पूर्वकार्यकारी राईद्वारा वडा भवन क्लबलाई सुम्पने सहमति दीपेन्द्र विष्ट Normal 0 false false false EN-US X-NONE NE /* Style Definitions */ table.MsoNormalTable {mso-style-name:"Table Normal"; mso-tstyle-rowband-size:0; mso-tstyle-colband-size:0; mso-style-noshow:yes; mso-style-priority:99; mso-style-qformat:yes; mso-style-parent:""; mso-padding-alt:0in 5.4pt 0in 5.4pt; mso-para-margin-top:0in; mso-para-margin-right:0in; mso-para-margin-bottom:10.0pt; mso-para-margin-left:0in; line-height:115%; mso-pagination:widow-orphan; font-size:11.0pt; mso-bidi-font-size:10.0pt; font-family:"Calibri","sans-serif"; mso-ascii-font-family:Calibri; mso-ascii-theme-font:minor-latin; mso-fareast-font-family:"Times New Roman"; mso-fareast-theme-font:minor-fareast; mso-hansi-font-family:Calibri; mso-hansi-theme-font:minor-latin;} काठमाडौ, मंसिर १४ - काठमाडौं महानगरका तत्कालीन कार्यकारी अधिकृत र विभागीय प्रमुखले बांगेमुढास्थित वडा कार्यालयको भवन र खाली जग्गा सहिद शुक्र क्लबलाई अनधिकृत ढंगले दिने सहमति गरेको खुलासा भएको छ । तत्कालीन कार्यकारी अधिकृत राई र जनस्वास्थ्य तथा सामाजिक विकास विभागका प्रमुख बाबुराम गौतमले वडा नं २८ को किता नम्बर ५ सय ९४ क्षेत्रफल ०-५-३-१ जग्गामा रहेको भवन क्लबलाई दिने सहमति गरेका हुन् । गत असार २१ गते भएको सहमतिपत्रमा राई र क्लबका अध्यक्ष राजेशप्रसाद श्रेष्ठको हस्ताक्षर छ । राजधानीको निकै व्यस्त मानिने असननजिकैको वडा कार्यालय भवनका तीन तला नयाँ भवन निर्माण भएपछि स्वतः खाली हुने र त्यसको स्वामित्वसमेत क्लबलाई रहने सहमतिपत्रमा उल्लेख छ । 'टहरा भत्काएको स्थानमा नयाँ भवन निर्माण गर्नका लागि महानगरले आर्थिक सहायता -अनुदान) रकम दिनेछ,' सहमतिमा उल्लेख छ । नयाँ निर्माण गरिने भनिएको खाली जग्गामा दुईटा टहरा छन् । सहमति नम्बर ३ -घ) अनुसार नयाँ र पुरानो भवनमा महानगरपालिकाले कुनै हकदाबी गर्न पाउने छैन । नयाँ भवन निर्माणका लागि प्रमुख गौतमको मिलोमतोमा तत्कालीन कार्यकारी अधिकृत राईले ३० लाख रुपैयाँ छुट्याएका थिए । नापी शाखा डिल्लीबजारबाट प्राप्त 'फिल्डबुक' अनुसार उक्त जग्गा वडा कार्यालयकै नाममा रहे पनि राईले क्लबसँग सहमति गर्दा क्लबले घरटहरा निर्माण हकभोग आएको जग्गा क्लबकै नाममा दर्ता हुने उल्लेख छ । '३ नं नापी गोश्वाराको २०३७/८/१६ को निर्णय नम्बर ५४४ बमोजिम वडाको अफिस बसेको देखिन्छ, प्रमाणबेगर दर्ता गर्न नमिल्ने समितिको मिति २०३९/४/१५ को निर्णयबमोजिम छ,' फिल्डबुकमा उल्लेख छ । तीनतले भवनको पहिलो तलामा सिटी दन्त क्लिनिक, दोस्रोमा सहिद शुक्र क्लब र तेस्रोमा वडा कार्यालय छ । करिब १० वर्षदेखि भुइँ तलामा क्लिनिक चले पनि घरभाडा भने मल्ल के सुन्दरले बुझ्दै आएका छन् । क्लिनिक सञ्चालक नन्दा राणाले १५ हजार भाडा मल्ललाई बुझाउँदै आएको बताइन् । वडा सचिव प्रकाश रञ्जितले वडाले हालसम्म एक रुपैयाँ नउठाएको बताए । 'भवन २०३५ सालमा निर्माण भएको हो, अहिले यसको अन्य जग्गासहित भवनको केही भाग पनि सधैंका लागि अरूलाई स्वामित्व हस्तान्तरण हुने भएको छ,' उनले भने । स्रोतका अनुसार भवनको भाडा सहिद शुक्र क्लबले उठाउँदै आए पनि क्लबको दर्ता नवीकरण नगरिएका कारण रकम व्यक्तिगत रूपमा मल्ल के सुन्दरमार्फत बुझ्ने गरिएको हो । नवगठित राज्य पुनःसंरचना आयोगका सदस्य मल्ल 'स्थानीय समिति त्वांछे' का महासचिव पनि हुन् । क्लबका अध्यक्ष राजेशप्रसाद श्रेष्ठले त्वांछे समितिकै आधारमा महानगरसँग नयाँ भवन बनाउन सहमति गरिएको दाबी गरे । पूर्ववडाध्यक्ष सुभान श्रेष्ठले सर्वदलीय संयन्त्रका प्रतिनिधिको विरोध हुँदाहँुदै पनि राई र बाबुराम गौतमले मिलेर भवन बेच्ने प्रयास गरेको आरोप लगाए । 'यसका मुख्य योजनाकार गौतम हुन्, जनस्वास्थ्य र वडा कार्यालय राख्ने निहुँमा उनले बिक्री गर्न खोजेका हुन्, हामीले रोकेका छौं,' उनले भने । यसअघि सिनामंगलस्थित निजी क्षेत्रबाट सञ्चालित मोर्डन कन्या मन्दिरलाई पाँच लाख रुपैयाँ मनोमानी ढंगले विनियोजन गरेको आरोप गौतममाथि लागेको थियो । महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जनस्वास्थ्य तथा सामाजिक विकास विभागबाट फाइल अगाडि बढेको भन्दै त्यसको सम्पूर्ण जिम्मेवारी उक्त विभागले नै लिनुपर्ने दाबी गरे । महानगर स्रोतका अनुसार गौतम र राईले ३० लाख रुपैयाँमध्ये १५ प्रतिशत कमिसन आफ्ना लागि छुट्याएपछि उक्त सहमतिपत्रमा हस्ताक्षर गरेेका हुन् । मल्लले महानगरसँग भएको सम्झौताबारे आफूलाई थाहा नभएको बताए । 'भाडा मैले बुझ्दै आएको हुँ, तर सम्झौताबारे थाहा छैन,' उनले भने । <span lang="NE" style="font-family: Manga
_____ · Dec 2, 2011 5:30 PM · 11,401 views
now it is alright
_____ · Dec 2, 2011 6:08 PM
What is poster trying to convey by misrepresinting the news....... यसका मुख्य योजनाकार गौतम हुन्, जनस्वास्थ्य र वडा कार्यालय राख्ने निहुँमा उनले बिक्री गर्न खोजेका हुन्, हामीले रोकेका छौं,' उनले भने. यसअघि सिनामंगलस्थित निजी क्षेत्रबाट सञ्चालित मोर्डन कन्या मन्दिरलाई पाँच लाख रुपैयाँ मनोमानी ढंगले विनियोजन गरेको आरोप गौतममाथि लागेको थियो ।
katman · Dec 2, 2011 6:57 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion