WOW News From Nepal :: अबको म्याद थप अन्तिम हुनुपर्छ : सर्वोच्च अदालतको आदेश

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

विनिता दाहाल, काठमाडौं, मङ्सिर ९- सर्वोच्च अदालतले संविधान सभाको म्याद अब एक पटकमात्र थप गर्न आदेश दिएको छ। संविधान बन्न कति समय लाग्छ भन्नेबारे पहिले नै एकिन गरेर थप गर्नू भन्दै उसले अब थपिएको समयमा पनि संविधान नबने त्यो स्वत: विघटन हुने पनि बताएको छ। [Disallowed String for - ] type="text/javascript"> [Disallowed String for - ] type="text/javascript" src="http://pagead2.googlesyndicati..."> [Disallowed String for - ] src="http://pagead2.googlesyndicati..." type="text/javascript"> [Disallowed String for - ] src="http://pagead2.googlesyndicati..." type="text/javascript"> [Disallowed String for - ] type="text/javascript">google_protectAndRun("render_ads.js::google_render_ad", google_handleError, google_render_ad); अब थपिएको समयमा पनि संविधान बनेन भने जनमत सङ्ग्रह गराउने हो वा अर्को संविधान सभा चुनाव गराउने वा के गर्ने हो भन्नेबारे सोच्न भन्दै उसले यी सबै कुरा एकिन गरेरमात्र म्याद थप्न भनेको छ। प्रधान न्यायाधीश खिलराज रेग्मी, न्यायाधीशहरु दामोदरप्रसाद शर्मा, रामकुमारप्रसाद शाह, कल्याण श्रेष्ठ र प्रेम शर्माको संयुक्त इजलासले यस्तो आदेश दिएको हो। कानुन व्यवसायी बालकृष्ण न्यौपाने र भरतमणि जङ्गमले संविधान सभाको म्याद पटकपटक थप्ने कामविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। http://nagariknews.com/politic...

facebook · Nov 25, 2011 9:25 AM · 9,775 views

3 Replies

 अस्तिनै गर्नुपर्ने काम, तर जे होस् ढिलै भएपनी सर्वोच्चले कदम चाल्यो। पाजिहरुले सित्तैमा मजा लुट्ने भाँडो बनाएका थिए, अब त केही काम गर्लान कि?!

jantare1 · Nov 25, 2011 12:11 PM

" यी सबै कुरा एकिन गरेरमात्र म्याद थप्न भनेको छ।" Aba 4-4 mahina myad thapnu parena. Ekai palta 5 barsa myad thapchan yi chor haru.

pepsi · Nov 25, 2011 12:32 PM

Bo guys only six month this time. :)

facebook · Nov 25, 2011 10:47 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all