भन्नु त धेरै थियो सुन्नु ने धेरै थियो तर ऐले समय छैन Call me after 9 घर फोन नगरेको मैनौ भयो कस्को कस्तो छ थाहा नभको धेरै भयो किन कि म bg छु americanized भको छु म सँग time छैन कसै सँग धित मारेर कुर गर्न लाई एक छिन बसेर खुलेर हस्न लाई काम काम काम अनी part-time पढाई खै पुर्शद मलाई कसै सँग खुलेर बोल्न लाई के गर्ने talk time नै छैन call me after 9 यहाँ त बोल्ने time नि fixed हुदो रएछ पैसा तिरेर plan किन्न पर्ने रएछ जती बोल तेती धेरै पैसा बोल्न ने पैसा तिर्न पर्ने के गर्ने सँगइ बसेर कुर गर्ने time छैन mobile मा कल गर तर call call me after 9 घर को भात कस्तो हुन्छ स्वाद नै बिर्सी सको mcdonald को menu भन्दिउ कन्थै भइ सको dating पनि हिजो आज fast tract भको छ घुम्न जाने टाईम छैन text बाटै भेट्नु पर्य छ के गर्ने उस्को र मेरो talk time नै छैन सो darling call me after 9 साथी छ कहाँ छ थाहा छैन उ पनि bg छ म सँग त time नै छैन कैले कही फोन गर्छ ए ऐले bg छु म call me after 9 हिजो एउता साथी बिरामी परेछ दिन भर थला परेर ओछ्यान मा सुतेछ थाहा त बिहानै पाको थे बिचरा ले आँफै फोन गरे थो तर म bg थे manager कराउदै थो हत्त पत्त भनि हाले ओइ ऐले म bg छु (बाचिस भने ) call me after 9 सँगइ appatment मा दिदी दाई छन भाई कता छ भनेर फोन गर्छन् २-४ दिन भो मुख नदेखेको appartment नै छोडेर गइस कि क्याहो रे मैले भने ऐले २ shift काम गर्दै छु तपाईं हरु सुते पछी कोठा मा आउछु अनी सब उथ्नु भन्दा अगाडि जान्छु ऐले boss सँगइ छ call me after 9 घर बाट फोन आउछ rest-room भन्दै बहिर निस्कन्छु ए भाई ऐले काम मा छु talk time नि छैन एसो गर न है call me after 9
amricane · Dec 1, 2011 5:49 PM · 22,602 views
Awesome!! Should have posted after 9pm though
Sexy In Sari · Dec 1, 2011 6:28 PM
Kabita padhna ta man lagya thyo, Tara K garnu Ahile time nai chaina, I will read it after 9
shivanagar · Dec 1, 2011 6:39 PM
बहुत मिठो, मार्मिक अनि यथार्थपरक प्रस्तुति अमेरिकाने साथी ..... धेरै पछी स्वादिलो कविता पढ्न पाइयो .. के गर्नु आफूलाई पनि आजकल त्यस्तै पर्या छ Call me after 9 भन्नु पर्याछ
Geology Tiger · Dec 1, 2011 6:48 PM
Ok bro....l call u after 9
Dukhe · Dec 1, 2011 7:05 PM
गज्जब
serial · Dec 1, 2011 7:13 PM
Dammi cha bro
Gaitumba · Dec 1, 2011 9:18 PM
(bachis bhane) call me after 9, lol
furke · Dec 2, 2011 2:06 AM
Another epic one by amricane after " ghanta hanne ghanta jasto"....enjoyed it!!
Smaran · Dec 2, 2011 2:21 AM
सदा झैँ यथार्थ बर्णन, Welcome Back Americane
Mulmiz · Dec 2, 2011 12:49 PM
Last edited: 25-Jan-12 12:35 PM
behoove_me · Dec 2, 2011 12:59 PM
well said !!!
ritthe · Dec 2, 2011 1:32 PM
हैन हो शनिबार र आइतबार त before 9 कल गर्दा नि त हुन्छ नि, कल आउँछ कि भनेर कुरेर बस्यो कल नै आउँदैन यार.... ल आज कल नगर्ने हो भने भोली चाँही call me after 9 है
Geology Tiger · Dec 4, 2011 8:37 PM
सर्बप्रथम मेरो सानो रचना मन पराइ दिनु भएको मा मेरा सम्पूर्ण साझा बासी मित्र हरु मा धन्यवाद। तपाईं हरु को अमुल्य सुझाब नै मेरो रचना का पथ प्रदसक हुन। म कबिता धेरै कम लेख्छु तेइ भएर सदै हाल्दिन तर बाचा गर्छु तपाईं हरु समु सदै केइ न केइ ( राम्रो या नराम्रा्ओ) रचना लिएर आउछु । धन्यवाद
amricane · Dec 6, 2011 9:17 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion