बजारमा नयाँ आइटम सेक्स हाई भन्न बेर न, बाई भन्न बेर! नेपाली समाजमा परम्परागत सम्बन्धमा भ्वाङ पर्न थालेको छ। सेक्स सबैभन्दा आकर्षक र नयाँ कन्ज्युमर आइटम बनेको छ। उपभोगवादले व्यक्तिगत मर्यादा र नैतिक मापदण्डहरूलाई उछिन्न थालेको छ। शारीरिक आनन्दका लागि जघन्य हत्यासम्म हुन थालेका छन्। प्रहरी र अदालतमा सम्बन्ध विच्छेदका मिसिलहरूको खात लाग्न थालेको छ। पोखराबाट मनोज घर्तीमगर र धरानबाट गोपाल दाहालको रिपार्टसहित राजन नेपपालको विश्लेषण: असाध्यै मिल्ने दौँतरी कृष्ण र यमनारायण श्रेष्ठले काठमाडौँको माँसगल्लीमा खोलेको कृष्ण रेस्टुरेन्ट निकै चलेको थियो। काभ्रेका कृष्णकी श्रीमती सीता र रामेछापका यमनारायण मिलेर चलाउँथे रेस्टुरेन्ट। रेष्टुराँ चलाउँदा चलाउँदै पच्चिस वर्षे लक्का जवान यमनारायण र २७ वर्षीया सीताबीच रोमान्टिक सम्बन्ध विकसित हुन थाल्यो। कृष्णले यसको पत्तै पाएनन्। दिन बित्दै जाँदा दुवै प्रेमीप्रेमिकाले कृष्णलाई अवरोध ठान्नथाले। साथीकी श्रीमती र रेस्टुरेन्ट एकलौटी पार्ने सपना बुन्न थालेका यमनारायणले कृष्णको हत्या गर्ने योजना बनाए। २०६७ साउन ८ गते राती रेस्टुरेन्टभित्रै कृष्णको हत्या भयो। हत्यापछि सीताले प्रहरीलाई 'रेस् टुरेन्टमा रक्सी खाएर मातेका जँड्याहाहरूले बोतलले टाउकोमा हानेर पतिको हत्या गरेको ' जानकारी गराएकी थिइन्। यमनारायण र सीताबीचको अन्तरंग सम्बन्धको भेउ पाउनेबित्तिकै कृष्णको हत्याको रहस्य खुलिहाल्यो। निर्वस्त्र विनिता तस्बिर : नेटनशा डट कम आफ्नै विज्ञापन उखानै छ- बिख नभएको सर्प र इख नभएको मान्छे के काम? नेपाली फिल्ममा भर्खरै पाइला टेकेकी विनिता बरालको इखको पारो निकै माथि चढेको छ। पहिलो फिल्मबाट निकालिएपछि फिल्म क्षेत्रमा जम्नका लागि उनी कुनै कसर बाँकी नराख्ने पक्षमा छिन्। त्यसैले उनी आफूले अभिनय गरेको पहिलो फिल्म 'चपली हाइट 'को सफलताका लागि जे गर्न पनि तयार छिन्। निर्वस्त्र हुन पनि! केही समयअघि सुटिङ सकिएको उक्त फिल्मको पोस्टरका लागि उनले निवस्त्र फोटो सेसन गराएकी छिन्। कम्मरमाथि उनी नग्न छिन्। फिल्मका हिरोले अँगालो हालेर उनका संवेदनशील अंग छोपिदिएका छन्। कथा तत्काल सार्वजनिक नगर्ने भनिएको फिल्म 'चपली हाइट'मा यो फोटोको आधारमा सेक्स र रोमान्सलाई प्रशस्त ठाउँ दिएको अनुमान लगाउन गाह्रो छैन। 'चपली हाइट' ले विनिताको हाइट बढाउने हो कि घटाउने, फिल्म रिलिज भएपछि थाहा पाइएला नै। नेपाल आर्मी क्याभलरी गण सिंहदरबारमा कार्यरत २६ वर्षीय भरत खत्रीले २०६८ वैशाख २० गते आफ्नी श्रीमती मेनुकाको टाउको बालाजु जंगलमा लगेर छिनाली दिए। उनका साथी संघर्ष गाउँले खत्री हत्याका मतियार थिए। श्रीमतीको हत्या गर्नुको कारण भरतको अर्की केटीसँगको अफेयर थियो। प्रेमिकाको दबाबमा भरतले जेठी श्रीमतीलाई मारेका थिए। गत भदौमा काभ्रेकी भवानी आचार्यले भाडाका मान्छे लगाएर आफना श्रीमान् अर्जुन आचार्यको हत्या गराइन्। तीन वर्षदेखि मलेसियामा रोजगारी गर्दै आएका आचार्य घर आएको केही दिनमै मारिएका थिए। छ वर्षदेखि परपुरुषसँग सम्बन्ध राख्दै आएकी भवानीले आफू अरूसँग सल्केको कुरा थाहा पाउलान् भनेर श्रीमानको हत्या गरेकी थिइन। ब्यांक म्यानेजर राजकुमार (नाम परिवर्तित) को बिहे भएको १८ वर्ष भयो। घरमा श्रीमती हुँदाहुँदै बाहिर चहार्न थालेको आठ वर्षजति भयो। उनी भन्छन्, 'रोगी स्वास्नी परेपछि समस्या हुँदोरहेछ। पैसा खर्च भए पनि बाहिर जानै पर्‍यो। ००० नेपाली समाजमा 'एक नारी ब्रह्मचारी 'र' परपुरुषलाई हेर्नु पनि पाप'को दाम्पत्य भावना र वफादारीको परंपरा खण्डित भै रहेकोछ। नेपाली समाजसँगै सम्बन्ध बदलिएका छन्, संस्कृति बदलिएको छ। अझ यौन व्यवहार त झनै बदलिएको छ। यौनका मामलामा नेपाली समाज वास्तवमै पाखण्डी छ। एकातिर, सेक्सका बारेमा कुनै पनि प्रकारका बहस वर्जित छन् भने अर्कातिर, सबै सेक्सका यति भोका छन् कि यो क्षुधा शान्त गर्न सबैखाले हद पार गर्न तयार छन्। सेक्स आकुल महिला र पुरुष 'मोर, मोर, एन्ड मोर' भनिरहेका छन्। कुनै जमाना थियो, विवाह इतर सम्बन्ध पुरुषको मात्रै पेवा थियो। अहिले नेपाली महिलाहरूले एक्स् ट्रा म्यारिटल अफेयर्समा पुरुषलाई जित्न थालेका छन। एक्स्ट्रा म्यारिटल अफयेरका कथाव्यथा बुझ्न कालिमाटीस्थित प्रहरीको महिला सेल पुग्दा कुर्सीमा बसिरहेकी इन्सपेक्टर हर्षमाया महर्जन तनावमा देखिन्थिन्। उनले भनिन्, 'मैले बताएको सेकेन्डरी कथा के सुन्नुहुन्छ? एकछिन यहीँ बस्नुस्। प्रत्यक्ष सुनेर जानुस्।' त्यसपछि हामी यस् ता अफयेरका कारण घरबार भत्केकाहरूको प्रतीक्षामा बस्यौँ। करिब आधा घण्टापछि एकजना इन्जिनियरकी श्रीमती गुनासो लिएर आइपुगिन्। उनी भन्दै थिइन्, 'म श्रीमान् सँग बस्दै बस्दिनँ। उसको अफिसकी एकजना केटीसँग लभ परेको छ। उनीहरू विवाह गरेर बस् ने सुरसारमा छन्। त्यसैले म उसँग सम्बन्ध विच्छेद गर्न चाहन्छु।' त्यसपछि अर्की महिला आइपुगिन्। उनी पनि श्रीमानसँग बस्न नसक्ने भएकाले छुट्टिन आएको बताउँदै थिइन्। उनको गुनासो पनि उस्तै थियो, 'ऊ बाहिर केटी लिएर बस्छ। म एक्लै घरमा के गरेर बस् नु? त्यसैले उसलाई छोड्न चाहन्छु।' 'यी सुनिहाल्नु भयो, यस्तै गुनासो लिएर दैनिक १५ वटाभन्दा बढी केस आउँछन्, ' हर्षमाया भन्दै थिइन्, 'हामी सकेसम्म मिलाउने प्रयास गर्छौँ। तर, मिल्न नसक्नेहरूलाई सम्बन्ध विच्छेदका लागि अदालत जाने सल्लाह दिन्छौँ।' हर्षमायाको अनुभवमा पनि धेरै घरझगडा श्रीमान्ले बाहिर केटी राखेकै निहुँमा हुने गरेको छ। सामान्य ज्याला मजदुरी गरेर पेट पाल्ने मजदुरका श्रीमती समेत 'श्रीमानले केही काम नगर्ने, आफ्नो कमाइ उसले जाँडरक्सीमा सिध्याउने र उल्टै खाएर कुटपिट गर्ने ' कारणले श्रीमान्सँग छुट्कारा पाउन प्रहरीको महिला सेलमा पुग्ने गरेका छन्। जिल्ला अदालत काठमाडौँको तथ्यांकअनुसार आ.व. ०६५/०६६ मा एक हजार ३०, ०६६/०६७ मा एक हजार तीन र ०६७/०६८ मा एक हजार ३१७ जोडीले सम्बन्ध विच्छेद गरेका छन्। यो वर्ष साउन महिनामा सम्बन्ध विच्छेदका लागि १४०, भदौमा ९९, असोजमा ७५ र कात्तिकमा ११२ वटा मुद्दा परेको जानकारी अदालतले दिएको छ। ००० अपराध अनुसन्धान महाशाखा हनुमान ढोकाका डिएसपी हृदय थापा नेपाली समाजमा एक्स्ट्रा म्यारिटल अफेयर भुसको आगो सल्केझैँ सल्किरहेको बताउँछन्। 'हामी अनुसन्धानका क्रममा कहिले त छक्कै पर्छौं, ' उनी भन्छन्, 'जघन्य अपराधको अनुसन्धान गर्दै गयो, अन्तिममा कारण खुल्छ- केटाको बाहिर चक्कर भएकाले श्रीमतीको हत्या गर्‍यो या केटीको अर्को केटासँग सम्बन्ध भएकाले श्रीमान्को हत्या भयो।' हत्या अनुसन्धानमा प्रहरीले एक्स्ट्रा म्यारिटल अफेयरलाई अनुसन्धान प्रक्रियामा गम्भीरताका साथ लिने गरेको छैन। 'हामी विभिन्न एंगलबाट घटनाको अनुसन्धान गर्छौं, 'डिएसपी थापा भन्छन्, 'तर, अन्तिममा बाहिर चक्कर भएका कारण श्रीमान्-श्रीमतीको हत्या भएको निष्कर्ष आउँछ। अब हामी एक्स्ट्रा म्यारिटल अफयेरलाई पनि सुरुमै इन्डोर्स गर्ने योजनामा छौं।' अपराध महाशाखाकै इन्सपेक्टर दीप्ति कार्की एक्स् ट्रा म्यारिटल अफेयरले भयावह रूप लिँदै गएको बताउँछिन्। 'हामीकहाँमात्रै दैनिक चार पाँचवटा केस आउन थालेका छन्, ' उनी भन्छिन्, 'घरेलु हिंसा, अंशबन्डा, सम्बन्ध विच्छेद गर्ने भन्दै अन्य निकाय जाने महिलाको संख्या दिन प्रतिदिन बढिरहेको छ। नेपाली समाजको परम्परागत मान्यता भत्किँदै गएको संकेत हो यो। 'विवाहपछि पतिभक्त पत्नी र पत्नीभक्त पति पाउन अब गाह्रो भइसकेको उनको निष्कर्ष छ। भन्छिन्, 'श्रीमान् पीडित र श्रीमती पीडित दुवै बराबर छन्। एक्स्ट्रा म्यारिटल अफेयर अब अपराध बढाउने कारणका रूपमा देखापर्न थालेको छ।' ००० अवैध यौन सम्बन्धका कारण सम्बन्ध विच्छेद गर्न अदालत, प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय जानेहरूको संख्या दिनानुदिन बढ्दै गइरहेको छ। जिल्ला अदालतमा दर्ता हुने उजुरीका लगभग आधा संख्या सम्बन्ध विच्छेदका आउने गरेका छन्। यसैगरी प्रहरी कार्यालयमा पनि अवैध सम्बन्धका केसहरू आउने क्रम बढ्दो छ। महानगरीय प्रहरी प्रभाग, हनुमानढोकाको अपराध अनुसन्धान महाशाखाकी प्रहरी निरीक्षक दीप्ति कार्की 'विवाहेतर सम्बन्ध मौलाउनुको प्रमुख कारण वैदेशिक रोजगारी देखिएको ' बताउँछिन्। रोजगारीका लागि पति लामो समय टाढिएपछि यौन आवश्यकता पूरा गर्न महिला परपुरुषसँग अवैध सम्बन्ध राख्न लहसिने गरेका छन्। यसमाथि पति कमाउन विदेशमा भएका महिला फँसाएर मोज पनि गर्ने र पैसा पनि धुत्नेहरू उत्तिकै सक्रिय छन्। यस्ता युवासँग सम्बन्ध राख्ने महिला पति घर फर्केका बेला पतिव्रता बन्छन। पति विदेसिनासाथ फेरि उनीहरूको यौन लीला सुरु हुन्छ। यस् ता कतिपय महिला अबैध सम्बन्ध पतिको जानकारीमा आएपछि सबै सम्पत्ति कुम्ल्याएर प्रेमीसँगै भाग्ने गरेका पनि छन्। आधुनिक सञ्चार सुविधाका कारण पनि यस्ता यौन सम्बन्ध बढेका छन्। हिजोआज घरघरमा कम्प्युटर र इन्टरनेट हुनु सामान्य भइसकेको छ। कार्यालय जाने कतिपयले दिनभरि पत्नी एक्लै बस्दा दिक्क नहुन् भनेर पनि घरमा नेट जोड्ने गरेका छन्। तर, दिनभरि कार्यालयको काममा व्यस्त पतिले नेटमा पत्नी विभिन्न रिलेशनशीप साइटमार्फत् अन्य पुरुषसँग सल्किएको पत्तो नै पाउँदैनन् । एक जिगोलोको वयान मेरो कन्ट्याक्टमा अहिले विभिन्न उमेरका ११ जना महिला छन्। बीसदेखि ४५ वर्षका महिलालाई सर्भिस दिइरहेको छु। उनीहरूको चर्को यौन डिजायर देख्दा मलाई अचम्म लाग्छ। उनीहरू अंग्रेजी ब्लु फिल्ममा देखाइने जसरी नै 'रमाइलो ' गर्न चाहन्छन्। कामको सिलसिलामा विभिन्न मोडमा उनीहरूसँग मेरो भेट भएको हो। म पेसाले पुरुष वेश्या (जिगोलो) होइन, तर परिवन्दले जिगोलो हुन पुगेँ। मैले सर्भिस दिने ११ मध्ये छ जना महिलाका श्रीमान् विदेशमा छन्। एकजना विधवा छिन् भने बाँकीका आफना श्रीमान्सँग असन्तुष्ट पत्नी छन। मेरो सम्पर्कमा भएका महिला मलाई आफ्नोमात्र यौन पार्टनर ठान्छन्। मैले पनि त्यसै गरी म्यानेज गरेको छु। उनीहरूले बोलाएपछिमात्र जाने गरेको छु। उनीहरूले सामान्य पकेट खर्च दिने गरेका छन्। ब्लु फिल्म हेरेर सेक्सको आनन्द लिनुपर्नेदेखि फोन गर्दा नै 'तीनवटा कन्डम बोकेर आउनु ' भन्नेहरू मेरा क्लाइन्ट छन्। यौनबर्द्धक औषधि सेवन गरेर यौन सम्पर्क गराउनेहरू पनि छन्। उनीहरूसँग कुरा गर्दा श्रीमान्ले आफूलाई यौनानन्द दिन नसकेकाले यस्तो सम्बन्ध राख्नुपरेको बताउँछन्। यस्तो गोप्य सम्बन्धले घरपरिवार पनि नबिग्रने र आफ्नो यौन चाहना पनि पूरा हुने उनीहरूको ठम्याइ छ। मेरा क्लाइन्ट सबै मध्यम वर्गका छन्। मेरो एकजना साथी छ, जो सम्भ्रान्त वर्गका महिलालाई मात्रै सर्भिस दिन्छ। उसले पैसा पनि टन्न कमाइसक्यो। हप्तामा ऊ चारजनालाई सर्भिस दिन्छ। उसको कन्ट्याक्टमा १७ जना छन्। दालभातजस्तो अफेयर रामकुमार एलन- एक जोडी चिनियाँ युवायवती काठमाडौँ आइपुगे। एक नेपाली पत्रकारसँग बसेर कफी खाँदै गरेका बेला पुरुषलाई ती पत्रकारको मोबाइल रिङ टोनले तान्यो। चर्चित नेपाली गायिकाको गीत थियो त्यो। चिनियाँ प्रेमीले भन्यो, 'त्यो गायिकासँग सेक्स गर्न पाए त...' झरिलो जवानीको प्रेमिकासँग नेपाल सयरमा आएका उनको कुरो उदेकलाग्दो थियो। तर, उनले शालीनतासहित भने, 'म उनको स् वरसँग सेक्स गरेको सपनामा डुब्न चाहन्छु।' ती चिनियाँ युवकजस् तै नेपालमा एकजना गजबकी प्रेमिका छिन्, निहिता विश्वास। संसारले खुंखार अपराधी भनेका र जेलमा रहेका चार्ल्स शोभराजको प्रेममा उनी दिवाना भइन्। आफूभन्दा झन्डै ४० वर्ष जेठो चार्ल्ससँग उनले प्रेम विवाह गरिन्। केही समयअघि भारतीय टिभी च्यानल कलर्सको रियालिटी सो 'बिग बोस 'मा सहभागी हुने अवसर पाइन्, निहिताले। सोमा उनले चार्ल्ससँग अहिलेसम्म सेक्स नभएको बताइन्। अहिले 'बडीगार्ड 'को सुटिङ टोली हेटौँडामा छ। यसका नायक आकाश अधिकारीका बलिष्ठ छाती र पाखुरा देखेर सम्मोहित हुने युवती यहाँ थुप्रै छन्। 'मोरासँग एकपटक...पाए त' भन्दै दिवास् वप्न देखिरहेका छन् उनीहरू। सेक्स अपिल र सम्बन्धका यी विविध किस्सा हुन्। कसको सेक्स अपिल कुन अंगमा हुन्छ, भन्न सकिन्नँ। एकजना विदेशी महिलाले वरिष्ठ पत्रकार किशोर नेपालसँग प्रचण्डका जुँगा सेक्सी भएको सुनाएकी थिइन् रे। भर्खरै मकवानपुर प्रहरीमा एउटा मुद्दा विचाराधीन छ। श्रीमान् मलेसिया गएका बेला तमिलनाडुका एक युवकसँग लहसिएकी महिलाका विषयलाई लिएर मायाको मुद्दा प्रहरीमा पुगेको छ। पतिसँग टाढा भएका बेला जागेको मायाको भोक हुनुपर्छ त्यो। सेक्सलाई मुग्लिनको दाल र भातजस्तै ठानेर मिठो र सफा खानुपर्छ भनेर होटल फेरेझैँ सेक्स पार्टनर फेर्ने असंख्य छन्। यसमा फिल्म, मनोरञ्जन र ग्ल्यामर क्षेत्रका हाम्रा महारथीहरूले पस्कने सेक्स सामग्री पनि जिम्मेवार होलान्। कुनै कलाकारका जुँगा, कुनै कलाकारका आँखा, कुनै कलाकारका बलिष्ठ छाती र कुनै कलाकारका पोटिला नितम्बलाई सेक्सी ठानेर सेक्सको कल्पना गर्ने जमातका कारण पनि नेपालमा घरबार भाँडिएका छन्। सेक्सबिना बाँच्नै नसक्ने अवस्थामा पुगेका छन् मानिसहरू। त्यसैले श्रीमान्, श्रीमती केही समय टाढा हुँदा मायालु खोज्नु फेसन नै हुनथालेको छ। मलेसिया जाने मकवानपुर शिखरपुरका हिरा गौतमकी श्रीमती र अमेरिका बस्ने गायक यम बरालकी श्रीमतीमा खासै फरक फेला परेन। गायक यम बरालको 'निष्ठुरीले छाडेर गइहाली, हेर्दाहेर्दै अर्कैकी भइहाली' भन्ने गीत अहिले उनीमाथि नै वज्रिएको समाचार आइरहेको छ। ग्रामीण भेगमा पनि सेक्सलाई सामान्य ढंगमा लिने चलन सुरु भइसकेको छ। अहिले स्थानीय विकास मन्त्री टोपबहादुर रायमाझीलाई उनका गाउँलेहरू निकै खिसिट्युरी गरिरहेका छन्। परस् त्रीलाई केबल कर्के नजरले हेर्दा भाटे कारबाहीका भागिदार बनेका उनीहरू अहिले भन्छन्, 'उनीहरूले चाहिँ कलाकारका जस्ता जात्रा देखाउनथाले।' रायमाझीकी श्रीमती योगमाया उर्फ सीमा कम उमेरका रामबहादुर कार्कीसँग लहसिन्। आफ्नै पतिका पिएलाई कसरी लोग्ने बनाइन् मन्त्रीपत्नीले? गाउँघरमा पनि अचेल मायाका मुद्दा बढेर गएका छन्। पतिपत्नीमा विश्वासको चर्को खडेरी देखिएको छ। त्यस्तै, यौन असन्तुष्टि पनि जल्दोबल्दो विषय भएको छ। बाहिर अरू बहाना गरे पनि केही महिलाहरूले केरकार वयानमा प्रहरीसँग भनेका छन्, 'श्रीमान्ले धोको नै पुर्‍याइदिन सक्दैनन्। त्यसैले अर्को पुरुष खोजेकी हुँ। ' समाजमा अहिले एक्स्ट्रा म्यारिटल अफेयर भएका सेलिब्रिटीहरू रोल मोडल भएका छन्। तीनतीन महिनामा एउटा न एउटा महिलासँग जोडिने नायक भुवन केसीको चार्म अहिले पनि कायम छ। जेठी श्रीमती हुँदाहुँदै सञ्चिता लुइँटेललाई कान्छी बनाउने नायक निखिल उप्रेती पनि हाम्रा रोल मोडल नै हुन्। त्यस्तै, पश्चिमतिरका माओवादी सभासद् गुणाकर बस्यालले एउटी होटलवालीको मायाजालमा फसेर सभासद्को पद नै त्याग्नु परेको थियो। हाम्रो समाज खुला भएको हो या पथभ्रष्ट, उदार भएको हो या अनैतिक, स् वतन्त्र भएको हो वा छाडा, अब समाजशास्त्रीहरूले चर्कोसँग टाउको नदुखाई भएको छैन। एक्स्ट्रा म्यारिटल अफेयरमा सेलिब्रिटी ग्ल्यामर,मनोरञ्जन र फिल्म क्षेत्रका स्टारहरूको एक्स्ट्रा म्यारिटल अफेयर नौलो कुरा होइन। भुवन केसी बेला बेलामा यस्तै सम्बन्धका कारण विवादमा आइरहन्छन्। शिव श्रेष्ठले छोरीको उमेरकी दोस्रो श्रीमती भियभयाएका थिए। नेपाली फिल्मका निर्माता र निर्देशकका अवैध सम्बन्धका बारेमा त कति समाचार आएका छन्, कति! यस्तो लाग्छ, ग्ल्यामर क्षेत्रमा एक्स् ट्रा म्यारिटल अफेयर हल्काफुल्का र सामान्य कुरा हो। टेलिफिल्म निर्देशनमा नाम र दाम कमाएका लय संग्रौला एक्स्ट्रा म्यारिटल अफेयरमा परेका सेलिब्रिटीमध्ये एक हुन्। आफूले निर्देशन गर्ने सिरियलमा कलाकारका रूपमा प्रवेश गरेकी संगीता लामासँग गाढा पिरती बसेपछि संग्रौलाले उनलाई छुट्टै फ्ल्याट लिएर राखेका छन्। संग्रौलाका छोराछोरी प्लस टु पढ्ने भइसकेका छन्। टेलिफिल्म निर्देशनबाट प्राप्त हुने सबै कमाइ उनी संगीतालाई दिन्छन्। संग्रौलाको जेठी श्रीमतीसँग खासै उठबस हुँदैन। सञ्चारकर्मीद्वय हरिशरण लामिछाने र पुनम पौडेलको जोडी पनि एक्स्ट्रा म्यारिटल अफयेरकै परिणति हो। रेडियो नेपालमा सँगै काम गर्दा यी दुईको बीचमा प्रेम बसेको हो। अन्ततः विवाहित लामिछानेलाई