उठ .... ******************** उठ ! घाम झुल्किसक्यो चिरिबिरी संगीत सुन्न उठ रबीको सिन्दुरे किरण हेर्न उठ अनी बगाइदेउ मोतीका दाना समयको चट्टान फोर्न नभन अल्छि लाग्यो भनि जागर आफै आउदैन न त सफलता नै पछी लाग्छ तिम्रो परिश्रमको मित्रता टुट्यो भने खुशीले चिन्न मन्दैन अनी बन्द गर सब यी ताना सास फेरि फेरि मर्न देख सपना आँखा खोली भगाउ भय हार देखि आफ्नो क्षमतामा रमाउ भित्रै मन देखि नकमाउ खुट्टा असत्य को रवाफ देखि मद्दत गर भित्र मन देखि अनी कहाँ कन्जुस्याइ गर्छु र म मित्र तिम्रो तारिफ गर्न. आफै लाई अल्छी लाई'रा बेला अरुलाई केइ होस की भनेर एसो compile गर्देको। साझाका बिद्द्वान कबी हरुले QA र reverse engineering गरिदिए धन्न हुने थिए।
DalluKoSanu · Dec 2, 2011 3:47 PM · 4,540 views
झ्याउ लागिरा थ्यो, यो पढेर कस्तो पढम-पढम लागेर आयो! लौ, थालेँ म चाँही पढ्न!
jantare1 · Dec 2, 2011 3:59 PM
अन्तत, डल्ले पोस्ट गरीहाल्यौ, अब हेर कति प्रतिकृया आउनेछन् धन्यबाद डल्ले एउटा छुट्टै खालको अनि सान्दरभिक कबिता हाल्यौ र तिम्रो यो कदम चलिरहोस्
Mulmiz · Dec 2, 2011 4:56 PM
ल जन्तरे ब्रो लागि रहनुस्। धन्यबाद् मुल्मी दाजु। तर म प्रतिक्रिया होईन प्रेरणा र मार्गदशनको भोको हुँ।
DalluKoSanu · Dec 2, 2011 5:01 PM
good one अल्छी लाग्यो दुई शब्द मात्र अहिले
adventurer · Dec 2, 2011 11:04 PM
दामी छ डल्ले, ल अरु पनि यस्तै दामी दामी कविता लेखेस् Dalle Poet
Geology Tiger · Dec 3, 2011 9:48 AM
la dalle le pani dherai ramro lekhdo raichha ta...
namit_thapa · Dec 3, 2011 10:46 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion