RINGTONE बिहानको पाचै बजे बा कराए, ए ठुले उठ्, गोरुको धन्दा गर्ने बेला भएन; दिउशभरि जोत्नु छ र! मेरा आँखा खुले संगै सुतेकी भगबती त उठी सकिछ| म तल झरे, आमा बुढी आगो फुक्दै थिइन। अनि बा बुढा मनोजेलाई च्यापी कराउदै थिए| हाम्रा बा बुढासधैं यस्तै हुन्| मैले थाहा पाए देखी बुढा कामभन्दा कुरा बढी गर्छन्। गाउलेहरुले बुढाको नाम नै गजदी बुढा राखी दिएका थिए, बुढा गाजा त खाँदैनथे तर कुरा भने गजडि | भगबती गोठ्मा गाईबस्तुको धन्दा गर्दै थिइे| म गाग्रो र पटुकी च्यापी ढुङ्गे कुवातिर लागे| पानी लिएर फर्कदा चिया पाकी सकेछ| आमाले चिया दिइन्, मनोजे बा बुढालाई साह्रै पछौछ| बा बुढाले आफुलाई राम्रो संङ्ग बोलाएको याद भएन तर नाती भने पछी मरी मेट्छन् बुढा| घरको त के कुरा टोलभरी कशैलाई टेर्दैनन् बुढा | हाम्री आमा बुढी शारै अभागी लाग्छ मलाई, बुढाले उनिलाई राम्रोसँग बोलाको मैले सुनेको छैन| कदमा बुढा आमा भन्दा होचा छन तर केही कुरा चित्त बुझेनकी चुप्लाग गठौरी भनि हाल्छन| बुढीलाई कशैले तेर्दैन झन् मनोजेले त गन्दा पनि गन्दैन |बुहारी भने बुढीले राम्री पाएकी छिन| भगबती भने आमा बुढीलाई खुब माया गर्छे, घरधन्दा पनि सके सम्म आँफै गर्न खोज्छे र बा पनि बुहारीलाई माया नै गर्छन्| घरमा कशैले नगन्ने त ममात्र हुँ जस्तो लाग्छ मलाई| कहिलेकाही त च्याङग्री भगबती पनि बाझी तोपल्छे| मोरी रुपकी त रानी नै हो, अझ मक्खमली चोलीमा रातो बुट्टे धोती अनी पतुकी कस्दा त मेरो आँखै तिरिमिरी हुन्छ| म पनि कम को त कहाँ हुँ त नत्र च्यांग्री घरबारै छोडि पोइल आउथी र! भगबती गोरु धपाउन लागि म चाँही हलो बोकी दौदिये। चैतको टन्टलापुर घाममा दिन्भर गोरु जोते, आमा बुडी चार बजेतिर रोटी बोकेर आइन। दिउसभर बुडाबुडी भएर बदारे खेत लग्भक आदी जती गहु छर्न हुने गरी जोतियो। भगवतिले पनि एउटा पनि झार नदेखिने गरी राम्रोसँग डल्ला फोरी। राती मजेरीमा भात खाने बेलामा बा बुडाले सोधे कति सक्योउ त । मैले मलिन स्वरमा भने आदिजती । बुडा फेरी गफ चुट्न थाले, तेरो उमेरमा त म एक्लै एकै दिनमा बदारे खेत चितिक्कै पारीदिन्थे। मैले नराम्रो मानिन, दिउसभरी काम गरेर आयो तैपनी बुडा जस दिदैनन, थाहा छैन भगवतिले के सोची । मलाई पहिले नै थाहा थियो बुडाले त्यसो भन्छन भनेर। मलाई मात्र होइन बुडालाई चिन्ने सबैलाई थाहा छ। थाकेको जिउ पत्तै भएन कुन बेला म मस्त निन्द्रामा परे। मध्य रातको हल्ला मेरो कानमा पर्यो, मलाई लाग्यो मनोजेले दु:ख दियो होला त्यसैले भगवति मनोजेलाई फुलउन खोज्दै छे। एसो फर्केर हेरे मेरो Iphone को घन्टी रहेछ। Carol कराइ common honey, stop it. I was like what the F*** . सिजन मुडभरी
mudvarisijan · Nov 28, 2011 2:37 AM · 9,191 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion