बाल्टिमोरमा एक नेपालीको मृत्यु,शव बेवारिस

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

बाल्टिमोर,अमेरिका,नोभेम्वर २७ । यहाँ एक नेपाली युवाको शव बेवारिस अवस्थामा फेला परेको छ । स्थानीय बाल्टिमोर शहरको केटन्सभिल भन्ने ठाउँको साउथ बिचफिल्डमा डेरा गरेर बस्ने २६ वर्षीय नारायण भण्डारीको शव उनको डेरा नजिकै फेला परेको प्रहरीले बताएको छ । नेपालको लमजुङ जिल्लाको खुदी गाविस वडा नम्वर एकका स्थायी बासिन्दा नारायण विद्यार्थी भिसामा सन् २००३ को डिसेम्वरमा अमेरिका आएका थिए । बेवारिस अवस्थामा फेला परेको नारायणको मृत्युको कारण बारे प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ । हाल उनको शवलाई प्रहरीले बाल्टिमोर मेडिकल एक्जामिनरमा राखेको छ । नारायणको मृत्यु बारे प्रहरी र सोही अस्पतालका चिकित्सकसँग बुझ्ने प्रयास भईरहेको र सम्भवतः सोमवारसम्ममा ठोस जानकारी प्राप्त हुन सक्ने नेपाली राजदूतावास वासिङ्टन डिसीका प्रथम सचिव आनन्द शर्माले ग्लोब नेपाल डट कमलाई जानकारी दिनुभएको छ । घटनाको बारे थाहा पाए लगत्तै काठमाडौंमा रहेका मृतक भण्डारीका परिवारलाई जानकारी गराई सकेको पनि उहाँले बताउनुभयो । for more..visit www.globenepal.com

neerman · Nov 27, 2011 8:08 PM · 11,603 views

6 Replies

बाल्टिमोर,अमेरिका,नोभेम्वर २७ । यहाँ एक नेपाली युवाको शव बेवारिस अवस्थामा फेला परेको छ । स्थानीय बाल्टिमोर शहरको केटन्सभिल भन्ने ठाउँको साउथ बिचफिल्डमा डेरा गरेर बस्ने २६ वर्षीय नारायण भण्डारीको शव उनको डेरा नजिकै फेला परेको प्रहरीले बताएको छ । नेपालको लमजुङ जिल्लाको खुदी गाविस वडा नम्वर एकका स्थायी बासिन्दा नारायण विद्यार्थी भिसामा सन् २००३ को डिसेम्वरमा अमेरिका आएका थिए । बेवारिस अवस्थामा फेला परेको नारायणको मृत्युको कारण बारे प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ । हाल उनको शवलाई प्रहरीले बाल्टिमोर मेडिकल एक्जामिनरमा राखेको छ । नारायणको मृत्यु बारे प्रहरी र सोही अस्पतालका चिकित्सकसँग बुझ्ने प्रयास भईरहेको र सम्भवतः सोमवारसम्ममा ठोस जानकारी प्राप्त हुन सक्ने नेपाली राजदूतावास वासिङ्टन डिसीका प्रथम सचिव आनन्द शर्माले ग्लोब नेपाल डट कमलाई जानकारी दिनुभएको छ । घटनाको बारे थाहा पाए लगत्तै काठमाडौंमा रहेका मृतक भण्डारीका परिवारलाई जानकारी गराई सकेको पनि उहाँले बताउनुभयो । for more, please visit globenepal dot com

neerman · Nov 27, 2011 8:11 PM

 Sad to hear another nepali has to die in a foreign land. Please keep updating...

sanju.baba · Nov 27, 2011 8:41 PM

 RIP

राछस · Nov 27, 2011 8:54 PM

दिवङ्गत आत्माले चिर्शान्ती पाओस 

sahansil · Nov 27, 2011 10:32 PM

 मेरै गृह जिल्लाका साथी परेछन। निकै दु:ख लाग्यो। दिबङत आत्माको चिर शान्तिको कामना। कसैले सहयोग उठाइराखेको छ भने भनम् है? लिन्क राखौ साझामा पनि। 

Ghorle Boko · Nov 27, 2011 11:12 PM

 I will always cherish those wonderful moments we had in out first semester Narayan. RIP. Sparrow

jacksparrow · Nov 27, 2011 11:28 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all