मलाई यो कविताको बिषयवस्तु र भाव राम्रो लागेर मात्र साझाका साथीहरुमाझ बाडेको हुँ । यसको भावप्रति मेरो सहमति वा असहमति केही पनि छैन । के हो ईश्वर? डा. विजयराज शर्मा कोलोराडो, अमेरिका के हो ईश्वर? जसलाई बुझ्नै सकिन्न जसलाई जान्नै सकिन्न जो छ तिम्रो समझबाहिर त्यही हो ईश्वर । नसुल्झने पहेली हो ईश्वर । के हो ईश्वर? सुखको वर्षा भए जसलाई तुरुन्त जस दिन्छौ तिमी दुखको बज्र खसे जसलाई रुँदै सराप्न सक्दैनौ तिमी त्यही हो ईश्वर । मतलबी हुन्छ ईश्वर । के हो ईश्वर? हुन्न उ तिम्रो साथ तर संगै रहेको भ्रम दिन्छ जो मेरै साथ छ भन्ठान्थ्यो तर विपतका बेला संगै हुन्न जो त्यही हो ईश्वर । भरपर्दो हुन्न ईश्वर । के हो ईश्वर? नबन्छ उ लौरो, सहारा दिने नबन्छ हतियार, प्रतिरोध गर्ने छाड्छ मानिसलाई जो निरीह सबै दुखसंग आफै लडनुपर्ने त्यही हो ईश्वर । बाँदरको पुच्छर हो ईश्वर । के हो ईश्वर? हो उ फगत मन भुलाउने तर्क रुमलिरहन्छ जो सबैको मनभित्र तर मानिस खोजी हिँड्छ बाहिर बाहिर त्यही हो ईश्वर । अज्ञानताको अर्को नाम हो ईश्वर ।
Geology Tiger · Dec 6, 2011 5:43 PM · 22,070 views
WOW. That's all I can say! Thanx for sharing GT
Pulsar_Beat · Dec 6, 2011 5:57 PM
जिते राम्रो कविता पोस्टेकोमा धेरै धेरै धन्यवाद, हामीले पनि पढ्न पाइयो। सही कुरा लेख्नु भएको छ कवीजिले सांचै ईश्वर भनेको एउटा भ्रम मात्र हो।
sunayani · Dec 6, 2011 6:34 PM
Thumbs up to the original writer ! GT bro lai 'thanks for sharing Macys'
ritthe · Dec 7, 2011 9:16 AM
मलाई त यसको भाव एकदम सरल, सिधा र निर्दोश लाग्यो जुन जुन शब्दले जे जे जनाऊनुपर्ने हो त्यहि जनाईराखेको। कहिलेकाहिँ लेखाईको विषयवस्तुमा अति नै बढि ध्यान जाँदा लेखाईको शैलीमा ध्यान कम पुग्न पुग्छ! जितेलाई धन्यवाद् कविता यहाँ टाँसिदिएकोमा।
Birkhe_Maila · Dec 7, 2011 10:39 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion