गजल साँझको जून हेर्दै कहानी लेख्दै छु म हरेक प्रहर रंगाउने जवानी देख्दै छु म | नशामानि होइन म पिडामानि छैन म यादहरुमा प्रत्येक पल जिन्दगानी टेक्दै छु म | सपना छ मनभरी केहि गर्ने जुनुन छ तरपनि समयलाई मनोमानी छेक्दै छु म | हर रात संसार जित्ने आँट आउछ मलाई फेरी -फेरी किन -किन बिहानी मेट्दै छु म | सपनाबाट ब्युझिएर बिपनामा बाच्छु आजकल त्येसैले त जताततै पानि - पानि भेट्दै छु म |
sojhoketa1 · Dec 1, 2011 9:44 PM · 9,995 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion