भद्रगोल जेल ! ! !

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

भद्रगोल जेल मित्रहरु आज म तपाईंहरुलाई भद्रगोल जेल को कथा भन्न गैरहेछु । यो कथा मेरो हैन। मुक्ती योग्दा खड्ग मान सिंह को "जेल मा २० बर्ष"  पुस्तकबाट सभार गरेको हुँ । यो पुस्तक झन्डै २५ बर्ष अघी पढेको थिए। सम्झना भरिका समलहरुलाई जोड्जाड गर्ने ध्रिष्टता गरेको छु । आशा छ गल्ती भए माफि दिनु हुने छ । खड्ग मान सिंह १९८७ देखी २००७ सम्म राणा शासन बिरुद्ध को राज द्रोह मा जेल पर्नु भएको र जेल मा भोगेका देखेका कुराहरुलाई लिपी गर्नु भएको थियो पुस्तक "जेलमा २० बर्ष"। अंग्रेजी मा Gaol को अर्थ जेल नै हुन्छ । भद्र गोल जेल , शाहरै अस्तब्यस्त वा अब्यबस्थित भएर भद्रगोल जेल रहन गएको हैन । भद्रगोल जेल कसरी हुन गयो , अब सुन्नुस् । जुद्ध शमशेर महाराज प्रधान मन्त्री भाको बखत को कुरा हो यो । १९८९ देखी २००२ बिक्रम सम्बत, जुद्ध शमशेर कालिन समय थियो । राणा शासन बिरुद्ध संगठित रुपमा प्रजापरिषद लगायत संघ सस्था लागि सकेकाथिए । धेरै जसो त्यती बेलाका क्रान्तिकारीहरु राज द्रोहमा जेल परिसकेका थिए। त्यतिबेला एउटा मात्र अधिकारिक जेल थियो सेन्ट्रल जेल । त्रिपुरेश्वर ओरालो को प्रारम्भ मै जङगी अड्डा को सामुन्ने, खाने पानी संस्थान को कार्यालयको पछाडि जगन्नाथ देवलमा सेन्ट्रल जेल अवस्थित छ । सेन्ट्रल जेल कै एउटा खण्ड लाई हाल सम्म पनि भद्रगोल जेल भनिन्छ । जुद्ध शमशेर महाराज तरुनी को मामला मा कमजोर भन्ने कि बलियो , अन्यौलमा छु । शहर मा नयाँ तरुनी देख्नै नहुने । नयाँ नयाँ शिकार को खोजिमा तत्कालिन शहरको केन्द्र बिन्दू नयाँ सडक , ईन्द्रचोक , असन , कमलाछी आदी स्थान मा सन्ध्याकालिन शयर गर्नु हुन्थ्यो । सरकार को आँखा सडक को दाँयाबाँया का झ्याल र वरण्डामा हुन्थ्यो । धेरै जसो घरमा शायद महाराज कै डर ले होला तिकी झ्याल अर्थात बुट्टे दार काठको सानो सानो प्वाल मात्र भएको खापा हुन्थ्यो । भित्रबाट देखिने तर बाहिरको ले देख्न मुश्किल हुने । तै पनि महाराज को तेजिलो नजर कुनै न कुनै नयाँ केटी माथि पर्थ्यो र तत्काल आठपहरिया ( प्रहरी )  मार्फत सरकार को यौन सन्तुष्टी को लागि बल पूर्वक उपस्थित गराइन्थ्यो । यस्तै मा एक दिन नयाँ सडक अर्थात जुद्ध सडक को एउटा घरको झ्यालमा जुद्ध शमशेर को आँखा गढियो । भर्खरकी १५-१६ बर्ष टेकेकी माथि र्‍याल काढ्नु भयो । तत्काल आठपहरियाहरुलाई उठाइ ल्याउनु भन्ने हुकुम गरी मिठो यौन रश्वासदन को कल्पना गरी बग्गी चढी दरबार फिर्ती हुनु भयो। आज्ञा बमोजिम आठपहरियाहरु त्यो घरमा पुगी आदेशाअनुसार गर्न जादा असफल भए । त्यो घर तत्कालिन एक मात्र नेपाली चिकित्सक को घर परेछ । डाक्टर साहेबको नैतीकताले र स्वाभिमानले  आफ्नी छोरीलाई यसरी  कसैको यौन खेलौना बन्न दिन अनुमती दिएन र ठाडै अस्विकार गरे । अनेक डर धम्की दिदा पनि मानेन । हार मानेन आठअपहरियाहरु फर्के । बिचरा आठपहरियाहरु पो नामर्द ठहरिए  र कार्यबाहिमा परे । उता जुद्ध शमशेर महाराज शाही क्रोधमा आगो । अर्को एक दफ्फा उच्च सैनिक आधिकारि सहित् दोब्बर आठपहरियाहरु पठाइ जसरी भए नि उठाइ ल्याउनु भन्ने हुकुम जारी भयो । क्रमश :  

rahulvai · Dec 6, 2011 11:03 AM · 31,903 views

17 Replies

बल्ल केइ रमाइलो आयो, ल ठुल्दाइ यो त सार्है छोटो भो क्या। अलिक स्क्रोल गर्न पर्नी गरी पोस्टिन परो क्या। 

perfectionist · Dec 6, 2011 11:21 AM

बडा इन्टेरेस्टिङ हुँदैछ कथा अली लामो लामो लेख्नु पर्‍यो ठुल्दाइ

serial · Dec 6, 2011 11:35 AM

ठूल्दाई, २0 वर्ष अघि पड्नुभएको वृतान्त कति ताजा!   ल पस्कँदै गर्नुस मजाले पढौँ खड्ग मान सिंह को भोगाई!

Birkhe_Maila · Dec 6, 2011 12:02 PM

मलाई पनि ५० बर्ष अघि हर्ष पुन: अर्थात फेरी खुसी भन्ने नाटक हेरेको संझना आयो। नाटकको मन्चन हाँडीगाउले सरसोती मन्दीर अघिको डबलीमा भएको थ्यो। हेमन्त ऋतुको बेला। अपरान्हको समय। बादल लागेको आकास। बतासमा चिसो पन अनि कम्पन पनि। नाटकको स्वघोषित मुख्य पात्र बाङ्गे कैले भाते देउता थान तिर अलि झस्केर नभए सत्तेनारनथान तिर बाट आउने सिंढीमा मस्केर हेर्दो थ्यो। नागबेली बुट्टाको नीलो स्वेटर, खरानी रंगको प्यान्टस लगाएको, स्वेटर भित्रको सर्टमा डनहीलका तीन चार खिली जतनले राखेको, भगबतीथान पछी हीटरजल सेबन गरेर आएको उ डबलीमा एक्लै उभिएको थ्यो। उस्का मित्रहरुका बथान भगबतीथान बाट आउने बाटोको दखिन तिर उस्कै आदेशमा पंक्तिबद्द थिए। तल ढुङ्गेधाराबाट कुनै पनि बेला सिँढी उक्लीदै आईपुग्न सक्ने उस्की मनमीतका हेराई डबलीमा पोखिँदा केबल उसैले मात्रै उठाउन पाओस भन्ने उस्को मनसाय मित्रहरुलाई एक एक खिल्ली चुरोट दिदै अघि नै स्पस्ट पारीसकेको थ्यो। सिंढी बाट मनमीत उक्लेकी मात्रै के थिई, बाङ्गे उम्लीने बेलाको पानी जस्तो बिचलित भयो। पंक्तीबद्ध मित्रहरु पनि जुर्मुराए। मनमीतले डबली तिर हेरी, बाङ्गे एक कदम अघि बढेको मात्रै के थियो, मनमीतले स्वरलाई पार्न सम्मको रुखो पारेर भनी "मोरा!" बाङ्गे टक्क रोकियो, मित्रहरु मूर्तीबत भए। भाते देउता थान तिर बाट तीन चार जना आए। बाङ्गेलाई घेरे। जेठान पर्नेले त त्यै नागबेली स्वेटर च्यापेर डोरी झै बाङ्गेलाई बटार्यो पनि। घारघुर भो। मित्रहरुले पनि धुवाँको सोझो गरे। बाङ्गेले हात हाल्ने, बोली फ्याल्ने केही गरेन। तमासा तितर बितर भयो। पहिलो दृष्य सकियो। भगबतीथान तिर फेरी बाङ्गे र उस्का मित्रहरु लागे। बाङ्गेलाई "तैले एक इसारा देको भए जम्मैलाई एकै सटाँ भ्वाक भ्वाक" भन्नेमा सबै अग्र पंक्तीमा। भगबतीथान पछाडी चुरोट बितरण र मत बिबरण भयो। बाङ्गे अझै चुप र शान्त। सन्केछ कि भन्ने त्रासमा मित्रहरु परे। बाङ्गे फेरी डबली तिर लाग्यो। अघि ईसारा गर्या भे एकै सटाँ भ्वाक भ्वाक भन्नेहरु रात पर्यो यार घर जाम अब भन्न थाले। डबली पुग्नु अघि नै अघि की मनमीत भेटीई फेरी बाटोमा। बाङ्गेले भन्यो "भकुरे पनि दुस्मनलाई पो भकुर्नु पर्छ -- जेठानले त्यसरी ज्वाईँलाई डबली हुँदी भकुर्दै हिन्ने हो त? सम्झाई देउ है दाईलाई--" मनमीतले केई भन्नु अघि नै बाङ्गे फनक्क फर्कियो। उस्को हिनाई तेजथ्यो। मित्रहरु उ भन्दा तेज गतीमा थिए। दोश्रो दृश्य त्यही भो -- तेस्रो दृश्यमा हर्ष पुन: अर्थात फेरी खुसी आउँछ। त्यो अरु कुनै दिन। अहिले लाई यति भनी राखम त्यो फेरी आउने खुसी मनमीतको हो। ए अनि कुरा पुरानै भए नी ५० बर्ष पुरानै चैं होईन। दिन दिन परे पछी भनेर फसमै लट्टे देको क्या। ****** राहुलभाई प्रभो, जाओस जाओस। प्रस्तुती महाबौधमा टोकन लिएर बस्दा बिर्को खोले पछी फैलीने त्यो बास्नाले भोक अरु बिच्काए झै छ--

Deep · Dec 6, 2011 2:15 PM

पैसोके पैसो तान्छ भन्या जस्तो, राम्रो लेखनकलाले अर्को लेख तान्छ!   ठूल्दाiको स्मरण धागोले दीपको स्मरण ताजा गराईदेछ! छोटो भए नि बाङ्गेको कुरो पढेर हाम्रो नि दिनभरि कामको चापले अनि हाकिमको रापले चालरहित बनेको थुतुनोका तन्तुहरु अलिकता बाङ्गिए मुस्कानमा!   त्यो बिर्को खुलेर माथि टांगिएपछिबाट आफ्नो नम्बर नआएसम्मको भोकको बयान त कसरि गर्नु, अहिल्यै बोक बल्झिएर आयो, कठै.......पाँच डल्ला सकिँदा नसकिँदै प्लेटमा भएको सुप सिनित्त पारेर थप्न तम्तयार भएर बसिन्थ्यो!

Birkhe_Maila · Dec 6, 2011 2:50 PM

ठुल्दाइ को खड्ग मान सिंह को भद्रगोल जेल रोचक जादैछ है ! अरु पनि चाडै थप्दै गर्नु होला !  माथि बिर्खे बा ले भने जस्तै  २० बर्ष अघी पढेको पुस्तक को याद अझै पनि क्या ताजा ! दीप ब्रो को मनमित को कथा पनि उत्तिकै मनोरन्जनात्मक छ ! एउटा छुट्टै धागो खोलेर ठेल्दिये हुन्छ प्रभु !

ritthe · Dec 6, 2011 3:06 PM

 ठुल्दाइको सम्झना शक्तिको त जति बयान गरे पनि पुग्दैन .... जे होस् नेपाली ईतिहासको अर्को एउटा अध्याय पढ्न पाइने भयो ..... धन्यवाद ठुल्दाइलाई

Geology Tiger · Dec 6, 2011 5:33 PM

भद्रगोल जेल दोस्रो तथा अन्तिम भाग   निकै रङिन मिजास को महाराजको यो दन्केको आगो सारीको आदेश पालना गर्दै थप दलबल सहित् डाक्टर साहेब को घरमा धावा बोले सैनिक र आठपहरियाहरुको सयुक्त दस्ताले । डाक्टर साहेब पनि कम्ता को थिएन, छोरी लाई अज्ञात ठाउँमा लुकाइ सेनामेना लाई घर्मैइ हुल्न दिएन । श्री ३ महाराज को आदेश -आज्ञा को बर्खिलाप हिम्मत गर्न सक्ने केही जिउदा मान्छेहरुमा परे डाक्टर साहेब । नेपाली त्यो पनि काठमाडौ को नेवार डाक्टरी पढ्या एक मात्र थिए त्यती बेला , बाँकी डाक्टरहरु भारतबाट ल्याइएका केही बङ्गाली र बिहारी डाक्टरहरु मात्र् थिए जस्तो डाक्टर सुशील चन्द्र हल्डर । त्यै भएर पनि महाराज बिरुद्ध अबज्ञाको बिगुल फुक्न सकेको । त्यसो त कुन चाँही अभिबावकले आफ्नो कालेजी को टुक्रा राक्षसी सामु खुशीका साथ पस्किन्थे र । डर त्रासले धेरै ले आफ्न चेलीहरु सिंहदरबार भित्र को कोठीमा चिच्याएको कर्कश आवाज कान थुनेर सुने । बिबश, निरही । यो प्रयास असफल भए सि सेना मेना फर्के, महाराज को कोप भोजन को शिकार हुने नै भए । सबजना  भाटा कार्यबाही मा परे । महाराजको रीसले सिमा नाघ्यो । सेना कै उच्चपदाधिकारी भतिज पर्ने कर्नेल साहेबलाई चाहिने जती सेना लिएर जाने र जसरी भए पनि त्यस सुन्दरिलाई हाजिर गराउने आदेश जारी गरे  महाराज ले । यसपाली भने डाक्टर साहेबको केही सीप लागेन। सेनाले लुकाइ राखेकी चेलीलाई खोजिवरि दरबार को परिकार् बनाइ छाडे। जुद्ध शमशेर महाराज ठुलै युग्द जितेको बिजयी भावमा कलिली चेलीको इज्जत धुजा धुजा पार्दै रात रङ्गिन बनाउन मै ब्यस्त रहे । त्यो कहाली लाग्दो रात डाक्टर साहेबको परिवारको लागि ग्रहण को रात थियो । छटपटाइ बिते । भोली पल्ट बिहानै डाक्टर साहेब ले " मेरी छोरी जुद्ध शमशेरले अपहरण गरी लाग्यो । कसकिको छोरी बाँकी नराख्ने भयो नरपिचासले" भन्दै ब्यापक हल्ला गरी दिए । अस्पताल देखी, बजार , अद्दा अदालत सबै तिर महाराज को चर्तिकला र डाक्टर को हिम्मत को कुराले बजार लियो । त्यो हल्ला यती ठुलो भयो कि सिंहदरबार को पर्खाल ले छेक्न सकेन , रोक्न सकेन । महाराज माथि नभएको नैतीक समस्या आइपर्‍यो । अरु सर्बसाधारणले आरोप गढेको भए पागल घोषित गरी झ्यालखानामा सडाउथे। डाक्टर पर्‍यो , त्यो पनि शहरबासी माझ चिरपरिचित तथा सम्मानित ब्यक्ती । त्यसै त दरबार भित्र श्री ३ को श्रीपेजको लागि अनेक षड्यन्त्र हुने ठाउँ, महाराज बिरोधि क्याम्पले टेन्ट लगाउला भन्ने डर । महाराजले आफु निकट ब्यक्ती हरु सँग यो घट्नाको सुरक्षित अवतरण गराउने बारे छलफल गरे । एउटा उपाय सुझियो। डाक्टर को छोरी उठाइ ल्याउने कर्नेल साहेबलाई आफुले उठाइ लगेको र आँफैले राखेको बयान दिन लगाइ उनिमाथि कार्यबाही गर्ने, गराउने । योजना मुताबिक कर्णेल साहेबले आफुले अपराध कबूल गरेको झ्यालि पिटाइए । महाराज को इजलास मा मुद्दा चलाईए । दुनियाँलाई देखाउन कडा भन्दा कडा सजाय सुनाए । सर्बस्व सहित् जन्म कैद । अब  पर्‍यो अर्को फसाद । सजाय त सुनाइयो , अब कुन जेलमा हाल्ने ?? जनतालाई जेल हालेको त देखाउनै पर्‍यो । कर्नेल साहेब ले -त्यो चोर डाँका , बिद्रोही सँग त्यस्तो जनावर् को खोरमा बस्न सक्दिन भनेर इन्कार गरे । बल्लतल्ल नाटकको रुपमा भए पनि नगरेको अपराध स्विकार गरेका कर्नेल साहेब, अझ केही समयमै जर्नेलमा प्रमोशन गर्ने गरी छुट्ने शर्तमा  , त्यो पनि बहालवाला राणाजी ले दरबारिया सुबिधा बिना जेल जान्न भनी अडान लिनु अस्वाभाबिक हैन । कर्नेल साहेब को जिद्दिपनसँग हार मानेर रातारात सेन्ट्रल जेल भित्र एउटा छुट्टै युनिट निर्माण गरिए । दरबार को सप्पै सुख सुबिधा उपलब्ध हुने गरी । त्यही युनिट मा कर्नेल भद्र शमशेर राखिए । भद्र शमशेरलाई थुन्न बनाइेको उक्त खण्ड तब उपरान्त भद्रगोल जेल नाम ले प्रख्यात भए । अस्तु!!     

rahulvai · Dec 7, 2011 10:23 AM

ल सक्यो ठुल्दाइ एती चाडै जे होस् भद्रगोल जेल लाई किन भद्रगोल भन्या रहेछ भनेर थाहा पाइयो धन्यवाद ठुल्दाइ

serial · Dec 7, 2011 10:46 AM

"भद्रगोल जेल"- यो नामले सधैँ मनमा उत्सुकता ल्याउँथ्यो किन 'भद्रगोल' भनेको होला भनेर। केहि खोजबिन गर्ने जाँगर मनले नै यसको उत्तर दिएर मार्थ्यो " शायद केहि भद्रगोल भएर होला"!  आज बल्ल थाहा भयो! धन्यवाद् ठूल्दाई!

Birkhe_Maila · Dec 7, 2011 10:50 AM

परेफेक्टणिस्ट, छोटो भए नि मिठो भएन र ? हिजो नै अन्तिम भाग समेत राखी दिएं । सेरिल पासा, लामो भए पो लामो लेख्नु , कथा नै छोटो छ । बिर्खेमाइला, २५ बर्ष अघी पढ्या । धेरैलाई थाहा नभएको होला भद्रगोल जेल को रहस्य भनेर लेख्ने जमर्को गरेको मात्र। दीप प्रभु , कथा माथि सुपर कथा थपीदिनु भएकोमा धन्यबाद । रिट्ठे, थपी दिएको छु । जिते , ईतिहास को कालखण्ड ईतिहास को किताब मा नलेखिएको भाग हो त्यो । खड्ग मान सिंह ले नलेखेको भए थोरैलाई थाहा हुन्थ्यो । अरु सब्बै मन पराउने हुने ( लाइक गर्ने )मा आभार प्रकट गर्दै सब्बै मा तारेमाम।  

rahulvai · Dec 8, 2011 8:27 AM

 la balla padhne mauka milayo...maile ta ekai saasn ma pahi bhaya bhanya.....:D

राछस · Dec 8, 2011 10:23 AM

Rahul dai! Thank you for sharing!

crazy_love · Dec 8, 2011 12:04 PM

ओहो यस्तो पो रहेछ भद्रगोल जेल महात्मे !! साचै भादगोल भएर तेसो भनेको होला भन्ठानेको !! कहिँ नसुनेको इतिहासको रोचक प्रसंग राखिदिनु भएकोमा राहुलभाईलाइ धन्यबाद !!

bhakte dai · Dec 11, 2011 8:45 AM

 Nice.....something word reading...keep it coming 

sanju.baba · Dec 11, 2011 9:50 AM

Judda shamsher ka kura teti khera mera hajuraama ley ma sano huda nikai sunaunu hunthyo, Kathmandaun ma tes tak kina sana pwal bhayeka tiki jya baneka hun waha bhannu hunthyo. Bhadragol ko kissa paskinu bhayeko ma dhanyebad. Sahi cha.

atomic · Dec 11, 2011 10:18 AM

कथा त पढि सकियो तर मलाई पर्‍यो फसाद।मैले पढ्या छै अर्कै थ्यो। कुन किताब मा  पढ्या हो बिर्सें। मैले पढे अनुसार चाँही एस्तो थ्यो भद्र सम्शेर ले नाता मा बहिनी पर्ने लाई पेट बोकाएछन। धर्म नाश गर्‍यो एस्ले भनेर युध्ह सम्शेर ले भद्र सम्शेर लाई  जेल हालिदिएछन, अब राणा को सन्तान अरु सर्बसाधारण सँग जेल मा राख्न भएन तेसैले सुबिधा  सम्पन्न जेल बनायेर राखेछन। तेस बेला देखी काम कुरो बिग्र्यो भने "क्या भद्रगोल भयो"  भन्ने चलन पनि चलेछ

_____ · Dec 11, 2011 11:43 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all