राहुलभाइलाई एउटा प्रश्न

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

ठुल्दाइ मैले त्यो फेसबुकमा कता हो कुन्नी एउटा यस्तो प्रश्न देखे.. Were the source and inspiration for 'मुना मदन' - 'Muna Madan' from Newari 'जी वया ला लक्षि मदुनि'? यसबारेमा ठुल्दाइलाई केही जानकारी भए बताइदिनुहुन हार्दिक अनुरोध गर्दछु । यसै गरी साझाका अन्य मित्रहरुलाई पनि केही जानकारी भए बताइदिनुहोला । धन्यवाद!  

Geology Tiger · Dec 5, 2011 12:12 PM · 3,881 views

3 Replies

  मैले नि कता कता सुने को थिए त्यो । महाकबी देबकोटा को मुनामदन चित्तधर को सुगत सौरभ बाट प्रभाबित भन्ने पनि सुनेको हु। तर अधिकारइक जानकारी छैन मसँग । कथाको सार चाँही नेवारी लोक कथा सँग मिल्दो जुल्दो छ नै । नेवारी चलचित्र "राजमती " पनि ल्हासा ब्यापार सँग जोडीएको प्रेम काहानी नै हो । यसमाने मा मुनामदन पनि ल्हासा वा भोत यात्रामा बुनिएको अमर प्रेम गाथा नै हो । तत्कालिन पारीबेशमा ल्हासा सँग को ब्यापार या त ल्हासा निकट स्थानइय ब्यापारी शेर्पाहरु ले गर्थे या त काठमाडौ  रैथाने नेवार समुदायहरुले । नेवारमा पनि उदाय समुदाय् ( तुलाधर, कंसाकार , ताम्राकार ) ले र श्रेष्ठ समुदायले मात्र गर्ने गर्थे ।   यसरी हेर्ने हो भने प्रभाबित भाको मान्न्नै पर्छ । जहाँ सम्म मुनामदन भित्र को काब्य सिर्जना छ त्यो देबकोटाको नितान्त मौलिक र अद्वितिय रचना हुन । कथा को सार मिल्नु सँग रचना को सार कतैबाट अबमुल्यन गर्न सकिन्न, र गरिनु पनि हुन्न  । जो कसैले गर्छ भने त्यस भित्र पूर्बाग्रह् ब्याप्त छ र त्यो पूर्बाग्रह् त्याग गर्न आग्रह गर्दछु ।  सन्दर्भ सामाग्री : http://himalaya.socanth.cam.ac... http://books.google.com/books?...   जिते जी,

rahulvai · Dec 5, 2011 1:00 PM

rahulvai · Dec 5, 2011 1:08 PM

 जानकारीको लागि धेरै धेरै धन्यवाद ठुल्दाइ!

Geology Tiger · Dec 5, 2011 5:41 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all