कस्ता कुलङारहरु - ज्ञाङ फाइट मा पनि नेपाल बन्द

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

http://www.nagariknews.com/pol...   भोलिको बन्द यथावत् : कङ्ग्रेस गोविन्द परियार, काठमाडौं, पुस ३ - कङ्ग्रेसले कारागार आक्रमणमा परी मृत्यु भएका तरुण दल चितवन अध्यक्ष शिव पौडेलको मुद्दा फिर्ता गरी शहीद घोषणा नगरेको भन्दै भोलिको बन्द यथावत् हुने बताएको छ। सभापति सुशील कोइराला निवासमा पत्रकार सम्मेलन गरी माग पूरा नभएकाले बन्दका कार्यक्रम सशक्तरुपमा अघि बढाउने घोषणा गरेको हो।   'सरकारले नियोजित रुपमा कारागारभित्र आक्रमणमा सहयोग गरी शिव पौडेलको हत्या गरेको हो,' पत्रकार सम्मेलनमा आन्दोलन तयारी समितिमा संयोजक दिपक गिरीले भने, 'सरकार नै हत्यामा सहयोगी बनेकाले हामीले उनीमाथि लगाएका झुटा मुद्दा फिर्ता र उनलाई शहीद घोषणाको माग गरेका हौं।' पत्रकार सम्मेलनमा सोमबार बिहान ६ बजेदेखि अपरान्ह ५:३० बजेसम्म शान्तिपूर्णरुपमा नेपाल बन्द कार्यक्रम सम्पन्न हुने घोषणा गरिएको थियो। यसैबीच कांग्रेस केन्द्रीय समिति बैठक अहिले साँझ ५ वजे कोइराला निवासमा बस्दैछ। लाश उठेन सरकारले माग पूरा नगरेको भन्दै पौडेलका परिवारले लाश उठाएका छैनन्। शनिबार पौडेलको त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम सम्पन्न गरे पनि अहिलेसम्म परिवारले लाश बुझेको छैन। 'सरकारले नियोजित रुपमा हत्या गरेकाले पार्टीले अघि सारको माग पूरा नभएसम्म हामी लाश बुझ्दैनौ,' पौडेलका दाजु ताराले नागरिकसँग भने। यसैबीच कङ्ग्रेसले बन्दबारे अपील जारी गरेको छ। बन्दबारे कङ्ग्रेसद्वारा जारी अपील अपील नेपाल तरुण दल चितवनका अध्यक्ष शिवप्रसाद पौडेल लगायतका तरुण साथीहरुमाथि बन्दी अवस्थामा योजनावद्ध तवरले सरकारकै संलग्नतामा भएको आक्रमणबाट उपचारका क्रममा शिवप्रसाद पौडेलको मृत्यु भएको घटनाले सिङ्गो पार्टी र मुलुकलाई नै स्तब्ध बनाएको छ। नेपाल महिला संघद्वारा आयोजित तीजको कार्यक्रममा सहभागी रहेका निर्दोष पौडेललाई सोही समयमा अन्यत्र घटित भएको घटनामा मुछि नियोजित रुपमा झुटा मुद्दामा फसाउने र प्रशासनले नै जेलका कोठा खोली हत्या गर्न लगाएको यस घटनाको नेपाली कांग्रेस घोर भर्त्सना गर्दछ। नेपाल तरुण दल, चितवनका अध्यक्ष शिवप्रसाद पौडेलको मृत्युले थुप्रै प्रश्नहरु सिर्जना गरेको छ। यो घटना एक्लो शिवप्रसाद पौडेलको मात्र होइन, आम नागरिक र जेल भित्र रहेका सिङ्गो कैदीहरुको सुरक्षासँग पनि गाँसिएको छ। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको हिजो बसेको आकस्मिक बैठकले- उक्त घटनाको छानविनको लागि न्यायिक आयोग गठन, दोषीहरुमाथि कडा भन्दा कडा कार्वाही, शिवप्रसाद पौडेललाई शहीद घोषणा र क्षतिपूर्ति, शिवप्रसाद पौडेल र प्रमिश राई लगायतका निर्दोष व्यक्तिहरुमाथिको झुा अभियोग तत्काल फिर्ता लिइयोस् भनी २०६८ पौष ४ गते देशव्यापी रुपमा शान्तिपूर्ण बन्दको आह्वान गरेको छ। यस बन्दलाई सफल बनाउन लोकतन्त्रवादी सम्पूर्ण जनसमुदायमा उद्योग, कलकारखाना, यातायात, शैक्षिक संस्था, बजार पूर्ण रुपमा बन्द गरी हाम्रो कार्यक्रमलाई समर्थन र ऐक्यवद्धता जनाइदिन नेपाली कांग्रेस सबैमा अपिल गर्दछ। यो पूर्णतः शान्तिपूर्ण बन्दको कार्यक्रम भएकोले उक्त दिन रेडक्रस, एम्वुलेन्स, शव वाहन, स्वास्थ्य सेवाका साधान, फोहर बोक्ने साधान, दुग्ध बोक्ने साधन, पर्यटकीय वाहन, कुटनीतिक नियोगका साधान, प्रेस, मानव अधिकारकर्मीका सवारी साधनलाई कुनै पनि वाधा अवरोध नपुर्‍याउन र कुनै पनि किसिमका तोडफोड नहुन दिन पार्टीका सबै निकाय, भातृ एवं शुभेच्छुक संस्थाका साथीहरुलाई नेपाली कांग्रेस हार्दिक आग्रह गर्दछ। जय नेपाल ! वसन्तकुमार गौतम मुख्य सचिव

khairey · Dec 18, 2011 10:40 AM · 17,356 views

4 Replies

 आज फेरी झोक चलेर आयो मलाई! जाँठाहरु के ठान्छन भन्या नि आफुलाई? जे भए नि नेपाल बन्द रे! अरु पार्टिले गर्दा चाँही देश र जनतालाई सास्ती हुने काम गर्न हुँदैन भनेर नारा फुक्ने; अनि आफुले चाँही रेडियोमा पचहत्तर ओटै जिल्ला बन्द गर्छौ भनेर कुकुर भुकाइ गर्नी? यस्तै पारा हो भने भोली टी. बी. लागेर मर्या कार्यकर्तालाई नि शहिद घोषणा गर भनेर नेपाल बन्द गर्न पछी पर्दैनन यिनिहरु! यी माले, मसाले, मण्डले, कांग्रेस, माओवादी सब एक सय एक चोर हुन। बजियेहरुको मुजीमा मट्टितेल छर्किन नपुग्या!

jantare1 · Dec 18, 2011 11:25 AM

'shahid' bhanney testo mahan shabda ko ta 'dahi' nai garyo ni yi ra-adi k-a ba-an  haru ley.

bittertruth · Dec 18, 2011 12:57 PM

नेपालका तथाकथित सम्भ्रान्तहरुको शासकीय अयोग्यता तथा चरम निर्लज्जता बाँकी  दुनियाँका निम्ति अब कुनै पहेली रहेन. अमेरिकी राजदूतले प्रजातन्त्रका आधारभूत पाठहरुको स्मरण गराएर  नेपालको प्रजातान्त्रिक भनिने राजनीतिक दलको वास्तविक अनुहार उदांगो पारिदिनु भएकोमा उहाँलाई मुरी मुरी धन्यबाद. कुशासन तथा मूल्यहीनताका महानायक गिरिजा प्रसाद कोइरालाको वरद संरक्छत्वमा  छयालीस पछिको  प्रजातन्त्रको सफलतापूर्वक  दाहसंस्कार भएको याद ताजा नै छ . अहिलेको तथाकथित  लोकतन्त्रको नैतिक धरातलको बारेमा त कुनै नि भ्रम सायद नै कसैलाई छ होला .तर गूंडाराजमा आफ्नो अपार तथा दृढ  विश्वास र यो बुख्याँचा लोकतन्त्रलाई पनि एक लफ्फाजी तथा नौटंकीमा अनुवाद गर्न सक्ने आफ्नो क्ष्यमताको प्रदर्शनमा नचुकेकोमा नेपाली कांग्रेसलाई मुरी मुरी बधाई छ. Last edited: 18-Dec-11 01:42 PM

tenthfractal · Dec 18, 2011 1:39 PM

अब यो नेपाली काङ्रेश्लाई नै शाहीद बनाउने बाटो हो । लास माथि राजनीति गरेर जनतालाई दु:ख दिने काङ्रेश्का गुण्डा नेताहरुलाई धिक्कर छ । सबै गुण्डाहरु कुनै न कुनै दलमा संलग्न छन र नेताहरुलाई कमिसन भुझैरहेका छन । तिनिहरु सबैको एसरिनै आन्त हुनेछ र ति गुण्डाहरुले पलेका नेताहुरुले एसै गरी नुनको सोझोको लागि महान गुण्डा शाहीद को लागि भनेर हामीलाई धुख दिनेछन । बरु यि गुण्डा नेता हरु मर्नु भनेको देशको लागि भलाई नै हो , तेसैले "गुण्डा शाहीद " घोषणा गरिदिय हुन्छ .

dbst · Dec 18, 2011 2:36 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all