अमेरिकाको बाल्टिमोरमा २६ वर्षीय एक नेपाली नारायण भण्डारीको शव उनको डेरा नजिकै फेला, "फोहोर फाल्न बाहिर निस्केको नारायण फर्केर आएन", प्रहरीले यस बारेमा थप केही बताएको छैन

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

http://www.nepalmother.com/201... अमेरिकाको बाल्टिमोरमा २६ वर्षीय एक नेपाली नारायण भण्डारीको शव उनको डेरा नजिकै फेला, "फोहोर फाल्न बाहिर निस्केको नारायण फर्केर आएन", प्रहरीले यस बारेमा थप केही बताएको छैन - गौतम दाहाल - यहाँ एक नेपाली युवाको शव बेवारिस अवस्थामा फेला परेको छ । स्थानीय बाल्टिमोर शहरको केटन्सभिल भन्ने ठाउँको साउथ बिचफिल्डमा डेरा गरेर बस्ने २६ वर्षीय नारायण भण्डारीको शव उनको डेरा नजिकै फेला परेको प्रहरीले बताएको छ । नेपालको लमजुङ जिल्लाको खुदी गाविस वडा नम्वर एकका स्थायी बासिन्दा नारायण विद्यार्थी भिसामा सन् २००३ को डिसेम्वरमा अमेरिका आएका थिए । बेवारिस अवस्थामा फेला परेको नारायणको मृत्युको कारण बारे प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ । हाल उनको शवलाई प्रहरीले बाल्टिमोर मेडिकल एक्जामिनरमा राखेको छ । नारायणको मृत्यु बारे प्रहरी र सोही अस्पतालका चिकित्सकसँग बुझ्ने प्रयास भईरहेको र सम्भवतः सोमवारसम्ममा ठोस जानकारी प्राप्त हुन सक्ने नेपाली राजदूतावास वासिङ्टन डिसीका प्रथम सचिव आनन्द शर्माले जानकारी दिनुभएको छ । घटनाको बारे थाहा पाए लगत्तै काठमाडौंमा रहेका मृतक भण्डारीका परिवारलाई जानकारी गराई सकेको पनि उहाँले बताउनुभयो । भण्डारीले सन् २००७ को फेब्रुअरीमा स्थानीय श्रेटिनी ह्यारिस भन्ने युवतीसँग विवाह गरेका थिए । ह्यारिसले भावविव्हल हुँदै संक्षिप्त जानकारी दिंदै भनिन्,नोभेम्वर १० तारिख राती करीब ८.३० बजे फोहोर फाल्न बाहिर निस्केको नारायण फेरि फर्केर कहिले आएन । उनका अनुसार सोही राती नारायण नफर्केपछि नोभेम्वर ११ तारिख उनले प्रहरीलाई जानकारी गराएकी थिइन् । त्यसको ११ दिनपछि नोभेम्वर २२ तारिखका दिन प्रहरीले ह्यारिसलाई फोन गरी नारायणको शव बेवारिसे अवस्थामा डेरा गरी बसेको एरिया नजिकै नोभेम्वर १८ तारिख फेला परेको र हाल उनको शवलाई बाल्टिमोर मेडिकल एक्जामिनरको कार्यालयमा राखिएको जानकारी दियो । प्रहरीले आवश्यक फिङ्गर प्रिन्ट लिएपछि मात्र शव नारायणको भएको पुष्टी भएको बताएको थियो । उनका अनुसार प्रहरीले यस बारेमा थप केही बताएको छैन र हाल कसैलाई पनि उनको शव हेर्न दिएको छैन । नारायण र ह्यारिसको सन् २००६ मा भेट भएको थियो । तर यो विवाह बारे नारायणले आफ्नो परिवारलाई कुनै जानकारी नगराएको नेपाली राजदूतावासका प्रथम सचिव आनन्द शर्माले जानकारी दिनुभयो । ह्यारिसले दूतावास र स्थानीय केही नेपालीहरुलाई घटनाबारे इमेलमार्फत जानकारी गराएकी थिइन् । बाल्टिमोरमा रहेका स्थानीय सामाजिक कार्यकर्ता एचबी भण्डारीका अनुसार, हाल काठमाडौंको धापासीमा रहेका मृतक नारायणका बुवाआमा र दिदीसँग आवश्यक सम्पर्क गरेर अब उनको शवलाई के गर्ने भन्ने बारेमा छलफल भईरहेको छ । अध्ययनका लागि आएका आफ्नो छोराको बेवारिसे शव फेला परेको खबर सुनेर मुर्छित भएका नारायणका बिरामी बुवा कोमलबहादुर भण्डारी र आमा हुमा भण्डारी अहिले पनि कुरा गर्न सक्ने परिस्थितिमा छैनन् भने नारायणकी एक मात्र दिदी माया भण्डारीले हाल लण्डनमा रहेका भाईलाई तत्काल त्यहाँ बोलाउने प्रवन्ध मिलाईदिन आग्रह गरेको पनि भण्डारीले जानकारी दिएका छन् । एक दिदी र दुई दाजुभाई मध्ये नारायणका भाई विष्णु भण्डारी विगत २ वर्षदेखि अध्ययनका लागि लण्डनमा छन् । युनिभर्सिटी अफ मेरिल्याण्ड युनिभर्सिटी कलेजबाट कम्प्युटर साईन्समा ग्राजुयट गरेका भण्डारी सोही युनिभर्सिटीबाट कम्प्युटर इञ्जिनियरिङमा माष्टर्स गर्ने तयारीमा थिए । उनी सोही युनिभर्सिटीबाट ग्राजुयट गर्ने विद्यार्थी मध्ये उत्कृष्ठ विद्यार्थीको दोश्रो सूचीमा थिए । भूपू सैनिक आवासीय उच्च मावि लमजुङबाट एसएलसीमा जिल्ला फर्ष्ट र राजधानीको अमृत साइन्स कलेजबाट आईएस्सी टप गरेका नारायण सामान्य शील स्वभावका तर पढाईमा तीक्ष्ण थिए | विगत केही समयदेखि रोजगारीको खोजीमा रहेका भण्डारीले चाँडै नै आफूले राम्रो जागिर पाउने बताएको उनकी श्रीमती ह्यारिसले जानकारी दिइन् । मृतक भण्डारीको मृत्युका बारे प्राप्त अन्य जानकारी हामी अपडेट गर्दै जानेछौं ।- Globenepal

meh_nepali · Nov 29, 2011 8:57 PM · 5,379 views

1 Reply

 RIP

meh_nepali · Nov 29, 2011 8:58 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all