बालाजीका रविदाइ दीपेन्द्र लामा, मुम्बई, मंसिर ५ -लिफ्टबाट निक्लिएर हनुमानको मूर्ति ढोग्दै फेरि लिफ्टमै फर्किए जीतेन्द्र। बलिउडमा चार दशक डान्सर हिरोको छवि बनाएका उनको अनुहारमा चमक उस्तै थियो। कमिज सेतो भए पनि उनको पपुलर सेतो जुत्ता भने थिएन। तल ओर्लिएपछि उनले कम्पाउन्डमा रहेको मन्दिरमा पनि ढोगे। कालो कार चढे अनि मुम्बईको भीडमा हराए। यो दृश्य अन्धेरीको लिंक रोडस्थित बालाजी फिल्मस्को कार्यालयको थियो। जीतेन्द्रले ढोगेको हनुमान रहेकै चौथो तल्ला र त्यसमुनिको तेस्रोलाई 'मिनी नेपाल' भनिदो रहेछ। अधिकांश कर्मचारी र चल्ने भाषा नेपाली भएकोले ती दुई तल्लालाई सानोतिनो नेपाल मानिएको हो। जीतेन्द्र अध्यक्ष रहेको कम्पनी बालाजीमा करिब डेढ सय नेपाली कामदार छन्। कम्पनीले बनाउँदै गरेका आधा दर्जनजति सिरियल र कार्यालयमा नेपालीको उपस्थिति छरिएको छ। यसो हुनुको जस जान्छ, रविजी भट्टराईलाई। पोखराका रवि त्यहाँ पोस्ट प्रोडक्सन हेड र टेक्निकल डाइरेक्टर हुन्। तेस्रो र चौथो तल्लालाई उनले नै सम्हाल्छन्। ६९ वर्षे जीतेन्द्रको असली नाम रवि कपुर हो। त्यही भएर पनि होला, जीतेन्द्र उनलाई मायालु स्वरमा रवि भनेर बोलाउँछन्। तर, एकता कपुर र कम्पनीका बाँकी कर्मचारी, कलाकार तथा प्राविधिकका लागि उनी रविदाइ हुन्। रवि आफ्नो कोठामा थिएनन्। चितवनका एक सहयोगी कर्मचारी रविको टेबलमा लन्च पस्किन तम्तयार थिए। करिब १० मिनेटपछि थोरै तनाव लिएर हस्याङफस्याङ गर्दै आइपुगेका रविले लन्च बक्स थन्काइदिए र कुराकानी थाले। 'पोस्ट प्रोडक्सन हेड भनेको सुटिङबाट आएको कच्चा पदार्थलाई टेलिभिजनमा प्रसारण हुन योग्य बनाउने कामको संयोजन गर्ने मान्छे हो,' उनले आफ्नो जिम्मेवारी अवगत गराए, 'कलर करेक्सन, अडियो लेभल र मिक्सिङ मैले पास नगरी कुनै पनि सामग्री टेलिभिजन लगिँदैन।' बालाजीले निर्माण गरिरहेको परिचय (कलर्स्), बडे अच्छे लगते हैं (सोनी), प्यार की ये एक कहानी (स्टार वान) र पवित्र रिश्ता (जिटिभी) नामक चार हिन्दी सिरियलका पोस्ट प्रोडक्सनलाई फिनिसिङ दिन्छन् उनी। यी सबै सिरियलको त्रे्कडिट टाइटलमा उनको नाम प्रसारण हुन्छ। मुम्बईका धेरैजसो हिन्दी सिरियलको सुटिङ र प्रसारणबीच तीनचार घन्टाको मात्र अन्तर हुन्छ। सबैको सम्पादन सुटिङस्थलमा प्रत्यक्ष गरिन्छ। त्यसैले यो हतारको कारोबारले रवि साँझपख निकै व्यस्त हुन्छन्। भन्छन्, 'बनिसकेको सिरियललाई टेलिभिजन च्यानलसम्म पुर्‍याउने मान्छे ट्राफिक जाममा फस्यो भने हिजोकै सिरियल दोहोरिनसक्छ।' यो बताउने बित्तिकै रविले आँखा चिम्लिएर भगवानलाई मनन गरे, 'धन्न मैले आफ्नो काममा यस्तो दिन देख्नु परेको छैन।' रविले बालाजीमा पाइला टेकेको १७ वर्ष भयो। क्यामेरा कुरुवाको रूपमा काम थालेका उनले सम्पादन, छायांकन र अनलाइन एडिटिङ सिक्दै गए। तिनै सीप र लगनशीलताको आडमा उनले अहिलेको ओहोदा पाएका हुन्। २७ वर्षअघि मुम्बई छिर्दा रविको कुनै ठूलो सपना थिएन। अत्यन्त नाजुक तल्लो तहबाटै उनले संघर्ष सुरु गरे। सम्भि्कन्छन्, 'बहुत दुःख गरियो, भनौं न निकै पापड पेलियो बाँच्नलाई।' आफ्नो जीवनमा परिवर्तन आउनुको कारण उनी मिहेनत र इमानदारी मान्छन्। अरुलाई पनि सुझाउँछन्, 'यी दुई गुण भयो भने जो मान्छे पनि उँभो लाग्छ।' मुम्बईमा आएपछि सुरुका पाँच वर्ष उनले कुनै विशेष काम गरेनन्। खुद्रामै बित्यो समय। 'मिहेनत गर्ने हो भने मुम्बईमा कोही पनि भोको मर्दैन,' आफ्नो अनुभव बाँड्छन् उनी। बालाजी कम्पनी पनि सुरुमा भव्य थिएन। जीतेन्द्रको कृष्ण बंगलामा थियो अफिस। बालाजी र रवि दुवैको प्रगति सँगसँगै हुँदैगयो। उनले प्रसंग उठाएनन् तर धेरैलाई थाहा छ, जीतेन्द्रलाई उनी फापेको छ। रवि पहिले क्यामेरा भाडामा दिने कम्पनीमा काम गर्थे। क्यामेरा लिएर ओहोरदोहोर गर्दागर्दै उनी जीतेन्द्रको आँखामा परेका थिए। त्यसपछि उनी जीतेन्द्रकै अफिसमा रहे। बेलाबेला नेपाल आइरहने रविले गत वर्ष नेपाली फिल्म 'गुरु दक्षिणा'मा आंशिक लगानी गरेका थिए, जुन 'डब्बा' भयो। 'नेपालमा फिल्मको बजार नै छैन' भन्ने उनले सुनेका थिए, आफै भोगे। बालाजीले नियमित फिल्म बनाउँदै आएको छ। 'वान्स अपन अ टाइम इन मुम्बई'को दोस्रो भागको तयारी चल्दैछ। यसको प्राविधिक पक्षको छलफलमा रवि पनि सहभागी हुँदैछन्। अहिले नेपालमा चलिरहेको टुके र इएक्सथ्री क्यामेराबाटै बालाजीले 'लभ सेक्स और धोका' र 'रागिनी एमएमएस' बनाएको बताउँदै उनले भने, 'नेपालमा क्यामेरा र प्रविधि ठिकै छ, खाली फिल्म रचनात्मक बन्नुपर्‍यो।' मुम्बईमा फ्ल्याट किनेर व्यवस्थित भइसकेका रविको स्वदेश प्रेम गाढा छ, 'पहिलोले घाटा खायो भन्दैमा मैले हार मानेको छैन, नेपाली फिल्म फेरि बनाउँछु।'
_____ · Nov 23, 2011 5:55 PM · 2,767 views
हिन्दी सिरियल लेख्दै मनोज (4 votes, average 3.50 out of 5) मनोज त्रिपाठी। दीपेन्द्र लामा, मुम्बई, मंसिर ६- कहिलेकाहीँ मुम्बईका रैथानेहरू उनको नाम सुन्दा हिच्किचाउने मात्र होइन झटारो नै हान्छन्, 'तिमी युपी कि बिहारको?' त्यस्तो क्षणमा उनले आफूलाई नेपाली प्रमाणित गर्न निकै तर्क दिनुपर्छ। 'म नेपालको पोखराबाट आएको' भन्दा समेत उनी उम्किन पाउँदैनन्। 'युपीबाटै गएको होला उता' भन्ने प्रश्नले घोचिहाल्छ। फेवातालको पानी जति धमिलो हुँदैछ, मनोज त्रिपाठीको पहिचान बलिउडमा उतिकै सङलिँदै छ। पोखरा र मुम्बई दुवै सहरको झरी विशेष चरित्रको मानिन्छ। पोखरामा पानी पर्दा तुरुन्तै निखि्रन्छ भने मुम्बईमा जमिरहन्छ। मनोजको ‘सपना'लाई यही पानीसँग तुलना गर्न सकिन्छ। कलर्स् च्यानलमा प्रसारण हुने टेलिसिरियल 'लागी तुझसे लगन' र इमेजिन टिभीको 'बाबा ऐसो वर ढुँढो'का पटकथा लेखक मनोज दैनिक आठ घन्टा कलम चलाउँछन्। हप्तामा १० शृंखला सिरियलको पटकथा उतार्न उनलाई तनाव त हुन्छ। तर, जीविकोपार्जनसँग जोडिएकोले कुनै गुनासो छैन। केही हप्तापछि तेस्रो सिरियलको तनाव समेत खाप्दैछन्। बलिउडमा नेपाली-३ एउटै लेखकलाई भार नहोस् भनेर हिन्दी सिरियलमा कथा, पटकथा र संवाद फरकफरक व्यक्तिले लेख्ने परिपाटी छ। मनोज पटकथा लेख्छन्, अंग्रेजी र रोमनमा मिसाएर। माछापुच्छ्रे सुन्दर भए पनि सबैभन्दा अग्लो चुचुरो त्यही होइन भन्ने मनोजलाई सधैं लाग्थ्यो। त्यही भएर २०६१ सालमा उनको पाइताला काठमाडौंको सट्टा मुम्बईतिरै सोझियो। 'त्यतिबेला नेपाली फिल्मको त्रे्कज अहिले जति पनि थिएन,' न्यु शास्त्रीनगरस्थित फ्ल्याटबाट मनोजले विगत खोतले, 'उदितनारायण र मनीषाको सफलतादेखि लोभिएको थिएँ र मैले पनि सक्छु भन्ने लाग्यो अनि मुम्बई आएँ।' मुम्बईमा आइपुगेर उनी आइटीमा बिएस्सी भर्ना भए। पढाइ र काम दुवै डुंगामा पाइला टेकेर उनी अघि बढे। उनको सन्तुलन गजब थियो। डुंगा कहिल्यै पल्टिएन। मुम्बईमा उनको सुरुको सपना संगीत थियो। गिटार बोकेर एक वर्षजति बेलाबेला नेपाली सांस्कृतिक कार्यक्रममा उत्रिन्थे। त्यसले उनको संगत फराकिलो बन्दै गयो। बलिउडको संगीतमा करियर बनाउन सजिलो लागेन। त्यसैले हंगामा टिभीको सिरियल 'हिरो'मा उनले आठौं वरियता अर्थात् अन्तिम सहायक निर्देशकको रूपमा काम थाले। ज्याला थियो प्रति शृंखला ५ सय भारु। हिजोआज हिन्दी सिरियलको बजेटले प्रति शृंखला ५ देखि ८ लाख छुन्छ, जसमा लेखकले कम्तीमा लगानीको १० प्रतिशत पारिश्रमिक पाउँछन्रु। सिरुियलमा सहायक निर्देशकको काम सीप सिक्ने अवसरु बन्योरु। त्यसपछि उनले रुसच का सामनारु रु रुदस का दमरु जस्ता हिट टिभी कार्यक्रमको क्रियटिभ ग्रुपमा सम्मिलित भएरु आरुनो दिमाग तिखारुेरु। एउटा लेखकले खोज्ने स्वतन्त्रता टेलिसिरियलमा हुँदैनरु। रुकथाको बहाव कतातिरु मोड। सिरियलमा सहायक निर्देशकको काम सीप सिक्ने अवसर बन्यो। त्यसपछि उनले 'सच का सामना' र 'दस का दम' जस्ता हिट टिभी कार्यक्रमको क्रियटिभ ग्रुपमा सम्मिलित भएर आफ्नो दिमाग तिखारे। एउटा लेखकले खोज्ने स्वतन्त्रता टेलिसिरियलमा हुँदैन। 'कथाको बहाव कतातिर मोड्ने भन्ने बजार र दर्शकको रुचिमा निर्भर हुन्छ,' मनोजले चलेको चलन सुनाए, 'कथालाई मन लागेको संरचनामा राख्न लेखकले खासै सक्दैन।' तैपनि सिरियलमा निर्देशकभन्दा लेखक नै बढी हावी हुने उनको दावी छ। 'मेरो सिरियलमा निर्देशक चारपाँच चोटि फेरिइसके, तर लेखक फेरिन सजिलो छैन। हतपत छोड्न पनि दिँदैन,' मनोजले भने, 'निर्देशकको काम बढी यान्त्रिक र लेखकको भूमिका बढी रचनात्मक हुन्छ। लेखक फेरिँदा सिरियलको लय भत्किनसक्छ।' सिरियलको रचनात्मक वहसमा क्रियटिभ डाइरेक्टर, लेखक र च्यानल प्रतिनिधिको सहभागिता हुन्छ। निर्देशकको उपस्थिति अनिवार्य मानिदैन। 'त्यसैले सिरियलको कथानक कस्तो बन्दैछ निर्देशकलाई सधैं थाहा नहुनसक्छ,' मनोजले भने। बीचमा एकपटक सहायक निर्देशक र पटकथा लेखक दुईमध्ये एक रोज्नुपर्ने स्थिति आएको थियो। 'सहायक भइरहेको भए अहिले पनि त्यही हैसियतमा हुन्थेँ तर लेखक बनेपछि स्वतन्त्र पहिचान कमाउन थालेको छु,' मनोजलाई आफ्नो रोजाइ सही लागेको छ। उनको लक्ष्य एउटा अनुकूल समयमा फिल्म निर्देशन गर्नु नै हो। फिल्मको स्त्रि्कप्ट तयार हुन बाँकी छ। आधारभूत सुविधाको जिन्दगी बिताउने पैसा जम्मा भएपछि मात्र स्त्रि्कप्टलाई समय दिने योजना छ। बलिउडमा पाकिस्तान, बंगलादेश, श्रीलंका र भुटानका थुप्रै कामदार छन्। तर यहाँ भारतपछि नेपालीको संख्या बढी छ। मनोजको नजरमा बलिउड भेदभावबाट अलग छ। 'यहाँ भनसुन चल्दैन, आफ्नै खुबी चाहिन्छ, भनसुनले एकदुई चोटि काम पाइएला तर खुबी छैन भने टिक्दैन,' मनोजले बलिउडको चरित्र केलाए, 'यहाँ मित्रता वा अरू सम्बन्धको संवेदनाले पनि काम गर्दैन, मेरो काम मन परेन भने आज सँगै हुनेहरूले पनि छाडिदिनेछन्।' बलिउडबाट उनी कहिल्यै फर्किन चाहन्नन्। साथमा चित्तबु‍झ्दो प्रोजेक्ट बने नेपाली फिल्ममा काम गर्ने मोह पलाएको छ। 'नेपाली फिल्ममा पैसा होइन आफ्नो भाषाको लागि काम गर्नेछु,' उनले भने, 'तर मलाई विषयमा न्याय दिनसक्छु भन्ने लाग्नुपर्छ।' फिल्म कला हो कि व्यापार? विवादको अन्त्य भएको छैन। मनोजसँग पनि ब्ल्याक एन्ड ह्वाइट जवाफ छैन। त्यसो हुनु स्वभाविक हो। किनकि बलिउड व्यापारले नै टिकेको देखिन्छ। 'थ्री इडियटमा ५० करोडभन्दा बढी लगानी गर्ने आमिर खानले धोबीघाट २ करोडमै सकाए,' मनोजले तर्क दिए, 'आमिरलाई थाहा छ कस्तो फिल्म कति बजेटमा बनाउनुपर्छ। फिल्ममा कला र व्यापारलाई यसरी नै सन्तुलनमा राख्नुपर्छ।' फिल्म निर्देशन गरे हलिउडका क्रिस्टोफर नोलान र बलिउडका इम्तियाज अलिले जसरी खुड्किलो चढ्दै जाने उनको सोच छ। क्रिस्टोफरले मेमेन्टो, इन्सोम्निया हुँदै ब्याटम्यान र इनसेप्सनजस्ता महँगो बजेटका फिल्म निर्देशन गरेका हुन् भने इम्तियाजले सोचा ना था, जब वि मेट, लभ आजकल हुँदै रकस्टार निर्देशन गरे। फिल्म क्षेत्रमा लाग्नुको उनको कारण छ, 'दुनियाँलाई मनोरञ्जन दिने र कुनै गहिरो संवेदनामा बाँच्न प्रेरित गर्ने।' उनलाई लाग्छ, यो उद्देश्य साँचो अर्थमा फिल्मबाट मात्र पूरा हुन्छ। तर, मुम्बईका मान्छेहरू जति हतारमा भेटिन्छन् उनलाई त्यति छटपटी छैन, 'उमेर भर्खर त २८ पुग्यो।'
_____ · Nov 23, 2011 6:03 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion