एउटै जग्गा एकै जनाद्वारा दुईपल्ट बिक्री मिलेमतो गर्ने चाबहिल मातपोतका ३ कर्मचारी पक्राउ काठमाडौ, मंसिर १५ - मालपोत कर्मचारीसँग मिलेमतो गरी झापा, सुरुंगाको एउटै जग्गा एकै व्यक्तिले दुईपल्ट बिक्री गरेका छन् । ललितपुरका विकास महर्जनले सुरुंगास्थित आफ्नो नामको २ बिघा जग्गा झापा र काठमाडौंबाट दुईपल्ट बिक्री गरेका हुन् । प्रहरीले झापा मालपोतबाट बेचिसकिएको उक्त जग्गाबारे जानकारी नलिई मिलेमतोमा फेरि बिक्री गर्ने चाबहिल मालपोतका तीन कर्मचारीलाई बुधबार पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले चाबहिल मालपोतका अधिकृत नवराज ढकाल, नायब सुब्बा द्रोण पौडेल र खरिदार खगेन्द्र पोखरेललाई पक्राउ गरेको हो । यसअघि नै समातिएका महर्जनको बयानका आधारमा उनीहरूलाई पक्राउ गरिएको काठमाडौं परिसरका प्रवक्ता डीएसपी धीरजप्रताप सिंहले बताए । महर्जनले झापा सुरुंगा-७ स्थित कित्ता नम्बर १२०७ को २ बिघा जग्गा २०६४ माघ १३ गते आफ्नी सानीआमा झापाकी चित्रकुमारी श्रेष्ठलाई बिक्री गरिसकेका थिए । तर त्यही जग्गा उनले कर्मचारीसँग मिलेमतो गरी २०६८ साउन ८ गते झापा गरामनी-९ की दीपा मुखिया र डोटी, मुडेका डम्बरकुमारी शाहीलाई संयुक्त रूपमा २६ लाख ५० हजार रुपैयाँमा फेरि बेचे । मुखिया र शाही साउनमा काठमाडौंबाट किनेको जग्गाको दाखिला खारेज गर्न झापा पुगेका थिए । त्यहाँको मालपोतले जग्गा अर्कैको नाममा बिक्री भइसकेको बतााएपछि उनीहरू काठमाडौं फर्किएर प्रहरीमा उजुरी दिएका थिए । डीएसपी सिंहका अनुसार मालपोत कर्मचारीले बेजिल्लामा जग्गा पास गर्दा सम्बन्धित जग्गाधनीबारे जानकारी नमागी संयुक्त रूपमा राजीनामा पास गरिदिएका थिए । जग्गाको तिरो तिरेको रसिदसमेत नहेरी लालचमा परेर जग्गा पास गरिदिएको प्रहरीले जनायो । 'जग्गाधनी महर्जनलाई कार्यालयमा नबोलाई, रेस्टुरेन्टमा बसेर संयुक्त रूपमा पास गरिदिएका रहेछन्,' डीएसपी सिंहले भने । प्रहरीका अनुसार मिलेमतोमा संलग्न एक दलाल भने फरार छन् । उनको नाम सार्वजनिक गरिएको छैन । ती दलालले जग्गा बेचिएबापत ५० हजार रुपैयाँ मालपोत कर्मचारीलाई दिनुपर्ने भन्दै महर्जनसँग लिएको प्रहरीले बतायो । काठमाडौं प्रहरीले मालपोतका कर्मचारीमाथि ठगी मुद्दामा जिल्ला अदालत काठमाडौंबाट म्याद लिई अनुसन्धान थालेको छ । करिब एक महिनाअघि पनि एक व्यक्तिको जग्गा अर्कैको नाममा गरिदिने डिल्लीबजार मालपोतका तीन कर्मचारी पक्राउ परेका थिए । उनीहरूलाई प्रहरीले बिनाकारण पक्रिएको भन्दै उपत्यकाका सबै मालपोत कर्मचारीले विरोध प्रदर्शनसमेत गरेका थिए । Last edited: 02-Dec-11 05:33 PM
_____ · Dec 2, 2011 5:17 PM · 3,543 views
Yeah brother....pretty penny shines unbounded by race, color or ethnicity.....
sanju.baba · Dec 2, 2011 5:21 PM
yo thread ko topic मिल्दा रहेछन नेवार र बाहुन भ्रस्ताचार गर्न ko saato एउटै जग्गा एकै जनाद्वारा दुईपल्ट बिक्री bhanne hunu parne ho poster ko racist mentality charpasta rup ma dekhincha
Bad Boy · Dec 2, 2011 5:46 PM
ब्याड बोइ, आ-आफ्नो बुझाई हो .... मैले एक थरी सोचेर एउटा कविता लेखेको थिए, एक जना मित्रले त्यसलाई अर्कै रुपमा बुझिदिए, जुन स्वभाविकै होला ... तिमीले धर्के साथीले त्यो थ्रेडको जुन शिर्षक राखेको त्यसको आधारमा उनलाई रेसिस्ट भन्यौ तर मैले के बुझे भने अरु बेला म यो जाती र तँ त्यो जाती, यो हाम्रो भाषा यो तेरो भाषा भनेर आफु- आफुमा मारमार गर्नेहरु पनि घुस खानको लागि मिल्दा रहेछन् । त्यसकारण यो जातियताको चर्को नारा सब फोस्रा हुन्
Geology Tiger · Dec 4, 2011 9:06 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion