gajal

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

तिम्रो यादमा कहिले हांंंँंंस्छु त कहिले रून्छु म तिमीबाट एकछिन छुटिनुपर्दा पागल हुन्छु म िवगतका मीठा पलहरूको सम्झना आउँदा भावुक भई ितम्रा तस्वीरहरू रोएर छुन्छु म समय र परिस्थितिका पर्खालबिच कैद हुंँदा तिम्रा सुमधुर आवाजको प्रतिध्वनी सुन्छु म सपनामा ितमी मलाई पुकार्दै गुहारिरहन्छौ अनि लाचार भई रूँदै, कराउँदै कान थुन्छु म शुभ नया िबहानीको सुनौलो घामसँगै उठ्दै हाम्रो पुनर्मिलनको आशामा सपना बुन्छु म तिम्रो यादमा कहिले हांंंँंंस्छु त कहिले रून्छु म तिमीबाट एकछिन छुटिनुपर्दा पागल हुन्छु म

HyolmoPa · Nov 24, 2011 7:19 AM · 10,306 views

2 Replies

 लौ मिठो गजल लेख्नुभएछ साथी.... प्रयासलाई जारी राख्नुहोला

Geology Tiger · Nov 24, 2011 10:19 AM

धेरै धेरै धन्यवाद साथी।

HyolmoPa · Nov 24, 2011 12:02 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all