http://www.onlinekhabar.com/20... अपहरणपछि हत्या गर्ने अपारधी छोड्न राज्यमन्त्रीको दबाब ७ मंसिर । अपहरणपछि निर्ममतापूर्वक हत्या गरिएका ११ वर्षीय बालक शुभम शाहका हत्यारालाई छुटाउन सरकारकै एक मन्त्री प्रहरी कार्यालय पुगेका छन् । महिला बालबालिाका तथा समाज कल्याण राज्यमन्त्री अरबिन्द शाहले बुधबार साँझ प्रहरी कार्यालयमै पुगेर अपराधी छाड्न दबाब दिएका हुन । बालक अपहरणपछि हत्या भएको विषयमा प्रहरीले अभियुक्त सार्वजनिक गरेको केही समय नबित्दै राज्यमन्त्री साह नाइसंघका अध्यक्षसँगै झण्डावला गाडीमा महानगरीय प्रहरी परिसर हनुमानढोका पुगेका थिए । महानगरीय प्रहरी महाशाखाले साँझ ५ बजे पत्रकार सम्मेलन गरी अपहरणपछि हत्यामा संलग्न अभियुक्तलाई सार्वजनिक गरेको थियो । हनुमानढोकाका एक प्रहरी अधिकारीका अनुसार राज्यमन्त्री साहले प्रहरी उपरीक्षक राजेन्द्र श्रेष्ठलाई उनकै कार्यकक्षमा भेटी पक्राउ परेका सबै अपहरणकारी नभएको भन्दै छोड्न दबाब दिएका थिए । उनले आफू प्रहरी कार्यालयमै आइसकेको अवस्था बुझ्न भन्दै धम्कीपूर्ण भाषासमेत प्रयोग गरेका थिए । धनुषा घर भई हाल काठमाडौँ बाफल बस्दै आएका ११ वर्षीय बालक शुभमलाई मागबमोजिमको ५० लाख रुपैयाँ नदिएको भन्दै गत आइतबार हत्या गरिएको थियो ।
nepcha1 · Nov 23, 2011 9:03 PM · 4,432 views
nepcha1 · Nov 23, 2011 9:05 PM
nepcha1 · Nov 23, 2011 9:06 PM
nepcha1 · Nov 23, 2011 9:06 PM
Salay gadha-haru
Poon-Hill · Nov 23, 2011 10:51 PM
Did not we mention that all the political leaders are the head of these criminal gang. I am not surprised.
MaGorkhe1 · Nov 24, 2011 8:38 AM
पत्रकारहरुको बदमाशी किन रोए राज्यमन्त्री-Prime News www.nepshow.com/2011/11/prime-news-november-27th-2011.html
nepcha1 · Nov 27, 2011 12:30 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion