रणशूर लिम्बू

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

वितीय महायुद्ध शुरु हुने बेलातिरको कुरा हो। म गोरखापत्र को सम्पादक थिएँ। गोरखापत्र छापाखानामा एउटा चिठी आयो। चिठीको सारांश थियोः- “मेरी छोरीले कुनै परिबन्धको चक्करमा परेर, एक्लै एक रात एक जना कामीको घरमा बिताउनु परेछ। फेरि घर फर्केर आएपछि समाजले मेरो पानी हटक गर्‍यो। यसबारे नेपालको कानुन के छ? त्यो कानुनको कुनै दफाबाट मेरो उद्धार हुन सक्थ्यो कि? सामाजिक उत्पीडनले गर्दा हाम्रो परिवार बहुतै दुःखमा छ।” मैले त्यो चिठीको आशय राम्रै गरी बुझे। तिनताक नेपालमा कट्टरधर्मी राणाशासन थियो। यस कारण मैले त्यो चिठी गोरखापत्र को डाइरेक्टरलाई देखाउन उचित सम्झ्िनँ। मैले आफैं खतरा उठाएर जवाफ दिएँ। मैले लेखेँः- “व्यभिचारको दोष प्रमाणित नगरी त्यस्तो कसैको पानी हटक हुन सक्तैन। दोष प्रमाणित नभएमा बरु पानी हटक गर्नेहरूकै पानी हटक हुन्छ। यहाँको ऐन यस्तै छ।” केही सातापछि मैले फेरि एउटा चिठी र हातले बुनेको टेबुल-पोसको एउटा पार्सल पाएँ। चिठीमा लेखिएको थियोः― “आफूको चिठीको निम्ति बहुतै धन्यवाद! त्यो चिठी यहाँ देखाउना साथ हाम्रो दुःखी परिवारको उद्धार भयो। आजकाल हामी बहुतै सुखी छौं। मेरी छोरीले बुनेको एउटा रुमाल पार्सल गरी पठाएको छु, स्वीकार गर्नुहोला।” यो चिठी पाएर मलाई पनि निकै खुशी लाग्यो। जवाफमा टेबुल पोसको निम्ति धन्यवाद पत्र लेखी म चूप लागें। धेरै कालपछि फेरि अर्का चिठी आयो। अबको चिठी बर्माबाट होइन, मोरङ जिल्लाको धरान बजारबाट आयो। त्यसमा लेखिएको थियोः― “जापानीहरूको आक्रमणले गर्दा बर्मामा बसिसक्नुभएन म सपरिवार धरानमा आएर बसेको छु। मसँग रु.२ हजार साथमा छ। त्यति पूँजीले कुनै काम हुन सक्छ भने काठमाण्डूमा पनि आउन तयार छु। शिक्षा पाऊँ।” यो माथिको चिठीको जवाफमा मैले लेखें:- “काठमाण्डूमा रु.२ हजारले प्रारम्भ गर्न सकिने र तपाईंलाई सुहाउने काम पाउन गाह्रो छ। बरु धरान नै तपाईंको लागि उपयुक्त होला। त्यहाँ कुनै रोजगारका साथसाथै जमिनको सङ्ग्रह गर्दै जानमा पनि अनुकूल पर्नेछ। बर्मामा तपाईंले देखे/सुनेका कुराहरूबारे एउटा पुस्तक लेख्नु भए त्यसबाट पनि केही आर्जन होला कि भन्ने मलाई आशा छ। इत्यादि।” यसको जवाफमा केही महिनापछि नेपाली कागतमा लेखिएको प्रस्तुत पुस्तक र एउटा चिठी आयो। चिठीमा पुस्तकबारे साधारण केही कुरा र आजकाल म लुगा सिउने मेसिनलाई मर्मत गर्ने काम गर्दैछु भनी लेखिएको थियो। त्यसपछि कुनै चिठी आएन। तेलीको गोरु मैले पनि उहाँलाई चिठी लेख्ने कहिल्यै फुर्सद पाइनँ। धेरै इष्टमित्रकहाँ घुमी कुरा चलाउँदा पनि प्रकाशक कोही नपाएकोले शरमका मारे पनि मेरो मनमा उहाँलाई चिठी लेख्ने उत्साह भएन। अब त उहाँ बर्मा फर्कनुभयो होला तर उहाँको बर्मेली ठेगाना पनि बिर्सिसकियो। नामचाहिँ बल्लतल्ल सम्झ्ेको छु। नाम हो― रणशूर लिम्बू। समयले पल्टा खायो। नेपालमा पनि साहित्यप्रेमीले फष्टाउने मौका पाए। नेपाल खाल्डोमा कमल फुले झै कमलमणि पनि देखिनुभयो। एक दिन उहाँले मलाई भन्नुभयो― “तपाईंसँग नेपाली भाषाका छापिएका वा नछापिएका जे जति, पोथीपत्रहरू छन् तिनमध्ये काम नलाग्ने वा फाल्तु पनि कुनै छन् भने मलाई दिनुहोस्।” मलाई भने यो मीठो वाणी के खोज्छस् कानो आँखो जस्तो भयो। मैले पनि केही अरू थोत्रा पुराना पोथीपत्रहरूका साथसाथै यो पुस्तकलाई पनि दिएँ। श्री कमलमणि दीक्षितले नै मिलाएको सुप्रबन्धमा आज यो पुस्तक छापियो पनि। आज यो पुस्तक छापियो। तर मेरो मनमा खुशीका साथसाथै निकै दुःख पनि लागेको छ। यो पुस्तकका लेखक श्री रणशूर लिम्बूको ठेगाना नपाएसम्म मेरो यो दुःख कहिल्यै सिद्धिने पनि छैन। यो पुस्तकका कुनै पाठक/पाठिकाले मेरो यो दुःख हट्ने काम गर्न सक्नु हुन्छ भने गरेमा उहाँहरूप्रति पनि कृतज्ञ हुने- प्रेमराज शर्मा (भूतपूर्व प्रधान सम्पादक गोरखापत्र) २०१८ आषाढ १ गते Last edited: 23-Nov-11 08:25 AM

_____ · Nov 23, 2011 8:19 AM · 2,526 views

1 Reply

रणशूर लिम्बू     एसियाको दक्षिण भाग भारत वर्षको पूर्वीय सिमानासित जोडिएको, ब्रह्मदेश नामले प्रख्यात, डेढ करोड (?) मानिसको आवादी भएको, धनधान्यले पूर्ण, खनिज पदार्थले ढाकिएका, उब्जाउ जमिन, फलफूल र सागपातको लागि प्रशस्त ठाउँ अनि प्रकृतिको क्रीडास्थल, ऐरावती गङ्गाको निर्मल धार बहिरहेको, पूर्व-पश्चिम-उत्तर ठूला-ठूला पहाडले घेरिएको, बुद्धदेवको मन्दिरै मन्दिरको दिव्य दृश्यले परिपूर्ण, उनै देवको प्रतिष्ठा उनैको आराधना उनैको शरणमा सारा मुलुक परी सुखशान्तिसित जीवनयापन गरिरहेको देश बर्मासित हाम्रा नेपाली र भारतीयहरूको अघिदेखि सम्बन्ध थियो। बुद्धदेवको पालादेखि धार्मिक सम्बन्ध स्थापित भएको हुनाले भारत र बर्मा एकै हुन गयो। बर्मी भाषा, उहाँको रीति, नीति, पहिरन, खानपान भारतीयहरू भन्दा धेरै भिन्दै भातापनि बर्मी हृदयमा भारतले प्रेमपूर्ण ठाउँ बनाएको थियो। संसारको हुलदङ्गा, फसाद, क्रान्ति, विप्लवमा उस देशको हृदय पारखन र सही कुरा जान्न कठिन पर्दछ। विशेष गरी उस्ता बेला जबकि उहाँबाट कति मानिस भागेर आएका छन्, अनि अज्ञानतावश ब्रह्मदेशलाई कोसी हिँडेका छन्। उहाँ जापानी आक्रमण आठ दिसम्बर १९४१ इस्वीमा हुनगो। लडाईंको हूलमा लुटपिट, चोरी, डकैती, हत्याको प्रधानता भएको बेला जापानी शासन कायम हुँदै गर्दा, ब्रिटिस हुकुमत भाग्दै गर्दा भारतीय र नेपालीहरूमाथि धेरै अत्याचार भयो, अत्याचारपीडित जनताले बर्माबाट भागेर भारततिर आएपछि ब्रह्मदेशलाई कोसन लागे। जे भने पनि जति कोसे पनि बर्माको डर पवित्र विचार धार्मिक सम्बन्धलाई विज्ञ जनले भुल्ने छैनन्। यो हूल शान्त भएपछि उहाँको परिस्थिति पहिले जस्तै भएपछि पुरानो प्रेमपूर्ण सम्बन्धको प्रकाश फेरि निस्कनेछ। छलकपट असत्यको प्रचार तानातानीको बेला पुरानो प्रेमपूर्ण सम्बन्ध छोपिनु स्वाभाविकै हो। १९३० सम्म बर्मीहरूको व्यवहार नेपाली तथा भारतीयहरूप्रति अत्यन्त शिष्ट र नम्र प्रेमपूर्ण थियो। ठूला ठूला मठका महन्त अनि धर्मप्रेमी धनीमानी जन बौद्धगयाको दर्शन गर्न आउँदथे। सारनाथको नाम ठूलो तीर्थ मानिएको हुनाले यो तीर्थ भारतमा भएकोले भारतलाई पुज्दथे। यस्तै सम्बन्ध भएको हुनाले अनि भारतीयहरू उहाँ जाँदा आतिथ्य सत्कार गरेकोले धेरै भारतीय बर्मैमा बस्न थाले। आस्ते आस्ते उहाँ भारतीयहरूको आवादी बढ्न थाल्यो। नेपालीहरू पनि आफ्ना घरबारको बन्दोबस्त गर्न थाले कहीँ कहीँ बर्मीहरूकै झै बौद्ध मन्दिर पनि बनाए। भारतीय धनीमानी जनले लाख करोड खर्च गरी निर्जन वन फाडी नयाँ बस्ती बसाए। नयाँ जग्गा जमिन आवाद गर्दा लाखौं नेपाली र भारतीयहरूले आफ्ना प्राण गुमाए। घाम-पानी, ज्वर, अनेक प्रकारको रोगव्याध, सर्दी, बाघ, भालु, साँप, अनेक प्रकारको जङ्गली पशुहरूको उपद्रव सही हात्ती, मिथुन इत्यादिको डर नमानी पसिना बहाई जङ्गलहरूलाई आवाद गरी ठाउँ ठाउँमा शहर बसाए। नेपालीहरूले उहाँका अनेक जङ्गली जातिहरूसित लडाईं गर्दा उहाँको सुखशान्ति स्थापना गर्नाको निम्ति ज्यान दिए। डरलाग्दो वनमा गाईभैंसी लगेर पशुहरूको पालन गर्न योग्य ठाउँ बनाउने कार्य नेपालीहरू गर्दथे। यस्तै रीतिले भारतीय र नेपालीहरूको बर्मामा आवादी बढ्दै गएकोले अनि उहाँका शासन अनेक प्रकारका राजनीतिक चाल चली चलाइएकोले १९३० ई. पछि बर्मा भारतबाट अलग छुट्याउनुपर्छ भन्ने विचार ब्रिटिश गभर्नमेण्टको भयो। यही १९३० पछि बर्मी र भारतीयहरूको बीचमा एउटाले अर्कालाई आफ्ना र पराया भन्ने कुराकानी गर्न थाले। गभर्नमेण्टले भारतीयबाट बर्मालाई अलग गर्ने कुरा नचलाएको भए, भारतबाट टुक्र्याउनुपर्छ भन्ने विषवृक्ष नरोपेको भए भारतीयहरूले ठूला ठूला जग्गा जमिन कारखाना, व्यापार नोकरी, अधिकार रोकेर बर्मी जातिलाई दुःख पुर्‍याएका छन् भनी अङ्ग्रेज सरकारले नभनेको भए, उहाँका प्रजा भारतसित एकै अङ्ग भई बसिरहेकै थिए। कसैले केही म र तँ भन्ने कुरै झ्िकेका थिएनन्। प्रथम सरकारबाट भारतीयहरू प्रति यस्ता र उस्ता नियम बनाई यिनलाई बर्मामा आउन रोक लगाउनुपर्छ, यहाँ जन्मेका र बसी गएका अनि भारतबाट आउनेहरूको हिसाब राख्नुपर्छ। बर्मालाई छुट्याएर बर्मा मुलुक अलग भएपछि स्वतन्त्रताको सुखभोग गर्न सजिलो पर्नेछ, भारतमा त अनेक प्रकारका जाति भिन्दाभिन्दै भाषा भएका मानिस कहिल्यै एक राष्ट्र हुन सक्दैनन्। बर्मा त एकै बोलीचाली पहिरन खानपान एकै धर्म, रीति भएको हुनाले एकै राष्ट्र हुन र शिक्षित हुनाले स्वशक्त गर्ने योग्य छैन भन्ने कुरा लिएर भारतबाट छुट्याउने कुरा हुन थाल्यो। यस्तै वातावरणमा कति ब्रिटिश गभर्नमेण्टको नोकरीको भोकोहरू गई सरकार भनी रमाई उफ्रन थाले। त्यस्ताले स्कूल कलेजमा हाम्रा बर्मी भाषाले यस्तो ठाउँ पा'स्। हाम्रा मानिसलाई ठूला ठूला नोकरी प्रथम पाउनुपर्छ। भारतीयहरूलाई बर्मामा यस्ता काम नदिनु भनी चिच्याउन थाले। अङ्ग्रेज सरकार भित्रभित्र हाँसी यी मूर्खहरूको मनोभाव बुझेर उनले चलाएको चालको असर देखेर हाँ ठीक हो भनी त्यस्ता चिच्याउनेहरूलाई स्याबासी दिन्थे। सानासाना नोकरीमा पनि प्रथम बर्मी अनि रहेको बर्मीले छोडेको काम भारतीयलाई दिनु भन्ने भइसकेको थियो। रतीयहरूले बर्मी इलम जान्नुपर्छ, जाने पनि बर्मीले छोडेको ठाउँ मात्र पाउने, सरकारी नोकरीमा स्कुल, कलेज, ठेक्का जग्गा, जमिन, व्यापार जहीँ तहीँ यही कुरो कुराकानीमा हुन लाग्यो। एउटा साधारण विषयमा पनि तिमी भारतीय हौ म बर्मी हुँ भनी भनाभन गर्ने चाला चल्न थाल्यो। अङ्ग्रेज गभर्नमेण्टले लाएको विषवृक्ष ठूलो भयो, उसको दुर्गन्धले बर्मा व्याकुल पार्न थाल्यो। विषले मात लागेका मानिस आलाप-संलाप बक्न थाले। ज्ञानी जुन पनि कार्य क्षेत्रमा उत्रे, उनले यस विषवृक्षलाई बढ्न नदिनू, भारत र बर्माका पुरानो प्रेम सम्बन्धलाई दृढ पार्न, देशलाई भारतसितै जोडी राख्नू छुट्टिनमा नोक्सान छ भनी प्रचार गर्न थाले। यस्ता थाल्ने उहाँका भिक्षु, सन्न्यासीहरू हुन्। उनले ठाउँ ठाउँमा गएर आफ्ना जनतामा यही प्रचार गर्न थाले कि भारतबाट बर्मा अलग भएको जाति, मिलेरै बसेको खण्डमा बर्मीको भलाइ छ। भारत र हाम्रो सम्बन्ध धेरै पुरानो हो। सरकारको छल प्रपञ्चमा विश्वास गर्न हुन्न। यो मीठो मीठो कुराको बीचमा नमीठो र नराम्रो कुरा पनि मिसिएको छ। दूधमा मिश्री झै सम्झेर यिनका कुराको स्वागत गर्नुहुन्न। दूधमा माखा सम्झिएर ठिक्क हो भनी भनी हिने। http://himalkhabar.com/news.ph...  

_____ · Nov 23, 2011 8:33 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all