३ करोडभन्दा बढी हिनामिना गर्ने लेखापालको सम्पत्ति रोक्का सुजित महत काठमाडौ, मंसिर २१ - आन्तरिक राजस्व विभागको धरौटी खातामा रहेको ३ करोड ३६ लाख रुपैयाँ हिनामिना गरी फरार लेखापाल पीताम्बर पोखरेलको सम्पत्ति रोक्का राखेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाही प्रक्रिया सुरु छ । पोखरेलले आर्थिक वर्ष २०६६/६७ देखि करिब ५० वटा चेक किर्ते गरी राजस्व खातामा रहेको रकम झिकेर हिनामिना गरेका थिए । 'मुलुकभरि रहेका सबै चलअचल सम्पत्ति रोक्का गरी अनुसन्धान सुरु गरिएको छ,' अख्तियार प्रवक्ता ईश्वरीप्रसाद पौडेलले भने । विभागसम्बद्ध स्रोतका अनुसार पोखरेलको धापासीमा एक रोपनीमा बनाइएको भव्य घर छ । तर उनले बैंकबाट ३ करोड रुपैयाँभन्दा बढी ऋण लिएको फेला परेको छ । यसरी भयो हिनामिना करदाताले विभागको प्रशासनिक पुनरावलोकन समितिमा मुद्दा गर्दा राख्नुपर्ने रकम, टेन्डर प्रतिस्पर्धामा भाग लिँदा राखेको धरौटी तथा चलचित्र विकास शुल्कबापत उठेको राजस्व धरौटी खातामा जम्मा हुन्छ । करदाताले मुद्दा जिते पुनरावलोकनको धरौटी फिर्ता पाउँछन् । टेन्डर नपरे धरौटी रकम फिर्ता हुन्छ । यस्तै चलचित्र विकास शुल्कको ९० प्रतिशत रकम विकास बोर्डले पाउँछ । धरौटी फिर्ता दिन चेक बनाउँदा प्रक्रिया पूरा गर्ने क्रममा पोखरेलले गोस्वारा भौचर तथा चेकमा फिर्ता दिनुपर्ने वास्तविक रकम उल्लेख गरी जिम्मेवार अधिकारीको हस्ताक्षर गराएपछि चेकमा आफैंले अंक थपेर बढी रकम झिकेको विभागले गरेको छानबिनमा फेला परेको छ । 'भौचर र चेकको अर्धकट्टीमा ३५ हजार उल्लेख भए पनि राष्ट्र बैंकबाट ९ लाख ३५ हजार रुपैयाँ झिकेको पाइयो,' विभागका उपमहानिर्देशक मधु मरासिनीले भने, 'हस्ताक्षर गराएपछि आफैंले ३५ हजारको अगाडिपट्टि नौ थपेको देखिन्छ ।' भौचर तथा चेकमा जिम्मेवार अधिकारीको सही किर्ते गरेर पनि रकम निकालेको फेला परेको छ । उनले यसरी बढी रकम झिकेको चेकमा विभागको प्रशासन हेर्ने उपमहानिर्देशकहरू नवराज भण्डारी, खुमराज पुञ्जाली, कृष्ण देवकोटा र विष्णु नेपालको हस्ताक्षर छ । यसबाहेक विभागका एकदर्जन जति निर्देशक (उपसचिव) को हस्ताक्षर चेकमा छ । हिनामिनामा राष्ट्र बैंकको थापाथलीस्थित बैकिङ कार्यालयको कर्मचारीको पनि मिलेमतो रहेको छानबिनमा संलग्न एक अधिकारीले भने । बैंकले ५० हजार रुपैयाँभन्दा बढीको भुक्तानीमा तलबभत्ता वितवरणजस्तो तत्काल नगद दिनुपर्ने भए मात्र नगद दिन्छ । नत्र एकाउन्टपेयी चेक दिनुपर्छ । तर बैंकले पोखरेलले पठाएका चेकमा १७ लाख रुपैयाँसम्म नगद भुक्तानी गरेको छ । 'चेक दिए पनि क्लियरिङ नभई चेक फिर्ता हुँदा पनि राष्ट्र बैंकले नगदै दिएर पठाएको छ,' छानबिनमा संलग्न ती अधिकारीले भने । भुक्तानी भएको रकम घिमिरेले साढुभाइ खगेन्द्र लामिछाने, भतिजा अभिषेक पोखरेल र फणीन्द्र घिमिरेको नाममा पनि जम्मा गरेको फेला परेको छ । यसरी पत्ता लाग्यो हिनामिना भर्खरै बहाली भएका महानिर्देशक टंकमणि शर्मालाई 'बि्रफिङ' गर्न लेखा शाखाले तयारी गर्ने क्रममा हिनामिना पत्ता लागेको थियो । छानबिनमा संलग्न अधिकारीका अनुसार लेखा अधिकृत ईश्वर श्रेष्ठले धरौटीतर्फको विस्तृत विवरण दिन भनेपछि पोखरेलले ९ गते कागजको चिर्कटोमा खातामा रहेको रकम उल्लेख गरी हिँडेका थिए । शंका लागेर श्रेष्ठले पोखरेलको घर्रा खोलेर हेर्दा केही शंकास्पद भौचर फेला पर्‍यो । विभागको विवरण राष्ट्र बैंकमा रहेको खातासँग भिडाउँदा रकम हिनामिना खुलासा भएको थियो । विभागका अधिकारीले भोलिपल्ट बि्रफिङका क्रममा सोधपुछ गरी नियन्त्रणमा लिएर अख्तियार बुझाउने योजना बनाएर सादा पोसाकका प्रहरी बोलाएका थिए । सोधपुछका क्रममा उनले महानिर्देशक समक्ष ४० लाख रुपैयाँ मात्र हिनामिना गरेको स्विकार्दै कारबाही गरे अरू दर्जनौं अधिकृत फस्ने चेतावनी दिए । रकम तिराएर घटना सामसुम पार्ने सहमति भएपछि उनले अघिल्लो दिनको मितिमा ४० लाख हिनामिना भएको निवेदन लेखेर एसबिआई बैंकको चेक दिएका थिए । 'उनी चढेर आएको निजी कारको साँचो अफिसमै राखियो,' छानबिनमा संलग्न ती अधिकारीले भने । तर भोलिपल्ट पोखरेल उपस्थित भएनन् । चेक साट्न जाँदा उनको खातामा १० लाख रुपैयाँ मात्र पाइयो । उनलाई टेलिफोन गर्दा पोखरेलले 'मुटु हुनेले खाने हो, खाइदिएँ जे गर्नुछ गर्नु' भनेर चुनौती दिएका थिए । यसपछि विभागले कारबाहीका लागि अख्तियार पठाएको थियो । आफू अघिको नेतृत्व सतर्क नहुँदा पोखरेलले दुई वर्षभन्दा बढी समय रकम हिनामिना गर्दा पत्ता लाग्न नसकेको महानिर्देशक शर्माले बताए ।
_____ · Dec 8, 2011 12:54 PM · 4,243 views
Bravo; It is the reason we are 154th list on the corrupt country. Which crime is bigger - Karki's or Pokherel's.