पुनमले आफ्नो बनाइछाडिन्। दुई बच्चाका बाबु लामिछानेलाई श्रीमान् बनाएर पुनम अहिले दंग छिन्। संगीतकार शान्तिराम राई र सञ्चारकर्मी प्रतिमा श्रेष्ठको जोडी पनि यस्तै अफयेरबाट बनेको हो। श्रेष्ठ गीत लेख्ने, राई संगीत दिने, यस्तै प्रोफेसनल भेटघाटले अन्ततः उनीहरूलाई एउटै बेडमा पुर्‍यायो। राईले ब्रिटिस लाहुरेकी छोरी लिला थापासँग बिहे गरेका थिए। श्रेष्ठ पनि श्रीमान्लाई छाडेर राईसँग जोडिन आइपुगेकी हुन्। टेलिफिल्मका कलाकार शिवहरि पौडेल र निरु श्रेष्ठ, मेगा बैंककी कर्मचारी रविना जोशी र नायक राजबल्लभ कोइराला, नृत्यनिर्देशक भुवन श्रेष्ठ र कलाकार सावित्री श्रेष्ठ एक्स्ट्रा म्यारिटल अफेयरमा परेका केही प्रतिनिधि जोडी हुन्। विहे एउटासँग, माया अर्कैसँग • तेह्रथुम जिरिखिम्तीका नारायण खप्तडी विदेश गएको केही समयपछि उनकी श्रीमती तारा र भाइ हरिबीच हिमचिम बढेको चर्चा गाउँभरि चल्यो। स्थानीय शिक्षक हरि र उनकी भाउजु तारालाई छिमेकी र परिवारका मान्छेले बजार, पसल हुँदै एकान्तमा आपत्तिजनक अवस्थामा देख्न थाले। देवरभाउजुको यस्तो सम्बन्धको परिवार र छिमेकीले मात्र होइन, विदेशमा रहेका नारायणले पनि चाल पाए। हरि र उनकी श्रीमती गीताबीच दिनहुँ झगडा हुनथाल्यो। र, एक दिन गीताको शव झुन्डिएको अवस्थामा भेटियो। • ब्रिटिस आर्मीमा कार्यरत धरानका एक युवाले लाखौँ खर्च गरेर भव्य बिहे गरे। बिहेको डेढ महिनापछि नै जागिरमा फर्किएका उनी अर्को छुट्टीमा आउँदा श्रीमती अर्कैसँग हिँडिसकेकी थिइन्। • भोजपुरतिरकी एक युवती धरानमा कोठा भाडा लिएर बस्थिन्। उनका श्रीमान् विदेशमा थिए। घरवालाको भनाइमा कोठामै बच्चा जन्माएकी उनले श्रीमान् विदेशबाट आएपछित्यो बच्चा अर्कैलाई दिइन् र आफू श्रीमान्सँग गइन्। नेपाली समाजमा अहिले यस्ता घटना समान्य हुन थालेका छन्। भौतिक सुखसुविधाका हिसाबले विकसित बन्दै गएको नेपाली समाजमा अचेल यौनसम्बन्धका कारण पारिवारिक कलहमात्र होइन, हत्यासम्मका घटना भइरहेका छन्। यौनलाई संवेदनशील र हात समाउँदासमेत बात लगाउने 'यौन अनुदार 'नेपाली समाजमा बढ्दो अवैध सम्बन्धले भुइँचालो ल्याइरहेको छ। नेपालमा लामो समय चलेको राजनीतिक द्वन्द्वका कारण धेरै नेपाली युवायुवती रोजगारीको खोजीमा विदेश पलायन भएका छन्। भर्खर विवाह गरेकी श्रीमती वा श्रीमान्लाई चट्ट छोडेर विदेशिनेहरू र लाहुरेहरू बढी पीडामा परेका छन्। गाउँगाउँमा हातहातमा पुगेको मोबाइल फोनको नेटवर्कले सेक्स सम्बन्धलाई सहज बनाएको छ। इन्टरनेट, टेलिभिजन च्यानल र फिल्मले उत्तेजक सम्बन्धलाई प्रोत्साहित गरेका छन्। धरान नेपालमा युरोपेली सभ्यताको प्रवेशविन्दु रहिआएको छ। बाँकी नेपाल आधुनिक नभइसक्दा यहाँको घोपा क्याम्पमार्फत विदेशी फेसन र चालचलन भित्रिने गरेको थियो। अहिले आएर यसमा विस्तारमात्र भएको छैन, नयाँ नयाँ चलनहरू थपिएका छन्। दक्षिणपूर्वी एसियाका मुलुकहरूमा रोजगारीका लागि जाने कामदारहरूले त्यहाँको शहरी चालचलनलाई धरान भियभयाएका छन्। हङकङ, कोरिया र मलेसियामा जुन चिज सामान्य मानिन्छ, त्यो नेपालमा अद्‍भूत र अनौठो बन्दछ। त्यहाँको व्यक्तिवादी समाजमा परिवार भनिने संस्था कमजोर भएकाले विवाहको खासै महइभ्व रहँदैन। त्यहाँ कार्यरत नेपालीहरूले पनि त्यही चलनको नक्कल गरेका छन्। धार्मिकरूपले सम्बन्धहरूलाई घनिष्ठ बनाउने हिन्दू समाजमा यो 'गैरहिन्दु व्यवहार' को नक्कलले अनौठो र असहज स्थिति सिर्जना गर्नु अस्वाभाविक होइन। लाहुरेको बिल्लिबाठ मनोज घर्तीमगर- लाहुरे संस् कृतिले धेरैको जीवन बर्बाद भएको छ। पोखरा, रामबजारका एक युवाको उदाहरण पर्याप्त होला। उनले १६ वर्ष विदेशमा बसेर सम्पत्ति जोडे। पत्नीका हातमा सानदार घर र प्लट मिलेको जग्गाको लालपुर्जा थमाइदिए। यता पत्नी भने उनको गैरहाजिरीमा परपुरुषसँग सल्किइन् र एक दिन उसैसँग श्रीमान्ले जोरिदिएको भएभरको सम्पत्ति गुटमुटाएर भागिन्। पोखरा, विन्ध्यवासिनीकी एक महिलाको केस पनि उल्लेख्य छ। उनका पति भारतीय सेनामा कार्यरत थिए। पतिको अनुपस्थितिमा जाँडरक्सी र आमोदप्रमोदमा डुबिन् उनी। थुप्रै ब्वाइफ्रेन्ड बनाइन्। छिमेकीहरू उनको रासलीला देखेर लजाउँथे, तर उनी पर्वाह गर्दिनथिइन्। चारपाँच वर्षपछि श्रीमान् छुट्टीमा घर आउने भएपछि छिमेकीले आफ्ना पोल खोलिदिने डरले ती महिलाले एक दिन पासो लगाइन्। विदेशमा रहेका श्रीमान्ले भनेजति पैसा पठाइदिन्छन्। यता श्रीमती भने रासलीलामा श्रीमान्ले हड्डी खियाएर कमाएको पैसा उडाइरहेकी हुन्छे। पोखरामा यस् ता दृष्टान्त अनेक छन्। सुखी र समृद्ध जीवन बिताउने मिठो कल्पनामा श्रीमान् परदेशबाट घर आइपुग्छ, तर उसको जिन्दगी भताभुंग भइसकेको हुन्छ। दुःख गरी कमाएको सम्पत्ति अरूकै नाममा हुन्छ र श्रीमती अरूकै अँगालोमा। जिल्ला प्रहरी कार्यालय, कास् कीका प्रवक्ता प्रहरी निरीक्षक प्रेम बस्नेत श्रीमान् बाहिर हुँदा शारीरिक आवश्यकता पूरा गर्न महिलाहरू परपुरुषसँग हिँड्ने गरेको बताउँछन्। त्यस् तै श्रीमतीसँग धेरै समय सँगै हुन नपाएका पुरुष परस् त्रीसँग हिँडेको अनुसन्धानले देखाएको उनको भनाइ छ। ‘यस्तो अनैतिक सम्बन्धले कतिको जीवन बर्बाद भएको छ, ' उनी भन्छिन्, 'पारिवारिक विघटन चरम भएको छ। यसले नयाँ जेनेरेसनमा झन् नराम्रो असर पारेको छ।' जिल्ला प्रहरी कार्यालय कास्कीको महिला सेलमा यस्ता प्रकृतिका थुप्रै मुद्दा छन्। कति केस दर्ता नगरिकनै मिलाइएका छन् भने कति मुद्दा दर्ता भएर मिलाउने प्रयास भइरहेको छ। यस्ता धेरै मुद्दा त अदालतसम्म पनि जाने गरेको बताउँछिन्, महिला सेल प्रमुख प्रहरी निरीक्षक चन्द्रा गुरुङ। ‘धेरैजसो लभ म्यारिज गरेका, विवाह इतर सम्बन्ध बनाएका र अन्तरजातीय विवाह गरेकाहरूको लफडा बढी छ,' उनी भन्छिन्। कास्की जिल्ला अदालतमा सम्बन्ध विच्छेदका मुद्दाको दर बढ्दो छ। श्रीमान् वैदेशिक रोजगारीमा भएका महिलाले यौन सन्तुष्टिको अभावमा सम्बन्ध विच्छेद गर्छन् भने वैदेशिक रोजगारमा रहेका पुरुषचाहिँ महिला परपुरुषसँग लागेको थाहा पाएमा सम्बन्ध विच्छेद गर्छन्। 'अधिकांश सम्बन्ध विच्छेद वैदेशिक रोजगारीमा रहेकाहरूको हुन्छ,' गुरुङ भन्छिन्।
_____ · Nov 26, 2011 5:40 PM · 4,534 views
interesting... but true - Nepali socitey and all Nepali people regardless of where they are have been going downhill on this matter. idk why, but the most obvious reason as i can see is imitation of western culture which is quite open to sex.
jantare1 · Nov 26, 2011 8:45 PM
How about the plight of women? I rarely hear the stories about the sufferings of those left behind. Does the studies deserve less attention that the fictional stories like above? Why are there more coverage on the above issues? Is it because these stories sell more than the ones below? http://www.ekantipur.com/2011/... Migrant workers’ wives prone to violence, abuse, reveals study KATHMANDU, NOV 29 - While on one hand, remittance sent by migrant workers is playing an important role in improving the country’s economy, wives of the workers, on the other, are having to face various domestic and social violence at the hands of their in-laws, relatives and the community in the absence of their husbands. “I was accused of having an extramarital affair with one of my relatives and was kicked out of the house and the village along with my 5-year-old son,” 28-year-old Sunita Giri (name changed) of Khotang said. Giri’s husband is working in Saudi Arabia for the past five years. “My family and relatives have spread lies about me, especially with my husband. Now, even my husband doubts my character,” Giri said. “This is total injustice.” Like Giri, many other wives of migrant workers go through a similar ordeal. Women’s Rehabilitation Centre (Worec-Nepal) had recently conducted a research on the status of migrant workers’ families. The findings say 23.7 percent of the wives of migrant workers face different forms of violence. Among them, 58 percent face domestic violence, 36 percent face social violence and 6 percent face both domestic and social violence, the report said. Worec also found that most of the women were looked upon suspiciously and verbally and physically tortured by family members and others in the society for just talking and walking with men. It also said that the migrant workers on their return often torture their wives after others give them false information. There have been many cases where after being fed ‘wrong’ information by relatives about their wives, migrant workers have tried to bring home a second wife. Worec investigated incidents with 283 women of seven districts—Morang, Sunsari, Udaypur, Siraha, Dhanusha, Dang and Kailali. Krishna Neupane of National Network for Safe Migration said migrant workers and their family members and also members of the society should be made aware of the consequences that these things may invite. The Department of Foreign Employment says 354,716 workers went abroad last fiscal. Posted on: 2011-11-29 08:53
nepcha1 · Nov 29, 2011 12:21 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion