गजल

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

किनहोकुन्नीबैसमाहजुर तरुनीको आश हुँदो रहेछ हरेक मानिसको मनको कुनामा काम्देवकोबासहुँदो रहेछ बुझ्नै गार्हो शिक्षा प्रनाली नै कस्तो होकुन्नी पढदैनपढ्ने गोबर गणेश पनि परिक्षामापासहुँदो रहेछ हामीमानिसको मात्र काहँ होरहजुर ससाना किरा फट्याङ्रको पनि सास हुँदो रहेछ मानिसतहामीसबै एउटै हौं, मन उस्तै सबैको आधार्भुत आवश्यक्त गास्, बास,कपास हुँदो रहेछ युग पनि केको युग होकुन्नीठम्यौनै सार्हो, आमाबुवाभन्दा दुईचारदिनमा बनेकी प्रेमिका खास हुँदो रहेछ किनहोकुन्नीबैसमाहजुर तरुनीको आश हुँदो रहेछ हरेक मानिसको मनको कुनामा काम्देवकोबासहुँदो रहेछ

HyolmoPa · Nov 28, 2011 2:30 AM · 12,308 views

6 Replies

राम्रो लेख्नु भो मित्र

mulmiz · Nov 28, 2011 9:15 AM

भाव राम्रो छ गजलको, तर यसको रदिफ र काफिया आदी मिलेका छन् कि छैनन् हाम्रो राहुलदाइ र शिरिषदाइले प्रतिकृया दिनुभए राम्रो हुन्थ्यो

Geology Tiger · Nov 28, 2011 7:58 PM

जिते जीले रोल बोलाए पछी हाजिर हुनै पर्‍यो । त्यसो त म यो गजल माथि टिप्पणी फुर्सद मा गरुला भनेर बसी राख्या । गजलका नियम बिनियमबारे थोर बहुत जानकारी भए पनि म स्वयं नियममा बाँधिन न चाहनेमा परें। नियममा बाँधिदा कहिले काहीँ भाव कुंजो हुन जाने हुन्छ । मुख्य कुरा भाव हो र त्यो भावको बहावमा एउटा "थिम" बोकेको हुनु पर्दछ । एउटा कथा उनेको हुनु पर्दछ, एउटा ब्यथा बुनेको हुनु पर्दछ । अनुप्रास को मिठास मात्र् गजल हैन ।  ह्योल्मोपा जी , प्रयास राम्रो तर मेरो द्रिष्ट्रिकोणमा यसले आधा कथा पनि भनेन । लेख्दा एउटा "थिम " को पारीकल्पना गर्नुस् । अनी त्यही थिम लाई केन्द्र बिन्दू बनाएर भावहरुलाई बोलाउनुस्, शब्दहरु लाई खेलाउनुस् । सुन्दर गजलको सिर्जना गर्नुस् ।  

rahulvai · Nov 28, 2011 8:25 PM

धन्यवाद सबै मित्रहरूलाई, िवेशेषगरी राहुल दाइलाई उहाँको िनर्देशन, सुझाव-सल्लाह तथा सहायोगको लािग । मलाई साहित्यमा रुचि भएको तर ज्ञान नभएको हुनाले भविष्यमा पनि यहाँहरुको सहयोगको आशा गर्दछु, धन्यवाद ।

HyolmoPa · Nov 29, 2011 5:15 AM

ह्योल्मोपा तमास्सरंग याबो दू रो !!! :D 

bittertruth · Nov 29, 2011 5:28 PM

थुजेक्षे रो ल्हा।

HyolmoPa · Nov 29, 2011 6:35 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all