रतिशत थियो। २०२८ सालको जनगणनामा २७ प्रतिशत र २०३८ सालको जनगणनामा एकैचोटि ३० प्रतिशत पुग्यो। २०४८ सालको जनगणनामा ३० प्रतिशत नै कायम रह्यो भने २०५८ को जनगणनामा १ प्रतिशत घटेर २९ प्रतिशत पुग्यो। २०६८ सालको जनगणनाको परिणाम आउन बाँकी छ। तर ३४ प्रतिशत पुगेको प्रारम्भिक अनुमान छ। मधेसवादी दलहरूले भने ५० प्रतिशतभन्दा बढी रहेको दाबी गर्दै आइरहेका छन्।
nepcha1 · Dec 19, 2011 11:12 PM · 16,379 views
Maoists are the biggest indian dog to date. I can't understand why these vultures are trying to weaken nepal. Inclusion of 10000 madhesi thru mass recruitment in Nepal army is their another agragami chhalang.
NALAPANI · Dec 20, 2011 10:42 PM
I am confused, Dog ho ki vulture ho?
Kiddo · Dec 21, 2011 12:47 PM
Both...do you have any problem? I let you pick one for yourself. BTW which one you like, kiddo ?
NALAPANI · Dec 22, 2011 12:39 AM
I dont think they are dog. Atleast dog are loyal to their master. Moist are loyal to themself no one else. They are worse than dog or vulture
kundan.ghimire · Dec 22, 2011 6:21 AM
mathi ko weeklynews ko blah blah blah pura ta padhina tara title matra herera bhaye ni bhanchu, kangres, yemaley, maobad, madhesi, janjaati sabbai ekai dang ka mula saag haru hun... kangres ley desh bechna sura garya thiyo, aru sabley teskai siko garya... mauka napayera ho, yi 'minority' haru power ma pugey bhaney ni tesai garchan.. daka haru, desh banaunu chaina, khali bigarnu matra... padhney lai laagla, k online ma bak-bak gari rah.. tara nasakiney rahecha.
bittertruth · Dec 22, 2011 10:42 AM
Vulture is Shani maharaj's bahan. Dog gets worshipped at least once a year in our culture. Now tell me Nalapani, which one do you prefer?
Kiddo · Dec 22, 2011 3:11 PM
Nepal was sold on the day 12 point agreement was signed by SPAM in Delhi. Rest of all these are just unfolding events of that grand plan. Pashupatinath will not save people of Nepal because they showed utter stupidity A) following the Maoist agenda and B) Supporting SPAMS for 62/63 so called andolan. Honestly, forgive me for saying this but these stupid Bheda Nepali deserve it!!! Happy Holiday Folks!
shantipriya · Dec 22, 2011 7:25 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion