इश्वर यो हो !!!!!

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

इश्वर, बुझे, पुजे हुन्छ, नबुझे डस्टरले पुछे हुन्छ, इश्वर, आस्था हो, गाथा हो , अस्थिर मनको साथी हो, अस्थिर तनको सारथी हो, मन्दिरको घन्टा बजाउदैमा, भक्ती भजन भजाउदैमा इश्वरले दर्शन दिने हैन, नबजाउदैमा नभजाउदैमा दूर दर्शन हुने हुने हैन हरेक मान्छे को अत्ममा, हरेक मान्छेको भावमा इश्वर हुन्छ अल्लाह मा इश्वर जिसस मा इश्वर इमान मा इश्वर इमाम मा इश्वर चिन्न सके, देख्न सके , जतात्तै इश्वर हुन्छ । दु:खमा साथको लागि हाथ चाहिन्छ भन्ने छैन मन को शान्ती ठुलो महल र मल मा हुन्छ भन्ने छैन । बुझेर केही बिग्रिन्न पुजेर केही बिग्रिन्न त्यसैले बुझे पुजे हुन्छ नबुझे पुछे हुन्छ।   

rahulvai · Dec 7, 2011 11:10 AM · 32,846 views

16 Replies

वाह वाह वाह गज्जब को जवाफ ईश्वर के हो भन्ने हरु लाई

serial · Dec 7, 2011 11:22 AM

वाह ! कस्तो सुरिलो भाव ! जे परे पर्ला मैले त बंगाइदिये है ठुल्दाइ हरेक मान्छेको आत्मामा, हरेक मान्छेको भावमा इश्वर हुन्छ गुगलमा इश्वर हुन्छ स्काइपमा इश्वर हुन्छ ईन्टरनेट फास्ट हुनु पर्छ जताततै इश्वर हुन्छ । फेसबुकमा इश्वर हुन्छ साझामा इस्वर हुन्छ यो मन जता रमाउछ हरेक ति बस्तुमा इश्वर हुन्छ  

ritthe · Dec 7, 2011 11:42 AM

राहुल दाई सँग सवल जवाफ गर्न कस्को हिम्मत त्यो माथि साहित्य मा । राहुल दाई लाई त साझा को अघोशित महा-कबी भन्दिये मैले त ।

amricane · Dec 7, 2011 12:38 PM

बहुत सुन्दर ठुल्दाइ .... बिजय सरलाई ठुल्दाइको जवाफ पुर्याइदिन्छु । आफूलाई ठुल्दाइको ठूलो फ्यान भनेर ठिकै भनेको रहेछु

Geology Tiger · Dec 7, 2011 12:56 PM

Very well said. Provides a good answer to religous fanatics and atheists alike.

Stiffler · Dec 7, 2011 1:09 PM

"बुझे पुजे हुन्छ, नबुझे पुछे हुन्छ"   ठूल्दाई गजब लाग्यो! अन्तिम एक हरफ नै पुग्दो लाग्यो!

Birkhe_Maila · Dec 7, 2011 2:10 PM

वाह  ठुल्दै वाह  Thuldai is back एसो म पनि दुई line दिम " गएको थिँए मन्दिरमा फुल चढाउन पाप मेटिन्छ भनि गाको, कोपिलाको बलि पो दिएछु"

Mulmiz · Dec 7, 2011 2:11 PM

 wah wah wahhhhhhh!!!!

राछस · Dec 7, 2011 3:13 PM

"...god ra religion..." thread me yoh kabita asti nai aako bhaye, sab bak-bak teti nai bela sakinthyo.. ahhahahha

bittertruth · Dec 7, 2011 6:01 PM

लहरे, इश्वर के हो भन्नेलाई जवाफ भन्दा नि इश्वर यो हो भन्ने मनमा लागेको लेखेको हुँ। रिट्ठे, हो रिट्ठे , मनले माने इश्वर जता ततै छ, गुगलमा पनि मुगल मा पनि चिकंमुगल पनि हुन्छ । अम्रिकाने, यसो दुइचार लेख्दैमा कहाँ महाकबी भईन्छ र ?? मनमा लागेको दुइचार कुरा लेखेको मात्र हो । स्टिफर, धर्म र पाप भन्दा नि आस्थाको कुरा हो। मस्जिद, मन्दिर , गुरुद्वारा, गुम्बा वा चर्चमा शिर झुकाउदैमा सानो भैइन्न। बिर्खेबा, बुझ्नेलाई ईशारा नै काफी छ, मखुला ?? मुल्मी, दुई लाइन अझ सुन माथि सुगन्ध भयो । धन्यवाद । राक्षस, वाह वाह् को लागि धन्यवाद । तितो सत्य (bittertruth) धार्मिक बिबाद मा तर्क गर्नु मलाई पनि छैन । इश्वरको अस्तित्व छ तर तपाईं त्यसलाई कसरी लिनु हुन्छ भन्ने मात्रा मेरो धारणा हो । धन्यवाद ।

rahulvai · Dec 8, 2011 12:24 PM

Thuldai super like your poem. I am a same kinda a believer as you mentioned in poem when it comes to god.

NitiSa · Dec 10, 2011 2:45 PM

  अब  मै हुँ भनौदा ज्ञाताहरुको भनाइमा  पूर्णबिराम लग्ला कि.....

raju161 · Dec 10, 2011 3:38 PM

जुगौं पछी साझा भित्र पसेको राहुलभाइको कबिता पढेपछी लग इन गर्न वाध्यै पार्यो

sayami · Dec 10, 2011 6:05 PM

"कविता ले भित्र अन्तरात्मा छुन्छ, परमात्माले सजिलै सुन्छ , अनि मनको मयल सबै धुन्छ" भन्थे , यो कविताले कता कता मलाई तेही भावना तिर लग्यो..... मिठो मर्म छुने मन छुने रचना दाइ . - थाहा छैन

ThahaChaena · Jul 9, 2014 10:59 AM

गजब लाग्यो कविता. मैले त बुझिन त्येसैले duster ले पुचिदिये तर कविता गज्जब छ अनि तपाइको भावना को कदर..

Bhaute_Kaji · Jul 9, 2014 12:24 PM

Thanks for stating my philosophy: बुझेर केही बिग्रिन्न पुजेर केही बिग्रिन्न Loved it.

Kiddo · Jul 9, 2014 7:20 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all