MaGorkhe1 · Dec 8, 2011 7:35 PM
यो पनि पढ्ने कि ? 'जर्नी टु यार्सा’ भर्सेस 'जर्नी टु सिंहदरबार’ अखण्ड भण्डारी 'हे र्नुस्, सातु र छ्याङ मिसाएर यसरी पिउनुपर्छ ।' 'यसरी पिउँदा के हुन्छ ?' 'भोक लागेका बेला भोक मर्छ !' ...संवाद सुनेर दर्शक गलल्ल हाँस्छन् । परर ताली बज्छ । गफ हाँसउठ्दो छ तर मर्म रुवाउने खालको । दीपेन्द्र भण्डारीको डकुमेन्ट्री फिल्म 'जर्नी टु यार्सा' नेपालको हिमाली भेगको गरिबीको जीवन्त चित्र हो । हिमालतिर पाउने यार्सा धेरै महँगो छ । त्यसलाई टिप्न त्योभन्दा धेरै गाह्रो छ । दुई महिनाका लागि सबैका घरमा ताला लाग्दै छन् । खाने, लाउने, ओढ्ने, ओछ्याउने, बालबच्चा, भेडा, कुखुरा जे छन्- सबै बोकेर लाग्छ ताँती अनकन्टार उकालो । काठमाडौंमा बस्नेको हेर्दै आङ सिरिङ्ग गर्ने भीरैभीर बडेमाका भारी बोकेका हजारौं बासिन्दा अघि बढिरहेका हुन्छन् । डोकामा पोकैपोका, त्यसमाथि खस्ने डरले डोरीले जेलिएका नानीबाबु ! सम्झँदा लाग्छ, हरिभक्त कटुवालको कविताजस्तो- यो जिन्दगी खोइ के जिन्दगी ! यार्सा टिप्ने शुल्क, त्यहाँ लाग्ने खर्च- सबै साहुको भर । यार्सा पाइएन भने त्यो पनि डुब्ने डर । राम्रो लाउने र खाने अनुहारसम्म नदेखेका त्यहाँका बासिन्दाले धन्न भाग्यले दिएको यार्सा जुटाएर आधा पेट पिठो भर्न पाएका छन् । सानो कल्पना गरौं- यार्सा नहुनु हो भने उनीहरू कसरी बाँच्दा हुन् ? कति गरिब छ हाम्रो देश, कति दुःखी छन् यहाँका नागरिक ! कहिले पानी, कहिले हिउँ ! कतिको मृत्यु हुन्छ । कति लेक लागेर पालभित्रै थला पर्छन् । कतिका हातखुट्टा हिउँले खान्छ । दुःखले जुटाएको यार्सा कहिले डाँकाले लुटिदिन्छन् । तर, पनि गुजारा त्यही हो । हरेक वर्ष त्यसरी नै मेला लाग्छ । बडो दुःखले आर्जेको केही हजार कमाइलाई 'भाग्यको फल' भन्दै त्यहाँका बासिन्दा पैसा थापेको दिन मीठो मुस्कान छर्छन् ! फिल्म प्रदर्शन सकिन्छ । दर्शकले दीपेन्द्रलाई सोध्छन्, 'तपाईंले मुख्य पात्र बनाएकी पुनीमाया कामीलाई के सहयोग गर्नुहुन्छ ?' अर्को सुझाव आउँछ, 'दीपेन्द्रजी, यार्सा टिप्दा सबैभन्दा समस्यामा पर्ने बालबालिका रहेछन् । तपाईंको फिल्मको कमाइले उनीहरूका लागि त्यो ठाउँमा डे-केयर बनाइदिए हुने थियो ।' डकुमेन्ट्री फिल्मको कमाइ कति नै होला र ! त्यसमाथि एक्लो मेहनतले पहिलो फिल्म बनाएको बन्दीपुरे ठिटो दीपेन्द्रसँग त्यति धेरै विकास गरिदिने हैसियत कहाँबाट होला र ! तैपनि उनले भने, 'पुनीमायाका दुइटा साना छोराछोरीलाई राम्रो स्कुलमा ल्याएर पढाउने तयारी गर्दै छु ।' यो त थियो उपल्लो रुकुमको फिल्म । ............................. आउनुस्, एकछिन लागौं 'उपल्लो काठमाडौं' को फिल्मतिर । 'हेर्नुस्, ब्ल्याक लेबलमा हनी -मह) मिसाएर यसरी पिउनुपर्छ ।' 'यसरी पियो भने के हुन्छ ?' 'मज्जाले लाग्छ !' ...न कोही हाँस्छ, न कसैले ताली बजाउँछन् । दीपेन्द्रले काठमाडौंकै फिल्म बनाए भने संवाद यस्तै राख्न सक्छन् । अर्को संवाद यस्तो हुन सक्छ- 'मेरो पजेरो छँदै छ, श्रीमतीको प्राडो । छोराको ल्यान्डरोभर, छोरीको टक्सन । अब चमेलियाको एउटा चिल्लो गाडी ल्याउन पाए...!' 'चमेलियाको गाडी ल्याउन पाए के हुन्छ ?' 'के हुनु, मस्ती हुन्छ नि !' ...अहँ, ताली बज्दैन । रुकुमको फिल्ममा दुःख छ, काठमाडौंको फिल्ममा मस्ती ! रुकुमको फिल्ममा घाँसलाई साग मानेर पकाइरहेको एउटा दृश्य छ । काठमाडौंको फिल्ममा कुखुरालाई बर्ड फ्लु लाग्यो भनेर वनबाट कालिज झिकाइरहेको दृश्य हुन सक्छ । आखिर काठमाडौंको फिल्मका हिरोहरू रुकुमका जनताले पनि छानेका हुन् नि ! तर रुकुम सधैं रुकुम छ, काठमाडौं सधैं काठमाडौं । त्यही भएर सर्वोच्च अदालतले भनिदियो- 'खबरदार ! काठमाडौंको फिल्म अब यसरी निस्पिmक्री चल्न पाउँदैन ।' हुन पनि हाम्रा नेताहरू स्वार्थी भए । उनीहरूको जम्माजम्मी ध्याउन्न देश लुटेर आफ्नो दुनो सोझ्याउन केन्दि्रत छ । एकादुईलाई छाड्नु हो भने सबै उही ड्याङका छन् । आफूलाई राष्ट्रवादी भन्ने तत्कालीन राजादेखि साम्यवादी भन्ने माओवादीसम्ममा कोही फरक देखिएनन् । सत्ताको झगडामा सबै उत्तिकै लागे । सत्ता पाएपछि लुटपाटमा कोभन्दा को कमको शैली अपनाए । हिमाली भेगका जनता घर र स्कुलमा ताला लगाएर लालाबालासहित यार्सा टिप्न उकालो चढ्छन् । अलिकति अवसर पाएका नेताहरू साइकलबाट पजेरो हुँदै लालाबालासहित महलको बार्दली चढ्छन् । पद पाउन्जेल ब्रह्मलुट गर्छन् । पद सकिएपछि साबिकका सुविधाहरू बोकेरै र्फकन्छन् । राज्यका भ्रष्टाचार हेर्ने, नियमकानुन अनुगमन गर्ने, बदमासी गर्नेलाई घोक्रेठ्याक लाउने सबै निकाय उनीहरूसँग छुलछुली हुन्छन् । एकपटक शक्तिमा पुगेको व्यक्तिलाई छुने त परै जाओस्, औंलो उठाउने हिम्मतसम्म कसैले गर्दैनन् । त्यही भएर अराजकता, स्वेच्छाचारी, अनियमितता र मनपरीतन्त्र हावी भएको हो । यही कथामा आधारित फिल्म काठमाडौंमा २२ वर्षदेखि उत्तिकै हिट छ । कसैले ताली नबजाए पनि अपार भीडका साथ चलेकै छ । त्यसको हिरो बन्न हारालुछ भएकै छ । पात्र बदलिरहने र शृंखलाका रूपमा आउने त्यो फिल्म हो- 'जर्नी टु सिंहदरबार !' .......................................... दीपेन्द्रले भने, 'फिल्म बनाउँदा लागेको खर्च उठ्यो भने भयो । बाँकी सबै रुकुमतिरै पठाइदिन्छु ।' तर, हाम्रा प्रधानमन्त्री र मन्त्री भएका नेताहरू भन्छन्, 'मौका पायौं भने भयो । भेट्टाएजति कुम्ल्याएर घरतिरै लान्छौं । गाडीदेखि साडीसम्म केही बाँकी राख्दैनौं ।' यही हो दुइटा फिल्मको फरक । काठमाडौंको फिल्मका हिरोहरूले देश लुट्न छोड्ने हो भने मात्र पनि रुकुमका पुनीमायाहरूको 'जर्नी टु यार्सा' का दुःखद दिन सकिने थिए कि ! Source Kantipur
bhakte dai · Dec 11, 2011 10:58 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion